१३ चैत्र २०७५
नेपालमा राजनैतिक दल छैनन भन्दा अनौठो लाग्ला
नेपाल आफैमा सुन्दर छ,प्रकृतिले सिंगारिएको छ, संस्कार र संस्कृतिमा सम्पन्नता, भुगोलमा विभिन्नता, विचारमा अनेकतामा एकता, के छैन र यहा हावा कि पानी कि माटो सवै छ कर्मशिल छन नेपाली तर नेपाललाई नेतृत्वको अभाव छ, राजानैतिक दल, संघ संगठनहरु प्रशस्त तर निकम्मा । किन कि दल र संघ, संगठनहरु अर्थहिन भएका छन । यीनीहरु केवल व्यक्तिलाई सत्तामा पुर्यादिने माध्यम भएका छन । यथार्थतमा ति संगठनहरु मागी खाने भाडा भएका छन । आफुलई मालिक संम्झि नागरिकलाई दाषी सोचेका छन । कार्यकताृहरु आफुलाई इमान्दार मान्छन, आफ्नो संगठनको लागि सवै त्याग्न तयार छन तर उनका नेताहरु उनलाई फुटवाल मात्र वनाउछन, मटेङग्रा वनाउंछन, अनि आफ्नो स्वार्थ सिद्दीको साधन बनाउछन । धन्न छन मेरा देशका नेताहरु । आफैले आफैलाई सवैभन्दा योग्य पनि घोषित गराउन सफल हुन्छ किनकि उ संग साम, दाम र दण्ड छ तर उ अर्थहिन छ ः समाज र देशको लागि सोच छैन, देशलाई उदोगतीका माध्यम उनै भएका छन । आजको आवश्यकता यही सोचको परिवर्तन हो ।
यो सोचको परिवर्तन जटील भए पनि असम्भव छैन । जटीललाई सहजतामा पुर्याउने कार्य दार्शनिकको हो । जव मानिसको दिमागमा कुनै दर्शनले स्थान लिन्छ नि उ जे गर्नको लागि पनि तयार हुन्छ । यसको ज्वलन्त उदाहरण पचण्ड हाम्रो सामु छन । उनले जनतालाई सम्वोधन गरेका विगतका भाषणहरु आफैले सुन्दै गर्दा दोषी पुष्टाई गर्न सक्लान त ? सुनेको थिए असमनता छ भन्दै गरेको , विभेद, गरेको, राष्ट्रले अन्याय गरेको छ जातजातीको विचमा, हुने र नहुनेको, विचमा, आदि, आदि । आज ती असमानताको अन्ते भएको छ त ? तपाइको श्रीमतीको उपचार हुनुपर्छ, यसमा कसैले विभाद गर्छ, प्रश्न उठाउछ, त्यो सरासर गलत हो । यसको साथसाथै राजा हरिश्चन्द्र र उनको श्रीमती तारालाई सिधा स्वर्गमा लानको लागि अनुरोध गर्दा उनले अस्वीकार गरेका थिए र भनेका थिए यदि हामीलाई स्वर्गमा लाने भए मेरा प्रजालाई पनि लानु पर्छ भनेपछि देवताले उनको मागलाई स्वीकार गरी उनका प्रजा सहित सवैलाई स्वर्गमा लान सफल भएका थिए । उनी राजा थिए सवैका लागि सोचे । उनले असमानतालाई लत्ताएका थिए तर तपाइले त्यो महानताबाट हात धोए जस्तो लाग्छ किनकि प्रचण्ड पुस्पकमल थिएन, नेपाल र नेपालीको सपना थियो तर आज त्यो सपना आफैले तुहाई पुस्पकमल वनेकोमा ।
