नेपालमा राजनैतिक दल समाप्त भएका हुन कि दलको लक्ष्य नभएका हुन कि नेपाल र नेपालीको वेवास्था गरेका हुन , बुझ्न कठिन भएको छ। राजनैतिक दलका नेताहरु हिजो सँगै एक थालमा खाना खाए , आज एकले अर्कोलाई गालि बाहेक अन्य केही सुनिदैन किन? पूर्वीय दर्शनले त ऋषि मुनि वा तपस्वीले त प्राप्त गरेको वरदान वा शक्ति यदि कसैको गालि गलौजमा खर्चन्छ भने त्यो विस्तारै नष्ट हुन्छ भनेको छ। खोइ चुनावको मुखमा आएर गालि गलौज मात्र गर्ने दल र तिनका नेतालाई के भन्ने। यो विनासको बाटो हो।
राजनैतिक दल हुनको लागि त एक सिदान्त हुनुपर्यो तर आज गालि मात्र सुनिन्छ। गालि गर्ने नेताहरु केही गर्न सक्दैनन् । किनकि उनको दिमागमा न माटोको ग्यान छ, न माटोलाई कसरी उपयोग गर्ने न मानवीय सम्वेदना छ , न नेपालको माया छ, न युवाहरुलाई देशमा राख्नसक्ने योजना छ, न जिम्मेवारीको बोध छ, अनि कसरी बन्छ त देश।
नेपालमा सम्सद जिउदै छ तर अर्थहिन देखिएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश माथि महाअभियोग लगाइन्छ तर यसको निर्क्यौल नै नगरीकन अधिवेशन रोकिन्छ। गल्ति गरेको भए कारवाही गर , सम्सदबाट हैन भने किन यस्तो बेलामा हुदै छ। कसले सोच्ने ? वृद्द नेताहरु जेलको धाक लगाउने, यसो गरे उसो गरे तर गर्न त गरे के गरे चालिसको दशकको पम्फादेवी आज बनिसके।
राजनैतिक दल भन्छन , तर आफ्नो घोषणा पत्रको आधारमा चुनाव लड्ने आट गर्दैनन्।
गर्नुपर्ने केहो त?
१. नेपालको शिक्षा नीतिमा आमुल परिवर्तन।
२.विदेशमा पुरा छात्रवृत्तिमा मात्र अद्ययनको लागि जान दिने तर आफ्नो लगानीमा अद्ययनमा जाने परम्परा को अन्तर गर्नुपर्ने।
३. रेमिट्यान्स र विदेशी सहायताले देश बन्दैन। देशलाई आत्मनिर्भर बनाउनको लागि कृषि क्रान्ति गर्नुपर्ने।
४. उद्योग कलकारखाना खोली रोजगारको सृजना गर्ने।
५. नेपाल बनाउनको लागि नेपालमा नै पैसो छ, त्यसको उपयोग गर्न मात्र जान्नुपर्छ।
६. खरवाै रुपैयाँ विदेशी स्विस बैंकमा मुट्ठीभरका मानिसको नाममा छ भनि गरिएको समाचार साचो हो भने त्यो पैसोलाई नेपाल भित्राउन सक्नुपर्छ।
७. नेपालको सम्विधानमा समानतालाई मौलिक हकभित्र राखेको छ तर आरक्षण र दैनिक ज्यालामा व्यापक असमानता छ। किन?
८. चुनावमा भाग लिनको लागि पनि शैक्षिक योग्यता तोक्नुपर्छ। वडाको वडा अध्यक्ष हुनको लागि कम्तीमा स्नातक, सदस्यको लागि १२ उत्तीर्ण, मेयर र उपमेयर, र विभिन्न तहमा हुने साम्सदको लागि स्नातकोत्तर गरेको हुनुपर्ने।
९. स्वास्थ्य उपचारका लागि स्वदेशी पुँजी खर्चेर नेताको नाममा करोडौं खर्चने तर सर्वसाधारणले सामान्य उपचार नपाउने परम्परालाई तोड्नु पर्ने।
१०. कुनै पनि राजनैतिक तहमा २ भन्दा बढी पटक चुनाव लड्ने नपाउने।
१२. कर्णालीमा यार्सागुम्बा, हिमालमा स्याउ, जडिबुटी, कस्तुरी पालन, तराईमा कृषि तथा पशुपालनमा, पर्यटनमा वृद्धि, पानीको सही सदुपयोग, स्वदेशी उत्पादनलाई प्रोत्साहन, कर्तव्य पालना प्रति लगाम , संस्कृत भाषामा लुकेको वैज्ञानिक सोचको खोज तथा प्रयोग गर्नुपर्ने।
१३. जेलको खारेजी। अपराधीलाई के गर्ने?
क. सामाजिक बहिस्कार वा कुनै कलकारखाना खोली त्यही काम गर्न लगाउने।
ख. अपराध पनि गर्ने, देशको धुकुटी खर्चेर अपराधीलाई पाल्ने परम्पराको अन्त्य गर्नुपर्ने।
ग. एकलाई मारे अपराधी र १०० भन्दा बढी मार्नेलाई नेता मान्ने परम्पराको अन्त्य गर्नुपर्ने।
१४. चुनावी गठबन्धन गर्ने भए राजनैतिक दल चाहिदैन।
१५. मानव सभ्यताको संरक्षणको लागि अन्तरजातीय विवाहको बारेमा माैन बस्ने। गर्नेलाई ठिकै छ। अन्तरजातीय विवाहलाई प्रोत्साहन दिएमा एक शताब्दी पछाडी मानिसहरुको अवस्था बोइलर कुखुराको चाल हुनेछ।