Saturday, July 16, 2022

"The roots of education are bitter, but the fruit is sweet."- Aristotle

 2078/12/24

"The roots of education are bitter, but the fruit is sweet."- Aristotle
This saying is really aprreciable. In the beginning see how boring it seems to achieve education. Getting up early in mornig, getting ready to prepare school or college with heavy books and exercise books , going to school and university ,staying at school and university for a long time everyday seems very irrational and gets nothing at the moment except some knowledge on the concerned topics. Each one can earn a little during the time of studying. Whether with interest or compulsion, everyone has to involve in study. See how boring it will be when our contemporary enjoy listenig musics, visiting new places and involving in other activities but at the same time the next ones have to use their time properly to gain knowledge. In the begiing of our life it seems as an irrational activity but later while achiving the skills or the academic certificate it makes everyone life meaningful. In the beginning it looks as if it is worthless but later the learned ones can spellbound the world with the knowledge they perceive through their performance. Thus the fruit of hard toil proves its worth and makes it sweet.
Surya Kanta Pandit, Kalika Shiwakoti and 10 others

नेपालमा राजनैतिक दल

 २०७८/१२/२५

नेपालमा राजनैतिक दल समाप्त भएका हुन कि दलको लक्ष्य नभएका हुन कि नेपाल र नेपालीको वेवास्था गरेका हुन , बुझ्न कठिन भएको छ। राजनैतिक दलका नेताहरु हिजो सँगै एक थालमा खाना खाए , आज एकले अर्कोलाई गालि बाहेक अन्य केही सुनिदैन किन? पूर्वीय दर्शनले त ऋषि मुनि वा तपस्वीले त प्राप्त गरेको वरदान वा शक्ति यदि कसैको गालि गलौजमा खर्चन्छ भने त्यो विस्तारै नष्ट हुन्छ भनेको छ। खोइ चुनावको मुखमा आएर गालि गलौज मात्र गर्ने दल र तिनका नेतालाई के भन्ने। यो विनासको बाटो हो।
राजनैतिक दल हुनको लागि त एक सिदान्त हुनुपर्यो तर आज गालि मात्र सुनिन्छ। गालि गर्ने नेताहरु केही गर्न सक्दैनन् । किनकि उनको दिमागमा न माटोको ग्यान छ, न माटोलाई कसरी उपयोग गर्ने न मानवीय सम्वेदना छ , न नेपालको माया छ, न युवाहरुलाई देशमा राख्नसक्ने योजना छ, न जिम्मेवारीको बोध छ, अनि कसरी बन्छ त देश।
नेपालमा सम्सद जिउदै छ तर अर्थहिन देखिएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश माथि महाअभियोग लगाइन्छ तर यसको निर्क्यौल नै नगरीकन अधिवेशन रोकिन्छ। गल्ति गरेको भए कारवाही गर , सम्सदबाट हैन भने किन यस्तो बेलामा हुदै छ। कसले सोच्ने ? वृद्द नेताहरु जेलको धाक लगाउने, यसो गरे उसो गरे तर गर्न त गरे के गरे चालिसको दशकको पम्फादेवी आज बनिसके।
राजनैतिक दल भन्छन , तर आफ्नो घोषणा पत्रको आधारमा चुनाव लड्ने आट गर्दैनन्।
गर्नुपर्ने केहो त?
१. नेपालको शिक्षा नीतिमा आमुल परिवर्तन।
२.विदेशमा पुरा छात्रवृत्तिमा मात्र अद्ययनको लागि जान दिने तर आफ्नो लगानीमा अद्ययनमा जाने परम्परा को अन्तर गर्नुपर्ने।
३. रेमिट्यान्स र विदेशी सहायताले देश बन्दैन। देशलाई आत्मनिर्भर बनाउनको लागि कृषि क्रान्ति गर्नुपर्ने।
४. उद्योग कलकारखाना खोली रोजगारको सृजना गर्ने।
५. नेपाल बनाउनको लागि नेपालमा नै पैसो छ, त्यसको उपयोग गर्न मात्र जान्नुपर्छ।
६. खरवाै रुपैयाँ विदेशी स्विस बैंकमा मुट्ठीभरका मानिसको नाममा छ भनि गरिएको समाचार साचो हो भने त्यो पैसोलाई नेपाल भित्राउन सक्नुपर्छ।
७. नेपालको सम्विधानमा समानतालाई मौलिक हकभित्र राखेको छ तर आरक्षण र दैनिक ज्यालामा व्यापक असमानता छ। किन?
८. चुनावमा भाग लिनको लागि पनि शैक्षिक योग्यता तोक्नुपर्छ। वडाको वडा अध्यक्ष हुनको लागि कम्तीमा स्नातक, सदस्यको लागि १२ उत्तीर्ण, मेयर र उपमेयर, र विभिन्न तहमा हुने साम्सदको लागि स्नातकोत्तर गरेको हुनुपर्ने।
९. स्वास्थ्य उपचारका लागि स्वदेशी पुँजी खर्चेर नेताको नाममा करोडौं खर्चने तर सर्वसाधारणले सामान्य उपचार नपाउने परम्परालाई तोड्नु पर्ने।
१०. कुनै पनि राजनैतिक तहमा २ भन्दा बढी पटक चुनाव लड्ने नपाउने।
१२. कर्णालीमा यार्सागुम्बा, हिमालमा स्याउ, जडिबुटी, कस्तुरी पालन, तराईमा कृषि तथा पशुपालनमा, पर्यटनमा वृद्धि, पानीको सही सदुपयोग, स्वदेशी उत्पादनलाई प्रोत्साहन, कर्तव्य पालना प्रति लगाम , संस्कृत भाषामा लुकेको वैज्ञानिक सोचको खोज तथा प्रयोग गर्नुपर्ने।
१३. जेलको खारेजी। अपराधीलाई के गर्ने?
क. सामाजिक बहिस्कार वा कुनै कलकारखाना खोली त्यही काम गर्न लगाउने।
ख. अपराध पनि गर्ने, देशको धुकुटी खर्चेर अपराधीलाई पाल्ने परम्पराको अन्त्य गर्नुपर्ने।
ग. एकलाई मारे अपराधी र १०० भन्दा बढी मार्नेलाई नेता मान्ने परम्पराको अन्त्य गर्नुपर्ने।
१४. चुनावी गठबन्धन गर्ने भए राजनैतिक दल चाहिदैन।
१५. मानव सभ्यताको संरक्षणको लागि अन्तरजातीय विवाहको बारेमा माैन बस्ने। गर्नेलाई ठिकै छ। अन्तरजातीय विवाहलाई प्रोत्साहन दिएमा एक शताब्दी पछाडी मानिसहरुको अवस्था बोइलर कुखुराको चाल हुनेछ।
Surya Kanta Pandit, Subas Adhikari and 9 others

