https://www.facebook.com/photo/?fbid=5683291725015885&set=a.510030782342031&__cft__[0]=AZXJYRNK2926cY64iXb6sVte6X1cobxTFuENzXMjUXISt66AITtbmVHzHPnZnGAuPD8VRq7ydBVodwFPS2aiXsPL963xPKAGOPx6X5OakV4p-24UKGljg9lIkWqjtBjFBfG6Oz1lQs7QctgryvhM80J8UlO4erOTDiLghQM6BDcoOg&__tn__=EH-R
Tuesday, August 9, 2022
शिक्षकको वारेमा सधैं विलौना
२०७९/०४/२४
शिक्षकको वारेमा सधैं विलौना मात्र सुनिन्छ,चाहे त्यो सरकारले तलब बृद्धि गर्ने बेला होस, वा माग पुरा गराउने दबाबको बेला किन नहोस। किन यस्तो हुन्छ नेपालमा?
किनकि शिक्षक र शिक्षक नेतृत्वले आफ्नो क्षमताको पहिचान बनाउनै सकेको छैन।
-उ सधैं ब्वाँसोको कथामा अल्झिएको हुन्छ - झर्ला र खाम्ला तर त्यो कहिल्यै झर्दैन, आँप भए पो पाकेपछि झर्छ।
-दिशा निर्देश गर्नुपर्ने व्यक्ति अर्कोको भर परी जुम्रा जस्तै परजिवी भएको छ।
- खोइ त दिशा निर्देश गरेको, गर्नुपर्दैन?
-हिजो कृष्ण, राम, रावण, हनुमान सबै आफ्नो गुरुको आश्रममा पुग्थे चाहे त्यो अध्ययनको लागि होस वा जटिलता बन्दनहरु तोड्न होस। त्यसैले त गुरुको महत्व पनि थिहो। तर आज शिक्षक सरुवाको लागि, र आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि दिनानुदिन नेताको पछि लागि पर्छ।
- शिक्षकले बुझ्नुपर्दैन मानिस जन्मेको कर्मको लागि हो, जति जिउँदै छ , सेकेन्ड, मिनेट, घन्टा, दिन घट्दै गर्दा जीउने समय घटाइरहेको हुन्छ, तर बाच्नु कर्मको लागि हो।
_ शिक्षक किन बुझ्दैनन् _ चाकडी र चाप्लुसी बजाउने समय अध्ययन गर्यो भने आफ्नो क्षमता आपसेआप वृद्धि हुँदै जान्छ। अरु कसैको वारेमा केही कुरा गरी समय खर्चने समयमा त गाँउमा एक मुठो घाँस काट्न सक्छ, जसले गर्दा आधा लिटर दुध बढ्न सक्छ,
सहरमा भए एक लेख। दुबै धन आर्जनको सुनौला अवसरमा परिवर्तन गर्न सक्छ नि तर उ त्यसो गर्दैनन।
- शिक्षक किन बुझ्दैनन् - शिक्षक सेवा आयोग पास नगर्ने तर पदमा चाँही लिसो टासिदा झै टासिने। उसको शैक्षिक योग्यता र स्थाइत्वको लागि गरिने प्रतिस्पर्धा गर्नुपर्दैन। आफु शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण नहुने तर दोष चाँहि अरुलाई। न्यायको वारेमा सबैको आवाज बन्दिनुपर्ने व्यक्ति उ आफ्नै आगनमा निर्लज्ज हुन्छ।
- शिक्षकहरु अष्टबक्रले झैं शास्त्रार्थ गर्न सक्नुपर्ने सामर्थ्यकाे खोजिमा लाग्नुपर्ने हो । राजा जनक र आचार्य बन्दीलाई समेत चकित पार्दै वालक अष्टबक्रले झैं ग्यानको घमण्ड गर्ने व्यक्ति आचार्य बन्दीलाई शास्त्रार्थ गरी जल समाधिमा पुग्नको लागि वाद्य भएतापनि क्षमादान गरी पुन लज्जित पारेका थिए। हिंसाले हिंसा नै निम्ताउने हो र कहिल्यैँ पनि विजयी प्राप्त गरेको हुँदैन। शिक्षकले किन अक्ष्ररमा शक्ति छ भन्ने बुझ्न सक्दैनन्? एक अक्षरको तल माथिले जीवन शक्तिशाली र विनास दुबै हुन सक्छ भन्ने सन्देश रावणले उपासना गरेको देवी ताराको रुपलाई बुझ्नु पर्दैन?
- किन शिक्षक राजनैतिक नेताका पछि लागि आफ्नो अस्तित्व मेटाउदै छन्?
- किन शिक्षक कमजोर वा न्यून स्तरको व्यक्तिहरूका कथाहरू सुन्दै आफुलाई कर्मशील, र सफल व्यक्तित्व बनाउने अवसरबाट पन्छिदै छन र आफुलाई एक निर्लज्ज व्यक्तिको रुपमा उभ्याएर आफ्नो मानमर्दन गर्दछन्?
शिक्षक किन बुझ्दैनन् - प्राप्त ग्यानलाई व्यवहारमा नउतारेसम्म वृन्दापुरीका ब्राह्मण कै चाल हो भन्ने कुरा।
- चाकडी दासत्वको मार्ग हो भने सतकर्म प्राप्ति र मोक्षको मार्ग हो। अर्थात चाकडी अधर्मको मार्ग हो। सतकर्म गर्दैगर्दा एक्लिने सक्छ, एक्लिने सक्छ तर कालान्तरमा जानुपर्ने सबैको मार्ग त्यही हो। जसले सतकर्म छोड्छ , एक दिन समयले कालकोठरीमा पुर्याइदिन्छ। शिक्षक मात्र होइन है शिक्षा कार्यालयमा कामगर्ने राष्ट्रसेवक हरु आफैंले सोधे हुन्छ कतै तपाईंले चोपेको नदिले एकान्तमा तपाईंलाई जिस्काराखेको त छैन? पैसा बाच्नको लागि हो तर सर्वस्व होइन है। बरु यही पैसोले सर्वसोहरण चाहिँ गर्न सक्छ।
- मानिसको ठूलो दुश्मन लोभ हो। जुनदिन मानिस लोभबाट मुक्ति हुन्छ अनि अवसरहरू पिछा गर्न थाल्छन।
- शिक्षकले अद्ययन गर्नैपर्छ, नेताकोमा जानेहोइन नेतालाई आफ्नोमा आउन वाद्य पार्नुपर्छ।
- शिक्षक सान्त मात्र हुँदा समाज शान्त हुनुपर्ने वातावरण बनाउनुपर्छ, जव शिक्षक गर्जन्छ नि मन्दोदरीको अवस्थामा सरकारलाई पुर्याउने सामर्थ्य राख्नुपर्छ।
शिक्षकको नेता हुँ भन्ने, समग्र शिक्षकको आवाज बन्नुपर्ने व्यक्ति आफुभन्दा माथिल्लो तहका शिक्षकलाई व्यवस्था गर्दै विद्यालयको नेतृत्वमा रियाल काढ्ने। कमसेकम जुन ठाउँमा नेतृत्व गर्दै छौ नि त्यो ठाउँमा आफुभन्दा सिनियरको सहमति लिएर लिने गर। कमसेकम त्यो स्थान को लागि योग्य स्थायी शिक्षक त बन। आयोगमा नाम ननिकाल्ने शिक्षक अरुभन्दा योग्य कसरी भयो प्रश्न आफैंसँग गर न। आत्मग्लानी बाहेक केही पाउँछौ। आफुलाई त खुसी राख्न नसक्ने शिक्षक, शब्दसँग डराउने शिक्षक, शिक्षकको नेता हो त? कठै कृपा को पात्र नबन। त्यस ठाउँको लागि योग्य पनि बन है। आफुलाई सर्वगुणी नठान। भ्रममा नजिअ। किन शिक्षक कमजोर छ, सोध त आफैंलाई? आफैंले गर्न सक्ने काम तिमी आफु गर्दैनौ, अरुलाई दोष। पहिलो काम तिम्रो छ। दोस्रोको लागि हुँकार गर्ने