Thursday, April 29, 2021
Fine feathers make fine birds - TokhaLive
Fine feathers make fine birds - TokhaLive: Catch all the latest News from Nepal on
Monday, April 12, 2021
कोरोना विरुद्धको खोप लगाइयोत !
२०७७/१२/३०
कोरोना विरुद्धको खोप लगाइयोत !
मलाई विश्वास छ मेरो मृत्यु जसरी हुन लेखेको छ त्यसरी नै हुन्छ। विज्ञानलाई र आधुनिक स्वस्थ्य विज्ञान प्रति पनि मेरो त्यत्तिकै विश्वास छ। त्यसैले आज कोरोना विरुद्धको खोप त लगाए तर मैले मात्र लगाएर हुदैन नि मेरो परिवार छ, अरुलाई छैन। खोप लगाएर म मात्र वाच्न सक्छु तर तिमी जेसुकै गर भन्न खोजेको होइन तर समयले यही भन्छ। विद्यालयका शिक्षकहरुले त खोप सवैले लगाउनु होला तर विद्यालयका गहना विद्यार्थीहरुलाई वेवास्था गरिदिदा चित्तबुझ्दैन। तर पनि स्वार्थको जमातमा हुर्किएको म पनि लगाउन्न भन्न सकिन किनकि भोलि केही भैहालेमा फेरि केही कुरो उठ्नसक्छ। जेहोस नेपाल सरकारलाई धन्यवाद भन्नैपर्छ र चाइना सहयोग प्रति आभारी नै छु।
मैले लगाएर पुगेको छैन म त आधा मात्र होनि। आधालाई लगाइएको खोपले अर्थ राख्दैन । भोलिका नागरिकले नपाउदा पनि पीडा त हुने नै भयो। सरकार खोपले मानिस वाच्छ भने सवैलाई देउ। सरकारले आफ्नो जागिरेलाई वचाउन खोज्दै छाै कि आफ्ना पुज्य जनता जहिले पनि दिन मात्र तम्सने तर लिन भने कहिल्यै नजान्नेलाई पनि। तिनले वोल्दैनन जे भने पनि सहिदिन्छन भनेर। पानी नै धारामा नआएपनि पानिको बिल तिरिदिएकै छन, पाइला पाइला कर पनि तिरिदिएकै छन, वेला वेलामा लातै हान्छन भन्ने थाह हुदाहुदै भोट पनि दिएकै छन। ती पुज्यजनलाई वचाउन पर्दैन र? हप्तैपिच्छे मुल्यवृद्दीमा पनि माैन समर्थन गरिदिएकै छन। गर्जनै विर्सिसकेका छन।आँखा तेतातिर पनि लगाउने कि।
जेहोस खोप लगाएको छु। मैले जस्तै सारा नेपालीहरुले पनि खोप लगाउने अवसर प्रदान गर्नेको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछु।
रिसानि माफ!
95Devendra Koirala, Hema Subedi and 93 others
23 Comments
Like
Comment
Share
निशुल्क शिक्षा भनेको केवल विद्यालयले लिने शुल्क नलिनु र पुस्तक विना पैसामा उपलव्धि गराउनु मात्रै होइन ।
२०७७ ।१२ ।३०
निशुल्क शिक्षा भनेको केवल विद्यालयले लिने शुल्क नलिनु
र पुस्तक विना पैसामा उपलव्धि गराउनु मात्रै होइन ।
शिक्षाले बाटो कोर्न सक्नु पर्छ, सपना देखाउन सक्नु पर्छ, मानवीय मुल्य मान्यताको जगेर्ना गराउन सक्नु पर्छ, सत्यको पक्षमा वकालत गर्न सक्ने वनाउन सक्नु पर्छ, समानतालाई सिरोधार्य गरी जुन व्यक्ति जुन ठाँउको लागि ठिक हो त्यही स्थानमा स्थान दिन सक्नु पर्छ , गलत मार्गमा हिड्नेलाई दण्डित होइन सत मार्गमा डोऱ्याउनतर्फ लगाउन सक्नु पर्छ , राम्रोलाई प्रोत्साहन र कमजोरलाई हौसलाको माध्यमबाट ज्ञानको मार्गतर्फ डोर्रयाउनु पर्छ, आफ्नो मातृ भुमिको माया, ठूलालालाई आदर र सानोलाई मायाले जित्न सिकाउन सक्नु पर्छ , अरुले दिएको मार्सी चामलको भातको सट्टामा आफ्नै पौरखको खोलेमा रम्न सिकाउन सक्नु पर्छ , अरुको आगन लिप्नुभन्दन्दा पहिले आफेनो आगनमा लिपपोत गर्न सिकाउन सक्नुपर्छ, वोलीमा मिठास र निर्णय सही गर्न सक्ने वनाउन सक्नुपर्छ । देशको माटोमा रही स्वदेशी पनको महत्व झल्काउन सक्न्ुपर्छ ।
