२०७७। ०२।१८
अज्ञानले मानिस कमजोर हुन्छ,शिक्षाले सवल र आत्मनिर्भर वन्ने छ।
डा बाबुरामले सम्सदमा वोलेको केही कुरा चित्त नवुझेको कारणले यहा केही पोख्दै छु । उहाँको हेराइमा वाहुनले वसेर खाएका छन जस्तो देखिन्छ। अरूलाई हेर्नु पर्दैन उहाँको गाँउमा रहेका भट्टराई नै कति जनाले वसेर खाना पाएका रहेछन । डा बाबुराम जी सवैले काम गरेका नै छन । काम नगरी खाने कोही छैनन ।छन भने नेताका सन्तती होलान।
सविधानमा दलित लेख्ने , दलितको अर्थ दलिनु नै हो, हेपिनु नै हो । उनीहरुलाई विऋ्वकर्मा, मिजार, दर्जी, आदि शव्दहरुमा सगाैरव वाच्न सक्ने बनाउन पर्छ। यो शिक्षाबाट मात्र सम्भव छ। आरक्षणले त दोस्रो दर्जाको नागरिक वनाएको छ । आज नागरिक नागरिक वन्न सक्नेअवस्था छैन। उनीहरुलाई नेपालको संविधानले कसरी समान वनाएको छ। जातिय आरक्षण गलत छ।
तपाई कामी लेख्नोस, दमाई लेख्नोस या अन्य केही , यो तपाईको कुरो हो । विश्कर्मा पुजिन्छन, आज वाहुनले पनि जुत्ता कारखानामा काम गरेका छन, र हेर्नोस आज सवैभन्दा पिडित छ त वाहुन नै छ। मिजारले पनि समाजको नेतृत्व गरेका छन , दमाईले सगाैरव त्रिभुवन विश्वविद्यालयमा सवैका गुरु भएका छन, सवैका प्रिय छन। विश्कर्मा त स्वर्ग निर्माता पनि हुन पुजिन्छन पनि। आज सन्सार नेपालको जात जाति देखेर रियाल काढ्छन। तपाई यसलाई किन वढि देख्नुहुन्छ। जातिय छुवाछूत कागजमा लेखेर हुदैन । जुन दिनमा मानिसहरू वुझ्ने छन त्यही दिन छुवाछुतको अन्त्य हेनेछ।
समस्या जातको होइन, शिक्षाको हो । हुन त आफुले पढ्ने तर अरुलाई पढाउने शिक्षकलाई रूखमा लगेर झुन्ढाई मार्नेलाई के भन्ने। तपाई विद्वान भएर पनि तपाइ भ्रममा हुनुहुन्छ। रुकुममा विश्वकर्मा मारिए , ठकुरी कन्याको प्रेमको कारणले त्यहा कहा वाहुन छ र सडकमा वाहुनको विरोध हुदैछ। मार्नेलाई नेपालको कानुनले जे भन्छ, त्यही अनुसारको सजाय दिए भैहाल्छ। वाहुनले गल्ति गरेको छ भने तीनलाई कारवाही गर्नुपर्छ।
मिजारले पनि समाजको नेतृत्व गरेका छन । हेर्ने हेराई फरक मात्र। सवैलाई सफल वनाउनु पर्छ। जातिय विभिन्नता राष्ट्रको गहना हो । विभेदिकरणको अन्ते गर्नु पर्छ ।आजको आवश्यकता यही हो नकि जात जातिको अन्ते ।जात जातिको अवस्थामा मानिस वोइलर कुखुरा जस्तै बन्ने छ। यो दिन आउन दिन हुदैन । १७ आैं हजार मारिए मीठो सपनामा।तर आज संविधान वाहेक के छ फरक।चुनाव हिजो नि थियो आज नि छ। एक जना मानिसको संरक्षणमा मासिक लाखाै कराैडाै खर्चदै हिड्नु भएको छ। ज्यालाको विभेदिकरण हेर्नोस त। ध्यान दिनुपर्ने त्यही हो। महिनाभरि विद्यालयमा पढाउने शिक्षक रु ६०००. मा पढाउछ तर एक दिनको बजेट भाषणको ज्याला कति छ। हेर्नोस त्यता पनि। एक दिनको किसानको ज्याला कति छ। किसान सवैको लागि चाहिन्छ। उसले अनाज नउव्जाउने हो भने पैसा , सुन र हिरा अर्थहिन हुनेछन। तपाईं भ्रमबाट वाहिर निस्कनोस।
भ्रष्टाचार , अत्याचार , परिवारवाद, निरकुंशता आदिमा केमा कमि आएको छ। जसले वढि भ्रष्टाचार गर्छ उसैको स्वर चर्को छ। १० वर्षको क्रान्तिको उदगम स्थलोमा के हुदैछ । राजनितिमा वाद समस्या होइन, समाजमा जात होइन, सवै समस्याको जड भनेको मानिसको चेतना हो। तपाईं यो देशको अर्थमन्त्री पर्धानमन्त्री भैसकेको व्यक्ति तपाईं आफैले वनाएको संविधान तपाईंले देखाएको सपना पुरा गराउन कसले रोक्यो। चेतनाले नै त होनि। तपाईले बुझेको समाज वुझ्दैनसमाजले वुझेको तपाईं वुझ्नुहुइन्न। समस्या तपाईंको चिन्तनमा छ।
सवैलाई अनिवार्य शिक्षा दिनुपर्छ । सक्षम वनाउन पर्छ । जसले जे काम गर्न चाहन्छ उसलाई त्यही गर्न पाउन पर्छ । कोही कसैलाई आरक्षणमा राख्नु हुदैन। आरक्षणमा राख्ने काम गलत छ । आरक्षणले त मानिसको अपहेलना गरेको छ । उहाँहरुले स्वाभिमानी नागरिकको रुपमा वाच्न पाउनुपर्छ। हनिमात्र होला केही। नत्र के नै फरक छ र हिजोको राजाको सवार र वर्तमानको राष्ट्रपतिको सवार विचमा। एकै व्यक्ति दोहोरिएको छ। नेताको परिवारलाई नपुगि अरुले भाग पाउदैन । वस नाम मात्र फरक छ। संविधानमा जातिय छुवाछूतको अन्त्य हिजै भएको हो। पछाडि झुन्डिएको थरले केही गर्देन नेपाल नेपाली गाैतम लेखिएकै छन। विचार हो विचार। सवरीले टोकेर दिएको वयर रामले खाएकै हुन।