राजा हरिश्चन्द्रको त्यागले मरेको छोरा रोहितलाई व्युझ्याउन वाध्य भएका थिए देवताहरुल तर त्यो सम्भव भएन पुष्पकमललाइ, न मृत्युमा पनि सवैको सहानुभुर्ति । पुस्पकमलले आफ्नो श्रीमतीको उपचार गर्दैगराउदा नेपालमा कैयौ महिला प्रसव पिडा, तथा सिटामोलको अभावमा छटपटाउन पर्याे , अन्त त मृत्युवरण गर्नु पर्यो । आजको आवश्यकता कमसेकम नेताले महल पाउदा उसका कार्यकर्ता र सर्वसाधरणले झुपडी त पाउनुपर्छ । अनि नेतागणको उपचार विदेशमा हुदैगर्दा सामान्य नागरिकले उपचार देशमा त पाउनु पर्याे । अनि जसले खर्च गर्न सक्छ उसको उपचारमा राष्ट्रले गर्छ अनि नेतागणको उपचार पनि त्यसरी नै नेतागणले देखेको विस्तारवाद आज कसरी मित्र भयो । आखिरमा विस्तारवाद त समयको माग पो रहेछ, हैन त नेता ज्यू ।
कुनै वैज्ञानिकले नया आविस्कार गर्छ अनि त्यो सारा सन्सारमा पुग्छ चाहे त्यो औषधी होस, वा कुनै सामाग्री वा नया कुनै खाद्य वस्तु वा कुनै खेलौना वा उपकरण वा भाषा नै किन नहोस यसले समग्रमा प्रभाव पारीराखेको हुन्छ । जेसुकै नाम दिनोस त्यो साम्रज्यवााद नै हा । कहिले भाषाको नाममा, कहिले धर्मको नाममा,कहिले राजनैतिक विचारको नाममा, कहिले शिक्षाको रुपमा प्रभाव पारीराखेको हुन्छ । कहिले एक राष्ट्को शक्ति अर्काे राष्ट्रको नाममा वा कहिले भाषिक रुपमा वा कहिले केही न केही छ जसले अर्कोलाई प्रभाव पारिरहेको हुन्छ । जसरी अहिले नेपालमा कम्निष्टहरु अमेरिकालाई साम्राज्यवादी भन्दै गर्दा ती र तीनका सन्तानको पहिलो रोजाई अमेरिका वनिरहेको छ किन ? किनकि त्यहा विकास छ, सम्वृद्दी अनि नियम कानुनले काम गरेको छ । विकास, कानुन र सम्वृद्दी आज विश्वमा रोल मोडेलको रुपमा यी दुई देश आएका छन र सवैको रोजाइमा परेका छन । किन ? किनकि देशको नेता राष्ट्रपति हुन्छ तर राष्ट्रपतिको कार्यकाल पछि पुन आफ्नै कार्यमा फर्कन् गर्छन, कामलाई पुजा गर्छन र सवैको रोजाइमा पर्छन । उनीहरुको आफ्नो काममा फर्कने परम्पराले विश्वमा वेग्लै पहिचान वनाउन सफल भएका छन, राजनितिलाई व्यवसाय वनाउदैनन उनीहरु।
तर के गर्नु मेरो देशका नेताहरु हिजोको शाषकलाई जहाजहा दोषी देखे आज त्यही स्थानमा आफुलाई राखेका छन,उभ्याएका छन । हिजोका शाषक सामन्ती, सेतो हात्ती, निरकुंश, जहानिया, भ्रष्ट के के भए के के आज ती सवै आफै भए किन ? अनि सत्ता, परिवर्तन भयो, प्रणाली फेरियो तर प्रवृृती फेरिएन यही नै हो नेपालीको दुरदषाको कारण । दलीय नेताहरु तपाई दलको नेता वन्नोस । आफु र आफ्ना सन्तानको लागि आफनो दलको पहिचान नमेटाउनोस किनकि गएका नेपालको चुनावमा ठूलै नाटक मञ्चन गरिएको थियो । यो प्रवृतीलाई तुरुन्त त्याग्नोस किनकि तपाइको कर्मको हिसाव राख्नेहरु प्रशस्त जन्मिसकेका छन । ढीलो हनुभन्दा पहिल्यै सर्तक हुनुहोला ।
