२०७५-०२-०५
शिक्षक महासंघले वर्तमान अवस्थामा शिक्षक पेशालाई मर्यादित तुल्याउदै शिक्षकको भलाइको लागि आन्दोलित हुनुपर्ने देखिन्छ। शिक्षक पेशा आफैमा आन्दोलन हो जो कहिल्यै आरम गर्न सक्दैन र पाउदैन पनि। आज कक्षा कोठामा ठिक भएको शिक्षक भोलि ठिक नहुन सक्छ। त्यसैले शिक्षक अध्ययनशील हुनुपर्छ, र आफुलाई सधै समयानुकुल बनाउनसक्नु पर्छ। शिक्षक विद्द्यार्थीको उमेरमा पुरयाई त्यही अनुकुलको व्यवहार गर्न सक्नु पर्छ। विद्द्यालयको प्र अ ले सवै शिक्षकलाई समान व्यवहार गर्न सक्नु पर्छ। यदि प्र अ पक्षपाती हुन पुगेमा समग्र शिक्षकको मानासिकतामा विचलन आउनसक्छ, र द्वन्दको सृजना पैदा हुनसक्छ। जव द्वन्द हुन्छ शैक्षेणीक वातावरण खलवलिन सक्छ। शिक्षक कति योग्य छ भन्ने कुरा उसले फटालेको भोटोको भरमा गणना गर्नु हुदैन र उसले कति योग्यता हासिल गरेको छ भन्ने कुराले पनि निर्क्यौल गर्दैन उसको लगनशीलता र विधार्थीको प्रस्तुतिकरंणले प्रदशन गर्दछ। उसले १० देखि ४ वजेसम्मको समय विद्द्यालयमा कसरी विताएको हुन्छ, त्यसमा पनि भर पर्छ।
शिक्षक महासंघलाई हाक्ने शिक्षक मित्रहरुले बुझ्नु पर्छ कि उहाहरु शिक्षकको नेतृत्व गर्दै हुनुहुन्छ न कि कुनै दलको। महासंघमा नेतृत्व गर्ने नेतृत्वले आफु कुन संघ वा संघठनको नेतृत्व गरेको छु भन्ने भन्दा पनि समग्र शिक्षकको नेतृत्व गरेको छु भन्ने भुझ्नु पर्छ र चाहे तपाइको विचारधारा प्रति सहमत नभएपनि शिक्षक शिक्षक नै हो। उसको संरक्षण गर्ने कार्य तपाइँ मित्रको हो। तपाई नेतृत्व गर्ने मित्रले आफुलाई केन्द्रमा नराखी शिक्षकलाई केन्द्रमा जसरी बिपी कोइरालाले जव मानस पटलमा निर्णय लिन अप्ठ्यारो पर्छ त्यो वेलामा नेपालको माटो उठाइ छातीमा राखी प्रस्न गर्नुस आत्माले जे जवाफ दिन्छ त्यही गर्नुस भनि संदेश दिएझै गरी शिक्षक नेतृत्वले पनि सवैभन्दा पिडित शिक्षकको तस्विरलाई आफ्नो अन्तस्करणमा प्रश्न गर्नोस जे देखुन्हुन्छ त्यहा तेही निर्णय गर्नुहोस नकी हिजोको दिनमा गरिएको अमानवीय निर्णय गरे झैँ। . पेन्सन प्रयोजनको लागि ७ वर्ष अस्थायी सेवा अवधि गणना गरि एक शिक्षक पेन्सन प्राप्त गर्न सक्छ तर अर्को शिक्षकलाई १ दिन मात्रले पेन्सन हुदैन। त्यसैले यो सम्झौता अमानवीय र अशैक्षेणीक छ मेरो बुझाइमा। महासंघले आन्दोलन घोषणा गर्दै गर्दा सम्पूर्ण अस्थायी शिक्षकको सम्पुर्ण अश्थाई सेवा गणना गर्ने गरि मागराखी सवै शिक्षकको भलाइको लागि आवाज उठाउनुहोला।
महासंघले सामुदायिक विद्द्यालयको गुणस्तर वृदीको लागि योजना ल्याउनुहोस। प्रत्यक शिक्षकले स्वीकार गर्नै पर्छ कि सामुदायिक विद्द्यालयको गुणस्तर कमजोर हुनुमा विद्द्यालय प्र अ , शिक्षक, अभिभावक र शिक्षा मन्त्रालय, राजनैतिक दल सवै जिम्मेवार छन्। जुन विद्द्यालयमा प्र अ अनुशाशित छन त्यहा विद्द्यार्थी संख्या र समग्रमा विद्द्यार्थीको नतिजा पनि राम्रो नै छ । त्यस्तै गरी विचार राजनैतिक दलका कार्यकर्ता आफ्ना वच्चा सामुदायिक विद्द्यालायामा पठाउदैनन तर विद्यालयको व्यवस्थापन समितिमा बिभिन्न बहानामा उपस्थित खोज्छन। आफ्नो वच्चा निजि विद्द्यालयमा पठाई अर्काको वच्चाको अभिभावकत्व गरण गर्दछन। आफ्नो सन्तान नहुनेले त्यसो गर्नु महानता हो भने आफ्नो सन्तान हुदाहुदै अर्काको वच्चाको अभिभावकत्व गर्ने अभिभावकले के भोलिका दिनमा आफ्नो अँशको केहि हिसा त्यस वच्चाको नाममा गर्न सक्ला त? गर्नको लागि तयार हुन्छ भने, यसमा पनि विरोध न्यायोचित हुनेछैन।
शिक्षाको क्षेत्रमा राजनैतिक रंग दिनुभन्दा पनि शैक्षेणीक रंग दिनुपर्छ। हुन त अहिले वहस हुदैछ, शिक्षकले चाहेमा परिवर्तन हुन सक्छ, विज्ञहरु यसैमा लेख लेख्दै आफ्नो विचार पोखिरहेका छन। सत्य हो तर अर्ध सत्य। एक शिक्षकले आफ्नो विषयमा परिवर्तन गराउन सक्छ तर समग्र विद्द्यालयको गुणस्तर परिवर्तन गराउन सक्दैन। किनकि कुनै शिक्षकले १० वर्ष अगाडी देखेको सपनाको सुनुवाई त्यही विद्द्यालय हाकिराखेका प्र अले महशुस गर्न सक्दैन, अवस्था बिग्रिएपछि मात्र विद्द्यालय नेतृत्व स्वीकार गर्छ अनि गुणस्तर कसरी वृदी हुन्छ?