सामर्थ्य राख। नकि चाकडी। चाकडी गर्ने व्यक्ति त शिक्षक नै हुन सक्दैन। गुटबन्दी गर्ने व्यक्ति पनि शिक्षक हुनै सक्दैन। शिक्षा नियमावली वाहिर गएर बनेको प्रधानाध्यापक अनुशासन आफै लत्याउँछ। कठै नि बलियो छु भन्छ उ बारम्बार एकान्तमा एक्लै डराउँछ। किन? किन कि उसले नियमावलीलाई मान्दैन। जब विद्यालयको प्रधानाध्यापक गलत तरिकाले काम गर्छ। उसका विद्यार्थीले के सिक्ने? यदि उ आफु चाकडी गर्छ भने उसका चेला कस्ता हुन्छन? बुझ्नुपर्दैन। जो जसले जहाँ जसरी अन्याय गरे पनि प्रायश्चित मानिसको सर्वोत्तम गुण हो। त्यसलाई त अंगिकार गर न अनि बल्ल नेता बनौला। अन्यथा तिमी नेताको नाममा कठपुतली मात्रै हो। कठपुतलीको आफ्नो आवाज हुँदैन, दर्शन हुँदैन उ सदै जदो गरी हिड्ने हो।
अनि मात्र शिक्षक गुरुको मार्गमा लाग्ने छ र सबै अनुभुती गर्न पाउने छ। जव गुरु मुस्कुराउन थाल्छ नि पुरा समाज मुस्कुराउँछ। हिरण्यकशेपु बलवान थियो तर प्रल्हादले आफ्नो बाबालाई भगवान मानेनन् र भगवानमा जत्तिको सामर्थ्य उनीसँग नरहेको र उनलाई उनकै प्रभुले बचाउने कुरोमा ढुक्क थिए।
-
गुरू पूर्णिमा मनमा लोभ, मोह, आसक्ति, अंहकार, पक्षपातीपन
२०७९।०३।२९
गुरू पूर्णिमा
मनमा लोभ, मोह, आसक्ति, अंहकार, पक्षपातीपन राख्ने व्यक्ति गुरु बन्न सक्दैन, भएमा केबल शिक्षक हुन सक्छ ।
आजको दिन गुरु पूर्णिमालाई वेद व्यास जयन्तीको रुपमा मनाइन्छ । वेद व्यासले वेदवेदान्त, अठार पुराण , उपनिषद लेखी हिन्दू संस्कृततिलाई गुण लगाउने ती महान व्यक्तित्वालाई कोटी कोटी नमन । प्रत्येक व्यक्तिले कहीँ कतै कोहीसँग ज्ञान प्राप्ति गरिरहेको हुन्छ । ती ज्ञानादाता व्यक्तिहरु नै गुरु हुन । प्रत्येक व्यक्तिका पहिला गुरु आमा बाबु नै हुन । उनीहरुले जीवनका पहिला कार्य खाना, वोल्न र हिड्न सिकाएका हन्छन । त्यसैले पनि ती महान बा आमा प्रति पुन शिर झुकाइ साष्टाङ दण्डवत ढोग छ । अनि घरका प्रत्येक अग्रजहरु काका, काकी, दाजुभाउजु, दिदी, हजुरवुवा, हजुरआमा पनि गुरु नै हुनुहुन्छ । विद्यालयमा कखरा सिकाउने गुरु देखि विश्वविद्यालयमा विभिन्न भाषा र अन्य क्षेत्रमा पाराङगत गराइदिने ती महान ज्ञानका भण्डार प्रति पनि आजको दिन मात्र नभएर सदाका लागि पूज्य पात्र हुँदाहुँदै पनि आजको दिन विशेष नमन ।
आजको दिन व्यास जयन्ती मात्र नभएर कबीर जयंती पनि आजै परेको छ । पूर्वीय दर्शनमा 'गु ' को अर्थ अन्धकार 'र' रु को अर्थ प्रकाश हुन्छ । यसरी मानिसभित्र वास गरेका अन्धकाररुपी अज्ञानलाई ज्ञानको माध्यमबाट प्रकाशतर्फ डोर्याउन सफल हुने व्यक्तिलाई नै गुरु भन्ने बुझिन्छ । त्यसैले पनि गुरु भनेका अध्यात्मको खानी बन्न सक्नुपर्छ, रिसाइरहेका बाबुनानीहरुलाई ज्ञानको सितलताले चुमाइदिनसक्नुपर्छ र उनीहरुको विराइरहेको मार्गबाट सत मार्गमा डोर्याइदिनुपर्छ । यी कार्य गर्न सक्ने व्यक्ति नै सही अर्थमा गुरु हुन । गुरु ती हुन जसले प्रत्येकको हातमा केही न केही शिप दिएका हुन्छन । हामी गुरुको नाम लिदै गर्दा वेदव्यास मात्र नभएर ऋषिमुनिहरु सवैलाई हामीले सम्झनै पर्छ । गुरु द्रोणाचार्य कृपाचार्य, वशिष्ठ, हनुमानका गुरु सूर्य आदिलाई अन्तस्करणबाट नै सम्झन सक्नुपर्छ ।
यद्दपी शास्त्रमा पाराङगत द्रोर्णाचार्यलाई पुत्रमोह र अर्जुन मोहको दोषको कारण र अंहकारको माध्यमले आलोच्य बन्नुपरेको कुरा स्वयम कृष्ण भगवानले व्यक्त गर्नुभएको थियो । पर्शुराम पनि गुरु नै हुनुहुन्थ्यो । कर्णले उहाँबाट दिक्षीत हुनुभयो तर पनि आफ्नो पहिचान लुकाइ उनीबाट शिक्षा लिएकोमा आवश्यकतामा काम नलागोस भनी श्रापित पनि हुनुपरेको थियो । द्रोणाचार्यले कर्णलाई शिष्यको रुपमा स्वीकार्न नसक्नु र संसारका धनुधारीहरुलाई आमन्त्रीत गरी अर्जुनसँग धनु प्रतिषप्रधामा भाग लिन ललकादै गर्दा पर्शुराम शिष्य कर्ण उपस्थित हुनु तर शुद पुत्र भनी उनलाई प्रतिस्प्रधामा भाग दिलाउन नसक्नु गुरु भएर पनि शिष्यप्रति समान व्यवहार नगरेको कुरा हामी देख्न सक्छौ ।
जातभातको कुरा गर्नु आफैमा लज्जावोध हुनुपर्ने हो । आफ्नो अनुशार निति नियम वनाउनु गलत संस्कृति थियो । त्यस्तै गरी आफ्नो शिष्य अर्जुनलाई सर्वोत्कृष्ट धनुधारी कहलाउनको लागि गुरु द्रोणाचार्यले एकलब्यले गुरु मानी उनैको शालिक वनाइ उनलाई प्रणाम गर्दै अर्जुन लगाएत अरु राजकुमारलाई दिइएको शिक्षा लुकेर सिक्दा पनि पुरस्कारको पात्र बन्नुपर्नेमा उनको बुढी औंला नै गुरु दक्षिणाको रुपमा लिइएको छ । त्यसैले भगवान कृष्णसँग के अपराध गरेको थिए मैले । मैले जानेको कुरा शिष्यहरुलाई सिकाएको थिए भन्दै गर्दा कृष्ण भगवानले भन्नुभएको थियो ः पुत्रलाई प्रेम गर्नुपर्ने स्थानमा मोहमा पुग्नुभयो गुरुदेव । भनी जवाफ दिननुभयो । उहाँले भन्नुभयो ः
प्रेम धर्म हो मोह अधर्म हो । अधर्मको बाटो रोज्नु नै गलत कार्य हो ।
भगवान कृष्णले अजम्वरी कोही नरहेको र आफ्नो जीवनका सुख दुख, आशा निराशा, ज्ञान अज्ञान सवै कुरा पुत्र लोभमा वाधिनु नै गलत कार्य हो । गुरु द्रोणले भन्नुभयो असोस्थामाले सुख, सन्मान र स्नेह दिए । उसलाई सम्पत्ति, सुख र राज्य दिए ।
कृष्णले सोध्नुभयो के तपाईंले आफ्नो छोरालाई संस्कार दिनुभयो विद्या दिनुभयो धर्मका ज्ञान दिनुभयो त ?
