१२ बैशाख २०७६
नेपालले तत्कालै समाधन गर्नै पर्ने केही सवालहरु
नेपालको राजनिति सदैव क्रिडास्थलको रुपमा स्थापित भएको छ । गरीव जनतालाई आधार मान्ने, भ्रष्टाचार र विकृतिको विरुद्वमा आवाज वन्ने, नातावाद र कृपावादको खिलापमा आवाज वनिदिने, सामान्तवादको विरुद्वमा लडिदिने, र साच्चैका नेता जस्तो देखिदिने तर जव सत्ता परिवर्तन हुन्छ नि हिजो गरेका सवै वचनवद्तालाई लात मार्दै पुरा परिवारको सरकार वनिदिने, सत्ता, दलका नेता लाभका स्थानहरु सवै आफैले मोज गर्ने, आफ्नो उपचारमा करौडौ खर्चने, खर्च गर्न नसक्नेहरु उपचार खर्चको अभावमा मर्नु पर्ने दिनको अन्त्य गर्नु पर्छ ।
नेपालले तत्कालै समाधन गर्नै पर्ने केही सवालहरु
नेपालको राजनिति सदैव क्रिडास्थलको रुपमा स्थापित भएको छ । गरीव जनतालाई आधार मान्ने, भ्रष्टाचार र विकृतिको विरुद्वमा आवाज वन्ने, नातावाद र कृपावादको खिलापमा आवाज वनिदिने, सामान्तवादको विरुद्वमा लडिदिने, र साच्चैका नेता जस्तो देखिदिने तर जव सत्ता परिवर्तन हुन्छ नि हिजो गरेका सवै वचनवद्तालाई लात मार्दै पुरा परिवारको सरकार वनिदिने, सत्ता, दलका नेता लाभका स्थानहरु सवै आफैले मोज गर्ने, आफ्नो उपचारमा करौडौ खर्चने, खर्च गर्न नसक्नेहरु उपचार खर्चको अभावमा मर्नु पर्ने दिनको अन्त्य गर्नु पर्छ ।
१– संविधानमा लेखिएका अक्षरहरु सवैले पालन गर्नुपर्छ ।
२– योग्य व्यक्ति जहा फिट हुन्छ, त्यही स्थानमा उसले स्थान पाउन पर्छ ।
२– योग्य व्यक्ति जहा फिट हुन्छ, त्यही स्थानमा उसले स्थान पाउन पर्छ ।
३–सत्ताबाट बाहिरीय पछि चाहे राष्ट्रपति वा प्रधानमन्त्री वा अन्य कोही कसैलाई पनि व्यक्तिगत सुरक्षा होइन सवै नागरिकले जे पाउछ उसलाई पनि त्यति नै मात्र दिनुपर्छ किनकि संविधानमा समानताको हकलाई मौलिक हकभित्र राखेको छ र सानो र ठूलो कोही छैन ।
४–कुनै पनि राजनैतिक दलमा वा सरकारमा (स्थानीय देखि संघीय) वा अन्य कुनै राजनैतिक नियुक्तिमा कुनै एक व्यक्तिले बढीमा दुई पटक भन्दा बढी दोहर्याउन नपाउने हुनुपर्छ ।
५– अहिले नेपालमा जन्मने वित्तिकै शिशुको शिरमा करीव रु ३२००० को राष्ट्रीय क्रृणबाट नेपाली जनतालाई मुक्त गर्नको लागि सम्पूर्ण नेपालीहरु जो सरकारी वा अर्धसरकारी,राजनैतिक वा व्यापारी वा अन्य कुनै संघ संस्थामा लाभिय स्थानमा रही कार्य गरेका सवैको सम्पतिको खोज गर्नु पर्छ । हिजोको पैतृक सम्पति र अहिले भएको सम्पतिको लेखाजोखा गरी श्रोत नखुलेको सम्पति राष्ट्रीयकरण गरी त्यही रकमलाई सदुपपयोग गरी उद्योग धन्दा सन्चालन गरी वेरोजगारलाई रोजगारको अवसर दिलाउन पर्छ ।