Adversity and loss make a man wise.

 2078/12/26

Adversity and loss make a man wise.
Human beings in general wish to live in comfort having all goods they need. But in reality it can neither satisfy them nor let them know the value of human life. Human life is the most presous life of the gods' creation. That's why everyone has to know the value of it.
We gain wisdom faster in difficult times than in prosperous times. It means when we face hurdles in our ways, we have to search the way or clear the hurdles to reach to our destination. If we wander we reach no where but if we have delcare our destination, we reach one day if we begin with a first steep of thousand miles journey.
We can see anarchism in present politics and in other parts too. We can read how the Rana regimes used to prefer nepotism but now we are facing the same in the present so called republic of Nepal. Therefore, lacking behind means not having the destination in politics. Elections of different levels are approaching and the demonstration as well as public speech by the local level to senior level is going on, but noone or the leader of political party has shown the plan to make it a better place where our present children and the youths wish to stay and flourish themselves and help in the overall development of nation.
This is the adverse time on which we Nepalese should take the right decision to make Nepal a better place to live in with the access of development in every sector of every corner of Nepal. The history of Nepal has proved that the political system is not the problem. The problems lie in the people's concept. There won't be any progress until and unless change in the lens of human minds. It is the human mind that sees good and bad to the same thing . Everything depends on the way of thinking and developing the concept.
When the baby Dhurba's step mother grabbed him from his father's lap and threw to other part and said, "You could sit on that lap if you were born from my womb or only if there was the mecry of Lord Bishnu." It hurt him a lot and left his mother and went out of the palace in serach of Lord Bishnu. He compelled the lord to come down the earth and took him in his lap. Later when he went to his step mother, she asked him to parden her but he said if she didn't show him the way he could not meet the lord. He said that she was the path shower for him who let him know the importance of life. He had to face a lot hurdles which compelled Narada to councel him to show the way of visiting the lord. Where there is problem there is a way too. Dhurba did so and let us know change the concept of our mindset. That's why the matter looks in the same way how you form it in your mindset. Facing difficulty means beaing more wiser and cleverer to come out of the difficulty.