हो तपाईंर्को छोरा अर्जुन र कर्णजस्तो महानयोद्दा त बनाउनसक्नुहुन्नथ्यो तर उचित निर्णय लिन सक्ने शिक्षा त दिन सक्नुहुन्थ्यो र आज हजुरको सन्तान धर्मको दुश्मन बन्न पर्दैनथ्यो । यदि त्यो संस्कार दिन सक्नुभएको भए आज अधर्मको बाटो पच्छयाउदै युद्द गर्नुपर्ने थिएन ।
छोरालाई प्रेम गर्नु पाप हो त ? द्रोणले सोध्नुभयो कदापी होइन तर अति प्रेम मोह हो। मोह गर्नु अधर्म नै हो।
प्रेम त उन्नती हो ।
प्रेमले त उचित अनुचितका ज्ञान दिन्छ गुरदेव ।
यदि गुरुदेवले सहीरुपमा प्रेम गरेका भए न उसले अधर्मको बाटो लाग्ने थियो न गुरुले नै अधर्मको लागि युद्द गर्नुपर्ने थियो ।
प्रेमबाट नै मोहको सुरु हुन्छ । जहाँ प्रेम हुन्छ त्यहाँ मोह नै हुदैन ।
प्रेमको जन्म करुणाबाट हुन्छ तर मोहको जन्म अंहकारबाट हुन्छ ।
प्रेमले भन्छ मेरो सन्तानलाई हे इश्वर सवै खुशी प्रदान गछ तर मोहले भन्छ ः म मेरो सन्तानलाई सवै थोक दिन्छु भन्छ ।
प्रेम भन्छ मेरो पुत्र प्रति गर्व छ
तर
मोह भन्छ ः मेरो पुत्रलाई म प्रति गर्व छ ।
प्रेमले मुक्ति दिन्छ तर मोह बन्धन हो गुरुदेव ।
प्रेम धर्म हो तर मोह अधर्म हो ।
यदि आफ्नो छोरालाई आफ्नो ध्यान भंग गरेको अवस्थामा उसलाई संघर्ष गर्न सिकाएको भए अवस्था वेग्लैे हुनेथियो । अधर्मको बाटो रोज्नुपर्ने थिएन गुरुदेव । छोराको भविष्य उज्जल वनाउन भुल्नुभयो । तपाईंको मोहको कारणले उसबाट धर्म नष्ट भयो ।
लोभ, भय, लालसाको शिक्षा दिनुभयो गुरुदेव । आफु गुर बन्न सक्नु भएन तर केवल शिक्षक मात्र बन्नुभयो ।
गुरुले विद्याका दान दिन्छ तर कहिल्यै व्यापार गर्दैन ।
गुरुले आफ्ना शिष्यबाट दक्षिणाको आशा राख्छ तर मूल्यको होइन । तर तपाईंले आफ्नो ज्ञानको मूल्य निश्चित गरिदिनुभयो ।
आफ्नो ज्ञानको बदलामा आफ्नो शिष्यसँग प्रतिशोध साध्नुभयो, आफ्नो र शिष्यको जीवनमा विष घोल्नुभयो ।
यी सवै मोह र अंहकारका कारण भएको हो ।
आफु गुरु होइन द्रोणाचार्य कृष्णले भन्नुभयो ।
जुन व्यक्तिको ह्दयमा अंहकार मनमा लोभ र लालसा हुन्छ उसको हातबाट धर्मको कार्य हुन सक्दैन ।
त्यसैले ऋषि भरद्धाजको छोरा जसरी बाढीको वेलामा कुनै रुखको हाँगामा समातेर आफ्नो जीवनको रक्षा गर्छ त्यसरी नै यसै क्षणमा धर्मको बाटो अंगाल्नको लागि सुझाव दिनुभयो ।
अन्तमा गुरु द्रोणाचार्यले आफ्नो मृत्युवरण गर्ने निर्णय गर्नुभयो ।
त्यसैले एक शिक्षक भएको नाताले पृय सवै भाइवहिनीहरुमा गुरु पूर्णिमाको मंगलमय शुभकामना । हे भगवान मैले दिएको आशिश लाग्छ भने मेरा पृय भाइवहिनीहरु कर्मशिल। अनुशाषित, धर्मका ज्ञाता, विेवेकी आफ्नो पौरखमा रम्न, भ्रष्ट आचरण तथा भ्रष्टचारीहरुलाई त्यागसक्ने भावी सन्ततीको लागि पथपर्दशक वन्नसक्ने प्रेरणाका स्रोत सदा बन्न सकुन । सुख, शान्ति र समृद्दीले सदा वास गरुन दिएर खान पुगोस, माग्न कहिल्यै नपरोस । हे इश्वर यही मार्ग सवैमा देखाइदेउ । सबै गुरु प्रति पुन नमन।
जय गुरुपूर्णिमा ।
मेरा बा र गुरु अनिरुद्र आचार्यको प्रवचनले देखाएको मार्ग एकै!
२०७९/०३/३२
मेरा बा र गुरु अनिरुद्र आचार्यको प्रवचनले देखाएको मार्ग एकै!
जव भारत अंग्रेजको गुलाम थियो, अंग्रेजहरु कसरी भारतीयहरुको कमजोरी पत्तालगाउँथे र सोही अनुसार कार्य गर्थे भन्ने दृष्टान्त गुरु अनिरुद्र आचार्यको प्रवचनले पस्किएको सन्देश आज नेपालीहरुको लागि ठिक त्यही दुरदसा भएको अवस्था छ। गुरुको पस्काइ थियो:
उहाँले प्रसंग प्रस्तुत गर्दै भन्नुभयो एक दिन ठूलो मन्दिरको एक पुजारीलाई एक अंग्रेजले अपहरण गरी एक कोठामा राखी उसको कमजोरी खोज्न लागेछन। सुरुमा प्लेटभरी मासु राखेर बन्दुकको नाल पुजारीको कन्चडमा राख्दै भनेछ: यदि मासु खाइस भने तलाइ मुक्त गरिदिन्छु।
पुजारीले जवाफ दिए गोली ठोकेर मारिदे मासु खादिन। यो महापाप हो भनेछन र पुजारीले मासु खाएनन्। अंग्रेज हार खायो।
फेरी दोस्रो पटक सुनका सिक्काहरु देखाउदै चाहेजति लैजा। सुन लगिस भने स्वतन्त्र छोडिदिउला भनेछ।
पुजारीले सुनमा कलि बसेको छ, सुन लिनुभनेको पापको भारी बोक्नु हो भनेछन् यसलाई पनि इन्कार गरिदिएछन्।
फेरी त्यो अंग्रेजले कोठामा सुन्दरी लगेर सुन्दरी गमन गरेमा मुक्त गरिदिन्छु नत्र गोलिले मारिदिन्छु भनेछ।
पुजारीले आफ्नो स्त्रीबाहेक अरुसँग सहवास गर्नु महापाप हो यो गर्न सक्दिन। नारी त आमा ,छोरी बुहारी वा अन्य केहीको रुपमा लिने गरिन्छ भनेछन्। अंग्रेज हरेस खादै पुजारीलाई बन्दक राख्दै बाहिर निस्कियो।
अन्तमा पुजारीको साथमा रक्सी लिएर गएछ। यो रक्सी खाइस भने छोडिदिन्छु भनेछ। मानिनस भने मारिदिन्छु भनेछ। बच्ननको लागि भने पनि रक्सि खाइदिन्छु। सु गरे गैहाल्छ भन्ने पुजारीलाई लागेछ। पुजारीले घुटुघुटु रक्सी पिएछन्।
जव ती पुजारीले रक्सि पिए , प्लेटमा रहेको मासु पो खान थाले, थैलामा रहेको सुन लिन थाले र अन्तमा ती सुन्दरीसँग सहवास गर्न तयार भए।
पुजारीलाई रक्सी पहिला खुवाए तर अहिले रक्सीले उनलाई खादै छ।
यो प्रवचन श्रवण गरिसकेपछि मेरो बुवाको बारम्बारको भनाईलाई सम्झने गर्छु बाबु हो खान मन लाग्छ भने भैंसीको मासु खाएपनि केही भन्नेछैन तर रक्सी कहिल्यै पनि नखानु है। मेरो बुवाको अर्ती थियो। मलाई लाग्ने गर्थ्यो यो अर्ति हामीलाई मात्र हो। तर यो अर्ति त समग्र मानव समाजको लागि पो रहेछ।
आज समाज बिग्रेको छ। सरापमा मान्छे डुबेको छ। प्रवचन दिने देखि टेलिभिजनका स्क्रिनमा धर्मको व्याख्या गर्नेहरु पार्टीमा खुट्टा र जिब्रो बंगाएको देख्दा केही बोल्दिन केवल मेरा बाको ती बाणीलाई सम्झने गर्छु।
आज नेपालको दुरदसा पनि रक्सि खाने मान्छेले होइन रक्सिले खाएको मान्छेको कारण, नेतृत्वको कारण नै हो। कहिले काँही त उदेग लाग्छ भट्टीमा गएर रक्सी धोक्दिन्छ, अनि आफैंलाई ठूलो हिन्दु ठान्छ, फेरि अर्कोको रक्सी खाइदिन्छ अनि सदाको लागि श्रापको पात्र बन्दछ पत्तो पाउदैन किनकि उ नसामा डुबेको हुन्छ।
जब नसामा डुब्न थाल्छ, उसको विवेकले काम गर्दैन। नसा सँगै अरुको नुन पनि खाएको हुन्छ। जब अर्काको नुन खान्छन त्यो बोझिलो हुन्छ। आजभोलि देख्ने गर्छु पढेलेखेकाहरु , कलम चलाउनेहरू अगिल्लो दिनसम्म एक कुरा जब भट्टीको वास हुन्छ नी कुरै फेरिन्छ थाह छ किन?
