Saturday, May 19, 2018

शिक्षक महासंघ

२०७५-०२-०५
शिक्षक महासंघले वर्तमान अवस्थामा शिक्षक पेशालाई मर्यादित तुल्याउदै शिक्षकको भलाइको लागि आन्दोलित हुनुपर्ने देखिन्छ। शिक्षक पेशा आफैमा आन्दोलन हो जो कहिल्यै आरम गर्न सक्दैन र पाउदैन पनि। आज कक्षा कोठामा ठिक भएको शिक्षक भोलि ठिक नहुन सक्छ। त्यसैले शिक्षक अध्ययनशील हुनुपर्छ, र आफुलाई सधै समयानुकुल बनाउनसक्नु पर्छ। शिक्षक विद्द्यार्थीको उमेरमा पुरयाई त्यही अनुकुलको व्यवहार गर्न सक्नु पर्छ। विद्द्यालयको प्र अ ले सवै शिक्षकलाई समान व्यवहार गर्न सक्नु पर्छ। यदि प्र अ पक्षपाती हुन पुगेमा समग्र शिक्षकको मानासिकतामा विचलन आउनसक्छ, र द्वन्दको सृजना पैदा हुनसक्छ। जव द्वन्द हुन्छ शैक्षेणीक वातावरण खलवलिन सक्छ। शिक्षक कति योग्य छ भन्ने कुरा उसले फटालेको भोटोको भरमा गणना गर्नु हुदैन र उसले कति योग्यता हासिल गरेको छ भन्ने कुराले पनि निर्क्यौल गर्दैन उसको लगनशीलता र विधार्थीको प्रस्तुतिकरंणले प्रदशन गर्दछ। उसले १० देखि ४ वजेसम्मको समय विद्द्यालयमा कसरी विताएको हुन्छ, त्यसमा पनि भर पर्छ।
शिक्षक महासंघलाई हाक्ने शिक्षक मित्रहरुले बुझ्नु पर्छ कि उहाहरु शिक्षकको नेतृत्व गर्दै हुनुहुन्छ न कि कुनै दलको। महासंघमा नेतृत्व गर्ने नेतृत्वले आफु कुन संघ वा संघठनको नेतृत्व गरेको छु भन्ने भन्दा पनि समग्र शिक्षकको नेतृत्व गरेको छु भन्ने भुझ्नु पर्छ र चाहे तपाइको विचारधारा प्रति सहमत नभएपनि शिक्षक शिक्षक नै हो। उसको संरक्षण गर्ने कार्य तपाइँ मित्रको हो। तपाई नेतृत्व गर्ने मित्रले आफुलाई केन्द्रमा नराखी शिक्षकलाई केन्द्रमा जसरी बिपी कोइरालाले जव मानस पटलमा निर्णय लिन अप्ठ्यारो पर्छ त्यो वेलामा नेपालको माटो उठाइ छातीमा राखी प्रस्न गर्नुस आत्माले जे जवाफ दिन्छ त्यही गर्नुस भनि संदेश दिएझै गरी शिक्षक नेतृत्वले पनि सवैभन्दा पिडित शिक्षकको तस्विरलाई आफ्नो अन्तस्करणमा प्रश्न गर्नोस जे देखुन्हुन्छ त्यहा तेही निर्णय गर्नुहोस नकी हिजोको दिनमा गरिएको अमानवीय निर्णय गरे झैँ। . पेन्सन प्रयोजनको लागि ७ वर्ष अस्थायी सेवा अवधि गणना गरि एक शिक्षक पेन्सन प्राप्त गर्न सक्छ तर अर्को शिक्षकलाई १ दिन मात्रले पेन्सन हुदैन। त्यसैले यो सम्झौता अमानवीय र अशैक्षेणीक छ मेरो बुझाइमा। महासंघले आन्दोलन घोषणा गर्दै गर्दा सम्पूर्ण अस्थायी शिक्षकको सम्पुर्ण अश्थाई सेवा गणना गर्ने गरि मागराखी सवै शिक्षकको भलाइको लागि आवाज उठाउनुहोला।
महासंघले सामुदायिक विद्द्यालयको गुणस्तर वृदीको लागि योजना ल्याउनुहोस। प्रत्यक शिक्षकले स्वीकार गर्नै पर्छ कि सामुदायिक विद्द्यालयको गुणस्तर कमजोर हुनुमा विद्द्यालय प्र अ , शिक्षक, अभिभावक र शिक्षा मन्त्रालय, राजनैतिक दल सवै जिम्मेवार छन्। जुन विद्द्यालयमा प्र अ अनुशाशित छन त्यहा विद्द्यार्थी संख्या र समग्रमा विद्द्यार्थीको नतिजा पनि राम्रो नै छ । त्यस्तै गरी विचार राजनैतिक दलका कार्यकर्ता आफ्ना वच्चा सामुदायिक विद्द्यालायामा पठाउदैनन तर विद्यालयको व्यवस्थापन समितिमा बिभिन्न बहानामा उपस्थित खोज्छन। आफ्नो वच्चा निजि विद्द्यालयमा पठाई अर्काको वच्चाको अभिभावकत्व गरण गर्दछन। आफ्नो सन्तान नहुनेले त्यसो गर्नु महानता हो भने आफ्नो सन्तान हुदाहुदै अर्काको वच्चाको अभिभावकत्व गर्ने अभिभावकले के भोलिका दिनमा आफ्नो अँशको केहि हिसा त्यस वच्चाको नाममा गर्न सक्ला त? गर्नको लागि तयार हुन्छ भने, यसमा पनि विरोध न्यायोचित हुनेछैन।