नव वर्ष २०७९ शुभ रहाेस सबैकाे लागि ।

 २०७९।०१।०१

नव वर्ष २०७९ शुभ रहाेस सबैकाे लागि ।
प्रकृति प्राय एकै गतिमा चलिरहेको हुन्छ यद्दपी कहिले बढी वर्षा कहिले सुख्खा खडेरी पनि पर्न सक्छ । प्रत्येक मिनेटका ६० सेकेण्ड, प्रत्येक घण्टाका ६० मिनेट र प्रत्येक दिनको २४ घण्टा, हप्ताका ७ दिन महिनाका प्राय ३० दिन वर्षका १२ महिना र ३६५ दिनहरुको चक्रले नै हामी मानवलाई चलायमान बनाइरहेको हुन्छ । यही चलायमान हुने गतिमा हामी कहिले खुशीले गदगद त कहिले चिन्तामा डुबीरहेका हुन्छाै । चिन्ताले केही हुदैन मानवलाई उदोगतिमा उतार्ने एक माध्यम मात्र हो । मानिस कर्मशिल हुनुपर्छ उसको हातमा हुने त्यतिमात्र हो, अरु वस उसको प्रालब्धको भोगभाग मात्र हो ।
मानिस प्राय असोन्तोषी नै रहेको हुन्छ किनकी उसलाई त्यस क्षणमा दैत्य गुरु शुक्रचार्यद्वारा निर्मित मानवलाई दिगभ्रमित गर्ने कुवुद्दीले चलाएको हुन्छ भने कहिले उ आनन्दीत हुन्छ किनकि उसलई त्यस क्षणमा सतमार्गमा हिडाउने देवगुरु वृहस्पतिद्वारा निर्देशित सुवुद्दीले सञचालन गरेको हुन्छ । त्याग र तपस्यामा लिन, लोभबाट टाढा रहेका मानिस नै यथार्थमा खुशी मानव हुन । तीनै खुशी मानवले मानव सभ्यतामा सुमार्गमा लाग्ने प्रेरणाको श्रोत बनेका हुन्छन । जसलाई हामी महामानव वा असल मानिसको संज्ञाको रुपमा लिने गर्छौ ।
समग्रमा तपाईंको २०७८ कस्तो रह्यो, कमिकमजोरी कहॉ भयो, किन तपाईंस‘ग हितैषी भनिनेहरु टाढिए, के तपाईंले उनीहरु माथि उनीहरुले सोचे जत्तिकै अन्याय गरेकै हो त वा केबल उनीहरुको मनभित्र सृजित कुवुद्दीद्वारा निर्देषित मनको कारणले दरार खडा गरेको हो त ? एक पटक ठण्डा दिमागले प्रश्न गर्नै पर्छ । अन्तरमनलाई सोध्नै पर्छ । अन्तरमनले कहिल्यै पनि झुट सन्देष दिनै सक्दैन । त्यसले प्रत्येक समस्याको समाधान पनि वाहिरी सन्सारबाट पाइन सक्दैन । त्यो पनि अन्तरमनबाट नै प्राप्त हुने नै हो । त्येर्सले प्रत्येक मानिसले विनासमा पनि विकास र उधोगतिमा लागेको अवस्थामा पनि उकालोको परिकल्पना र अन्धकारमय स्थानमा पनि सुर्योदयको कल्पनामा डुब्न सक्यो भने प्रत्येक नराम्रा क्षणहरु मानवको लागि प्रेरणाको श्रोत बन्नेछ । त्यही नराम्रा जीवनको अनुभुतिले पनि मानिसको जीवनको भोगाइको एक माध्यम हुनेछ जुन किताबमा लेखिएका पान्नाहरुमा, पढिएका र बुझिएका बुझाइ भन्दा अति गहन हुनेछन । त्यसैले प्रत्येक मानिसले हिलोमा फुलेको फूलजस्तै बन्न प्रयास गनुपर्छ । हिलोमा फुलेको फूल जति कोमल र सुन्दर हुन्छ नि तर पनि तीनै फूलहरु केही केही किराहरुको लागि रातभर बन्दीगृह पनि बन्न सक्छ । मानव जीवन यही नै हो । कसरी बुझ्ने ? बुझ्नेमा नै फरक पर्दछ । कमलको फूलमा सरस्वती माता, लक्ष्मी माता, वुद्ध, आदिलाई देख्न सकिन्छ । कमल सुन्दर फूलको रुपमा लिने कि एक बन्दी गृहको रुपमा लिने यो तपाईंको आफ्नो व्यक्तिगत बुझाई नै हो ।