६– नेपालले प्रमाणित गरेको छ कि राजनैतिक प्रणाली आफैमा खराव हुदैन । राणाशाषन जहानिया र निरकुंष भयो आवाज त्यही थियो, संसदीय व्यवस्था राजा महेन्द्र रनेपालका कम्यूनिष्टलाई मान्य भएन ःराजालाई विपिको शाषनले समाजमा अस्थिरता अशान्ति मच्चायो भन्ने रह्यो भने, कम्निष्टलाई संसदहल खसिको टाउको राखि कुकुरको मासु वेच्ने स्थलो भयो, प्रजातन्त्रको पुनरवहाली भयो रे, राजाले संवैधानिक राजतन्त्रमा चित्त वुझाए तर वावुराम भट्टराई र प्रचण्डलाई चित्त वुझेन, सशस्त्र विद्रोह गरेः गिरीजा प्रसाद कोइरालाले आफ्नो वहुमतको सरकारलाई विघटन गरी अव म आफ्ना कार्यकर्तासंग झुक्नेवाला छैन भनि संसद विघटन गरी मध्यावधीमा हुम्मिएका थिए । मध्यावधी चुनावमा हुम्मिएको कांग्रसले चुनावी नारा वनाए – मध्यावधी किन हो दुई तिहायी लिन हो, तर जनताले उनको घमण्डलाई साइजमा राखिदिए । आफ्ना कार्यकर्तासग झुक्न नजानेका गिरीजा पछाडि गएर कोसंग झुकेनन र ? देशी वा विदेशी । जव ज्ञानेन्द्रले शक्ति हातमा लिएपछि आफ्नै दलको सरकारको पालामा जंगल पठाएका माओवादीसंग नेपालको माटोलाई विर्षेर विदेशीलाई साची राखि विदेषी भुमिमा गरिएको सम्झौता मेरो वुझाईमा अराष्ट्रीय सम्झौता थियो किनकि तिनै प्रचण्ड र कोइरालाले जंगलमा र शाषनमा रही सर्वसाधरण माथि अत्याचार गरेका नै हुन, एकले प्रहरी र सेनाको प्रयोग गरी माओवादीलाई आतंककारी घोषणा गरी र गर्न लगाई उनीहरुको दमनमा उत्रीए भने माओवादी र सरकार दुवैले हजारौ मारे र मारीैए पनि, कैयौ अंगभंग भए, लाखौnआफ्नैभुमिमा वस्न नसकि ज्यान वचाउन शहरमा सरणार्थी भए, गांउ खाली भए आखिरमा गणतन्त्र नै आएपछि पनि सर्वसाधरणले के पाए । गाउ वस्ती खाली छ, निम्न वर्गीय परिवारका युवा खाडीमा सस्तो मुल्यमा पशिना वेच्दै छन भने मध्यम वर्गीय र कुलिन घरानका युवाहरु पश्चिमा मुलुकमा अध्ययनको लागि भौतारिएका छन । गिरिजा, प्रचण्ड र एमालेका शिर्षस्थ नेताले आफु मारीन सकिन्छ भन्ने डरले दिल्लीलाई साची राखि गरीएको सम्झौता गलत थियो भन्नेकुरा आज आफैले प्रमाणित गरेका छन किनकि वम अहिले पनि पड्किएकै छ, हिजाका माओवादीले वम वारुद पड्काउदा क्रान्ति भयो आज उनकै शिष्यले वम पड्काउदा आतकंकारी भए रे। हिजोका शाषकहरु गलत थिए, जहानिया थिए, सामान्ति थिए,सेता हात्ती भए, देशको ढुकुटी रित्ताए आदि आदि । आज नेता र मन्त्री विरामी हुदा विदेशमा गइ राष्ट्रीय ढुकुटीमा उपचार गर्छन । कसरी न्याय गरे त गणतन्त्रवादी नेताले ? त्यसैले आजको आवश्यकता भनेको हिजोको दिनमा राजनैतिक दलका नेताले जनताको अगाडि गरेको वचनवद्यतालाई व्यवहारमा उतार्नु हो । अर्थात शाषन प्रणाली गलत होइन, व्यक्तिको आचरणमा परिवर्तन हो । जव वोलाइ र गराइमा परिवर्तन हुदैन नि अनि मात्र समाज परिवर्तन हुन्छ । दोषी शाषन प्रणाली होइन, व्यक्तिको दृष्टीकोण हो। यही दृष्टीकोणमा परिवर्तन गर्नुपर्छ किनकि हाम्रा उत्तर र दक्षीणका छिमेकिलाई हेर्दापुग्छ किनकि चीनमा कम्निष्ट र भारतमा प्रजातान्त्रीक शाषन प्रणाली छन जुन राष्ट्रहरु आज संसारमा उदयमान शक्तिका रुपमा पहिचान वनाउन सफल छन ।