महासंघले भन्न सक्नुपर्छ आफ्ना सदस्यलाई तपाइको पेशाको ग्यारेन्टी हामी लिन्छौ, प्रत्यक विद्द्यालयको शैक्षिक गुणस्तरको ग्यारेन्टी तपाइँ प्र अ र शिक्षक लिनोस भनेर। भूपू प्राधानमन्त्री कृष्ण प्रसाद भट्टराई बाहेक अन्य कोहि राजनैतिक दलका नेताहरु शिक्षकलाई माया गरेको इतिहास देखिएको छैन। शिक्षकले आफ्नो पेशा प्रति समर्पित भै सदा यस पेशालाई मर्यादित गराउनको लागि शिक्षक नै लाग्नु पर्छ। शिक्षक गुलेली बन्न सक्नु पर्छ नकी मटेंग्रा, शिक्षका बन्दुक बन्न सक्नु पर्छ नकी गोलि, शिक्षक देशको नक्साकार बन्न सक्नुपर्छ नकी कुनै कसैको अनुयायी।
अवका दिनमा शिक्षाको गुणस्तर वृद्दी गर्नको लागि शिक्षक तथा विद्द्यार्थी दुवैलाई आवाशीय वनाउन सकेमा मात्र निशुल्क शिक्षा भन्न मिल्छ र गुणस्तरमा पनि वृद्दी हुन्छ । महासंघले नेपाल सरकारलाई बिभिन्न जिल्लाका केन्द्रमा पारी आवाशीय विद्द्यालयको सोचको विचार गर्नुपर्छ कि भनी दवाव दिने कि? यदि कुनै विद्द्यार्थी आफ्नो अध्ययनमा मात्र समर्पित हुने अवस्था प्राप्त गर्छ, उसको नतिजामा पक्कै पनि सुधार आउने छ। शिक्षालाई पनि आधारभूत सम्मको अध्ययन अनिवार्य सवै विषयको कक्षा संचालना गरि अध्यापन गराउने तर माविको अध्यापनको लागि प्रत्यक वच्चाले जिउने कलाको शिप सिकाउनुपर्छ।
अवका दिनमा शिक्षाको गुणस्तर वृद्दी गर्नको लागि शिक्षक तथा विद्द्यार्थी दुवैलाई आवाशीय वनाउन सकेमा मात्र निशुल्क शिक्षा भन्न मिल्छ र गुणस्तरमा पनि वृद्दी हुन्छ । महासंघले नेपाल सरकारलाई बिभिन्न जिल्लाका केन्द्रमा पारी आवाशीय विद्द्यालयको सोचको विचार गर्नुपर्छ कि भनी दवाव दिने कि? यदि कुनै विद्द्यार्थी आफ्नो अध्ययनमा मात्र समर्पित हुने अवस्था प्राप्त गर्छ, उसको नतिजामा पक्कै पनि सुधार आउने छ। शिक्षालाई पनि आधारभूत सम्मको अध्ययन अनिवार्य सवै विषयको कक्षा संचालना गरि अध्यापन गराउने तर माविको अध्यापनको लागि प्रत्यक वच्चाले जिउने कलाको शिप सिकाउनुपर्छ।
अहिलेको शिक्षालाई निशुल्क शिक्षा भन्न मिल्दैन। विद्द्यालायामा तिर्ने फी र किताप मात्र उपलव्ध गराएर शिक्षा निशुल्क हुनसक्दैन। आधा पेट भरि खाना खाएको वच्चाले कसरी आफुलाई सिकाई क्रियाकलापमा क्रियाशील बनाउन सक्छ र? शिक्षकले पाउने सेवा सुविधा पनि यदि गोठमा दुधदिने भैसी या गाई, बारीमा साग र भकारीमा धान भएमा मसलन्द खर्चको लागि यथेस्ट छ नकी जिउनको लागि। अहिले काठ्मान्न्डूको पेरिफेरिमा एक फ्ल्याटको मासिक भाडा सरदर २००००/ तिर्नुपर्छ र माविको शिक्षकले मासिक रु ३०५००/ प्राप्त गर्छ। त्यसैले शिक्षकले आफ्नो वालवच्चाको लालनपोशणको लागि केहि गर्नै पर्छ। अन्यथा आधा पेटमा चित्त बुझाउन पर्छ।
पूर्ववर्ती सरकारले अस्थायी शिक्षकलाई स्थायी वनाउनको लागि खोलिएको विज्ञापनको परिक्षा तुरुन्त लिन लगाई शिक्षाको समस्याको समाधानको लागि आवाज बुलन्द पार्नै पर्छ।
पूर्ववर्ती सरकारले अस्थायी शिक्षकलाई स्थायी वनाउनको लागि खोलिएको विज्ञापनको परिक्षा तुरुन्त लिन लगाई शिक्षाको समस्याको समाधानको लागि आवाज बुलन्द पार्नै पर्छ।