शिक्षाको क्षेत्रमा राजनैतिक रंग दिनुभन्दा पनि शैक्षेणीक रंग दिनुपर्छ। हुन त अहिले वहस हुदैछ, शिक्षकले चाहेमा परिवर्तन हुन सक्छ, विज्ञहरु यसैमा लेख लेख्दै आफ्नो विचार पोखिरहेका छन। सत्य हो तर अर्ध सत्य। एक शिक्षकले आफ्नो विषयमा परिवर्तन गराउन सक्छ तर समग्र विद्द्यालयको गुणस्तर परिवर्तन गराउन सक्दैन। किनकि कुनै शिक्षकले १० वर्ष अगाडी देखेको सपनाको सुनुवाई त्यही विद्द्यालय हाकिराखेका प्र अले महशुस गर्न सक्दैन, अवस्था बिग्रिएपछि मात्र विद्द्यालय नेतृत्व स्वीकार गर्छ अनि गुणस्तर कसरी वृदी हुन्छ?
महासंघले भन्न सक्नुपर्छ आफ्ना सदस्यलाई तपाइको पेशाको ग्यारेन्टी हामी लिन्छौ, प्रत्यक विद्द्यालयको शैक्षिक गुणस्तरको ग्यारेन्टी तपाइँ प्र अ र शिक्षक लिनोस भनेर। भूपू प्राधानमन्त्री कृष्ण प्रसाद भट्टराई बाहेक अन्य कोहि राजनैतिक दलका नेताहरु शिक्षकलाई माया गरेको इतिहास देखिएको छैन। शिक्षकले आफ्नो पेशा प्रति समर्पित भै सदा यस पेशालाई मर्यादित गराउनको लागि शिक्षक नै लाग्नु पर्छ। शिक्षक गुलेली बन्न सक्नु पर्छ नकी मटेंग्रा, शिक्षका बन्दुक बन्न सक्नु पर्छ नकी गोलि, शिक्षक देशको नक्साकार बन्न सक्नुपर्छ नकी कुनै कसैको अनुयायी।
अवका दिनमा शिक्षाको गुणस्तर वृद्दी गर्नको लागि शिक्षक तथा विद्द्यार्थी दुवैलाई आवाशीय वनाउन सकेमा मात्र निशुल्क शिक्षा भन्न मिल्छ र गुणस्तरमा पनि वृद्दी हुन्छ । महासंघले नेपाल सरकारलाई बिभिन्न जिल्लाका केन्द्रमा पारी आवाशीय विद्द्यालयको सोचको विचार गर्नुपर्छ कि भनी दवाव दिने कि? यदि कुनै विद्द्यार्थी आफ्नो अध्ययनमा मात्र समर्पित हुने अवस्था प्राप्त गर्छ, उसको नतिजामा पक्कै पनि सुधार आउने छ। शिक्षालाई पनि आधारभूत सम्मको अध्ययन अनिवार्य सवै विषयको कक्षा संचालना गरि अध्यापन गराउने तर माविको अध्यापनको लागि प्रत्यक वच्चाले जिउने कलाको शिप सिकाउनुपर्छ।
अहिलेको शिक्षालाई निशुल्क शिक्षा भन्न मिल्दैन। विद्द्यालायामा तिर्ने फी र किताप मात्र उपलव्ध गराएर शिक्षा निशुल्क हुनसक्दैन। आधा पेट भरि खाना खाएको वच्चाले कसरी आफुलाई सिकाई क्रियाकलापमा क्रियाशील बनाउन सक्छ र? शिक्षकले पाउने सेवा सुविधा पनि यदि गोठमा दुधदिने भैसी या गाई, बारीमा साग र भकारीमा धान भएमा मसलन्द खर्चको लागि यथेस्ट छ नकी जिउनको लागि। अहिले काठ्मान्न्डूको पेरिफेरिमा एक फ्ल्याटको मासिक भाडा सरदर २००००/ तिर्नुपर्छ र माविको शिक्षकले मासिक रु ३०५००/ प्राप्त गर्छ। त्यसैले शिक्षकले आफ्नो वालवच्चाको लालनपोशणको लागि केहि गर्नै पर्छ। अन्यथा आधा पेटमा चित्त बुझाउन पर्छ।
पूर्ववर्ती सरकारले अस्थायी शिक्षकलाई स्थायी वनाउनको लागि खोलिएको विज्ञापनको परिक्षा तुरुन्त लिन लगाई शिक्षाको समस्याको समाधानको लागि आवाज बुलन्द पार्नै पर्छ।

