२०७५-०१-१५
सुदामा र उनको श्रीमती वसुन्धराको जोडीबाट सिक्नै पर्ने सन्देश
सुदामा र उनको श्रीमती वसुन्धराको जोडीबाट सिक्नै पर्ने सन्देश
सुदामा र भगवान कृष्णको बाल मित्रताले वर्तमान मानिसलाई मित्रताको पाठ सिकाएको छ। मित्रतामा गरीबी र धनले असर पार्दो रहेंनछ। कृष्ण र सुदामा सन्दिपणी ऋषिको आश्रममा रही सगै अध्ययन गरेका बालसखा थिए। कृष्ण युवराज थिए भने सुदामा गरीव ब्राह्मणका सन्तान थिए। कृष्णका असल मित्र र भक्तमा सुदामा र अर्जुन पर्दछन। यी दुवै आफ्नो क्रतव्यमा कहिल्यै चुकेनन तर सधै कृष्णलाई खुशी पार्न मात्र लागे सतचरित्रको माध्यमबाट। सुदामाले गरीबी र अभाबमानै जिन्दगी विताए पनि कृष्ण भक्तिवाट बिमुख कहिल्यै भएनन र उनको सहयात्री चंद्रोधरले उनको गरीबीलाई देखेपछि उनले झैँ दरवारमा पुगि राजाको गुणगान गाएमा राजाले प्रसस्त पैसा र धन दौलत दिन्छन भनि दरवारमा पुर्याई राजाको बखान गरी कविता वाचन गर्न लगाउदा सुरा र सुन्दरीमा मस्त डुबेका राजाको गुणगान गाउनको साटो राजालाई सहि मार्गमा हिड्नको लागि उत्प्रेरित हरि भक्तिको कविता पाठ गरिदिन्छन र सुरा र सुन्दरीमा डुब्ने राजा मति भ्रस्ट हुन्छन र समाजको कल्याण गर्न सक्दैनन भन्ने भावनाको कविता पाठ गरिदिन्छन, जस्लले गर्दा राजाले उनलाई दरवारबाट गलहत्याउदै निकाल्नको लागि आदेश दिन्छन। उनी घाएल हुदै घरमा पुग्छन। आफ्ना वच्चा भोकै रहदा पनि उनी आफ्नो भक्ति मार्गबाट कहिल्यै बिचलित भएनन र ब्राह्मण धर्ममा लागिरहे। उनी आफ्नो श्रीमतीले दुइ दिनको लागि कृष्ण भजन गाउँनको साटो राजाको भक्तिका कविता वाचन गरिदिदा वच्चाहरुको पेट भरिने थियो भनि अनुरोध गर्दा उनी भन्छन के मानिस आफ्नो सासलाई दुईदिनसम्म रोकी वाच्न सक्छ अर्थात आत्मा र शरीरलाई दुइदिनसम्म रोक्न सक्ने सामार्थ्य आफुमा नरहेको कुरोलाई पुस्ट्याउछन।
उनी भन्छन एक असल ब्राह्मणको धर्म राजा प्रजा सवैलाई सत मार्गमा नै हिडाउनु थियो। त्यसैले उनी आफ्नो मार्गबाट कहिल्यै विचलित भएनन बरु जव उनी कृष्णलाई भेटी आफ्नो गृह नगरमा फर्कदा उनलाई गलहत्याउन लगाउने राजा उनको शरणमा परी उनको प्रोबन्दर नगरलाई सुदामा नगरी घोषणा गरी उनैलाई राजा बन्नको लागि अनुरोध गर्दा पनि उनी श्रीपेच लगाई राजा बन्ने अनुरोधलाई अस्विकार गर्छन। राजा जसले उनलाई गलहत्ती लगाई दरवारबाट निकाल्न लगाएका थिए पछि जव उनको शहरमा उनको दरवारभन्दा सुदामाको दरवार र पुरा गाउ नै झुपडीको स्थानमा महलमा स्वयम स्वर्गबाट विश्वकर्मा कृष्ण भगवानको अनुरोधमा आइ निर्माण गरेको अवशर हेर्नबाट सुराको तालमा सुतेका राजाले देख्न नपाउदा अन्तमा आत्मा ग्लानी गर्छन् र भन्छन यो अशंभव कार्य सुदामाको भक्तिको कारणले नै सम्भव भएको हो भनि आफ्नो प्रधानमन्त्रीले वताएपछि उनको यो पापको प्रायश्चितको लागि नगरलाई नै सुदामा नगर घोषाणा गर्ने भने पछि राजाले सुरा पनि नपिउने र नगरलाई सुदामा नगर घोषाणा गरी सुदामालाई नै राजा बनाउन तयार हुन्छन तर सुदामा राजा बन्न तयार हुदैनन राजालाई नै राजा बन्नको लागि अनुरोध गर्छन वरु सल्लाहकारमा रही उनलाई सघाउन तयार हुन्छन।
