Friday, June 26, 2020

Sharing is caring

26 June 2020
Sharing is caring
Human life is full of suffering and happiness. No one can be happy forever though everyone wishes to grab it. This happens due to the trouble or the tension. The best way to get release from the tension is sharing. Only the wise one can know the importance of suffering which is like the heated iron in the hearth of a blacksmith. A brick of iron is nothing unless it is heated and shaped into the different shapes to make our tools and household appliance. What it means that nothing can be handy without an effort. It is the effort of human beings or others that can give you outlet of the problem you have faced.
Sometimes you might have a lot tension due to your own side thinking and judge others with your negative attitude and you may keep it inside you. It worsens you and never lets you feel relaxed and happy .But when you share your problems to the one whom you never believe gives you the happiness as soon as your cloud in the mind fades away from you. Thus people believe sharing is caring.
When there is sharing, there is caring too. If someone begins to care you, it brings smile onto your lips and happiness in your inner soul .At the same moment if someone shouts at you, how you feel. Indeed sad and bad both. Only the enlightened ones can swallow the anger poured by other. Siddhartha has been Buddha when he was able to swallow the poured anger by the people and kept on smiling. Even single person can be happy and sad within a short interval. If someone hears good news from someone he feels that he is the luckiest one among other luckiest but feels shattered if someone yells at him. See why the same person can be the best one for one and the worst to another one. It is due to the attitude he has.
Therefore, everyone has to have positive attitude all the time .It is the best way to live in peace all the time. Is it possible in scarcity too?
Why not?
How ?
It may be the best way to realize the importance of time and the worth of being the human beings. If you have everything, is it possible to know the real life. Indeed not.
Why?
It's because you can guess how painful life of a blind man will be if he begins to think that he can go nowhere but at the same moment if he accepts it as an opportunity, he can make the people once think how happy he is. Thus see what is here; only the blind one and some members and their attitude. Only the females know how painful labour pain is but males don't have any ideas and can guess how painful it will be. This is the the place where everyone has to be in the depth.
Thus scarcity is a science.
How?
It makes you realize that how he can think about it and it makes you able to question over the matter. When there is question time and again, finally he can get the answer too. If you are able to question, you can carry it and make other think what you are thinking is not only for you it may be useful to all. More or less, questioning is the way to be the scientist. Can't we take it as an opportunity? . Instead of thinking as a shattered ones or judging oneself as the poorest one, if someone accepts it and tries his best to survive he can be the source of inspiration to others and live his worthy life. Therefore, being physically poor may trouble you or add pains in you but it may be the best way to know the reality of life like the way of thinking as Malini did in Tagor's Malini.
If you share your problems to other, it makes you empty and leaves you in vacant. Living in vacant means you have a lot space to store the goods as your necessity. It is you what you store inside you. If you fill it with positive vibration, you can have everything that you need instead if you think the world is worthless, what maybe the future like. Dark forever even in the sunny day.
It is you that makes you happy and sad together though you may blame to the circumstances. How you grab it. It depends upon you. Your attitude is everything. If you want to live your worthy life have positive feeling and accepts it as the golden opportunity. See how painful it is when someone loses his parents. But at the moment, he is having the opportunity to be the master of the family. Whether you have fruitful days or not, you can make them worthy when you are able to accept them as the blessing of the God. Thus it is you whether you want to add smile onto your lips or the anger onto your face. You are all in all to be the happiest one or the saddest one.

