२०७८ ।०२ ।१७
गुरु हुनुपर्ने व्यक्ति विचारा शिक्षक भएको अवस्था
नेपालको यो दुरदशा हुनु, राजनैतिक अस्थिरता हुनु, राजनितिमा भिडतन्त्रको वास हुनु, भ्रष्टाचारमा लिन हुनु, मत्स्य न्यायलाई प्रोत्साहन दिनु एक्काइसौ शताव्दीलाई सुहाउदो शिक्षा दिलाउन नसक्नु नै हो । शिक्षक पेशाको लागि शिक्षक भएको अवस्था छैन । उ जागिरको लागि मात्र शिक्षक छ । आफ्नो पहिचानमा विश्वास छैन, आफ्नो सामाथ्र्यमा विश्वास छैन, अरुको विचारको पछि लाग्छ । न आफु विचारको विजारोपण गर्न सक्छ न अरु असल विचारको सिको गर्न नै सक्छ । जव नेपालमा वजेट भाषण अर्थ मन्त्रीबाट प्रसारण हुन्छ, अनि शिक्षकहरुको रोदन सुरु हुन्छ ।
शिक्षकले आफ्नो पहिचान गर्न सकेको छैन । हिजोको दिनमा राजनितिलाई क्षणभरमा परिवर्तन गराउन सक्ने शक्ति आज निकम्मा भएको छ, पराधिन छ, स्वतन्त्र हुन सकेको छैन । हिजो सत्य युग, त्रेतायुग, द्वापर युग हुदै कलियुगसम्म आउदै गर्दा शिक्षाले फड्को मार्नु पर्ने थियो । हिजोको दिनमा चाहे त्यो हतियारको सोध होस वा ज्ञानको किन नहोस, त्यो केवल गुरुले मात्र गर्थे तर आज गुरु हराएका छन, शिक्षक मात्र भएका छन, त्यसमा पनि तलवी शिक्षक ।
गुरुको अर्थ त अन्धकारको नास गर्नु हो । तर के गर्नु आफै भित्रको अन्योललाई चिर्न सकेको छैन । नेपालमा शिक्षक निरिह देखिएका छन । सरकारस“ग माग राख्ने हैसियत समेत राख्न सकेका छैनन । सरकारी कर्मचारीको सेवा र सुविधास“ग तौलिरहेका छन । शिक्षक र कर्मचारीको विचको भिन्नताको पनि पहिचान छैन । त्यो कर्मचारी पनि शिक्षकले नै उत्पादन गरेको हो, त्यो डा. पनि शिक्षककै उपज हुन, अनि इन्जिनियर पनि, नर्स, ड्राइभर, पाइलट, राजनितिज्ञ, वा वकिल, न्यायधिश, प्रहरी, सेना, वा जेटी, जेटीए, वा अन्य जनशक्ति सवै उसैले उत्पादन गर्छ । उ कसरी कमजोर । उसले किन समाजमा रहेका अन्य जनशक्तिको विचारमा भएको अन्धकारलाई नास गरी सवैका पुज्य शिक्षक नै हुन भनेर किन वुझाउन सक्दैन । किन कर्मचारीको सुविधा जति हामीले प्राप्ती गरेनौ भन्छ ? किन शिक्षकले सवैको पथ प्रदशक हो र यो असल मानिसको पहिलो रोजाइको पेशा वन्न सक्नुपर्छ भनेर भन्न सक्दैन र वुझाउन पर्नेलाई वुझाउन सक्दैन ।