किनकि त्यहाँ कलिले आक्रमण गरिसकेको हुन्छ, विवेक गुमेको हुन्छ। जब विवेक गुम्छ, उ नांगिसकेको हुन्छ र गलत निर्णय गरिदिन्छ। एक क्षणको निर्णयले पुरा संस्था, संगठन ध्वस्त हुन्छ। जव संस्था र संगठन ध्वस्त हुन्छ, राष्ट्र पनि ध्वस्त हुन्छ। जव राष्ट्र ध्वस्त हुन्छ, मानवता पनि ध्वस्त हुन्छ।
त्यसैले रक्सी खानेले पनि खानु औषधिको रुपमा तर नसाको रुपमा होइन है। हैन भने तपाईको पनि हालत त्यही मन्दिरको पुजारीको जस्तै हो।
Gurupurnima.
19 July 2016
Today is Gurupurnima. Let me pay my great tribute to my teachers who have taught me to eat, speak, walk, learn and involve in social activities from my door to school to university. Let me salute them from my heart. May my gurus have sound health with their successful life. Today on the occasion of Gurupurnima the students of Pashupati Mitra secondary School conducted special occasion. I am proud of them and pray for them. May my students wherever they are, be good human beings, independent and generous and worshippers of works. May they have sound health and achieve their goal. Here is the poem, especially written for those who have got different grades in their examination. Hope you may read it and respond me.
My Wish
May you have wonderful grading
With different explanation.
Never worry about the grading you have.
May you be able to justify
your ‘F' for fantastic and ‘E’ for excellent ones.
So is ‘C’ for cheerfulness
and ‘D’ for dedicated ones.
Your letter ‘B’ must show you a brilliant one
So is the Letter ‘A’ for awesome ones.
May have these explanations
As long as you do plantation.
Never think I got the best grade
Unless your grade performs great
Your grading is only for entrance
It is not for all in all.
But your performance is all in all.
Keep them in mind and perform the best
Dazzle everyone even the birds in the nest.
Let everyone hurry to see you
May you give off perfume even in dew
Let me see you as a star
Moving around in a car
Standing in the middle of the crowd
As important as a queen bee in a swarm.
May you have smile as of Mona Lisa
That may puzzle to everyone where reaches your visa.
Let me listen only the good
Never deprive of the food
Never let your pen run out
May you have cotton bed bought
For your rest and dream at night
Have a chance to see the sight
Not only of the earth
Where’s human never got birth.
May your feet reach to space
May you be heavenly ones to bless!
-Chandra Kanta Pandit
19 July 2016
4Shila Tamang, Subas Adhikari and 2 others
कर्म नै जीवनको सबै थोक
२०७९/०४/०५
कर्म नै जीवनको सबै थोक
पर्शुरामले आफ्नो गुरु महादेवसँग आफुलाई प्रदान गरिएको धनुष कसलाई दिने भनी प्रश्न गर्दा महादेवले आफ्ना भक्त लंका पति रावण र मिथिलाका राजा जनक मध्ये जसलाई दिनमन लाग्छ उसैलाई देउ भन्नु भएको थियो। त्यसपछि पर्शुराम रावणको पुग्दैगर्दा एक जना ऋषि पुत्रलाई रावणलाई भगवान नमानेको अवस्थामा मृत्युदण्ड दिन तयार भएको वेलामा पुगेका पर्शुरामलाई स्वागत गर्दै भन्दै थिए- रावण उनको लागि जे गर्न पनि तयार भएको कुरा व्यक्त गरे।
पर्शुरामको कथन रह्यो - उनी त्यहाँ भगवान् महादेवको सल्लाह अनुसार धनुषवाण दिनको लागि पुगेको तर राजा भएर पनि प्रजावत्सल बन्न नसकेको र बाध्यकारी रुपमा भगवान् मान्न लगाइएको हुँदा त्यो पवित्र धनुषवाण दिन नमिल्ने भनिदिए । उनलाई त्यहाँ रही आतिथ्य स्वीकार गर्नको लागि अनुरोध गरेकोमा विचारमा मेल नखाएपछि रहनु भनेको द्वन्द्व मच्चाउनु हो। त्यसैले त्यहाँ रहन सम्भव नभएको बताए।
फेरी रावणले केही सेवाको लागि अवसर प्रदान गर्नको लागि अनुरोध गरे।
पर्शुरामले मृत्युदण्ड दिनको लागि तयार रहेको ब्राह्मणको जीवनदान मागे र ती नवयुवकलाई लिइ दरबारबाट बाहिर निस्किए । दुवै जना आ-आफ्नो बाटो लागे। प्यास लागेकोले पर्शुराम पानी पिउनको लागि जादैगर्दा श्रवण कुमारसँग पानी माग्दा आफु निम्नजातिको भएकोले दिन नमिल्ने भनेपछि मानिस जन्मदा शुद्र भएर जन्मछ र उ कर्मले फरक बन्न पुग्दछ। कोही आमा निम्नकोटीको हुदैँन। मेरा अन्धा बाबुआमालाई तिर्थको लागि बोकेर हिँडेको भनिसकेपछि पर्शुरामले दुबै बाबुआमासँग भेट गरी ढोग गर्नुभयो।
त्यहाँबाट विदा भै पर्शुराम राजा जनकमा पुगी धनुषवाण दिनुभयो। राजा जनकले उनको जीवनको लागि मार्गदर्शन गर्नुहोस भनेकोमा पर्शुरामले आफुले सँगालेकाे अनुभवको आधारमा भन्नुभयो:
कर्म नै धर्म हो।
कर्म नै वर्ण हो।
कर्म नै वास्तविक जाति हो।
कर्म नै जीवनको आरम्भ हो।
कर्म नै जीवनको अन्त हो।
जसले कर्मलाई महत्व दिन्छ, उसैको जीवन सफल हुन्छ। उनी ऋषि पुत्र भएर जन्मिए ब्राहम्ण थिए तर कर्मले क्षेत्री भए। अन्तमा हतियार त्यागी उनी पुन तपस्वी अर्थात् ब्राह्मण नै भए।
त्यसैले आजको आवश्यकता सत कर्म , सत्मार्ग र लोभको त्याग गर्नु नै हो।
फेरी अब्दुल कलामलाई सलुट छ किनकि एक्काइसौं शताब्दीका गरिबको कोखबाट जन्मेर सफल मानिस कर्मले नै बनेका थिए र उनले पनि भनेका थिए:
