Sunday, April 29, 2018

सुदामा र उनको श्रीमती वसुन्धराको जोडीबाट सिक्नै पर्ने सन्देश

२०७५-०१-१५
सुदामा र उनको श्रीमती वसुन्धराको जोडीबाट सिक्नै पर्ने सन्देश
सुदामा र भगवान कृष्णको बाल मित्रताले वर्तमान मानिसलाई मित्रताको पाठ सिकाएको छ। मित्रतामा गरीबी र धनले असर पार्दो रहेंनछ। कृष्ण र सुदामा सन्दिपणी ऋषिको आश्रममा रही सगै अध्ययन गरेका बालसखा थिए। कृष्ण युवराज थिए भने सुदामा गरीव ब्राह्मणका सन्तान थिए। कृष्णका असल मित्र र भक्तमा सुदामा र अर्जुन पर्दछन। यी दुवै आफ्नो क्रतव्यमा कहिल्यै चुकेनन तर सधै कृष्णलाई खुशी पार्न मात्र लागे सतचरित्रको माध्यमबाट। सुदामाले गरीबी र अभाबमानै जिन्दगी विताए पनि कृष्ण भक्तिवाट बिमुख कहिल्यै भएनन र उनको सहयात्री चंद्रोधरले उनको गरीबीलाई देखेपछि उनले झैँ दरवारमा पुगि राजाको गुणगान गाएमा राजाले प्रसस्त पैसा र धन दौलत दिन्छन भनि दरवारमा पुर्याई राजाको बखान गरी कविता वाचन गर्न लगाउदा सुरा र सुन्दरीमा मस्त डुबेका राजाको गुणगान गाउनको साटो राजालाई सहि मार्गमा हिड्नको लागि उत्प्रेरित हरि भक्तिको कविता पाठ गरिदिन्छन र सुरा र सुन्दरीमा डुब्ने राजा मति भ्रस्ट हुन्छन र समाजको कल्याण गर्न सक्दैनन भन्ने भावनाको कविता पाठ गरिदिन्छन, जस्लले गर्दा राजाले उनलाई दरवारबाट गलहत्याउदै निकाल्नको लागि आदेश दिन्छन। उनी घाएल हुदै घरमा पुग्छन। आफ्ना वच्चा भोकै रहदा पनि उनी आफ्नो भक्ति मार्गबाट कहिल्यै बिचलित भएनन र ब्राह्मण धर्ममा लागिरहे। उनी आफ्नो श्रीमतीले दुइ दिनको लागि कृष्ण भजन गाउँनको साटो राजाको भक्तिका कविता वाचन गरिदिदा वच्चाहरुको पेट भरिने थियो भनि अनुरोध गर्दा उनी भन्छन के मानिस आफ्नो सासलाई दुईदिनसम्म रोकी वाच्न सक्छ अर्थात आत्मा र शरीरलाई दुइदिनसम्म रोक्न सक्ने सामार्थ्य आफुमा नरहेको कुरोलाई पुस्ट्याउछन।

उनी भन्छन एक असल ब्राह्मणको धर्म राजा प्रजा सवैलाई सत मार्गमा नै हिडाउनु थियो। त्यसैले उनी आफ्नो मार्गबाट कहिल्यै विचलित भएनन बरु जव उनी कृष्णलाई भेटी आफ्नो गृह नगरमा फर्कदा उनलाई गलहत्याउन लगाउने राजा उनको शरणमा परी उनको प्रोबन्दर नगरलाई सुदामा नगरी घोषणा गरी उनैलाई राजा बन्नको लागि अनुरोध गर्दा पनि उनी श्रीपेच लगाई राजा बन्ने अनुरोधलाई अस्विकार गर्छन। राजा जसले उनलाई गलहत्ती लगाई दरवारबाट निकाल्न लगाएका थिए पछि जव उनको शहरमा उनको दरवारभन्दा सुदामाको दरवार र पुरा गाउ नै झुपडीको स्थानमा महलमा स्वयम स्वर्गबाट विश्वकर्मा कृष्ण भगवानको अनुरोधमा आइ निर्माण गरेको अवशर हेर्नबाट सुराको तालमा सुतेका राजाले देख्न नपाउदा अन्तमा आत्मा ग्लानी गर्छन् र भन्छन यो अशंभव कार्य सुदामाको भक्तिको कारणले नै सम्भव भएको हो भनि आफ्नो प्रधानमन्त्रीले वताएपछि उनको यो पापको प्रायश्चितको लागि नगरलाई नै सुदामा नगर घोषाणा गर्ने भने पछि राजाले सुरा पनि नपिउने र नगरलाई सुदामा नगर घोषाणा गरी सुदामालाई नै राजा बनाउन तयार हुन्छन तर सुदामा राजा बन्न तयार हुदैनन राजालाई नै राजा बन्नको लागि अनुरोध गर्छन वरु सल्लाहकारमा रही उनलाई सघाउन तयार हुन्छन।
अहिलेका नेतृत्वमा रहने जो कोहि हुन उनीहरु एक पटक सुदामा र उनको श्रीमतीलाई मात्र अध्ययन गरेको अवस्थामा नेपालको अहिलेको मै मात्र ठिक अरु बेठिक भन्ने सोचको अन्ते भै नेपाल सतामार्गमा लाग्ने थियो। त्यस्तै गरी अर्को काशीका राजा हरिश्चन्द्र जसले आफ्ना प्रजा सहित जिउदै स्वर्गमा आफ्नो कठिन परीक्षा पार गरेपछि पुगेका थिए। 