Thursday, May 17, 2018

बधाई छ दुवै नेता ओली र प्रचण्ड अनि दुवै दलका नेता तथा सदस्यलाई!

२०७५ -०२-०३
बधाई छ दुवै नेता ओली र प्रचण्ड अनि दुवै दलका नेता तथा सदस्यलाई!
आजकै दिन २५ वर्ष पहिले नेपालका उदयमान एमालेका नेता मदन भण्डारी ( जसले बहुदलिय जनवादको प्रतिपादन गरेका थिए) र जीवराज आश्रीतको दास ढुंगामा भएको कार दुर्घटना हो या घटाईएको घटना हो जसको कारणले यी दुवै नेताको मृत्यु भयो तर कार चालक जिवितै रहे। वर्तमानमा जीवित रहेका कम्निस्ट नेताहरु यो दुर्घटना नभएर घटाईएको घटाना हो भन्दै गर्दा एका तर्फ उदयमान नेताहरुको मृत्यु भैसकेको थियो भने अर्कोतर्फ रत्नपार्कका रेलिंग र बिर हस्पिटलका सिसाहरु फ़ुटाइएका दृस्टान्तहरु कहिँ कतै शुरक्षित छन् होलान र हत्याराहरु चिनेका छौ भनेका आवाजहरु पनि कहिकतै कैद भएकै हुनुपर्छ।
बिनासमा पनि बिकास छ भन्ने सत्यता आजको दिनमा नेपालका कम्न्युस्ट दल नेकपा एमालेका अध्यक्ष के पी ओली र नेपाल माओवादी केन्द्का अध्यक्ष प्रचण्ड विच छलफल गरि आजको दिनबाट नै नेपाल कम्निस्ट पार्टीको रुपमा निर्वाचन आयोगमा दर्ता गर्न पुगेका छन जसले राजनीतिमा सवै असम्भव पनि सम्भव हुनसक्दो रहेछ भनि प्रमाणीत गर्न सफल भएका छन र विश्व राजनैतिक क्षेत्रमा आठौ आश्चर्यको रुपमा देखाउन सफल भएका छन्। सम्बोदनको क्रममा आज केपी ओलीको विचार उच्च देखिएको छ र उनले नेपाली कांग्रेस समेत सहयात्री भएकोले एक चुनाव हार्दैमा नआत्तिन सुझाव दिएका छन् अनि थपेका पनि छन 'हामी २०१५ को चुनावमा ४ सदस्यबाट अहिले आएर बहुमत प्राप्त गर्न सकेको' यथार्थताको चित्रण गर्न समेत पुगेका छन । उनको भनाइमा एकिकरण कसैको बिनासको लागि नभएर नेपाललाई सम्वृद्दीको लागि हो भनि सम्बोधन गरेका छन जुन स्वागत योग्य छ र यसबाट कोहि आत्तिनु पर्ने देखिदैन यदि बोलाई र गराईमा समानता रहेमा।
अब नेपाल कम्न्यूस्ट पार्टीका नेताहहरुले आफुलाई सुधार्नै पर्छ । सबोधनको क्रममा ओली भन्दै थिए 'म शासक होइन सेवक हु ।' सुन्दर छ विचार वारम्वार म पनि यहि भन्ने गर्थे र मैले ओलीको यस विचार व्यक्त गरि मेरो भावनाको कदर गरेकोमा मा उहालाई मुरी मुरी धन्यवाद अर्पण गर्दछु । नेपालको प्रधानमन्त्रीले आफूलाई सेवक भनि सकेपछी यो दशका सेना, प्रहरी, कर्मचारी, शिक्षक सवै नेपाल र नेपालीका सेवक नै हुन र मालिक त नेपाली जनता हुन । तिनको सेवामा समर्पित हुनसकेमा देशको मुहार फेरिन समय लाग्दैन । आफूले सुविधा लिदा ठिक र अरुले उपयोगको लागि आवाज उठाउदा गलत देख्ने प्रवृति र अरुलाई कजाउने प्रवृद्दी सामन्ती प्रवृति हो यसबाट उन्मुक्ति दिलाउन सक्नु नै आजको आवश्यकता हो।
अहिलेको वर्तमान नेतृत्वले वुझ्नै पर्छ कि सेना र प्रहरीको घेराभित्र सवार गर्ने नेताहरु सुरक्षित हुदैनन। यदि सुरक्षित हुन सक्थे भने आजको दिनसम्म हाम्रो साथमा पुर्व राजा विरेन्द्रको परिवार रहने थियो। तपाई मान्नोस या नमान्नोस प्रत्यक व्यक्तिको मृत्यु निश्चित छ र कसरी हुदै छ त्यो पनि पहिल्यै नै निश्चित छ। जव मृत्यु निश्चित छ भन्ने थाह छ तैपनि किन भूपू नेताहरुलाई सुरक्षाको घेराभित्र राख्नु हुन्छ? बरु त्यो जनशक्तिलाई समाज सुरक्षामा लगाउनुहोस । जुन नेता आफुलाई सर्वहाराको स्वघोषित नेता हु भन्छ उही अरुलाई सामन्ती भन्छ के यो न्यायोचित हो त? के यस्तो अवस्थामा समाजमा समानता आउला त? एक नागरिक सुरक्षाको विचमा काला सिसाको बन्द गाडीमा हुइकिन्छ अर्को नागरिक अर्ध नग्न र आधापेटमा चित्त बुझाउन पर्छ । जसरी वर्तमान नेतृत्वले विगतका नेतृत्वलाई सामान्ती भन्ने गर्थ्यो आज उसमाथि अरु औला ठडाइरहेको अवस्था छ र यसको अन्त्य कहिले गर्ने?
आजको मेलमिलापले नांगिएका वस्तीहरुमा नेपाली युवाहरु पशिना चुहाउन सकुन, उच्च शिक्षाको लागि विदेशिने दिनको अन्ते होस्, भ्रस्टाचार विगतको कथा बन्न सकोस, प्रत्यक कामको उच्च मुल्यांकन हुन् सकोस, असमानताको अन्त्य होस, प्रत्यक नेपालीले आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्न सकुन, मेलमिलापको भावना जताततै छाओस, साच्चैको गणतन्त्र र समानताको अनुभुति प्रत्यक नेपाली गर्न सकुन, अशिक्षा र गरीबीबाट नेपाल र नेपालीले उन्मुक्ति प्राप्त गर्न सक्ने कार्यक्रम ल्याई कार्यान्वयन गर्न सकोस, यहि सन्देशको लागि फलिभूत बन्न सकोस आजको एकताको दिन, मिलनको दिन। ओलीको सम्बोधन समग्र नेपालीको लागि बन्न सकोस, भ्रस्टाचार र बेतिथिको अन्ते होस, र आज देखिएको मेलमिलाप जीवन्त बन्नसकोस, नेपाल र नेपालीको मुहार हसाउनको लागि प्रयोग सिद्द हुनसकोस, यहि रह्यो मेरो शुभकामना ।
चन्द्र कान्त पण्डित
शिक्षक पशुपति मित्र मावि चावहिल
काठमाण्डु, नेपाल