Saturday, June 20, 2020

पशुपति मित्र मावि चावहिल ,काठमाण्डौको अनुरोध - TokhaLive

पशुपति मित्र मावि चावहिल ,काठमाण्डौको अनुरोध - TokhaLive: आदरणीय, अभिभावक तथा प्यारा विद्यार्थी भाइवहिनीहरु,चिनको वुवानबाट डिसेम्वरको सुरवातबाट २०१९ मा सुरु भएको कोरोना भाइरस आजको दिनसम्म आइपुग्दा विश्वका १८८ […]

पशुपति मित्र मावि चावहिल ,काठमाण्डौको अनुरोध - TokhaLive

पशुपति मित्र मावि चावहिल ,काठमाण्डौको अनुरोध - TokhaLive: आदरणीय, अभिभावक तथा प्यारा विद्यार्थी भाइवहिनीहरु,चिनको वुवानबाट डिसेम्वरको सुरवातबाट २०१९ मा सुरु भएको कोरोना भाइरस आजको दिनसम्म आइपुग्दा विश्वका १८८ […]

Saturday, June 13, 2020

राष्ट्रियताको सवालमा

२०७७ ।०२ ।३१
आजको प्रतिनिधि सभामा सम्सदहरुले राष्ट्रियताको सवालमा एकै स्वरमा आवाज निकालेका छन । त्यो अत्यन्तै सरानीय छ । निश्पक्ष नागरिकको हैसियतमा माननीय सम्सदहरुले वोलेका कुराहरु जायज छन । तर पनि उपेन्द्र यादवले मधेशका वासिन्दालाई धोति भन्छन भनि प्रतिनिधि सभामा सच्चा आवाज उठाउन सफल भएका छन भने राजेन्द्र महतोले देशको जटिल मोडमा पनि ठूलो दल, सानो दल, देशको प्रधानमन्त्रीले बढी समय लिने तर मधेशी नेता वोल्ने समयमा समय तोक्नु पनि विभेदीकरण प्रमाण आजको दिनमा देखाउने भनि व्यङ्ग्य गरेका छन । सत्य कुरा त यो हो कि मधेशका जनताले नै सिमाको रक्षा गरेका छन । भूगोलको वारेमा कुरा गर्दा सवै एकै ठाँउमा उभिदा उभिदै पनि भूगोलको कुराले मात्र हुदैन त्यस भित्र वसोवास गर्ने मानिसको भावना जोडिन पर्छ, यादवले थपेका थिए । नेपालको नक्सा मात्र वनाएर आजको समस्याको समाधान होइन तर गन्तव्यको पहिचान भने हो । अव यात्रा सुरु गर्नुपर्छ र गन्तव्यमा पुग्नुपर्छ । यो यात्राको सुरु आजकै दिनबाट गर्नको लागि नेपालको सदनले सर्वसम्मतीबाट नेपाल सरकारलाई अनुमति दिएको छ । यसको लागि नेपाल सरकारले कसैलाई पनि सडकमा आवाज उठाउन पर्ने दिनको अन्त्य गरोस । कुटनितिक तवरले भारतसँग सम्वाद गरी तुरुन्त देखिएको अन्योललाई अन्त्य गर्नु पर्नेछ ।

Monday, June 8, 2020

कोरोना (झ्याउरे छन्दमा) - TokhaLive

कोरोना (झ्याउरे छन्दमा) - TokhaLive: कोरोना आयो भयोनि पिर मानिस मरेरकेहोखै यस्तो अचम्म पार्ने कोरोना भनेर । देशमा सबै बन्दछ यहा चलेन गाडीनीरोगले गर्दा भएछ […]

जादुको हा“डी - TokhaLive

जादुको हा“डी - TokhaLive: कुनै समयको कुरा हो । कुनै एक गाउ“मा सन्देश नामको मेहनती किसान बस्ने गथ्र्यो । सन्देशका दुई दाजुभाई थिए । […]Compose