यदि कसैले आफ्नो कर्तव्य वा दिइएको जिम्मेवारी पुरा गर्छ भने कसैलाई ढोग्नुपर्दैन तर कसैले उसलाई दिइएको जिम्मेवारी पुरा गर्दैन भने सबैसँग झुक्नुपर्छ, ढोग्नु पर्छ। सामान्य तर कति तेजस्वी छन यी भनाई।
त्यसैले कर्म नै धर्म हो। गीतामा पनि बताइएको छ: कर्म गर फलको आशा नगर।
कृष्ण भगवानले अर्जुन भिष्म पितामहलाई युद्धमा
२०७९/०४/०७
कृष्ण भगवानले अर्जुन भिष्म पितामहलाई युद्धमा मार्नको लागि तयार नभएपछि भन्नुभएको थियो: आफुभन्दा ठूलाको आदर गर्नु धर्म हो तर आफुभन्दा ठूलोले गरेको अपराध सहन गर्नु अधर्म हो। भिष्म पितामह आफ्नो प्रतिग्या प्रति अडिग रहनु, द्रौपदीको बस्त्र हरणमा पनि चुपचाप रहनु अधर्म हो। त्यसैले जो कोही गलत मार्गमा हिड्छ भने त्यसको विरोध गर्नुपर्छ। विरोध गर्नु नै धर्म हो। यही कुरा सिकाउन आजका नेपालका विद्यालय र महाविद्यालय चुकेका छन्। त्यसैले जहाँ तहीँ अराजकता बढेको छ, भ्रष्टाचार मौलाएको छ।
भ्रष्टाचार र अराजकताको विरोध गर्न सक्ने जनशक्ति अति न्यून छ।
अव सबैले खोज्न र रोज्नुपर्छ धर्मको बाटो, सत्मार्गको बाटो। सबैको कल्याणकारीको बाटो। अन्तमा अर्जुन धर्म , नाता र कर्तव्यको बोध भैसकेपछि भिष्म पितामह माथि हतियार चलाउन राजी भए र धर्मको विजयी भयो भन्ने गरिन्छ।
32Shreedhar Paudel, Yamnath Chaulagain and 30 others
4 Comments
Like
Comment
Share
गुरूर ब्रह्मा गुरूर विष्णु,
गुरूर ब्रह्मा गुरूर विष्णु,
गुरु देवो महेश्वरा,
गुरु साक्षात परब्रह्म,
तस्मै श्री गुरुवे नमः
Firstly, my gratitude on this important day is to my first Gurus mother and father for their effort to make me speak, walk and follow the culture and tradition, then elderly people and finally the teachers who taught me to read and write and compel me to follow the way of righteousness and wish once more to have such a wonderful blessing from them.
Secondly my wishing is always with my students who will know why they were born and are living in this earth and what their importance is and how they can remain happy keeping happy to others too.
The day Guru Purnima falls mostly in the month of Shrawan and it is called Ashadh Purnima too. The first guru according to Hinduism is Lord Shiva who taught the Saptarishi about Yogas. Then the rishis appeared and finally modern teacher. The word Guru itself is lovely to listen and always hurry to pour my gratitude to my teachers at various level from school to university.
It is the day on which Sage Ved Vyas was born to Satyavati and Brahmin sage Parashar on this day, he is considered one of the seven immortals who are still alive according to Hindu mythology. He also structured the Vedas and classified them into Rig, Yajur, Sama and Atharva It is believed that Lord Buddha gave his first sermon on this day.
It is celebrated by Hindus, Buddhists, Shikh and Jains too. The word Guru itself is of great importance. It means dispeller of the darkness. That means the ones who can dispel the darkness from the heart of someone is called the Guru. Here darkness means ignorance. That means dispelling the darkness from human feelings.
Finally, my gratitude to all my teachers and love and blessing to my students. May this day prove the worth of it the days ahead too having reciprocal relationship between teachers and students i.e., learners.
अंहकार र मोह , मानिसका शत्रु
२०७९/०४/०९
अंहकार र मोह , मानिसका शत्रु
अंहकार र मोह मानिसका विनासका कारण हुन। भगवान कृष्णले गुरु द्रोणाचार्यलाई भन्नुभएको थियो। हे गुरु तपाईंले तपाईंको छोरोलाई प्रेमको स्थानमा मोह गर्नुभयो जसको कारणले तपाईंको छोरा अधर्मी भयो र तपाईं पनि अधर्मको पक्षमा महाभारतको युद्धमा सामेल हुनुभयो। गुरु प्रेम करुणाबाट सुरु हुन्छ तर मोह अंहकारबाट।
कानूनीरुपमा योग्यता नपुगेका व्यक्तिहरू सत्तामा टासिदै गर्दा एक दिन अशोस्तामाको दिन भोग्नुपर्ने हुन्छ। त्यसैले आवाज उठ्नु भन्दा पहिले नै आफ्नो सम्रक्षण गर्नुमा नै भलाई हुनेछ।
हुन त युद्धमा सबै कुरो ठिक हुन्छ भनेता पनि अधर्मको बाटो रोज्नेहरु अन्तमा हार स्विकार गर्नुपर्छ र अशोस्तामाको बाटो अंगिकार गर्नुपर्छ र मर्नु न जिउनुको जिन्दगी।
कर्णलाई भिष्मपितामहले नेतृत्व गरेको बेलामा युद्धमा सामेल हुन दिएनन् किनकि भिष्मको गुरु र कर्णको गुरु पर्शुराम भएको तर कर्णले द्रौपदीलाई वस्त्रहरणको बेलामा वेश्या भनेकोले उनको ठम्याइमा गुरुको अपमान हो भनेका थिए। दानबिर कर्णले पनि मित्रताको मोल दुर्योधनलाई चुकाइसक्दा पनि अधर्मको बाटो रोज्नुपरेको थियो र अन्तमा युद्धमा बिरगति प्राप्त गरेका थिए।