समग्रमा मेरो २०७८ उपलब्धिमुलक रह्यो किनकि मलाई अप्ठ्यारोले नयॉ पाठ सिकाएको छ । पुस्तकमा नपाइने तर भोगाइमा जीवन बुझ्न सहज भयो । हुनसक्छ कतिलाई मेरो प्रस्तुतिले चित्त दुखाएको हुनसक्छ । त्यो चित्त दुखाइमा पनि दुइ कारण हुनसक्छ ः कि मैले भन्न खोजेको कुरा नबुझेको हुनसक्छ वा म आफैले पनि नबुझेको हुन सक्छ । जव एकले अर्कोलाई बुझ्न सक्दैन अनि अनावश्यक किसिमका मनमा शंका उत्पन्न हुन्छन । जव शंका उत्पन्न हुन थाल्छ , निश्चित छ मानिस विनासको बाटोमा लाग्यो । निर्माण र सृजनाको पाटोमा लाग्नुपर्ने समयमा जव मानिस शंका गरी समय वरवाद गर्दछ उ आफू पनि बिग्रन्छ अरुलाई पनि बिगार्छ । धेरै जसो मानिस आफ्नो कर्तव्यको वारेमा कहिले सजग रहेको पाइदैन तर अधिकारको खोजी गरिरहेको हुन्छ । अधिकारको खोजी गर्नुभन्दा पहिले कर्तव्य पालनामा जोड गराउन सकियो भने समाजमा देखिने द्वन्द पनि न्यूनीकरण हुने छ ।
लक्ष्मी माताको अभाव सधैं भैराखेको छ । सायद मैले उहॉको आरधानामा कमी गर हांलो । कतिको चित्त पनि दुखेको छ होला । कतिले बुझ्न सक्नुभएको छैन होला । कतिले गलत शंका पनि उत्पन्न पनि भएको होला । कतिलाई बुझाउन सकेको छैन होला । तर पनि समयले नै सवै कुराको निर्क्र्यौल गर्नेछ र भविष्यले नै यसको उत्तर दिने छ ।
समग्रमा सवैको लागि २०७९ शुभ रहोस, लक्ष्मी मातााको वास, मुखमा सरस्वतीकोे वास, सुस्वास्थ्य र मनमा निर्णय गर्न सक्ने क्षमता वृद्दी भओस, सतमार्गमा हिड्नको लागि प्रेरणा मिलिरहोस, सत मार्गमा हिड्दै गर्दा मनले सोचेका सबै कुराको प्राप्ति मिलोस , जसरी वसन्तमा नयॉ पातहरु देखिन्छन् , फूलहरु फक्रन्छन, चराचुरुङ्गीहरु पनि आफ्नो वासका जोगो गर्छन र वच्चा उत्पादनमा लाग्दछन र रमणीय अवसरको रुपमा अगाडि बढ्दछ ठिक त्यसरी नै सकरात्मक सोचका साथ आफ्नो मानवचोलालाई सफल पारी मुख्यतया देशको नेतृत्व वर्गमा पद, धनको लोगबाट वाहिर निस्की गितामा लेखिएको सन्देश मानिस नाङ्गै जन्मन्छ र मृत्युपश्चात पनि नाङ्गै जाने हो तेरो मेरो कोही छैन घर, परिवार र सन्तान त समाज चलाउने एक माध्यम हो भन्ने सत्यतालाई मनन गर्नसक्ने क्षमता प्राप्ति होओस , यदि यति गरिदिएका समाजमा देखिएको भ्रष्टाचार पनि आफै हराएर जाने छ र नेपाल एक सुन्दर वगैचाको रुपमा अगाडि बढ्ने छ र नेपाली युवाको मात्र नभएर सन्सारका मानिसका सपनाको मुलुक बन्नको लागि सवैमा सकरात्मक सोचको वृद्दीहोआोस । यही रह्यो सबैमा नव वर्ष २०७९ को मंगलमय शुभकाना ।
Surya Kanta Pandit, Anil Kumar Jha Vats and 62 others
23 Comments
Like
Comment
Share