Saturday, June 6, 2020

कमिशन तन्त्र मुर्दावाद

कमिशन तन्त्र मुर्दावाद
४० को दशकमा दुई जना मात्र विद्यार्थी सामेल हुँदा पनि विद्यार्थी हक हितको वारेमा आवाज उठाउँदा भन्ने गरिन्थ्यो कमिशन तन्त्र मुर्दावाद तर आज त्यही कमिशन तन्त्रको कारणले देशको पछौटेपन र जिम्मेवार व्यक्तिहरु आफ्नो छेपारे नितिले गर्दा नेपाल दिनानुदिन दलदलमा फस्दै छ । नेतागणहरु मागेर खाने संस्कृतिको अन्ते गर्नुृ पर्छ ।
मागेर खाने व्यक्ति र देशको उदो गति वाहेक केही हुदैन । आफ्ना देशको उर्वर जनशक्ति चाहे त्यो कमाउनको लागि होस वा चाहे त्यो अध्ययनकै लागि किन नहोस विदेश पठाउनु सरासर गलत रहेछ भन्ने देखिन्छ । पढ्न गएको व्यक्तिमा पनि केही न केही उसको दिमागमा भरिदिएको हुदोरहेछ जसले गर्दा स्वदेशको वारेमा पनि सही निर्णय लिन सक्दारहेनछन् । नत्र किन वारम्वार अर्थमन्त्री भएका डा. अर्थशास्त्रीहरु फेल भएका छन । नेपालको युवा युवतिको लागि न शिक्षा उपलव्ध गराउन सकेका छन न देशको आवश्यकताको पहिचान गरी आवश्यक जनशक्ति नै।
हातमा शैक्षिक प्रमाण पत्र छ तर काम गर्नसक्ने शिप छैन । यही छ अहिलेको नेपालको शैक्षिक प्रमाणपत्रको अवस्था । शैक्षिक प्रमाणधारी विज्ञहरुलाई आफैले उत्पादान गरेको जनशक्तिमा विश्वास छैन । अरुको कमजोरी केलाउने तर आफू चुकेको स्थानको पहिचान गर्न नसक्ने अवस्था छ अहिले ।
अहिले देखिएको नेतामुखि, सरकार मुखि आचरणको अन्त्य गरी कर्ममुखि नागरिक वनाउनको लागि । त्यति मात्र हो र पूर्व कर्मचारी, सेना प्रहरी , कर्मचारी, संसद, मन्त्री, प्रधानमन्त्री आदिले भ्रष्टाचार गरेर अकुत सम्पति कमाएका छन भन्ने दिनानुदिन पढेका छौनी । तीनको छानविन गरेर सवै कर्मचारी, राजनितिज्ञ चोर हुन, वदमास छन भन्ने आरोपबाट मुक्ति दिलाउनको लागि र उनीहरुले थुपारेको अकुत सम्पति राष्टी्रयकरण गरी नेपालको मुहार फेर्नको लागि पनि हो नि । अहिले देखिएको युवाहरुको कमाई र पढाईको लागि विदेशिने वातावरणबाट मुक्त पारी नेपालमा नै अध्ययन र कमाइको मार्ग खोलिने छ वरु विदेशीहरु नेपालका विश्वविद्यालयमा पढी यही रोजगारीको केन्द्रविन्दु वनाउने बाटो समेत खोज्नु पर्ने देखिन्छ।
डा. झुण्डिएकाहरुलाई विदेशी दलाल भन्ने सुनिन्छ या रअको अजेन्ट, अमेरिकी जासुस वा अन्य केही ।करिव करिव वाहिर पढेर आएका विद्वानहरु देशको आवश्यकता अनुसारको जनशक्ति तयार पार्न करिव असफल नै भएका छन । नेपालमा कृषि क्रान्ति चाहिएको छ । कमिशन तन्त्रलाई वैद वनाउने पनि तिनै डा. नै हुन । आज कोरोनाले विश्वलाई आक्रान्त पारेको वेलामा पनि त्यही फोहरी खेलको गन्ध आइरहेको छ । देश ठप्प छ तर कर तिर्नको लागि सूचना जाहेर गर्दछ। व्यापारीहरु निरवस्त्र विरोध गर्दैछन र भन्दैछन पहिला वाच्नदेउ, कर वाचेमा तिरौला। सुनिन्छ वजेट भाषणको केही दिन अगावै योजनवद्द रुपमा अर्थमन्त्री कमाउधन्दामा छन समाचार अाउनु दुर्भाग्य नै हो । अर्थमन्न्रीले त देशले कसरी कमाउने हो त्यो बाटो खोज्नुपर्ने थियो तर त्यो देखिएन ।
अहिलेको विषम परिवेशमा सरकारले कर तिर भन्नु पनि अपराधै हो । कर त केही गरेवापत तिरिने रकम हो । उद्यमीलाई घरभित्र थुनेर कर तिर भन्नुपनि गलत नै देखिन्छ । समनतालाई मौलिक हक भित्र राखिसकेको नेपालले एकै क्षेत्रमा काम गर्नेलाई कसरी ज्यालामा समानतामा लान सकिन्छ, त्यता मात्र सोचे पनि देश समाजवादको वाटोमा लम्कने थियो तर अहिलेको अवस्थामा त्यो पनि देखिदैन ।
कमिशनवादलाई सदाको लागि अन्ते गर्नुपर्छ । जव कमिशन रोकिन्छ, तव मात्र कुनै योजनाको लागि छुट्टाएको रकम पूरा प्रयोग हुने छ । अहिले जति योजना अलपत्रमा परेका छन ती सव कमिशनमा कुरा नमिलेर भन्ने सुनिन्छ जुन नेपाल र नेपालीको लागि अभिशाप भएको छ ।कमिशन तन्त्रको अन्ते गरौ, देशको उत्पादनलाई माया गरौ , यही माटोलाई सजाऔ, नेपाल छोटो समयमा अगाडि वढ्ने छ ।