७– नेपालको शिक्षा प्रणालीमा परिवर्तन गर्नु पर्ने देखिन्छ । नेपालको शिक्षाले शिक्षार्थीलाई नेपालमा रही नेपालको माटोलाई इज्जत गर्दै यसैमा रम्दामा आउने आनन्द र विदेशमा दोश्रो दर्जाको मानव भइ वस्नुपर्दाको पिडा सपयमा नै वोध गराउन सक्नुपर्छ ।
८–शिक्षाको माध्यम ः नेपाली सवै नेपालीलाई एउटै मालामा गाभ्नको लागि, अंगे्रजी विश्वसंग परिचित गर्नको लागि, र संस्कृत विज्ञानको खोजीको लागि यी भाषाको माध्यम गराउन पर्दछ ।
९–आधारभुत तहको पढाई अनिवार्य हुनुपर्छ जसमा प्रत्यक विद्यार्थीले आफ्नो दैनिक जीवनमा चाहिने हरहिसाव, भाषा र राष्ट्रप्रतिको मोह वृदी गराउन सक्ने सामाजिक चेतनाले भरिएका भोलिका शिष्ट नागरिकको रुपमा उभ्याउन सक्ने वनाउन सक्नुपर्छ । नेपालको शिक्षाले नेपालको आवश्यकतालाई पुर्ति गर्न सक्ने हुनुपर्छ । नेपालको प्रत्यक भेष, भाषा, संस्कार, संस्कृति जात, धर्म मानव सभ्यतका मानाकं भएकोले तीनको संरक्षण गर्नु प्रत्यक नागरिकको कर्तव्य हो भनि वुझाउन सक्नुपर्छ ।
१० – माध्यमिक शिक्षाले विध्यार्थीलाई भोलिको दिनमा जिउनको लागि आधार खडा गर्नसक्नु पर्छ । दैनिकि रुपमा चाहिने सामान्य वत्तीको वल्व फेर्ने, धाराका टुटी फेर्ने, पाक शिक्षा, लेखन कला, तथा अन्य जीवन उपयोगी कलाहरुमा महत्व वुझाइ उनीहरुको गला, कला आदिलाई प्रष्फुटीत गराईने, कृषि तथा वन पैदावरको महत्व वुझाई ती क्षेत्रमा आकार्षण बढाउने, सवै काम उत्तिकै महत्वपूर्ण छन भनि कामलाई इज्जत गर्ने, आत्मनिर्भर, स्वतन्त्र नागरिकको हैसियत वुझाइ देशको नियम कानुनको पालक र अन्यायमा विरोधको आवाज वुलन्ध गर्नसक्ने, नागरिकको हैसियत,काम, कर्तव्य,अधिकार प्रति सजग न्यायीक विचारको पृष्ठपाषक वन्न सक्ने र मानव अधिकारको लागि आवाज वन्न सक्ने भोलिका असल नागरिक सृजना गर्ने खालको हुनुपर्छ ।
११ – उच्च शिक्षाले भोलीको देशको नेतृत्व गर्ने जनशक्ति तयार गर्न सक्नु पर्छ । राजनैतिक जनशक्ति, कर्मचारी, शिक्षक, सेना, प्रहरी, उद्यमी, व्यापारी, डा, इन्जिनियर, चालक, वैंकर्स, कृषि प्राविधिक आदिको उत्पादान गर्नुपर्छ । आधारभुत शिक्षा देखि उच्च शिक्षासम्म सवै शिक्षार्थीहरुलाई इमान्दार, अनुशाषित, भ्रष्टाचार विरोधी, जवाफदेयिता, उत्तरदायीत्वको वोध , मानवतावादी सोच, लिनमा भन्दा दिनमा रमाउने सोच, आत्मनिर्भर, सामाजिक, सत्यवादीता, आफुभन्दा ठुलालाई आदर र सानालाई माया, भातृत्वको भावना, विश्ववन्धुत्वको भावनाले भरीएका दीक्षित नागरिकको उत्पादन गर्न सक्नु पर्छ ।
१२– मेरो आदरणीय तथा पुजनीय अंग्रेजी भाषाका त्रिविविका प्राध्यापक, महाकवि लक्ष्मी प्रसाद देवकोटाका सुपुत्र पद्म प्रसाद देवकोटाले तलका पंक्तिहरु फेसवुकमा राख्दैगर्दा नेपालको दुरदशाको चित्रण गरेको छ । उहा लेख्नुहुन्छ ं
“अहिले सवारी भएको छ १”