Tuesday, May 15, 2018

Property all in all for so called modern men

15 May 2018
Property all in all for so called modern men
Misunderstanding is the root cause of conflict everywhere. It's very difficult to deal with the persons who are reserved and self centered.If something good comes, everyone gets ready to welcome it. if something wrongs, everyone turns their deaf ear. So is in the present political arena of Nepal. K.P Oli, present prime minister of Nepal used to present himself as a nationalist and others were only puppet of India. He used to blame to the leaders of other political parties. Gagan Kumar Thapa , former Minister of health and a central member of Nepali Congress and a member of parliament of constituent no 4 of Kathmandu district raised his issue of Indian army. When Sushil Koirala was the Prime minister of Nepal there was a burning issue of Indian soldiers presence in Nalapani Fort was condemn able but now he is surrendering to Modi, the Indian Prime Minister. When I listened his recorded speech, I found that he seemed rational. Every political party has its ideology but he said view if nationalism must be defined as the same token whether in power or in street.
So are the modern men. They think power is everything. Money is everything. They deliver speech on equality and democracy but their performance seems as it was of the dictator. Why a human can't see the same thing with a single lens. Why he sees the same thing different at different moment. Is the property everything for the human beings? What may happen if human beings don't have property? Can't they survive? Indeed, most of the people think money is everything. But in reality, it is not. Your property can fulfill your demands but it cannot sooth you and it cannot give you peace. To achieve peace everyone has to give up greed.Was Sudama a real human being or just in imagination. How he was able to give up greed and was able to live in hardship only reciting the hymns "Jaya Shree Krishna". From one perspective it seems rational in the sense that if some one devotes on any case wholeheartedly he can achieve what he is willing to possess. His intention was to please Krishna through his devotion by which he was able to make the king who knocked him down from his palace surrender and put his head onto his feet. Therefore. power and pelf is useless in front of devotion, honesty and sincerity. Devotion triumphs in the end.
Property is the means but not the theorem. We need money to survive. It can buy expensive bed but not the sleep. It can buy delicious food but not the satisfaction. Your command may work till the time your doer obeys your command. If he stares at you, you may be no more than a deer who is moving towards downhill. Therefore,no one should be proud of having affluent property. It is useless when you die. It itself can buy nothing, a doer is necessary. Even your bank balance is useless if none is there to withdraw the deposit amount. Human intention is all in all. Your will can change you. Your can make you live among people or boycotted by the community. It depends upon your performance.Let everyone remember you through your performance. Where there is a will, there is a way too. Dhurmus team has justified. They are doing more than they can due to the help from the general public.
LikeShow more reactions

Sunday, May 13, 2018

My mother, in Bir hospital

We human beings are slaves of time and are bound with rules and regulations as well as duties and responsibilities. My mother has been the victim of Appendicitis lump. After long trial and investigation, Dr Anuj and his team handled the case intelligently. Thank you the entire team who showered their responsibility and got my mother's operation well. I have been fortunate to be with my mother's care and watch the activities of hospital's entire family. I felt a little bit shameful to see Dhurmus and his team who were cleaning the entire hospital. Different level of workers have been appointed there for its sanitation but Dhurmus and his team have been cleaning the toilets and other parts of hospital. I salute to them but ask questions to the authority why your workers are there. Are they only appointed for the service or for their betterment? This is the place where the authority should keep to their eyes.
I was with nurses and mom at Bir Hospital in Kathmand 0n 29 Baisakha 2075 after her operation. Nurses who were taking photos with my mom on the occasion of nurse international day. May all nurses have the spirit like of Nightingale Florescent who dazzled the world with her devotion towards the victims of war and has been known as the lady with lamp.
On the same day I was with head teacher ,colleagues, guardians and students at Pashupati Mitra Madhyamik Vidyalaya Chabahil, Kathmandu Nepal to interact with the guardians to know their interest and how we can help students' to make their performance better in their study
My kids are enjoying visiting her grandmother at hospital and with their new baby friend Miss Kafle who was there to see her mother who was operated to take out stone from her inner parts.
Sometimes I feel ashamed to be a learned one but have to stand as a helpless ones. if a leader who has everything nation spends the huge amount of money for his treatment but a poor can't get a paracetamol to get relief from his headache. Instead of providing facilities to the affluent ones why the concerned authority doesn't show their concerned to the voiceless ones.
The next thing that I am not convinced yet is that Drs refer for lab tests. They have begun from X-ray to CT scan and inform us that appendicitis lump has been there due to which my mother got pain on her abdomen. It is necessary to get operation. they said, "nothing is seen and operation can be minor but at the same moment they say there may be anything inside and while operating it might be the major ones." If a lab test doesn't confirm about the investigation, why various lab test is refereed to be done. Hospital fee is too normal but the lab test and the cost of drugs is too high.
While staying at hospital, I came to know that that whether Drs or nurses or labours or other authority should have polite tone, they can change the entire hospital. Dhurmus's team has changed the sanitation at Bir hospital. Though none misbehaved me there but I saw so many misbehaving s. A person who is in there for the first time cannot know how to reach to the concerned depart and sectors feels humiliated. Services provided there must be patient friendly. Don't let anyone to raise fingers against the authority due to their performance. everyone should have sweet presentation. Drs words should lessen 50% illness from the patient psyche. A doctor cannot treat patient well if his patient is minimizing Drs' performance and underestimating him. The foremost task of the Drs is to smile, polite and pleasing. If someone dies after operation, don't let the concerned raise finger against the operator team but let them realize that death is natural it happened naturally but not due to the negligence of the Drs.

