१३ असोज २०७६
नेपालको राजनितिले नदेखेको कुरा
नेपालको राजनिति करिव करिव क्रिडास्थल नै बनेको छ । यहाको माटोमा सवैखाले राजनैतिक परिक्षण भए तर गरीबको जीवनस्तरको वारेमा कहिल्यै सोचिएन । एक राजनैतिक प्रणालीको विकल्प अर्को सोचियो । के नेपाल राजनैतिक प्रणालीले पछि परेको हो त ? राजनैतिक प्रणाली आफै साध्य होइनन, यी केवल माध्यम मात्र हुन । एक राजनैतिक प्रणालीको विकल्प वारम्वार अर्कोलाई मात्र सोच्ने गर्छन भने नेपालको उदोगति निश्चित छ । राणा, राजा सवै जहानिया, निरकुंश भए भन्ने गरिन्थ्यो तर आजको गणतन्त्रसम्म आइपुग्दा के भएको छ ?अहिले नेपाल आफ्ना युवा शक्तिलाई विदेशमा सस्तो श्रम मुल्यमा विक्रिगरिरहेको छ । युवालाई विक्रि गर्दा दंग पर्छ नेपाल सरकार । हिजोको दिनमा गोर्खा भर्ति केन्द्र वन्द गर भन्ने युवाहरु आज वृद भैसकेका छन दल र देश हाकिरहेका छन । आज नेपाली युवाहरु विभिन्न उदेश्यकासाथ वाहिरिएका छन, अध्ययनको नाममा वा जीवनपार्जनको खोजीमा । यी अवस्थालाई किन रोक्न सक्दैनन ? किनकि यहाको सरकार परजिविको रुपमा उभिएको छ । उ स्वतन्त्र हुनसकेको छैन ।
राजनैतिक विषयको अध्ययन आपैmमा जटील छ । तर नेपालको राजनिति गर्नको लागि अध्ययन गर्नु पर्दैन केवल एकले अर्को संगठन वा दलको विरोध गरे पुग्छ । राजनैतिक अध्ययनको आवश्यकता आजको अपरिहार्यता हो । राजनैतिक सोचमा लाग्ने व्यक्तिहरु अरु सामान्य मानिसहरुभन्दा फरक हुनुपर्छ र उनीहरु देशको माटो, हावा, पानी, जीवजन्तु, वन्यजन्तु, जडिवुटी, वृक्ष, संस्कार र संस्कृति, धर्म आदिको वारेमा अध्ययन गर्नसक्नु पर्छ । शिक्षा र अर्थतन्त्रको ज्ञान राख्न सक्नुपर्छ । समाजमा भएको अभावको ठम्माई र विकासको खाका खल्तिमा वोकेर हिड्न सक्नुपर्छ । आफ्नो समाज र देशलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ त्यसको सोच, योजना र श्रोतको खोजी र अवसर प्राप्त हुनासाथ त्यसलाई कार्यन्वयन गर्न सक्दछन । तर यसको पूर्णरुपमा असफल भएको छ नेपालको राजनैतिक दल र यहाको भुत र वर्तमान सरकार पनि ।
शिक्षा विना समाज सभ्य र सिष्ट हुन सक्दैन, देशको विकासको रेखांकन गर्न सक्दैन । त्यसैले नेपालको शिक्षाको माध्यम नेपाली, अंग्रजी र संस्किृत भाषामा हुनुपर्छ । सवै नेपाली हिमालदेखि तराईसम्मका वासिन्दालाई नेपाली हु भनि पहिचान दिलाउनको लागि नेपाली भाषामा शिक्षा दिलाउन पर्छ । जसले सवैलाई एकै मालामा गाभ्न सक्नेछन । नेपालीलाई अन्तराष्ट्रीय मानवसंग परिचित गर्न र आफ्नो विचार अभिव्यक्त गर्न सक्ने वनाउनको लागि र आधुनिक उपकरणको प्रयोग गर्नको लागि अंग्रेजी भाषाको अध्ययन र अध्यापन गराउनु पर्छ । नेपालीलाई ज्ञान र विज्ञानको खोजी गराई सम्पनताको शिखरमा पुर्याउनको लागि पनि संस्कृत भाषाको अध्यापन गराउन पर्छ । यसलाई अनिवार्य विषय भन्दा पनि इच्छाधिन विषयको रुपमा पढ्ने अवसर दिनुपर्छ । यी कुराको याद छैन हाम्रा राजनैतिक कर्मीहरुलाई जसले गर्दा सधै अरुको वैशाखी टेकेर सत्तामा पुग्दा केही गर्न नसक्ने निरीह भएर असफल सरकारको रुपमा आफुलाई उभ्याएका छन । अरुलाई दोष दिने कार्य आफुले गर्दा त्यही पुज्जनीय मान्दछन जुन नेपाली समाजको दुरदषा भएको छ ।