तर के गर्नु मानिस अरुको इसारामा कुदेको छ, आफ्नो योग्यता छैन खुपी छैन तर पनि उ गफ गर्न सिपालु छ । अरुलाई भुलाउन सक्छ, वहुलट्ठी पनमा एकोहोरो जिद्दी गर्दछ । त्यहाभन्दा माथिको सन्सार देखेको छैन र देख्ने जमर्को पनि गर्दैन किनकि उसले प्राप्त गरेको ज्ञानमा सतमार्गको खोजी थिएन । भ्रमको खोजी थियो, लोभ भरिएको थियो करुणा भर्न सकेको थिएन र वाउले एक माना घिउ खाएको दम्भको कुरो उठ्छ तर उसमा एक चम्ची घिउ पच्ने हैसियत छैन किनकि उ पहिल्यै कमजोर भएको छ । उ त्यस्तै कुरो सिकेको छ । टेक्नोलोजीको समयमा पनि कलममा चल्न खोज्दछ , अझै पनि सवैभन्दा मै जान्ने हु भन्ने अँहकार राख्द्छ ।
नेपालको सरकारले शिक्षालाई उपेक्षा गरेकै छ । ज्यालामा होस कि मान मर्दनमा पनि । मन्त्रालयको अधिकृत देखि नै यातायात तथा अन्य सुविधा दिएको हुन्छ, तर विश्वविद्यालय देखि विद्यालयसम्मका शिक्षकहरुका गोडा मजदुर देख्दछ र केही पनि सुविधा दिन खोज्दैन नत शिक्षक नेतृत्व नै यस्ता असमानताको वारेमा वोल्ने हैसियत राख्दछ । चाकडी र चाप्लुसीमा दौड्न्छ र नेता वन्नु भन्दा पहिने नै पहिचान मेटाएको हुन्छ , त्यसैले त उ मौन रहन्छ । शिक्षकले तिरेको लेवीको रकमको भरमा यत्रतत्र चारिरहन्छ न पढाउन पर्छ, न विद्यलय नै जान पर्छ । तर पनि शिक्षकले नेता उसैलाई मानिदिनु पर्छ किनकि लेख्ने वेलामा सवल र समाज निर्माणका कुरा लेख्न विर्सिएको छ । संघको मर्मलाई विर्सिएको छ । नत्र भने एक निवृत शिक्षक कसरी महासंघको अध्यक्ष वन्दछ । यहाँ वन्दछ किनकि यहाँ हाँडीगाँउ छ नि ।
राजनितिलाई पेशा ठानिएको छ । आय आर्जनको माध्यम ठानिएको छ । विद्यालयमा विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था छ । सामुदायीक विद्यालयमा वालवच्चा पठाएका सानो ठान्ने तर त्यही विद्यालयमा व्यवस्थापन समितिमा जान हतारिने देखिन्छ । विद्यालयको भलो भन्दा पनि आफ्नो दुनो सोज्याउने अवस्था देखापरेको छ । यी र यस्ता विकृतिको अन्त्य गर्नुपर्छ आजको आवश्यकता यही हो ।
शिक्षा निशुल्क भन्नुभन्दा पनि वालवच्चाले वाच्न पाउनु पर्छ । वाच्नको लागि गास चाहिएको हुन्छ, वस्नको लागि झुपडी र आँग ढाक्नको लागि वस्त्र । यति भएपछि उ वाच्दछ । वल्ल उसलाई शिक्षा चाहिन्छ । जेहोस अहिले ढिलै भएपनि दिवा खाजाको व्यवस्था गरेको छ , यसले केही राहत पुगेको छ । यसलाई वृद्दी गर्दै लैजान सक्नुपर्छ ।
नेपालको शिक्षाले न सपना देखाएको छ न देश भक्ति नै । विदेशीमुखी भएको छ अहिलेको शिक्षा पराधिनता नै छ । वच्चाले विदेशको सपना देख्दा स्याव्वास र गाँउघरमा नै केही गर्न खोज्दा हुतियारा वनाएको छ अहिलेको समाजले । अहिलेको शिक्षाले नेपालको हिँउ टल्काउन सक्ने पार्ने वनाउनसक्नुपरेको छ । तराइको हरियालीमा नयाँ पनको खाचो छ ,पहाडी क्षेत्रका विभिदता र सौन्दर्यलातालाई थप सृँगारित पार्नु परेको छ । कुनै पदमा रहदै गर्दा कमसेकम त्यसको लागि योग्य चाहि वन्नै पर्दछ, अन्यथा आजको निर्णय भोलिको दिनमा गलत हुनेछ । शिक्षाले गलत मार्गलाई रोक्नै पर्छ । प्रतिस्प्रधा सवैको लागि हुनुपर्छ । कुनै पनि प्रकरको आरक्षण सही अभ्यास हुने छैनन यद्दपी वर्गीय आरक्षण केही हदसम्म ठीक ठहरिने छन ।
शिक्षक आफुलाई त्यस दिनमा मात्र सफल मान्ने छ जुन दिन उ कमजोरभन्दा कमजोर विद्यार्थीलाई सपना देख्न सक्ने वनाउने छ । गलत मार्गमा भड्किएकोलाई सतमार्गमा डोऱ्याउने छ । आफुभन्दा सानालाई माया र ठूलालाई आदार गर्न थाल्ने छ । आफ्नै पौरखमा रम्ने, स्वदेशको कमाइले विदेश घुम्ने विचार सिर्जना गरी यसलाई मुर्तरुपमा लागु गर्न सक्ने छ ।
17Devendra Koirala, Narayan Prasad Neupane and 15 others
2 Comments
2 Shares
Subscribe to:
Comments (Atom)