दलीय गठबन्धन

 २०७९/०१/०३

चुनावमा दलीय गठबन्धन हुँदै जानु भनेको राजनैतिक दलका नेताले आफ्ना मान्छेलाई चुनाव जिताउने रणनिती हो र अन्तमा यसले दलीय राजनीति अन्त्य गर्नेछ। नेपाल देउवा, प्रचण्ड, ओली, माकुने, भट्टराई आदिको पेवा होइन। प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने संसदमा बहसै नगरिकन संसदिय अधिवेशन टुङ्ग्याउन संसदीय व्यवस्थाको खिलापमा छ। आज जति बलियो आफुलाई ठाने पनि भोलि शक्तिबाट स्खलित भएका व्यक्तिहरू सडकैमा, वा जेलका छिडिमा देख्न सकिन्छ। सुदामा लाई गलहत्याइ अंगभङ्ग गर्ने राजा अन्तमा उनकै शरणमा पुगि श्रीपेचको रक्षा गर्नु परेको थियो। नेपालका राजनैतिक दलका नेता, तथा कर्मचारीहरुले आफ्नो अन्तरमनलाई सोध्नुहोस् - के तपाईं बस्दै गरेको आलशिन महल र महंगा गाडीहरू तपाई का पशिनाको उपज हो कि कहीं कतै दुई नम्बरीबाट आर्जेको र भोकाएको पेट कटाइ अझै भोको पारी आर्जित धन हो। आज न्यायाधीश, गभर्नर वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को प्रमुख आयुक्त लाई महाअभियोग लगाइ उम्कनुहोस, तर तपाई कहिल्यै पनि उम्कन सक्नुहुन्न किनकि तपाई को मन र तपाई को हिसाब कसैले राखेको छ।
नेपालका मतदाता र राजनैतिक दलका कार्यकर्ता यदि नेताहरुले अप्राकृतिक गठबन्धन गर्छन भने सबै नेपाली उमेर पुगेका नागरिक चुनावी मैदानमा उत्री उमेदवारी दिने मत दिने कार्य गर्नसक्नु हुन्छ। कार्यकर्ता दलका नेताका दास होइनन। शिर्षस्थ नेताले बुझ्नै पर्छ।
अहिलेको दलीय गठबन्धन अप्राकृतिक हो। यसको विरोध गर्नैपर्छ।
जय होस नेपाल, नेपाली र समग्रमा सम्पूर्ण मानव लगायत चराचरहरुको।