Monday, May 7, 2018

फौजदारी अभियोग

२०७५-०१-२५
फौजदारी अभियोगमा
फौजदारी अभियोगमा परेका साम्सद वा अन्य जनप्रतिनिधिहरुको साम्सद वा जनाप्रतिनिधिहरुलाई निल्मवन नै गर्नु पर्छ। कुनै एक महिलालाई "तपाइँ मेरो बाबुको श्रीमती जस्तै हुनुहुन्छ वा तपाइँ मेरो आमा जस्तै हुनुहुन्छ" भन्दै गर्दा दुवै भनाइँको अर्थ एकै भए पनि मानिसको बुझाइमा त फरक छ नि। एक त संविधानले फौजदारी मुद्दामा आरोपित व्यक्तिहरु चुनावमा भाग लिन पाउदैनन भन्ने छ तर आरोपित व्यक्तिहरु चुनाव जितेर आएका छन्। यदि संविधानको पालना गरिदैन त्यो संबिधान कसको लागि हो र नेपालीले किन मान्नुपर्छ? के देशमा गुण्डागर्दी र चोरहरुदारा राज्य संचालन गर्न खोज्दैछन भन्ने प्रमाणीत हुदैछ। यो देशमा केहि मुट्ठीभरका नेताको कोठे बैठकदारा देशलाई बन्दक गर्दै आफ्नो पक्षमा गरिएका निर्णहरुले समाजमा अन्यौल सिर्जना गरेको छ। देशको कानुनले सवै नागरिकको लागि समान हुनुपर्छ।
बिडम्बना छ नेपालमा, एमालेले चुनावमा वृद्दभत्ताको भरमा चुनाव जित्यो तर पुर्ववर्ती नेपाली कांग्रेसको सरकारले वृद्द भत्ता पाउने उमेर ७० बाट ६५ मा झारिदिदा एमालेले खारेजी गरिदिएपछि नेपाली वृद्धहरुलाई वृद्दभत्ता त नेपाली कांग्रेसको एजेन्डा रहेछ प्रामाणित हुन्छ तर एमालेले उपयोग गरी जनताको विचमा भ्रम फिजाएको रहेछ, हैन र ? नेपाली नागरिकहरु अदालताका न्यायाधीशहरु र प्राध्यापकको अधिकतम उमेर पनि ६५ नै छ, शिक्षकको लागि ६० र निजामति कर्मचारीको लागि ५८ वर्षमा नै अनिवार्य रुपमा जागिरबाट हट्नुपर्छ भने वृद्द भत्ता दिने उमेर ६५ हुदा किन टाउको दुखाई हुन्छ एमालेलाई ? कि भन्न सक्नुपर्यो वृद्दभत्ता दिनु नै गलत हो। हैनभने एमालेको आफ्नो एजेन्डालाई नेपाली कांग्रेसले पालना गरिद्नालाग्दा ता खुशी नै हुनुपर्ने हो , हैन र ?
राजनीतिमा सर्वसाधारणले वुझ्न नसक्ने यस्तै खेल हुन्छन जुन फौजदारी मुद्दा लागेका सभासद वा अन्य प्रतिनिधिको पद निलम्वित नगर्नु जस्तै हो, हैन र? यसमा सजग हुनुपर्छ, अर्को चुनावमा यहि एजेन्डाले नेपाली कांग्रेसले चुनाव जित्ने छ। नेपाली कांग्रेसले प्रत्यक सभा सम्मेलनमा यहि एजेण्डाको वहस गर्नुपारने छ तर फौजदारी मुद्दामा आरोपितको पक्षमा नेपाली काँग्रेस उभिनु भनेको नेपाली कांग्रेसका नेताको मानसिक धरातलमा कुनै दिन आफै पनि फस्न सकिन्छ भन्ने देखिन्छ। त्यसैले नेपाली कांग्रेसले भन्न सक्नु पर्छ, फ़ौजदारी मुद्दामा परेका कुनै पनि प्रतिनिधिको पद निलम्बित हुनै पर्छ, अन्यथा यसले नेपाली कांग्रेसको लागि गलपासो हुनेछ। समयमा नै सजग रहनु नेतागणहरु।
नेताले हार्दा केहि हुदैन , कांग्रेसले चुनाव हार्दा नि केहि हुदैन, एमालेले र माओवादीले चुनाव हार्दा नि केहि हुदैन तर नेपाल र नेपालीले हार्नु हुदैन। नेपाल र नेपालीले चुनाव हार्नु भनेको देशको अस्तित्व धरापमा पर्नु हो । यस्तै मुद्दा मध्य फौजदारी केशको लागि जुन वहस हुदै छ त्यो नेपाल र नेपाली हार्ने खेल हो। यसको निराकरण समयमा नै गर अन्यथा चोरहरु चोर्न पाउनुपर्छ, डाकाहरु लुट्न पाउनुपर्छ, कर्मचारीहरु काम ठग्न पाउनुपर्छ , उच्च शिक्षाको परिक्षामा सम्मेलित परिक्षार्थीहरु चोर्न पाउनुपर्छ भन्दै कराउदा के भन्ने? अहिले देखिएको छ रक्षक नै भक्षकको भएको अवस्था। सुन तस्करीमा उच्च पदस्था प्रहरी हुन्सक्छ नेताको पनि संलग्नता। यस्ता आवाजहरु सुनिन थालेका छन । खवरदार साम्सदज्यूहरु तपाइको आयु ५ वर्षे भए पनि नेपाली जनता सडकमा निस्किएमा ५ मिनेट, घण्टा, दिन , हप्ता र महिनाको रहने छ नकी वर्षको। सजग हुनु दल र यसका नेतागणहरु!