वैशाख १२, २०७६ ः
“अहिले सवारी भएको छ १”
वैशाख १२, २०७६ ः
मेरो देव्रे आ“खा रातो भएको छ । त्यसैले त्रिपुरेश्वरको आ“खा अस्पतालमा आफ्नो आ“खा जचाउने उद्देश्य लिएर एक्लै गएको थिए“ । थापाथलीबाट त्रिपुरेश्वर हु“दै आ“खा अस्पतालतिर मोडिन लाग्दा मलाई प्रहरीहरूले रोकेर “उता जानोस्, उता १” भन्न थाले । “म अस्पतालमा आ“खा जचाउन आएको” भन्दा पनि जान दिएनन् र हातले अर्कोतिर इशारा गरे । मैले प्रहरीलाई मेरो आ“खा रातो भएको देखाए“ र सोधे“, “किन जान नमिल्ने रहेछ रु” उसले जवाफ दियो, “अहिले सवारी भएको छ १”यो पंचायती बोलीले झण्डै उल्टी आएको थियो, ह्दयदेखिकै उल्टी १ म चुप लागेर फर्किए १ म घर फर्किए“ – विना आ“खाको उपचार १कति दिनसम्म यस्ता सवारीले म र म जस्ताको मानव अधिकार हनन गरिरहने हो ह“ रु
त्यसैले अव सारा नेपालीले भन्न सक्नुपर्छ देशको राष्ट्रपति देखि सर्वसाधरणको हैसियत समान हुनुपर्छ । पहिलो परिचय नेपालको नागरिक नै हो । एक जना नागरिक सडकमा निस्कदै गर्दा अरुको लागि बाटो बन्द गर्नु घोर आपत्तीजनक छ । अवका दिनमा राष्ट्रपति वा प्रधानमन्त्री वा काृेही यात्रामा निस्कदा सुरक्षा सर्तकता अपनाउन पर्छ तर सडक वन्द गर्ने होइन । जव देशका शाषकहरु सडकमा निस्कन्छन,सडक जाम हुन्छ, अनि उनीहरुको दिमागमा होस खुल्न सडक कसरी खुलाउने । सडक सवैको लागि खुला गर । एउटाको सवारीको कारणले उपचार गराउन पाउन पर्ने अधिकारबाट वन्चित गराउन हुदैन ।
त्यसैले अव सारा नेपालीले भन्न सक्नुपर्छ देशको राष्ट्रपति देखि सर्वसाधरणको हैसियत समान हुनुपर्छ । पहिलो परिचय नेपालको नागरिक नै हो । एक जना नागरिक सडकमा निस्कदै गर्दा अरुको लागि बाटो बन्द गर्नु घोर आपत्तीजनक छ । अवका दिनमा राष्ट्रपति वा प्रधानमन्त्री वा काृेही यात्रामा निस्कदा सुरक्षा सर्तकता अपनाउन पर्छ तर सडक वन्द गर्ने होइन । जव देशका शाषकहरु सडकमा निस्कन्छन,सडक जाम हुन्छ, अनि उनीहरुको दिमागमा होस खुल्न सडक कसरी खुलाउने । सडक सवैको लागि खुला गर । एउटाको सवारीको कारणले उपचार गराउन पाउन पर्ने अधिकारबाट वन्चित गराउन हुदैन ।
१३–न्यायमा ढिला गर्नु भनेकै अन्याय हो ।त्यसैले नेपालका न्यायलयलाई सक्रिय वनाउनु पर्छ । कुनै अदालतमा कुनै मुद्दा दायर हुन्छ भने एक महीना भित्र न्यायलयले आफ्नो निर्णय दिन सक्नुपर्छ ।
१४–नेपालका वैंकहरु अहिले लुटेराको रुपमा काम गरिरहेका छन । आफ्ना सेवाग्रहीले पैसा जम्मा गरेमा केवल २ वा ३ प्रतिसत व्याज दिने गर्छन तर आफुले लिने वेलामा १५ वा १६ वा १७ प्रतिशत व्याज लिने गरेका छन । प्रत्यक महिनामा व्याज तिर्न नसकेमा जरिवाना लगाइहाल्छन । वैकहरुले आफ्नो कार्यशैलीमा परिवर्तन गरी सेवामुखि वनाउन पर्छ ।