मातृदेवो भव । पितृदेवो भव ।

 २०७९।०१।१७

आमाको मुख हेर्ने दिन / मातातिर्थ औंशी
मातृदेवो भव ।
पितृदेवो भव ।
माथिको संस्कृत श्लोकले आमा र बुबा भगवान हुन भन्ने जनाउछ‘ । भगवानलाई हामी श्रदा गर्दछौ । सन्मान गर्दछौ र पुज्जदछौ पनि । त्यसैले पनि ती भगवान रुपी बाबा आमाको इज्जत गर्नु प्रत्येक सन्तानको कर्तव्य पनि हो ।
आजको दिन विशेष दिन , आमाको मुख हेर्ने दिन । आमालाई खुशी पार्ने दिन । एक दिनको मीठो खुवाइ र केही वस्त्रहरु दिदैमा आमाहरु खुशी हुनुहुन्छ भन्ने भ्रमबाट आजका एक्काइसौ शताव्दीका मानिसहरु बाहिर निस्कन सक्नुपर्छ । आमा बुबालाई वृदाश्रममा राखी हिडी ती बाबा आमाको सम्पति हडप्ने सन्तानहरु पनि देखिन्छन यस कली समाजमा । आमाले जसरी आफु भोकै रहेर पनि सन्तानको पेट भराउनको लागि जे गर्न पनि तयार भएकाे देख्छौ ठीक त्यसरी नै प्रत्येक सन्तानले उनीहरूकाे भावनामा उर्जा दिने मागर्काे खाेजी गनुपर्छ र उहा । ती महान आमाहरुलाई केही दिनुपर्दैन तर मीठो उहाँहरूका चाहना पूर्ति गरिदिनुपर्छ । उनीहरूकाे अगाडी मीठाे अामा भिनदए दिए लाख हुन्छ । तर यस युगका केही मानिसहरु समाजलाई देखाउनको लागि घरमा पुग्ने, आमाको साथमा पुग्ने फोटो खिचाउने गरेको हामी देख्र सक्छौ । एक दिन मात्र नभएर प्रत्येक सन्तानले प्रत्येक दिन आफ्नो आमालाई सदैव खुशी राख्ने जमर्को गर्नुपर्छ । बुढेसकालमा धेरैजसो व्यक्तिहरु विर्िक्तएको अवस्थामा हुनसक्छ तर पनि यो समयको खेल हो भनी आफैले समाल्न सक्नुपर्छ । यति मात्र गरियो भने मानव समाज सुसंस्कृतिले भरिपूर्ण समाजको रुपमा पाउने छौ ।
केही आमाहरु आफ्नै सन्तानलाई नजिक र टाढा राखेर हेरेको हामी देख्न सक्छौ । लिंग र आम्दानीको आधारमा पनि आमाको आफ्नो सन्तानप्रति हुनुपर्ने माया नदेखाएको हामी देख्न सक्छौ । हुन त आज आमाको मुख हेर्ने दिन सवै राम्रो कुरा मात्र लेख्नुपर्ने जस्तो लाग्छ तर त्यो चाहि‘ हुदैन । सदैव साचो र समाजको यथार्थ चित्रण गर्न सकिदैन भने पनि कुनै लेख लेख्नु र नलेख्नुमा कुनै तात्विक भिन्नता राख्दैन । त्यसैले आजको दिनमा सम्पूर्ण आमाहरु जसले सन्तान जन्माउनु भयो, हुर्काउनुभयो , पालनपोषण गर्नुभयो ती तमाम आमाहरुलाई मनमस्तिस्कदेखि ढोग छ । केही आमाहरु आफ्नै सन्तानलाई अविश्वास गरी उनीहरुको बाटोमा तगारो बनिदिने आमाहरुको मन परिवतर्न भइ आजकै दिनबाट सवैमा सकरात्मक सोचको अभिवृद्दी होओस भनी श्री पशुपतिनाथस‘ग प्राथना गर्दछु । सबै सन्तानमा सकरात्मक सोचको विकास हुदै आमा र ती आमाका सन्तानको चेहरामा सदै खुशी छाओस यही रह्यो मेरोतर्फबाट आमाको मुख हेर्ने दिनको मंगलमय शुभकामना । शुभ रहोस आगामी सबै दिनहरु ।