नेपाली युवाहरु विदेशी भुमिमा आफ्रनो श्रम विक्रि गर्दै गर्दा सवै कुरा त्यागिरहेका छन । करिव यान्त्रीक भएका छन । ताजा खाना एक छाक मात्र खान पाउछन । अगिल्लो दिन तयार गरेको खाना वाध्य छन । भाग्यमानीले मात्र ८ घण्टा प्रति दिन काम गरे पुग्दो रहेछ नत्र भने १० वा १२ घण्टा काम गर्नु पर्दाेरहेछ । होटल क्षेत्रमा त ३० दिन नै काम गर्नु पर्नेरहेछ । यीनको व्यथा एक दिन विदेशमा पुगि उट वा गाडीमा सयर गर्ने नेता वा अन्य प्रतिनिधिलाई के थाह वा त्यहा रहेका नेपाली संघ संगठनहरु नै उनीहरुको पछि लाग्छन र न पिडितका नैे काम गर्छन । उनीहरु त नेपालबाट विदेश सयरमा निस्केका नेताहरुको चाकडीमा पुग्दारहेछन । न कि सम्वन्धित संघ संगठनहरु त्यहा रहेका पिडकको आवाजको प्रतिनिधित्व गर्न सकिरहेका छैनन । राजनैतिक दलले यी र यस्ता दुरगतिहरु अनुभव गर्न सक्ने हैसियत राखेका छैनन किनकि उनीहरुमा अध्ययनको अभाव छ । उनीहरु केवल अन्धभक्त छन कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने हैसियत राख्दैनन । जसको परिणामले आजका दिन हिजो जे आरोप पूर्व सरकारलाई लगाउने गर्थे आज त्यही उनै आफै गर्दै छन । निर्मला, रवि, ज्ञानेन्द्र हुदै वर्तमानमा रोशनी शाही माथीको वलत्कार काण्डले देशलाई शोकमा बदलिको छ । देशको प्रधानमन्त्रीले अरिगांल भन्दा कार्यकर्ता फुरुक्क भए तर पशुपतिले कुकुर जस्ता कार्यकर्ता भन्दा उनी माथि धावा वोले । आखिरमा न कार्यकर्ता अरिगांल हुन न कुकुर नै । त्यसैले यहा विवेकको अन्त्य भएको छ । जुन राजनैतिक दलले आजको दिनमा देख्न सकेका छैनन ।
नेपालको राजनैतिक दलले नत हिमालको स्याउ देखेको छ, न तराइको अन्नवाली न त कर्णालीको यार्सागुम्वा न देशभरी छरिएको जातजाती, भेषभुषा, संस्कृत वा खोलानाला, हिउ, वन्यजन्तु , वा अन्य कुनै नत कुनै मर भुमीमा वेचिएका युवाहरुको कथा नै याद छ । देशले नै युवा शक्ति वेचेको छ, जव विवाद आउछ उनीह्रुले नेपालमा स्थापित मेनपावर र त्यहा कार्यरत र लगानीकर्ता दोषी देखाउछन । के उनीहरु दोषी हुन त ? मलाई लाग्ने गथ्र्यो नेपालका मेनपावरहरु नेपालको जनशक्ति विदेषमा वेचेका छन र उनीहरुले अन्याय गरेका छन । तर जव म केही क्षणको लागि विदेश मा पुगे यो त सरासर गलत सोच भरिएको रहेछ मेरो मनमस्तिस्कमा पनि । तितो सत्य यो रहेछ कि कुनै पनि मेनपावरले एक जना मात्र जनशक्ति विदेशमा विक्रि गर्न सक्दैनन । एक युवकको श्रमलाई विदेषी वजारमा सस्तो मुल्यमा नेपाल सरकारले नै वेचेको छ ।
नेपालको राजनैतिक दलले न भोका व्यक्ति देखेका छन नत गरीव नै किनकि हिजोको नांगो खुट्टा वा चप्पलदेखि वर्तमान एस आराममा डुवेका नेताहरु विगतलाई विर्षिसकेका छन उनीहरु सुरक्षाघेराभित्र कुद्छन, गाडीमा हुइकिन्छन र सडकमा रहेको हिलोधुलो पनि खासै याद हुदैन । उनीहरु देख्दैनन जनताको भोक , पिडा र अभाव । सत्ताभन्दा वाहिर निस्केपछि पनि उनीहरु सरकारी सुविधामा कुदेका हुन्छन, सुरक्षाको घेराभित्र रहेका हुन्छन तर पनि सविधानमा त समानताको हकको कुरा गरेको छ तर कहा छ त समानता ? कहा छ त अभिव्यक्ति स्वतन्त्रता । यी र यस्तै कुराहरु नेपालका दलहरु द्येख्न सक्दैनन ।