१५–कुषिमा औद्योगीकरण गर्नुपर्छ । हिमाली क्षेत्रमा चौरी, भेडा,च्याङ्ग्रा, जस्ता चौपायको व्यवसायिक, हावापानी अनुसारको फलफुल, खेतिपाती, तरकारी, माछापालन तथा मौरीपालन पहाड र तराइमा सञ्चालन गर्नु पर्छ र उत्पादित अनाज, फलफुल, चौपाया आदिको न्यायोचित मुल्य कृषकलाई उपलव्ध गराउन पर्छ । त्यस्तै गरी कणार्लीका जडिबुटी र तराइको अनाजको विचमा पुल निर्माण गरी कृषि क्रान्ती गर्नुपर्छ ।
१६– नेपालको पानीलाई सिंचाइ, पिउन र घरयासी प्रयोजनमा सरलता, जलविद्युत निर्माण र मत्स्यपालनको लागि उपयोग गर्नु पर्छ । यसको लागि विदेशियका युवालाई आफ्नै आगनमा रोजगरको सिर्जना गरी गाउ र शहरलाई रमणीय वनाउन पर्छ ।
१७– विकासका योजनाहरु तोकिएको समयमा हस्तान्तरण गर्न वाध्य पार्नु पर्छ । यदि तोकिएको समयमा विकास निर्माणका कार्य पुरा नगर्ने ठेकदारको प्रमाणपत्र खारेजी गर्नु पर्छ भने सम्वन्धित कर्मचारीलाई निलम्वन वा वर्खास्ती गर्नु पर्छ ।
१८–नेपाल वनाउने संकल्पमा सवै लाग्ने हो भने कर्मचारी वा जो कोहीलीे पेन्सन पाइरहेका छन, यस्ता पेन्सनको खारेजी गरी निश्चित समयसिमा तोकि ६५ वर्ष उमेर पुगेका सवै नागरीकलाई वृद भत्ता उपलव्ध गराउन पर्छ । केही कर्मचारी वा शिक्षक वा सेना आदिले मात्र यो देशमा योगदान पुर्याएका होइनन । तिनलाई जिउनको लागि खाद्यान्न उत्पादन गर्ने किसान, एक ठाउबाट अर्काे ठाउमा पुर्याउने चालक आदिको भुमिका उत्तिकै महत्वपूर्ण भएकोले केही व्यक्तिलाई मात्र पेन्सन उपलव्ध गराउनु अन्याय हुने छ र असमनाताको प्रतिकको रुपमा रहेको छ । यसको अन्त्य गर्नु पर्छ ।
१९–कुनै पनि सरकारी निकायमा स्थायी पदको खारेजी गरी ५ वर्षे करारमा नियुक्ति गर्नुपर्छ जसले गर्दा कामदारहरु आफुलाई अव्वल वनाउनको लागि सदैव लगनशिल हुने छन । स्थायीत्वले त भोटा गनेर पदोनती हुने र उत्तरदायित्वबाट उदासिन हुने वनाउदोरहेछ ।
२०–नेपालमा पर्यटन भित्र्याउनको लागि यहाका जातजाती, भेषभुषा, संस्कार र संस्कृति, धर्म, आदिको संरक्षण गरी विश्वलाई दखाउनु पर्छ ।
२१– देशको राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कसैलाई पनि उनीहरुको कार्यकाल पुराभएपछि सामान्य नागरिकको हैसियतमा राख्नुपर्छ । उनीहरुलाई विषेश सुविधा उपलव्ध गराउने क्रियाकलाप तुरुन्त वन्द गर्नुपर्छ । अनि मात्र भन्ने गरेको समानताको अर्थ वुझ्ने छ विश्व मानव समाजले ।
माथि उल्लेखित वुदाहरुको पालना गरमा नेपाललाई सगरमाथा, वुद्, जानकी, भृकुटी, अरनिको , वीर वलभद्रको देशको रुपमा मात्र नभएर नेपाल एक समानताको देश, प्रजातन्त्रवादीको देश विश्ववन्धुत्वको देश, भाइचाराको देश, संस्कार र संस्कृतिको देश, मेलमिलापको देश अनि छोटो समयमा प्रगतिले चुमेको देशको रुपमा विश्वजगतले चिन्ने छ । यही बाटोमा लाग्नको लागि सम्पूर्ण नेपाली र नेपाल सरकारलाई अनुरोध गर्दछु ।
चन्द्र कान्त पण्डित
पोखरा लेखनाथ ३२, कास्की
चन्द्र कान्त पण्डित
पोखरा लेखनाथ ३२, कास्की