कृष्ण ,अर्जुन र सुदामा

 २०७९।०१।१८

कृष्ण ,अर्जुन र सुदामा
मित्रताको आदर्शवादितामा कृष्ण र अर्जुनको प्रेम र कृष्ण र सुदामाको प््रेम मानव सभ्यताको लागि अनुपम उपहारको रुपमा लिन सकिन्छ । मित्रतामा केही कुराले बन्धन राख्दैन न जात, न धर्म, नरा सम्पति आदि । ती सबैको अनुपम उदाहरण हो कृष्ण र सुदामाको मित्रता । कति गाढा छ कृष्ण र सुदामाको आत्मियता । गरिब वाहुनको छोरा सुदामा द्वारका नरेश कृष्ण ।
कृष्णको लिला पनि अचम्मको छ । उनीलाई भगवान मान्छन सुदामा । उनको नाममा केही अर्पण नगरी केही खादैउनन । तर पनि उनका सन्तानले खाना माग्दै गर्दा खाना खुवाउने हैसियत राख्दैनन तर पनि उनमा कहिल्यै पनि लोभले स्थान लिन सकेन । भक्ति मार्गबाट उनी कहिल्यै पनि विचलित भएनन् । उनकै भाइ चक्रधरले तत्कालिन राजाको गुणगान गाइदिएमा मनग्य सम्पति दिन्छन भनेर दरवारमा लैजादै गर्दा उनीहरुको राजा सुरा र सुन्दरीमा डुवेको देख्दा लयात्मक रुपमा उनैको दरवारमा गितबाटै विरोध गरेका थिए जसको फलस्वरुप उनीलाई दरवारबाट अंगभंग पार्दै गलहत्याइएको थियो । उनी प्रलोभनमा परेको भए सबै कुरोको प्राप्ति हुने थियो तर उनले त्यसो गरेनन् ।
धेरै लामो समयको अन्तरआलमा उनी कृष्णलाई भेट्न जादा उनका चार भाइ छोराहरु आमा वसुन्धरासँग भोक लाग्यो खान देउ न आमा भनिरहेको वेलामा उनको देवर चक्रधर जो राजाको नजिक थिए र राजाको कृपाले धन आर्जन पनि गरेका थिए टोकरी भरी मिठाई, फलफूल लिएर आउदा छोराहरुले खाना पाइने भयो भन्दै गर्दा उनको छोराले भोक लाग्यो भन्दै गर्दा पानी पिउन देउ भनेर अर्को छोरालाई अराइन तर उनले लिएर आएका सवै कुराहरु उनीको पतिको आज्ञा विना कसैले उपलब्ध गरेको सहायता लिन सक्दिन माफ गर्नुहोस, पेट दिइसकेपछि पेटको व्यवस्थापन पनि भगवानले नै गर्नुहुन्छ देवर जी भनेर फिर्ता गरेको दृष्टान्त आजको एक्काइसौ शताब्दीको मानिसलाई काल्पनिक कथा लाग्न सक्छ । तर आज प्रत्येक मानवले बुझ्नुपर्ने गाथा यही हो । चक्रधर उनको कुटियाबाट बाहिर निस्किएपछि छोराहरुले आफ्नो आमासँग बुझ्न खोज्छन आमा किन काकाले लिएर आएको खानालाई स्वीकार नगर्नुभएको भनेर सोध्दा उनको जवाफ थियो म तिम्रो वावाको श्रीमती । श्रीमतीको कर्तव्य भनेको श्रीमानले भनेको कुरालाई मान्नु हो । तिमीहरुलाई थाह छ नि तिम्रो काकाले राजाबाट गलत तरिकाबाछ धन आर्जन गरेको कुरा । त्यो गलत तरिकाबाट आर्जित दान लिनु पनि पाप हो । त्यसैले त्यो ग्रहण नगरेको भनेर आफ्ना छोराहरुको कौतुहलता मेटाएकी थिइन ।
ठिक त्यही प्रकारको प्रसंगमा गुरुहरुको प्रवचनमा भनिएको थियो भगवानलाई चढाइएको प्रसाद पुरा रगतले ढाकिएको थियो । किन ? थाह छ ।
गुरुको भनाई अनुसार कुनै एक महिलाले वेश्यावृत्तिबाट आर्जेको धनबाट मन्दिरमा भेटी चढाइएको रहेछ । त्ये अपराधिक कार्य थियो । त्यो अपराधिक तरहबाट आर्जित धन कसैको लागि पनि योग्य हुन सक्दैन वसुन्धराको आफ्नै देवरले उपलब्ध गराएको खाना उनको चित्त नदुखाइकन फिर्ता गराउन सक्नु महान नारी ऐतिहासिक कार्य हो । यसको अनुसरण आजको लागि अनिवार्य छ ।
अचम्मको छ लिला कृष्णको ः सुदामा कृष्णलाई द्वारिकामा भेट्न जादा मुरलीमनोहरको रुपमा बाटोमा सहयात्री हुन्छन । उनलाई लक्ष्मीले वनाएको भोजन हो भोजन ग्रहणको लागि अनुरोध गर्दा यो त तिम्रो श्रीमतीले तिम्रो लागि बनाएको भोजनमा तिम्रो मात्र हक हुन्छ । यसमा मेरो केही हुदैन भनेपछि मुरलीमानोहरले भाउजुले बनाएको भोजनमा त तिम्रो पनि हक हुन्छनि भनेपछि उनी कृष्णलाई अर्पण गरिसकेपछि खानाको लागि तयार हुन्छन तर जव आफु खाना खाना थाल्छन घरबाट निस्कदै गर्दा आफ्ना छोराहरुले खाना मागेको सम्झन्छन र उनी खाना लागेको खाना पनि खाना सक्दैनन । कृष्णले भित्री रहस्य बुझेपछि श्यामलेशा नामको ठाकुरको रुपमा १० दिन लामो यज्ञ लगाइ १० कोष परसम्मका ब्राहमणलाई दिनको तीन पहर भोजनको व्यवस्था गरिदिन्छन् । यसै क्षणमा एक ब्रामणले उक्त कथा सुनाएपछि बृन्दापुरी गॉउमा एक जना सुदामा नाम गरेको ब्राहमण वाहेक सवैले तृप्त भोजन गरेको सुनाए । त्यसपछि उनीलाई पनि उनले लिएर आएको भोजन खानको लागि अनुरोध गर्दा उनी तयार भएको देखेपछि मुरलीमनोहरले आफुमाथि अन्याय गरेको भनेपछि सुदामाले माफि माग्दै मुरलीमोहनको भोजन ग्रहण गरिसकेपछि धेरै समय पछि तृप्त भोजन गरेका खुलेशा गर्दछन । आजको सभ्य समाजले यी कुराको अनुकरण गर्ने हो भने समाज विस्तारै आफै समृद्दिको बाटोलाई चुम्नेछ । इश्र्या र द्वयस आफै समाजबाट अन्ते हुने छ । आजको आवश्यकता नै लोभमुक्त समाजको कल्पना हो , त्यसमा लागि पर्नु सबैको कर्तव्य हो ।
मित्रता र भक्तिको कसीमा उत्रने सुदामा स्थानमा अरु कोही नहुन सक्छ । भगवान कृष्णले मानव समाजलाई भगवानको दृष्टीमा सबै समान छन । तर प्राप्ति त जो भक्तिमा लिन हुन्छ उसैले प्राप्ति गर्दछ । आज सवै सतमार्गमा हिड्नुपर्छ र बाटो विराएको समाज र नेतृत्वगणलाई पनि डोहर्याउन पर्छ । यसैमा सबैको कल्याण हुनेछ ।