Saturday, May 5, 2018

मैले बुझ्न नसकेको कुरो


२०७५-०१-२१                                                                                 
मैले बुझ्न नसकेको कुरो
नेपालको सरकार सभासद र अन्य तह र तप्काका जनप्रतिनिधिहरु सामुदायिक विद्द्यालयको गुणस्तर खस्कियो एकातर्फ भन्दै गर्ने अनि अर्कोतर्फ सरकारले शुरू गरेको विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै आफ्ना वच्चालाई सस्थागत विद्द्यालयमा पठाई अरुका वच्चालाई सामुदायिक विद्द्यालयमा भर्ना गर्दै अभिभावकको भूमिकामा रहदै गर्दा सर्वसाधारण नेपालीले के भनि बुज्ने? वर्तमान सरकार र नेपाली राजनैतिक दलका नेतालाई सोध्नु पर्छ अहिलेको शिक्षा प्रणाली कस्तो प्रणाली हो? निशुल्क विद्द्यालय शिक्षा वा सशुल्क? शिक्षालाई निशुल्क भानिन्छ भने लाउन खान र वस्न नदिएपनि कमसेकम विद्द्यार्थीलाई चाहिने पाठ्यपुस्तक, कापी कलमको त व्यवस्था गर्न सक्नु पर्छ नि, हैन र? त्यस्तै गरी सरकार र राजनैतिकदल र
तिनका प्रतिनिधिले आफ्ना वच्चा नहुनेले त कुनै वच्चाको अभिभावकत्व ग्रहण गर्नु अति उत्तम कार्य हो तर आफ्ना वच्चालाई सुविधासम्पन्न विद्द्यलायमा पठाइ अरुको वच्चाको अभिभावकत्व ग्रहण गर्नुलाई के भन्नु? के साच्चै उहाहरुसँग समानताको कुरा गर्न सक्ने मनोवल होला त? के उहाहरु आफुले अभिभावकत्व गरण गरेको वच्चा र आफ्नो वच्चाको विचमा समानता कायम गर्न सक्नुहुन्छ त? नेताले त्यति गर्न सक्दैन भने उसले आफुलाई जनप्रतिनिधि भन्ने आधार पनि हुदैन। किनकि देशको सरकार नै प्रत्यक नागरिकको अभिभावक हो र स्थानीय प्रतिनिधि वा अरु नेतृत्व स्थानीय अभिभावक हो। वच्चाले पढ्ने विषयमा त समानता हुनु पर्यो नि , हैन र ?  

वच्चाले जे देख्छ त्यही सिक्छ। केहि सस्थागत विद्द्यालयमा पढाइको अतिरिक्त अन्य खेलकुद ,संगित, अभिनय जस्ता कला पनि सिकाइन्छ भने अरु सामान्य विद्द्यालयमा यी अतिरक्त सिपको वारेमा केहि सिकाइदैन।त्यसैले आजको आवश्यकता वच्चाले जहा पढे पनि पढ्नु पर्ने विषयवस्तु र सिप त समान नै हुनुपर्यो हैन र? सक्नेले मसिनो चामलको भात खाए पनि नसक्नेले मोटो चामलको भात त पाउनुपर्यो नि। संविधानमा वालकले  पढ्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ र यो अधिकारको प्रयोग गराउने कार्य सरकारको हो।  यदि वच्चाले पढ्न पाउने अधिकारको प्रयोग गर्न पाउदैन भने उसले संविधानमाथि धावा बोल्दै गर्दै गर्दा उसलाई कुन कानुनले कारवाही गर्ने। त्यसैले संविधानलाई वचाई राख्न नेपाल र नेपालीलाई सम्पन्नतामा लैजान शिक्षा अनिवार्य छ। देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गरि देशलाई 
 सम्बृदीमा पुर्याउनको लागि गुणस्तरीय शिक्षामा सवैको पहुच हुनुपर्छ। गुणस्तरीय शिक्षा प्रधानको लागि सामुदायिक विद्द्यालयमा पढ्नुपर्छ भन्ने वच्चा र पढाउनुपर्छ भन्ने अभिभावक रहेको विद्द्यालय चाहे सामुदायिक होस वा सस्थागत दुवैले उत्कृस्ट नतिजा प्राप्त गर्न सक्छन।
 

मानिस स्वभावैले स्वार्थी छ, उ अरुको दोष देखाउन खोज्छ तर आफुमा के छ भनेर कहिल्यै खोतलिदैन। अहिलेका 

सत्तासिन दलहरु र तिनका विद्द्यार्थी संगठनहरु सस्थागत विद्द्यालय खारेजीको माग गर्दै हिड्ने गर्थे तर अहिले के गर्दै

छन? त्यस्तैगरी अरुलाई दोष दिने नेतृत्व अहिले आफु नै लिदै छन् तर सस्थाको भलाइको लागि के गदै छन् त? असल 

नेतृत्व आजको आवश्यकता हो। जहा असल नेतृत्व छ त्यहा परिवर्तन पनि। दुइ वर्ष अघिसम्म लोडसे डीन्गले आक्रान्त 

नेपाल कुलमानको दक्षताले राहत दिलाएको छ। अहिले कुलमान जस्तो नेतृत्व र सुन्तली र मह जोडी जस्तो समाज सेवी 

चाहिएको छ। बोल्नेले पिठो त वेच्न सक्ला तर चामल उत्पादन त गर्न नसक्ला नि। सामुदायिक विद्द्यालयाको साखलाई 

वचाउनको लागि ज्ञानोदय मावि वाफल काठमान्डुको भूपू प्र अ धनन्जय जस्तो हुनुपर्छ जसले सामुदायिक विद्द्यालयको 

सानलाई वचाउन सफल भएका थिए।

किन सामुदायिक विद्द्यालयका शिक्षक र प्रअ सस्थागत विद्द्यालयका तुलानामा योग्य र तालिमप्राप्त हुदाहुदै विधार्थी र 

अभिभावको पहिलो रोजाइमा परेका छैनन? आजको वहस र खोजि यसैमा केन्द्रीत हुनु पर्छ। किनकि त्यहा पढ्नको लागि 