अहिलेका नेतृत्वमा रहने जो कोहि हुन उनीहरु एक पटक सुदामा र उनको श्रीमतीलाई मात्र अध्ययन गरेको अवस्थामा नेपालको अहिलेको मै मात्र ठिक अरु बेठिक भन्ने सोचको अन्ते भै नेपाल सतामार्गमा लाग्ने थियो। त्यस्तै गरी अर्को काशीका राजा हरिश्चन्द्र जसले आफ्ना प्रजा सहित जिउदै स्वर्गमा आफ्नो कठिन परीक्षा पार गरेपछि पुगेका थिए।
म आफुलाई सुरुमा कुरौटे दार्शनिक सुकरातको जीवनी पढ्दै गर्दा सत्य बोल्नु पर्दा मर्नु पर्छ भने पनि मर्नु तर सत्य बोल्न डराउन हुदैन भन्ने संदेश मेरो बाल मस्तिस्कमा चडेको थियो र आजको दिनसम्म मेरो मानसिकतामा डेरा जमाइराखेको छ त्यसैले कहिले काही यहि सत्य बोलिदिनुपर्दा अरु कसैको चित्त दुख्न पुग्दो रहेछ। त्यसको महशुश मैले गरेको छु र अझैँ पनि दृढ छु सधै सत्य नै बोल्न सकु भन्नेमा। जव अध्ययनका पाटाहरु बढ्दै गए अनि सुदामाको भक्ति र उनको श्रीमती वसुन्धराले विश्वकर्मालाई आफ्नो कुटीलाई कृष्णको जस्तै दरवार बनाउनको लागि भगवान कृष्णले पठाई आएको भनि बताउदा उनले आफ्ना छिमेकी जसको घरमा उनका श्रीमान गइ भिक्षा मागी उनको परिवारको भोजन गराउने दातालाई झुपडीमा राखी आफुलाई दरवारमा वस्न नसक्ने, तर यदि सवै उनका छिमेकीको घरहरु पनि दरवार बनाइसकेपछि अन्तमा उनको घरलाई दरवार वनाउदा आपत्ती नपर्ने वताएपछि, शिल्पकर्मी विश्वकर्माले भगवान कृष्णको आदेश लिई पुरा गाउलाई नै दरवारै दरवारको शहरमा परिणत गराउन सफल हुन्छिन। धन्य वसुन्धारा र सुदामा जो लोभबाट मुक्त र भक्ति मार्गमा अडिग। जति नमन गरे पनि कमि नै रहने छ।
त्यसैले मैले वर्तमान साना संघठन देखि ठूला दलसम्म, कुनै सस्थादेखी देशको नेतृत्व लिनेहरुको मनोदशालाई हेर्दै गर्दा अलिक चुकेको जस्तो देख्दछु। काम अरुलाई दाम आफुलाई, जस आफुलाई दोष अरुलाई थुपार्ने मनोवृद्दी नेपाली समाजमा रोगको रुपमा वृद्दी भएको छ। आफ्नो कार्य आफु गर्दैनन, दोष अरुलाई दिन्छन। आफुले गर्दा त्यही कार्य ठिक र अर्कोले गर्दा त्यहीकार्य बेठिक भन्ने मानसिकता पनि बेठिक नै हो। त्यसैले सुदामाको भक्ति चाहिएको छ, सुदामाको विश्वास चाहिएको छ, राजा हरिश्चन्द्रको जस्तो प्रजा वत्सल्य नेतृत्व चाहिएको छ अनि हनुमानको जस्तो समर्पण पनि चाहिएको छ, सुकरातको जस्तो निडरता पन पनि चाहिएको छ, नया घाशी जन्माउनु छ अहिले नेपाललाई। त्यागमा पनि शक्ति छ, शव्दमा पनि शक्ति छ तर क्रोधमा र दण्डमा द्वन्द छ। द्वन्दको अन्ते शान्ति र सम्वृद्दी चाहिएको छ। प्रत्यक स्थानमा समानता चाहिएको छ सवैले अनुभुति गर्ने गरी। जसरी सुदामाले आफुलाई गलहत्याउन लगाउने राजालाई नै राजा मानी उनको सल्लाहकारको रुपमा रही देशलाई सतमार्गमा डोर्याएका थिए त्यसरी नै र त्यस्तै सतचरित्रका कर्मयोगीहरु चाहिएको छ वर्तमान नेपाललाई।


