किन कि उ कमजोर भएको छ । अरुलाई भन्दा आफुलाई कमजोर सोचिरहेको छ । अवका शिक्षकले भन्न सक्नु पर्छ, आसाको दियालो जलाउन सक्नु पर्छ, प्रेमको माध्यमबाट अरुलाई प्रभावित पार्न सक्नुपर्छ, नेपालका शिक्षकको पारिश्रमिक अन्य क्षेत्रस“ग अतुलनिय हुनु पर्छ । एक ठा“उमा अध्यापन गराउने शिक्षक उसको परिवार पाल्नको लागि अन्य कुनै खोजिको अभावमा छटपटाउने अवस्थामा राख्न हुदैन । किनकि मनमा विचलन आएको शिक्ष्ँकले सही शिक्षा दिन सक्दैन, र उसका विद्यार्थीलाई सतमार्गमा डोर्याउन सक्दैन अनि मानव समाज गन्तव्य विहिन हुने छ , ठीक अहिल्यकै अवस्था । हिजो संविधान सभाले वनाएको संविधान माथि प्रश्न खडा भएको छ । किनकि त्यहा“ जे लेखिनु पर्ने हो त्यो लेखिएको छैन । किन कि त्यसमा शिक्षाको अभाव रह्यो, चेतनााको कमी भयो । त्यसैले पनि अव भन्न सक्नुपर्छ, देशको शिक्षकको तलव सम्माननीय पदको वरावर वा त्यो भन्दा पनि माथि । किन भन्न सक्दैन शिक्षक नेतृत्व ।
सम्माननीयहरुका त अन्य भत्ताका प्रशस्त ठा“उ रहन्छन, तर शिक्षकमा त्यो रहदैन । त्यसैले भन्न सक्नु पर्छ, माग राख्न सक्नु पर्छ र एकै स्वरमा वाध्य पार्न सक्नु पर्छ शिक्षकको पारिश्रमिक सवैको भन्दा माथि हुनुपर्छ । जव पारिश्रमिक उच्च हुन्छ, स्वतह अनि अहिलेको झै रोधन भावी पिडीले गर्नु पर्दैन । जीपीए ४ मा ४ ल्याउने विद्यार्थी विदेशमा गएर जे काम गर्नको लागि पनि तयार छ वास उसलाई डलर वा पौन्ड चाहिएको छ । त्यो विद्यार्थीले आफ्नो भविष्य र कमाइ यही राम्रो देख्यो भने विदेशी भुमि कर्मको लागि होइन केही समय सयलको लागि यात्रा गर्ने छ । त्यो बाटोको खोजी कहिले गर्ने हो ? अव यता सोच्नु पर्दैन ? शिक्षकले कर्मचारीले पाएको सुविधा पाएनन भन्नु नै शिक्षकले आफ्नो पहिचान गुमाएको हो । शिक्षकको मान राख्नसक्नुपर्छ भन्ने जनशक्ति उत्पादन गरेपछि भोलिका दिनमा यो रोदन गर्नु पर्दैन । यो सम्भव छ तर शिक्षकमा एकता चाहिएको छ र साच्चीकै गुरु वन्न सक्नुपरेको छ ।
त्यसैले पनि अहिलेका प्रचलनमा रहेका संघ, संगठन, महासंघको विघटन गरी एकल शिक्षकको संगठन चाहिएको छ । नाम जे भए पनि यसले केही असर गर्दैन । अहिलेको महासंघको विधानले एक कर्तव्यनिष्ठ शिक्षक यसको नेता वन्न सक्दैन । त्यसैले यो निकम्मा छ । यसको तुरन्त खारेजी गर्नुपर्छ । सक्षम र सवल शिक्षक यसको नेतृत्व गरोस जसले देशको मार्गदर्शक शक्तिको रुपमा पहिचान वनाउन सकोस । देशलाई अप्ठ्यारो परेको वेलामा निकासको बाटो दिन सक्ने पथ प्रदशक वनोस वा अन्य अन्योलको वेलामा दवाव समूहको काम गर्न सकोस नकि अहिले देखिएको विचारा नवनोस र रोदनमा कुद््न नपारोस। आजको आवश्यकता यही हो । यो क्षेत्र जुन दिन सुध्रिएर आउछ, नेपालका अन्योलका दिनको पनि अन्त्य हुन्छ । यही मार्गमा लाग्नको लागि एक शिक्षक भएको हैसियतले अनुरोध पनि गर्दछु ।