जिज्ञासु र पढाउननको लागि उत्प्रेती अभिभावको कमि छ। शिक्षकको कार्य पढाउने होइन बाटो देखाउने हो र प्रअ को कार्य व्यवस्थापन गर्नु हो विद्द्यालायको। मेरो बुझाइमा शिक्षकले पढाएर होइन विद्यार्थी पढेर सुन्दर नतिजा प्राप्त गर्न सक्छन । यदि शिक्षकले पढाएर विद्द्यार्थी पास भएको हो भन्ने छ भने त्यो भ्रम हो। यदि शिक्षकले पढाएर हो भन्ने लाग्छ भने किन एक विद्द्यार्थी उत्कृस्ट अंक प्राप्त गर्छ तर त्यही कक्षाको अर्को विद्द्यर्थी अति न्यून अंक प्राप्त गर्छ? प्रत्यक विद्द्यालयमा शैक्षेणीक वातावरण हुनुपर्छ र यसका मुख्य पात्र प्र अ ,शिक्षक र अभिभावकको विचमा समधुर सम्वन्ध हुनुपर्छ। व्यवस्थापन गर्ने कुसल प्र अ , बाटो देखाउने असल शिक्षक, लगनशील विद्द्यार्थी, र सचेत अभिभावक हुने हो भने प्रत्यक विद्द्यालय उच्च कोटीको अध्ययन स्थलो बन्ने थिए। बोलेर होइन गरेर देखाउ र आफैबाट सुरु गरौ असल कार्य।

 जहा  करिव सचेत अभिभावक आफ्ना वच्चालाई सस्थागत विद्यालयमा भर्ना गर्दा गौरव महसुश गर्छ भने सामुदायिक विद्द्यालयमा भर्ना गर्दा हेपिएको जस्तो अनुभव गर्छ। सस्थागत विद्द्यालयमा फी तिर्न नसक्ने अभिभावक भएकोले नै सामुदायिक विद्द्यालयमा पढाएको हो भन्ने बुझाई हाम्रो समाजले गरेको छ,  म स्वयमले अनुभव गरेको छु। म शिक्षक हु सामुदायिक विद्द्यालयको। त्यसैले यस पेशालाई मर्यादित पार्न र भावी सन्ततीको सम्रक्षणको लागि पनि सामुदायिक विद्द्यालय वचाई राख्नको लागि मैले मेरा वच्चाहरु आफैले अध्यापन गराउने विद्द्यालय पशुपति मित्र मावि चावहिलमा राखेको छु। मेरा नानीहरु रमाइलो मान्दै अध्ययन गरेका छन् त्यहा। यदि अहले देखिएको सामुदायिक विद्द्यालयको वित्रीस्णालाई  नरोक्ने हो भने कालान्तरमा सामुदायिक विद्द्यालय लोप हुने छन् र तिनको जगेर्नाको लागि स्थान समेत उपलव्ध हुने छैन भविष्यमा । अहिलेका सचेत नागरिकले भोलिका सन्ततिको शिक्षाको लागि सरल र सहज शिक्षाको लागि सामुदायिक विद्द्यालय संरक्षणमा लाग्नु नै पर्छ अन्यथा भोलिका दिनमा पछुताउनु बाहेक केहि रहने छैन। जसरी हिजोका राजा र राणाले काठमांडूमा टुडिखेल र खुलामंच राखेका थिए र अहिले जेनतेन सरकारी सभासम्मेलनको उधघाटन स्थलो बन्न पुगेको छ, त्यसरी नै यी सामुदायिक विद्द्यालय रहने छन्। तपाई खर्च गर्न सक्ने वा नसक्ने दुवैले भावी सन्ततिको शिक्षाको ग्यारेन्टीको लागि पनि यी विद्द्यालायालाई सम्रक्षण गर्नु पर्छ। सम्बन्धित सवै यसमा चनाखो हुने पर्छ।    
चन्द्र कान्त पण्डित