देश र जनतामा गरिएको राजनिति सवैको लागि हुनुपर्छ केही मुट्ठीभरका मानिसको ठगि खाने भाडोको रुपमा प्रयोग हुनहुदैन । राजनिति त सेवाको भावमा डुवेको हुनुपर्छ, प्रत्यक नेता तारे होटेलमा वसेर खादै गर्दा, त्यसको खर्चले त दश जना अरु भोकाको पेट भरिने कुरालाई विर्सन हुदैन किनकि नेताको त व्यक्तिगत जीवन नै हूदैन । व्यक्तिगत ऐस र आराममा जीवन जीउन चाहनेहरु राजनितिमा नलागेकोमा नै वेस किनकि राजनिति त अरुको सेवाको लागि हो नि, अरुलाई मालिक सम्झि आफुलाई उनीहरुको सेवक सम्झने स्थान । नेताले त गासलाई मुखमा लैजाने क्रममा कोही भोको छ कि सम्झनु पर्छ, देशको गाडी चड्रदै गर्दा कोही अस्पतालसम्म यातयातको अभावमा मृत्युवरण गरेको छ कि सम्झनु पर्छ । वरीपरी सुरक्षा फौज लिइ हिड्दा समाजमा कही लुटपात भएको छ कि सम्झनु पर्छ । किनकि नेपालका नेताहरु रोगी भएका छन । अरुलाई सामन्ति देख्ने नेता आफु एक्लै हिड्न, सक्दैनन, उनीहरु तर्सीरहेका छन, किनकि उनीहरुलाई आफ्नै मनले दोषी ठानेको छ । हिजोको साधरण जीवन सम्झनोस यस मनरोगबाट मुक्ति पाइ आफुलाई स्वतन्त्र नागरिक जो कही निर्धक यात्रा गर्न सकोस । जसले गर्दा राष्ट्रको ठूलो रकमको वचावट हुने छ जसले गर्दा नेता सर्वसाधरणसंग हातेमालो गर्न सक्ने छ । यसरी आफ्नै वरीपरी आफ्नो नेतालाई पाउदा नेता समाज केन्द्रीत हुने छ अनि प्रत्यक नागरिक भन्ने छन मेरा नेता महान र असल छन ।
राजनैतिक दल मात्र हैन संघ संगठनहरु पनि त्यस्तै छन । संघ, संगठनहरु आन्दोलन गर्छन, जव आन्दोलन सफलताको केन्द्रमा पुग्छन, नेतृत्व वार्तामा जान्छ, अनि नेतृत्व आफु केन्द्रीत हुन्छ, सम्झौता गर्न पुग्छ तर अरु मागको लागि फेरी अर्काे आन्दोलनको आवश्यकता पर्दछ । त्यसैले अव सवै विद्यार्थी देखि राजनैतिक दलसम्म सम्वन्धित सवैले आ आफ्नो स्थानमा परिवर्तन गरी समाजको परिवर्तनको लागि राजनितिलाई स्वच्छ राख्न सक्नुपर्छ, जव राजनिति स्वच्छ हुन्छ, अरु सवै स्वच्छ हुन्छ । यसको अर्थ पानीको मुहान सफा भएमा अन्यत्र त्यहीबाट बग्ने पानी सफा रहनेछ । यदि कसैले पानी फोहोर भयो भनि विचमा सफागर्न खोच्छ भने त्यो सम्भव छैन । यसको अर्थ राजनिति नै केन्द्र हो समाज परिवर्तनको लागि, देशको विकासको लागि । त्यसैले त आज के ही नेपालीहरु अमेरिका र वेलायतलाई दोषी देखे पनि आफ्नो सन्तानको सपनाको केन्द्र विन्दु त्यही वनेको छ किन कि त्यहा कामको र व्यक्तिगत क्षमताको उच्च मुल्याकंन हुनेगर्छ । आजको आवश्यकता सोचको परिवर्तन हो, प्रवृतिको परिवर्तन हो नकि राजनैतिक प्रणाली ।