योग्यता विना पदमा टासिनु पद प्रतिको आशक्ति हो। केही व्यक्तिको चाकडिको भरमा आफुलाई शक्तिशाली मान्नुपनि अंहकार नै हो। आफ्नो स्थानको पहिचान गर्न नसक्नु अल्पग्यान हो। अल्पग्यान सदैव घातक हुनेगर्छ। अल्पग्यानको कारणले मानिसमा दम्भ पलाएको हुन्छ। त्यही दम्भको प्रस्तुति एकदिन गएर आफुले आर्जेको मान सम्मानको धारासायीको कारण बन्न सक्छ, सडकमा आवाज उठ्न सक्छ। त्यो आवाज उठ्नु भन्दा पहिले आफ्नो सरल र सर्व स्विकार्य मार्ग रोज्नु नै उत्तम हुनेछ।
शैक्षिक योग्यता एक महत्वपूर्ण पाटो हो। अर्को पाटो सम्बन्धित क्षेत्रकाे परीक्षामा उत्तीर्ण भइ त्यस स्थानमा रहनको लागि योग्य हुनसक्नुपर्छ। अन्यथा विनासकाले विपरीत बुद्दी।
भिरबाट लड्नलागेको गाईलाई राम राम मात्र भन्न सकिन्छ तर काध थाप्ने त कोही हुदैँनन्। विना योग्यताका मानिसलाई काध थाप्नुभनेको मटेङ्ग्राको रुपमा प्रयोग गर्नुमात्र हो। सावधान कलियुगका चाकडीबाजका मटेङ्ग्राहरु तपाईंको काध थापिदिनेहरु तपाईंको लागि नभएर उनीहरूकै स्वार्थको लागि हो तर पनि तपाईं भित्र अंहकार छ। त्यो अंहकारको कारणले गर्दा गुरु द्रोणाचार्यको दिन भोनुनपरोस धुभकामना।
शकुनि, विनासका कारण र असल नेतृत्व, वन्दनीय
२०७९/०४/०९
शकुनि, विनासका कारण र असल नेतृत्व, वन्दनीय
जब कुनै परिवार, संस्था, समाज, संगठन, दल र सरकार भित्र शकुनिहरु जन्मन्छन् वा उदाउँछन, तीनीहरुले आफुमात्र बर्बाद नभएर आफु रहेको परिवार, संस्था, संगठन,दल, र सरकारको समेत बर्बाद गर्दछन। त्यसैले सम्बन्धित निकायमा शकुनिहरुदेखि समयमा नै सावधान रही सत मार्गको खोजि गर्नु नै आजको आवश्यकता हो।
असल आचरणका मानिसहरुले नै कष्ट धेरै भोग्नुपर्छ। किनकि धर्मको मार्ग सजिलो छैन तर पनि अन्तमा सत्यको नै विजय हुन्छ। मान्छेको रुप र आभुषणले मान्छे असल हुन सक्दैन। असल हुनको लागि असल बानीवेहोरा विकास गर्न सक्नुपर्छ। यी गुण अनमोल छन तर पैसोले किनेर पाइदैन। सहजताका साथ दिनानुदिन अभ्यास गर्दै गएमा आफै आभुषित हुनेछन्।
यस्तै प्रसंगमा रावणको कथालाई जोड्न सान्दर्भिक ठानेर पस्कदै छु।राजा जनकको राज्यमा कैयौं वर्ष अगाडि चक्रबीर नाम गरेका राजा थिए।उनी प्रजावत्सल थिए। उनी जनताबाट उठेको कर आफ्नो परिवारको लागि खर्च गर्दैनथे। उनको जिविकोपार्जन खेतीपातीबाट नै हुनेगर्थ्यो। उनी स्वयं खेतमा गइ काम गर्ने गर्थे। एक पर्वको दिन थियो महिलाहरु सुन्दर वस्त्र र आभुषणमा सजिएका थिए। त्यही क्षणमा उनीहरुको भेट रानीसँग भयो। आफ्नो रानीलाई साधारण वस्त्र र आभुषणमा देखेपछि रानीलाई पनि सुन्दर वस्त्र र आभुषण पहिरन अनुरोध गरे तर पनि महारानीसँग पहिरनको लागि न आभुषण नै थियो न सुन्दर वस्त्र नै। महारानी विचलित भइन। साँझ राजासँग दिनमा भएको कथा वताइन र उनले पनि सुन्दर वस्त्र र आभुषणको माग गरिन। राजासँग उनीलाई गहना र वस्त्र किन्नको लागि सम्पत्ति थिएन। राजाले आफ्नो दुतलाई रावणको राज्यमा गइ कर उठाएर ल्याउनको लागि पठाए।
दुत गए र रावणलाई भेटे। रावणसँग कर मागे तर तीनलोकको विजेता रावणसँग कर माग्ने भन्दै रिसाउँदै रित्तो हात पठाए। यो कुरो महारानी मन्दोदरीलाई रावणले सुनाए। मन्दोदरीले सोधिन- केही दिनुभयो त?
किनदिने भन्दै रावण जंगिए।
मन्दोदरी पतिवर्ता नारी भएकोले उक्त राजाको सामर्थ्य थाहपाएकि थिइन। महाराज गलत भयो भनिन।
रातको खानपिन पछि दुबै सुते। भोलिपल्ट बिहान महारानीले केही अनाज लिएर रावणलाई लिएर छतमा गइन। ती अनाजका दानाहरु छतमा छरेपछि छतमा परेवा आए। सवै परेवाले चारा टिप्न थाले। रानीले ती परेवालाई चारो नटिप्नको लागि आदेश दिन लगाइन । तीनलोक विजेता रावणको उर्दिलाई ती परेवाले मानेनन्। चारो टिपिराखे। अव रानीले राजा चक्रबीरको आदेश छ चारो नटिप भनी भन्न लगाइन।
रावणले त्यही गरे। सवै परेवाहरु चारो टिप्न छोडे तर एकवटाले भने टिपिरहेको थियो। त्यो बहिरो रहेछ। एकछिन पछि त्यो चारो टिप्ने परेवाको टाउको फुटेर मर्यो। रावण अचम्मित भए।
केही क्षण पछि पुन चक्रबीर राजाको दुत आए ।
उनले कर मागे तर रावण दिन तयार भएनन्। कर नदिनेहोभने महाराज तपाईं मेरो साथमा समुन्द्रको तटसम्म पुग्नुपर्छ भने। त्यसमा स्वीकारी दुत र रावण दुबै समुन्द्रको तटमा पुगे। समुन्द्रको। तटमा पुगेपछि दुतले देखाउदै भने यो तपाईंको राज्य जस्तै छैन त सोधे। उ अचम्ममा परी भने छ। अव तपाई हाम्रो राजाको आदेश मुताबिक कर दिने कि नदिने? सोधे।
नदिने रावणले जवाफ दिए।
ती दुतले लंकाकाे जस्तै देखिने एक गेट भत्काइदिए। उता लंकाको मुल गेट नै भत्कियो।
फेरी दुतले सोधे कर दिने कि नदिने?
रावण नतमस्तक हुँदै चाहेजति सुन लैजानु भनी आदेश दिए।
दुतले खुशी हुँदै चाहिएजति सुन लिएर गए। राजालाई बुझाए।
राजाले रानीलाई सुन दिदै भने के के लगाउने इच्छा छ सोही बनाइ लगाउ।
त्यति भनेपछि हिजोसम्म केही थिएन । आज यतिका सुन कहाँबाट आयो? उनले सोधिन।
रावणसँग कर उठाइ ल्याएको हो भनेपछि रानी अचम्मित हुँदै आफ्नो श्रीमान यति शक्तिशाली हुँदाहुँदै मैंले गहना किन लगाउने । मेरो आभुषण नै मेरो श्रीमान रहेकोले नलगाउने निर्णय गरिन।
यदि यी रानीले महिला प्रजाले दिएको सुझावलाई स्वीकार गरी वास्तविकताको पहिचान हुँदाहुँदै सुनका गहनामा मन लागिरहेको भए शकुनिको चाल हुनसक्ने थियो। किनकि मानिसको दुर्भाग्य नै उ भित्र पलाउने लोभ र ईर्ष्या नै हो।
यस अर्थमा राजा र रानी दुवै मुक्त भए र आफ्नो शाख जोगाइराखे।
सवैले बुझ्नु नै पर्छ लोभले लाभ लाभले विलाप निम्ताउँछ भनेर।
ब्रह्मा त लज्जित हुनुपरेको थियो भने मानिस...
२०७९/०४/१०
ब्रह्मा त लज्जित हुनुपरेको थियो भने मानिस...