नेपालको राजनीति र शिक्षा कता?

 २०७९/०१/२२

नेपालको राजनीति र शिक्षा कता?
नेपालको राजनीतिले देशलाई आत्मनिर्भरताको बाटो खोजेको छैनन। नेपालमा कलकारखाना, उद्योगधन्दा विना नेपाली युवालाई रोजगारीको अवसर मिल्दैन। युवालाई रोजगारी नभएपछि नेपालमा बस्ने कुरो नै भएन। अहिलेको समयमा आएर स्थानीय तहको निर्वाचन हेर्दै गर्दा करिब करिब देशमा दलिय व्यवस्थाको अन्त्य भै केही मुट्ठीभरका मानिसको स्वार्थ पूर्तिमा लागेको देखिएको छ। यस्तो अभ्यासले राजनैतिक विचारधाराको अन्त्य भै कुनै क्षणमा गएर राजनैतिक दुर्घटना हुनेछ।
ठिक त्यसरी नै नेपालका विद्यालय र महाविद्यालय त्यसमा पनि सामुदायिक विद्यालयहरु लक्ष्य विहिन यात्रामा कुदिरहेका छन। नेपालका शिक्षक संघ , संगठनका कैंयौं प्रा. वि निमाबि तहका शिक्षकहरु मावि तहको विद्यालयको नेतृत्व गरिरहेको अवस्था। स्थानीय शिक्षा विभाग र शिक्षा विकास तथा समन्वय इकाई चुपचाप बसेको छ। शिक्षा ऐन तथा नियमको पालना गराउनुपर्ने निकाय पनि आवाज विहिन भएको छ। शैक्षिक योग्यताले मात्रै कुनै पनि व्यक्ति कुनै पनि शैक्षिक पदमा बस्न पाउने हैसियत राख्दैनन् तर पनि अन्यत्र जानुपर्दैन काठमाडौँमा नै धन्नै ४०प्रतिशत मावि विद्यालयहरु तल्लो तहका शिक्षकहरुबाट सन्चालित छन। शिक्षक महासंघ, संघ र संगठन बोल्नुपर्दैन। पर्दैन किनकि उनीहरु शिक्षाको गुणस्तरको लागि आवाज बन्नै सक्दैनन्। किन थाह छ?
किन नहुनु। आफ्नो क्षमता माथि विश्वास छैन। आफ्ना सन्तानलाई संस्थागत विद्यालयमा राख्ने र सामुदायिक विद्यालयमा पढाउँदै गर्दा शैक्षिक हैसियत खस्किएको लाग्छ। आँखा घुमाउनुहोस। तपाईं शिक्षक साथिहरु शिक्षक सेवा आयोगबाट आधिकारीक व्यक्ति बन्नोस र पदमा बस्नोस तपाईं सगाैरभ त्यस ठाउँको इज्जत रहने छ र स्वाभिमानको कुरा गर्दा अन्यथा तपाईंलाई जिस्काइरहेको हुनेछ। पहिला योग्य बन्नुहोस् अनि स्थानको खोजी गर्नोस।
किन नेपालका मावि तहमा अद्ययनरत विद्यार्थीहरुले उच्च शिक्षाको लागि नेपालका विश्वविद्यालय चुनिराखेका छैनन। किन विदेशी विश्वविद्यालयमा तानिरहेका छन। नेपालका महाविद्यालयले खोजि गर्नुपर्दैन। नेपाल सरकारले पनि पूर्ण छात्रवृत्तिमा अद्ययनको अवसर पाउने विद्यार्थीलाई अद्ययनको लागि अनुमति देउ आफ्नो खर्चमा अद्ययनको लागि विदेशीने विद्यार्थीलाई रोक। किन? किनकि भोलि गयर नेपाल वृदाश्रम मात्र हुनेछ। न नव युवक हुनेछ न कुनै रोजगारी। आज विदेशीएको विद्यार्थी भोलि देशमा फर्किए पनि वृद भएर मात्र फर्कने छ।
जहाँ आकर्षण हुनुपर्ने हो त्यहाँ केही छैन। अब्बल युवाको रोजाइ कि राजनीति कि शिक्षा हुनुपर्ने हो नेपालमा। यी दुवै स्थानमा राम्रो शैक्षिक योग्यता चाँहिदैन। शिक्षा पढ्नको लागि अन्यत्र भर्ना नपाउने विद्यार्थी भित्रिएको छ। देशको प्रधानमन्त्री हुनको लागि पनि जेल , नेल भए पुग्छ शिक्षा चाहिदैन। जेल र नेल कसले भोग्ने हो? जसले तत्कालीन देशको कानूनको उल्लघंन गर्छ। राजनीति मा त पैसो भए पुग्यो। ए शिक्षक महासंघ, संघ र संगठन केही त बोल। किन निशब्द छौ। यी महासंघ, संघ र संगठन त आवाज नहुनेको पनि आवाज हुनुपर्दैन। गुरु भनेको के हो ? बुझ्नुपर्दैन? प्रत्येकले आफ्नो मनलाई सोध्नुहोस् र त्यस ठाउँको लागि आफु योग्य भएमा बस्नुहोस् र योग्यता छैन भने छोडिहाल्नुस। किन थाह छ? किनकि तपाई जसलाई आफ्नो भनिरहनुभएको छ नि त्यो पनि तपाईंको हैन्।
तपाईंको स्थुल शरिर त तपाईंको होइन। एकदिन म भनिरहेको आत्माले चटक्क छोडीदिन्छ नि त्यो तपाईंको शरीर त दुर्गन्धित लास बन्नेछ। त्यसैले आफु पखालिन्छु भन्दै कुनै पनि संस्थालाई दुर्घटनामा तिर घचेट्ने जमर्को नगर्नुहोस्। समय बलवान छ समयले सवैको हैसियत देखाइदिन्छ। रावण वलवान र बुद्दिमान दुवै थिए तर उनी पनि नासिनुपर्यो। त्यागमा शक्ति छ लोभमा विनास। सुदामालाई हेर्नुहोस् त। बृन्दापुरीको राजाले दरबारमा उनले गरेको गलत कुरो औंलाइदिदा दरबारबाट गलहत्याइए तर तिनै राजाले पछि आफ्नो श्रीपेच लगाइदिन खोजे तर उनले स्वीकारेनन्। किन थाह छ?
किनकि उनी त ब्राह्मण थिए। ब्राह्मणको काम ग्यान बाड्नुथियो। शिक्षकको पनि त्यही हो।
Surya Kanta Pandit, Narayan Gautam and 10 others
1 Share
Like
Comment
Share