स्वयंसेवक शिक्षक, वलिका वोका नवनुन - TokhaLive

स्वयंसेवक शिक्षक, वलिका वोका नवनुन - TokhaLive: आजको वजेट भाषणमा माननीय अर्थमन्त्री श्री युवराज खतिवडा ज्यूले सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षकहरु खटाउनको लागि वजेट छुट्टाइसकेको अवस्थामा यो कार्यान्वयनमा […]

Tuesday, June 2, 2020

विस्वास गर्ने कि नगर्ने ?

२०७७ । ०२।२०
विस्वास गर्ने कि नगर्ने ?
दिनको पौने चार वजेको थियो । विद्यालयको केही साथीहरुसँग विद्यार्थीको वारेमा के गर्न सकिन्छ, पाठ्यपुस्तक कसरी वितरण गर्ने, पुस्तक दिने कि नदिने, यसले कसरी विद्यार्थीलाई सहयोग पुऱ्याउला भन्दै फर्कदै थिए । कुटुवालको डेरामा भित्र छिर्नको लागि ठूलो गेट छ, कोरोनाको कारणले २४ घण्टा चापि लगाएको हुन्छ । जव म गेटमा आइपुगेको थिए एक जना करिव ३५ वर्ष जस्तो देखिने यूवा जसको शरीर ऋष्टपुष्ट देखिन्थ्यो तर मलिन अनुहारमा मलाइ सम्वोधन गर्दै थिए –वुवा भोकै छु । हिजो देखि केही खाएको छैन । म काम गर्ने मानिस काम छैन खान नि पाएको छैन । सायद उनलाई लागेको होला यति ठूलो गेट र करिव करिव यो क्षेत्रको ठूलो घरको आडमा भएको मानिससँग प्रशस्त धन छ र उसको आवश्यकता पुरा हुनेछ ।
के थाह उनलाई उ जस्तै हो म पनि । फरक त्यति हो उनी पनि काम गरेरै खानु पर्ने म पनि । फरक कामको प्रवृति मात्र हो र म ठूलो घरमा भाडामा वसेका छु । लाग्यो होला यो घर मेरो नै ।उनको ठूलो आकांक्षा पनि थिएन । भन्दै थिए चाउ चाउ। चाउ चाउ किन्ने पैसाको आसाय व्यक्त गरे मसँग । त्यही समयमा मेरो कान्छी छोरीले गेट खोलिन । म उनको अनुरोध सुनपछि त्यतिकै हिड्न सकिन । आखिर उनको र मेरो पिडा उस्तै उस्तै हो नि ।
मैले उनीतिर फर्कदै भने । वडामा जानुभएन । वडाले राहत दिन्छ नि । फेरी जवाफ थियो वडामा गएको ५ जनाको समूह वनाएर आइज भन्नु भयो । तर पनि राहत पाइएन । त्यत्तिकैमा मैले साधे घर कहा होनि । जवाफ थियो : वुटवल । वडा नं ७ मा एक दुइ पटक राहत वितरण कार्यमा सहजताको लागि म पनि गएको थिए । मलाइ विश्वास लाग्दैन वडाले राहत दिएको छैन भन्ने कुरामा । यो चाही पक्का हो दिएको राहत सामग्रीले यति लामो समयलाई पुग्दैन ।