भगवान कृष्णको लिला देखि ब्रह्मालाई लोभ लागेछ। एक दिन बृन्दावनमा पुगि सम्पूर्ण ग्वाला र गाईलाई गुफामा बन्दी गराई ब्रह्मलोक जानुभएछ। जव आफ्नो दरबारको अगाडि पुग्नुभयो दरबारका सुरक्षागार्डले गेटमा नै रोकिदिएछन्। मै ब्रह्म हु भन्दा नि पत्याएनन्। न पत्याए यसो हेर्नुहोस् त । हाम्रो ब्रह्म त आफ्नो आसनमा नै हुनुहुन्छ भनेपछि कृष्ण देखि लज्जित हुनुपरेको थियो। ब्रह्म पृथ्वीमा आइ आफुले गुफामा थुनेका ग्वाला र गाईलाई जस्ताको त्यस्तै रुपमा छोड्नुपरेको थियो।
ब्रह्मा त लज्जित हुनुपरेको थियो भने पृथ्वीमा रहेका मानिसहरू त झनै लज्जित हुनुपर्ने दिन आइपर्छ। यदि कोही व्यक्ति कुनै ठाउँमा योग्य नहुँदा नहुँदै कसैको निगाहमा पुगेको छ भने उससँग रहेको दम्भ धेरै टिकाउ हुदैँन। आफुलाई योग्य बनाउनको साटो यदि कोही व्यक्ति कसैको पिच्छुलग्गु बन्दै हिड्छ भने उसको आफ्नो पहिचान गुमाउँछन् नै। त्यसैले जो कोही पनि केहीको प्रलोभनमा परेर केही प्राप्ति गर्छ त्यसले उसलाई सन्तुष्टि दिन सक्दैन किनकि जो उसले प्राप्ति गरेको हुन्छ त्यो कसैको निगाह स्वरुप हो।
प्रत्येक नागरिक आफै आत्मनिर्भरको मार्ग रोज्नुपर्छ। जसले प्रत्येक क्षणमा उसलाई उर्जा दिन्छ। त्यही उर्जाले नै उसलाई उसको जीवनको मार्ग निर्धारित गरिदिनेछ। अरुको इर्श्या गर्नु, चाकडी चाप्लुसी गर्नु मानवीय दुर्गुण हुन। यीनलाई त्याग्न सक्नुपर्छ। जो त्याग्नसक्छ उसलाई कहिले पनि समस्या पर्दैन। समस्यामा पनि उ रमाउँछ र निकासा निकाल्छ पनि।
सबैले बुझ्नुपर्छ छल र कपटले एक छिन अल्झाउन सकिन्छ तर सधैंको लागि सम्भव छैन। समय बलवान छ र समयले नै सबैको हैसियत देखाइदिन्छ।
शिक्षक महासंघ
२०७९/०४/१७
आदरणीय शिक्षक महासंघका अध्यक्ष महासचिव लगायत सम्पूर्ण नेताज्यूहरु
हार्दिक नमन।
शिक्षक भएको नाताले मैले केही प्रश्न गर्ने जमर्को गरे त्यसमा अन्यथा नमानी सम्पूर्ण नेपालका शिक्षकलाई चित्त बुझ्ने गरी जवाफ दिएमा म लगायत सम्पूर्ण नेपालका शिक्षकहरु आभारी हुने थियौं।
१. शिक्षक महासंघको अध्यक्ष , महासचिव लगायत अन्य ४ जनालाई पुरा अवधिको लागि नेपाल सरकारले काज दिने गर्छ भन्ने सुनेको छु। यो हो कि होइन? शिक्षक महासंघको नेतृत्वमा उभिसकेपछि तपाईंहरु तटस्थ भएर समग्रमा शिक्षकको लागि के आवाज उठाएर जानुभयो र अप्ठ्यारोमा परेका शिक्षक कसलाई कसरी सहयोग गर्नुभयो? यहाँको कार्यकालमा नेपालको शिक्षा कस्तो हुनुपर्ने हो? यसको वारेमा केही अनुसन्धान गर्नुभयो कि आफ्नै व्यक्तिगत काममा समय बिताउनुभयो ?
२. आज नेपालका विद्यालय तहमा अद्ययनरत विद्यार्थी किन आफ्नो उच्च शिक्षाको लागि नेपालमा रहन चाहँदैनन्? खोज गरिएको छ त?
३. नेपाल शिक्षक महासंघले विद्यालय मावि तहमा योग्यता पुगेका स्थायी शिक्षक हुँदाहुँदै शिक्षक सेवा आयोगमा असफल भएका शिक्षकलाई संघ, संगठनको नाममा शैक्षिक विकृति मच्चाइरहदा किन मुकदर्शक बनेको छ?
४. नेपालको सामुदायिक विद्यालयमा अध्यापन गराउने कुनै पनि तहको स्थायी शिक्षक कुनै पनि संघ संगठनमा आवद्ध नभइ शिक्षक महासंघको सदस्य बनी, शिक्षक महासंघको नेतृत्व गर्न चाहन्छ भने त्यो विशुद्ध शिक्षकलाई त्यो अवसरमा प्रतिस्पर्धा गरी नेतृत्वमा पुग्ने अवसर कसरी मिल्दछ?
५. आज नेपालमा मौलाएको कुसंस्कार, वेतिथि, र भ्रष्टाचारको दोशी शिक्षक महासंघ हो कि होइन?
६. अनुशासन सिकाउने शिक्षक नै अनुशासनको खिलापमा लागेपछि शिक्षक महासंघले त्यस्ता शिक्षक प्रति के गर्ने गरेको छ?
७. नेपालका धेरै विद्यालयमा प्रावि वा निमावि तहका शिक्षकहरुले मावि विद्यालयको प्राधानाध्यापक भएर काम गरीरहँदा शिक्षक महासंघले किन न्याय दिलाउन सकिरहेको छैन?
८. शिक्षक महासंघ के शिक्षक महासंघका नेतृत्वमा रहेका व्यक्तिको आवाजलाई मात्र सम्बोधन गर्ने महासंघ हो कि समग्र शिक्षकको आवाज हो। अहिले नेपाली समाजमा शिक्षक महासंघको अस्तित्व माथि प्रश्न उठेको छ। यो प्रश्नको जवाफ कसरी दिनुहुन्छ?
९. यदि शिक्षक महासंघले नेपालको शिक्षा निति तयार पारी नेपाल सरकारलाई कार्यान्वयनको लागि दवाव दिन सक्दैन र आफ्नो माग पुरा गर्ने हैसियत राख्दैन भने नेपाल शिक्षक महासंघको औचित्य पुष्टाइदिनको लागि भावि योजना के छ त?
१०. शिक्षक महासंघको नाममा न विद्यालयमा उपस्थित भइ विद्यार्थीलाई अद्यापन गराइएको छ न शिक्षकको हकहितको लागि कुनै काम गरेको छैन भने विना परिश्रम लिएको ज्यालाले पोल्दैन त ?
११. आजका राजनितिज्ञ हिजोका विद्यार्थी भएकोले के आजको विकराल अवस्थाको दोष राजनितिज्ञमा मात्र रहन्छ कि सही शिक्षा दिएर संस्कारिक नागरिक बनाउन नसकेकोमा शिक्षकको भागमा बढी रहन्छ?
१२. शिक्षकहरुको महासंघ भन्दा पनि एकल शिक्षक संगठन रहनुपर्छ। नाम संघ होस वा संगठन विवाद गर्नुपर्दैन तर सबै शिक्षकले मेरो आत्मा हो भन्ने महसुस गर्न सक्ने हुनुपर्छ। यसमा हजुरहरूको के राय छ?
१३. जागिर सामुदायिक विद्यालयमा तर बाल बच्चा संस्थागत विद्यालयमा पठाउने शिक्षक प्रति किन भनी कहिल्यै सोधियो त?
१४. जव शिक्षक आफु सामुदायिक विद्यालयमा जागिर खाने आफ्नो बालबच्चालाई संस्थागत विद्यालय पठाउने शिक्षकको कार्यदक्षालाई कसरी मुल्याङ्कन गरेको छ शिक्षक महासंघले?
१५. मन, वचन र कर्मले यो शिक्षण पेशालाई पेशामा सर्वोत्कृष्ट पेशा हुँदाहुँदै पनि उपेक्षित भएकोमा यसलाई नयाँ पिढिको रोजाइको पेशा हो भनी नेपाली समाजमा उभाउनको लागि के कस्ता कार्यक्रम ल्याउनुभएको छ? स्पष्ट पारिदिनु होला?
१६. सित्तैमा नुन खान हुँदैन भनिएको छ? तपाईंहरु आफ्नो कार्यकालमा खाइएको नुन प्रति कत्तिको सन्तुष्ट हुनुभएको छ र तपाईले खाएको नुनले शिक्षक पेशामा कहाँ, कहिले र कसरी मलम लगाउनु भएको छ?