पशुपति मित्र मावि चावहिल काठमान्डू, नेपाल       

Tuesday, May 1, 2018

१२९ औ अन्तरास्ट्रीय मजदुर दिवस

२०७५-०१-१८
आज १२९ औ अन्तरास्ट्रीय मजदुर दिवस मनाउदै गर्दा के नेपाली मजदुरहरु यसलाई पर्वको रुपमा मनाउन सक्ने छन त? के गर्न सकिन्छ त नेपाली मजदुरको सान र मानलाई उच्च पार्नको लागि? के कर्मकाण्डी रुपमा र्याली र भाषणले उनीहरुको पेशालाई इज्जत देला त? नेपाली मजदुर एकै स्थानमा भेला हुननसकेको अवस्थामा के विश्वका मजदुर एक हौ भन्दै नारा लगाउदा सान्दर्भिक होला त? के आज जसरी सडकमा सवै तह र तप्काका मजदुरहरु लामवद्द हुदै जुलुशमा देखिएको सामिप्यता कर्मस्थालोमा होला त? के दिवस भनेको मानिसको भेला गर्दै केहि नेताको विचार सुनाउदैमा अर्थपूर्ण हुन सक्ला त?
यी र यस्तै कौतुहलता बोक्दै आजको पुरै दिन विहानको ११ बजे देखि ४ बजेसम्म यसैमा समर्पित गरियो र आफुलाई एक मजदुरको रुपमा उभ्याइयो । वक्ताहरुको विचार पनि सुनियो।युवा नेताहरु गगन कुमार थापा भन्दै थिए कमन्युस्ट र कांग्रेसको विचको भिन्नता। नेपाली कान्ग्रेससको केन्द्रमा मानिस हुन्छ, उसका एजेन्डाले जितेको छ तर चुनावी माओलमा पछि परेको तितो यथार्थता पोख्दै थिए भने विश्व प्रकाश शर्माले अब्राम लिंकनको बुवा जुत्ता सिलाउने व्यक्ति थिए र उनलाई कसैले उनको वावु जुत्ता सिलाउने व्यक्ति थिए भन्दा उनी खुशी हुदै भनेका थिए रे जसरी मेरा वुवाले जुत्तालाई मिलाएर सिलाइ सुन्दर बनाउदै कार्य गरे त्यसरी नै सवै मिलि अमेरिकालाई मिलाई सुन्दर बनाउनु पर्छ भन्ने संदेश पोख्दै थिए। विश्व . प्रकाश माथि व्यंग गर्दै आफु ७० नागिसकेकोले युवा नभन्नको लागि आग्रह गरे प्रदिप गिरीले । उनले युवा दुवै नेतालाई बयलको रुपमा नेपाल भरी भाषण गर्दै वैकल्पिक अर्थनीतिको खोज गर्न आग्रह गर्दै थिए। सवैका विचार सुन्नमा गहन थिए। अव नेपाललाई विचार र त्यसको कार्यान्वयनको खाचो रहेको तितो सत्यता हामी माथि छ भन्दै थिए।
मैले देखेको छु अनि सवै व्यक्ति जव एक्लै बोल्छन उ 'म' भन्न थाल्छ र करिव करिव हुटीट्याउले आकाश थाम्न खोजे झैँ सवै मेरो नै हो, मैले नै गर्न पर्छ, म नभए खतम हुन्छ, त्यो म आफ्नो विचारधारा भन्दा बाहिरको व्यक्तिलाई नक्कली प्रमाणको भरमा नेता मान्छ आफ्नो सजिलोको लागि तर त्यही कार्य अर्कोले गर्दा दोषी देख्छ कस्तो रहेछ त्यो 'म'। एकै सस्थामा एकै पटक नियुक्ति लिएका मजदुरहरु 'म' 'म' विचमा द्वन्द देखिएको छ। एउटा 'म' एक घण्टा काम गर्दा पुग्ने अर्को 'म' लाई ८ घण्टा काम गर्नु पर्ने फेरी अर्को 'म' लाई केहि नगरी दिनभरी उपस्थिति जनाइदिए पुग्ने। यी तीन 'म' आफैमा ठूला छु भन्ने भ्रममा जीवन जी राखेका छन् तर अरु के भन्दै छन् बुझेकै छैन। ती तीन 'म' आफैमा विचारा भएका छन।
आज विश्व मजदुर दिवसको उपलक्षमा सवै मजदुरले बुझनै पर्छ कोहि काम सानो र ठूलो हुदैन। सवै काम उत्तिकै महत्वका छन्। सवैले पुज्नै पर्ने व्यक्ति त किसाननै हो किनकि उसको उत्पादन सवैलाई जिउनको लागि अनिवार्य छ तर नेपालमा तीनलाई व्यवास्था गरिन्छ। उनीहरुलाई हेर्ने दृस्टीकोण गलत छ। आजकै दिनवाट सवैले अरुको कामको इज्जत गर्न थाल्नुपर्छ। अनिमात्र सवै व्यक्तिहरु सवै कार्यलाई महत्व दिदै कार्य गर्ने छन्। अनि भन्न सक्ने छन् विश्वका मजदुर एक हौ। बोली र गराइमा समानता हुनेछ। सस्थाको नेतृत्व गर्ने व्यक्ति र त्यस सस्थाको कार्यालय सहायक दुवै मजदुर हुन् र दुवै समान छन्। सुविधा पाउदा दुवैले पाउन पर्छ तर पदको आधारमा असमानता हुनुहुदैन। यदि त्यस्तो गरिन्छ भने त्यो अमानवीयता हो। हो फरक यत्ति हो कि ती दुवै पात्रको कार्य भने फरक छ र तर तिनीहरूको पारिश्रमिक फरक भएता पनि त्यस सस्थाको लागि दुवै महत्वपूर्ण छन। एक कुचिकारले सफा गरिदिएन भने त्यो सस्था कस्तो रहला? त्यस्तै गेटमा रहेने चौकीदारले बिना सोधबुझ सवैलाई विनारोकतोक छोडीदिदा भित्र समस्या आउन सक्छ।
प्राकृतिक रुपमा धनी र सुन्दारताले भरिएको नेपाललाई विकासले पनि अर्थपूर्ण वनाउनु पर्छ नेपालीले। के सम्भव छ त? नेपाललाई अव विश्वको युवाको अध्ययनको केन्द्र विन्दु, मजदुरलाई रोजगारको केन्द्रविन्दु, पर्यटकको लागि घुम्ने स्थान र लगानीकर्ताको लागि लगानीको स्थलो बनाउन सक्नु पर्छ। जसरी बेलायत र अमेरिकाले हतियार देखि भाषा वेचेर खाएको छ त्यसरी नै नेपालले यहाको संस्कृति, पानी, जडिबुटीलाई अन्तरास्ट्रीय बजारमा वेची देशको विकाशको पूर्वाधार खडा गर्न सक्नु पर्छ र समुन्नत रास्ट्रको रुपमा नेपाललाई चिनाउनु पर्छ । नेपालको सस्तो मजदुरीलाई देशमा नै उपयोग गर्न सक्नुपर्छ। नेपालका विश्व्विद्द्यालयले प्रदान गरेका शैक्षिक प्रमाणपत्रले विदेशी विश्वविद्द्यालयमा समानुपातिक हैसियत प्राप्त गर्न सक्नुपर्छ। अव नेपालले आर्थिक क्रान्तीको बाटोमा लाग्नु पर्छ। नेपाल र नेपाली दुवै प्रत्यक स्थानमा आत्मनिर्भर बन्न सक्नु पर्छ। यहाको माटो, पानी, सौन्दर्यतालाई सहि रुपमा उपयोग गरेमा आउदो १० वर्षमा मध्यम स्तरीय र २० वर्षमा सम्पन्न रास्ट्र बन्न सक्छ यदि यो देशका नेता गणहरुले आफ्नो महलको सपना त्यागि देशको सपना बुन्नसके, आफ्नो सुरक्षाको चिन्ता छोडी रास्ट्रको सुरक्षाको लागि लागे , भ्रस्टचारीलाई सामाजिक वहिस्कार गरिदिए, आशावादी र सामाजिक र मानवतावादी सोचको विकास गरे। आज अन्तरास्ट्रीय मजदुर दिवसको उपलक्षमा यहि रह्यो मेरो सुभकामाना समग्र नेपाली र विश्व मजदुरलाई। जय मजदुर दिवस !!