त्यस्तो तन्नेरी जवान उसलाई मागेर खान त के मन लाग्थ्यो होला र पनि समयले वाध्य वनायो । नेपाल सरकार र दल करिव माग्नको लागि तयार हुन्छन, आफ्नो दलले चुनाव हारेमा विदेशी अनुदान आउदैन आदि नारा सुनाउछन । अधिकांश सर्वसाधरण नेपाली मागेर खान जान्दैनन तर पनि आज त्यो जवानलाई लाचार वनाइदियो । मैले केही नवोली उसको भोक मार्नको लागि गरेको आशालाई आज पुरा गरे र गेटभित्र छिरे । मैले गर्न सक्ने त्यति थियो त्यो गरे ।
एक हप्ता अगाडि म मेरा दुइ विद्यार्थीसँग अचानक भेट भएको थियो । दुवैजना स्नातक तहको अन्तिम वर्षको लागि अध्ययनमा जुटेको कुरा सुनाइसकेपछि मैले हाम्रो विद्यालय पशुपति मित्र माविको शैक्षिक गुणस्तर र अरु भाइ वहिनीहरुलाई विद्यालयमा पठाउनको लागि अनुरोध गरिरहेको वेलामा ठीक त्यसरी नै एक अर्धवैशे मानिस ती नानीहरुसग कुकुरले टोक्यो । टिटानसको सुइ लगाउनको लागि पैसा मागे । मैले भने यी पढ्ने विद्यार्थीले कसरी दिन सक्छन भनेर मेरो पर्सबाट केही रुपैया दिन लाग्दै गर्दा याक्टीङ गरेको हो । एक जनाले भनिन रातो रङ्ग मात्र लगाएको। कुकुरले टोकेको हैन भने पनि एक पटक हेर्दा टोकेको जस्तै देखिन्थ्यो । मैले उसलाई पनि वडा स्वस्थ्य कार्यलयमा जानको लागि सल्लाह पनि दिए र उसले मागेको रु ५० पनि । यी दुवै पात्र काठमाण्डौको कुटुवहालको गल्लीमा देखिएका पात्र हुन ।
कोरोनाबाट सजग हुनै पर्छ । वजेट भाषणमा मितव्ययिताको कुरो उठ्दै गर्दा नेपाल सरकारले आफु मितव्ययी वनेर देखाउन पर्छ । दश वीस लाखको गाडीले काम चल्ने अवस्थामा करौडौको गाडी चढिरहनु पर्दैन । अव सोच्नै पर्छ सरकारले कि गास देउ, सक्दैनौ भने काम गरेर खान देउ । कोरोनाको भएमा यत्तिकै वस्ने हो भने भोलि भोकमरीको सम्भावना छ । सामाजिक दुरी कायम गर्दै कि माम, माम दिन नसकेमा काम दिनुपर्ने देखिन्छ । यी दुई घटना काल्पनिक होइनन । सम्वन्धित निकायले समयमा वुझिदिएमा आभारी हुने थिए ।
चन्द्र कान्त पण्डित
कुटुवहाल काठमाण्डौ ।