१७. असल शिक्षक, अनुशासित र कर्तव्यपरायणले भरिएको विद्यार्थी उत्पादन गर्नको लागि कहिले नेपाल सरकारलाई केही सुझाव र सल्लाह दिनुभयो त?
१८. नेपालको कुनै पनि सामुदायिक विद्यालयमा केही असहज भएर शिक्षक महासंघको नेतृत्वलाई खवर गर्दाखेरी शिक्षा ऐन तथा नियमावलीले तोके अनुसार कार्य गर्नको लागि कहीँ कतै पहल गरेको अवस्था छ कि छैन? छ भने कहाँ र कहिले कुन विद्यालयमा गरियो?
१९. शिक्षक नेपाली जनताको गोठालो हो भने शिक्षक महासंघ त शिक्षक र नेपाली र शिक्षक दुबैको गोठालो हो। नेतृत्वलाई हेक्का छ कि छैन?
२०. विद्यालयको प्रधानाध्यापक विना भेदभाव विना पूर्वाग्रह जो जसले पाउनुपर्ने हो वा यो प्रशासनिक पद भएकोले छुट्टै विग्यापन गराइ शिक्षकहरु बीच प्रतिस्पर्धा गराइ निश्पक्ष व्यक्ति छनौटको लागि केही सोच बनाउनु भयो त?
२१. शिक्षकको नेता बन्न त टालटुल गरे पुगिहाल्छ। तर नेता बनिसकेपछि नेताको भुमिका निर्वाह गर्न गार्हो हुन्छ। नेता भनेको अभिभावक हो। नेताले त केही सुविधा पाउदै गर्दा मेरो छत्रछायाँमा रहेको शिक्षकले सुविधा नपाएको अवस्थामा हामी नेतृत्वमा रहेकाेले लिदैनो भन्न सकेको अवस्था छ कि: मै खाउँ मै लाँउ सुख सयल मै गर्यौ भन्ने अवस्थामा छ। यसलाई स्पष्ट पारिदिएका आभारी हुनेथिएँ।
त्यसैले भन्नैपर्छ शिक्षकको महासंघको नेतृत्व जसलाई नेपाल सरकारले काज दिन्छ, ती व्यक्तिले आफ्नो पूर्ण समय भावि नेपालको शिक्षा निति , लक्ष्य निर्धारण गरी कार्यान्वयन कसरी गर्ने र नियमावली तयार पारी नेपाल सरकारलाई कार्यन्वयनको लागि वाद्य बनाउन सक्ने सामर्थ्य भएको व्यक्ति पुग्नुपर्छ। त्यस्तो व्यक्ति भनेको लोभबाट टाढैरहेको हुनुपर्छ। प्रत्येक शिक्षकलाई सही गुरु बनाउनु पर्छ नकि केबल शिक्षक। गुरुले आफ्ना विद्यार्थीसँग दक्षिणा माग्न मिल्यो तर मुल्य होइन। मुल्य खोज्यो भने त्यो व्यापार हो। कृष्ण भगवानले गुरु द्रोणाचार्यलाई बताउनुभएको थियो। कृष्ण भगवानले द्रोणाचार्यलाई आफ्नो छोरालाई संस्कार दिन नसकेको र उ अधर्मी भएको र अन्तमा अधर्मको पक्षमा युद्धमा सामेल हुनुपरेको थियो। आज पनि हामी समाजले भ्रष्ट भनेर चिनेको व्यक्तिको गुलामी गरेको देखेका छौं। नेताज्यूहरु राजनैतिक दलका नेताहरु शिक्षकका नेतासँग त देशमा देखिएका समस्याको समाधानको लागि के गर्न सकिन्छ भन्दै शिक्षकलाई खोज्न आउने दिन बनाउनको लागि केही अनुसन्धान गरी योजना तयार गर्नु भएको छ र ?
आजको विकराल अवस्था भन्दा भोलिका दिन दयनीय नबनोस्।
यदि मिल्दैन भने
यो अवस्थाको अन्त्य गर्नको लागि शिक्षक महासंघले केही गर्छ कि शिक्षकले नै अदालतको ढोका ढकढकाउन पर्ने हो?
यदि अदालतको ढोका ढकढकाएर प्रधानाध्यापक र नेतृत्वमा भएका साथिहरु वाहिरनु पर्ने दिन भन्दा अगावै आफै सुरक्षित हुने मार्ग खोज्नको लागि र सामाजिक र शैक्षिक न्याय उपलब्ध गराउनको लागि सम्बन्धित सबैमा अनुरोध गर्दछु।
यो कटु तितोलाई पस्कदै गर्दा कोही कसैलाई मर्का परेको छ भने सहजै लिइदिनको लागि अनुरोध गर्दछु। एक शिक्षकको कर्तव्य ठानी आफ्नो महासंघलाई प्रश्न गर्न पाउनु नैसर्गिक अधिकार हो। देशको शैक्षिक निति र नेपालका शिक्षकहरु संधै उपेक्षित हुनुपर्नाको मुल कारण नै शिक्षक नेतृत्व कमजोर भएर नै हो। नेतृत्वमा लोभले वास गरेकोले नै हो, नेतृत्वले विश्वपरिवेशलाई नियाली अहिले कस्तो शिक्षा चाहिन्छ त्यसको चुरो पत्ता नलगाएर नै हो। शिक्षक नेतृत्वले माग गर्दा त भगवान् कृष्णको बालसखा सुदामाले झैं माग्नुपर्छ। उनले धेरै समयपछि आफ्नो भागमा परेको आधा सिगो भात पनि कृष्णलाई अर्पण गर्दै भनेका थिए:
सन्सारका भोकाहरुको पेट भरियोस। उनले कृष्णलाई अर्पण गर्ने बित्तिकै संसारका सबै भोका जिवात्माको भोक मेटिएको थियो।
तर हाम्रो नेताले त तमाम नेपाली शिक्षकलाई सडकमा उतारी आफ्नो माग पुरा गरेको कुरा सुनिन्छ। सत्य केहो ? यसै लेखबाट जबाफ मागे। जबाफ माग्न पाउने मेरो अधिकार पनि हो किन कि मेरो पनि त्यसमा केही बुद लगानी परेको छ।
अन्तमा आशा छ प्रत्येक प्रश्नको जवाफ दिनुभएमा आभारी हुनेथिएँ। गुरु भनेकै विद्यार्थीको ह्रदयमा वास गरेको कालो धब्बालाई हटाई कुनै पनि विद्यार्थीलाई सत्मार्गमा डोर्याई, आद्यात्मिक पनमा भक्ति भावले समर्पित भई सदा सत कर्ममा अनुशासित र लगनशीलताले भरिपूर्ण गराई ग्यान आर्जनको लागि लागि भोक जगाउने वा उत्प्रेरित गर्न सक्ने व्यक्ति हो भने शिक्षक महासंघको नेता त उ आफै मात्रै नभएर सबै शिक्षकहरुको लागि अनुकरणीय पात्र अर्थात मन्दिर भित्रको मुर्ति जस्तो अदृश्यमा रहेर पनि शक्ति प्रदान गरिदिने पात्र जस्तै हुनुपर्ने हो नि हैन र?
मेरो बुझाइमा त शिक्षक महासंघले त शिक्षकको मात्र होइन बोल्न नसक्नेको पनि आवाज बोलिदिनु पर्ने हो। तर त्यसो हुन सकेको छैन, छ र?
तीतो सत्यलाई सहर्ष स्वीकारी आफु पनि सुध्रदै समग्र नेपाली शिक्षकमा मात्र नभएर मानव समाजमा शिक्षकले बुझेर गल्ति गर्दैन भन्ने सन्देश दिनको लागि सफल रहनुहोस्। यही रह्यो मेरो शुभकामना।
उही तपाईंहरुको शिक्षक साथी,
चन्द्र कान्त पण्डित
पशुपति मित्र माध्यमिक विद्यालय चाबहिल, काठमाडौं।
सम्पर्क नं: ९८५११४८३७९
ckpanditps@gmail.com
Subscribe to:
Comments (Atom)