शिक्षकको वारेमा केही प्रशंग पस्कदै गर्दा एक अन्धकार कोठामा वालिएका चार मैन वत्तीको कथा पस्कन मन लाग्यो । चारवटै वत्ती वलिरहेका थिए । अचानाक कोठामा वलिरहेको वत्ती जो शान्तिको लागि वल्दै थियो । उ निभेछ । अव तीन वत्ती मात्र वल्न थाले । त्यही कर्ममा दास्रो वत्तीलाई पनि जलिरहन मन लागेनछ। उ पनि निभ्न पुग्छ । त्यो निभेको वत्ती विश्वास रहेछ । विश्वासको दिप पनि रहेन अव । फेरी अर्को तेस्रो वत्ती पनि जल्न छोडेछ । त्यो वत्ती प्रेमको लागि जलिरहेको थियो । आजको शिक्षक र शिक्षक नेतृत्व यही अवस्थामा गुज्रिएको छ । तीनवटा दिप निभिसकेको छ । अव अन्तिम दिप जलिरहेको छ । त्यही दिप जलिरहेको कोठामा एक वालक आइपुग्छ । तर एकवटा मात्र वत्ती जलेको देख्दा छटपटिएको देखेपछि वलिरहेको वत्तीले भनेछ किन तिमी छटपटाउदै छौ ? उसले भनेछ अघिसम्म चारवटा दियो वल्दै थियो प्रकाश पनि थियो । अव प्रकाश पुग्दैन कि भन्ने भए भएको छ भनेको सुन्ने वित्तीकै वलिरहको वत्तीले भनेछ । तिमी आत्तिनु पर्दैन । म एक्लै भएर पनि मेरा निभेका तीन मित्रहरु फर्केर आउने छन भनी कोठामा प्रकाश छोडिरहेको छु । अनि त्यो वालकले सोधेछ, तपाइ को हो नि ? म आसा हो । सवैले छोडेपनि मैले पुन मेरा अरु साथीहरु आउछन भनेर पर्खिराखेको छु ।
म आसा हु । के यति मात्र आसाले वोलेको थियो विस्तारै गरी शान्तिको दियो फर्केर आएर वल्न थालेछ, फेरी अर्को दियो पनि जलेछ, त्यो पनि विश्वास पनि फर्किएछ। जव शान्ति र विश्वासको दियो जल्न थाल्यो, वाध्य भएर पे्रमको पनि दिप जल्न थालेछ । अन्तमा आसाले आफ्ना सहयात्री शान्ति, विश्वास, प्रेमको दियो जलाइ अन्धाकार हुन लागेको कोठामा उज्यालो छाएको थियो । आजको दिनमा शिक्षक आन्दोलनको लागि आसाको दियोको साथले छोडेर गएका शान्ति, विश्वास र प्रेमलाई आसाको माध्यमबाट एकिकृत गरी आन्दोलनको विगुल फुक्नुपरेको छ । त्यसमा राजनैतिक गन्ध आउन हुदैन । त्यसले विचमा शान्ति, प्रेम माथि हिजोका दिनमा झै विश्वास घात गर्ने छ । त्यस्ता विश्वासघाती देखि सावधान हुदै शिक्षक एकतामा कमिलाको वल, शिंहको गर्जन, कस्तुरी मृगको विनाको पहिचान साथ अगाडि वढौ र मनोवल उच्च राखौ आसाले झै खोजेको प्राप्ती हुनेछ । अन्यथा यीनै कथाहरु वेदनाको रुपमा अगाडि वढिरहनेछन । भन्नै पर्छ गुरु त्यही आसा हो, त्यही दीप हो आफु जलेर प्रकाश अरुलाई छरेको हुन्छ । आज त्यही दीपको लागि सामुहिक आवाज गुन्जाऔ कृष्णको वासुरीको ध्वन झै । जहा“ स्वतस्पूmूर्त रुपमा ध्वन सुन्न र साथ दिनको लािग सवैको आवाज एक वनाऔ । अहिलेका विधान र संघ संगठनले र महासंघले त्यो हैसियत गुमाएको छ । नया“ विउ रौपौ । शिक्षकलाई साच्चैको गुरु ने वनाऔं ।