म आफुलाई सुरुमा कुरौटे दार्शनिक सुकरातको जीवनी पढ्दै गर्दा सत्य बोल्नु पर्दा मर्नु पर्छ भने पनि मर्नु तर सत्य बोल्न डराउन हुदैन भन्ने संदेश मेरो बाल मस्तिस्कमा चडेको थियो र आजको दिनसम्म मेरो मानसिकतामा डेरा जमाइराखेको छ त्यसैले कहिले काही यहि सत्य बोलिदिनुपर्दा अरु कसैको चित्त दुख्न पुग्दो रहेछ। त्यसको महशुश मैले गरेको छु र अझैँ पनि दृढ छु सधै सत्य नै बोल्न सकु भन्नेमा। जव अध्ययनका पाटाहरु बढ्दै गए अनि सुदामाको भक्ति र उनको श्रीमती वसुन्धराले विश्वकर्मालाई आफ्नो कुटीलाई कृष्णको जस्तै दरवार बनाउनको लागि भगवान कृष्णले पठाई आएको भनि बताउदा उनले आफ्ना छिमेकी जसको घरमा उनका श्रीमान गइ भिक्षा मागी उनको परिवारको भोजन गराउने दातालाई झुपडीमा राखी आफुलाई दरवारमा वस्न नसक्ने, तर यदि सवै उनका छिमेकीको घरहरु पनि दरवार बनाइसकेपछि अन्तमा उनको घरलाई दरवार वनाउदा आपत्ती नपर्ने वताएपछि, शिल्पकर्मी विश्वकर्माले भगवान कृष्णको आदेश लिई पुरा गाउलाई नै दरवारै दरवारको शहरमा परिणत गराउन सफल हुन्छिन। धन्य वसुन्धारा र सुदामा जो लोभबाट मुक्त र भक्ति मार्गमा अडिग। जति नमन गरे पनि कमि नै रहने छ।
त्यसैले मैले वर्तमान साना संघठन देखि ठूला दलसम्म, कुनै सस्थादेखी देशको नेतृत्व लिनेहरुको मनोदशालाई हेर्दै गर्दा अलिक चुकेको जस्तो देख्दछु। काम अरुलाई दाम आफुलाई, जस आफुलाई दोष अरुलाई थुपार्ने मनोवृद्दी नेपाली समाजमा रोगको रुपमा वृद्दी भएको छ। आफ्नो कार्य आफु गर्दैनन, दोष अरुलाई दिन्छन। आफुले गर्दा त्यही कार्य ठिक र अर्कोले गर्दा त्यहीकार्य बेठिक भन्ने मानसिकता पनि बेठिक नै हो। त्यसैले सुदामाको भक्ति चाहिएको छ, सुदामाको विश्वास चाहिएको छ, राजा हरिश्चन्द्रको जस्तो प्रजा वत्सल्य नेतृत्व चाहिएको छ अनि हनुमानको जस्तो समर्पण पनि चाहिएको छ, सुकरातको जस्तो निडरता पन पनि चाहिएको छ, नया घाशी जन्माउनु छ अहिले नेपाललाई। त्यागमा पनि शक्ति छ, शव्दमा पनि शक्ति छ तर क्रोधमा र दण्डमा द्वन्द छ। द्वन्दको अन्ते शान्ति र सम्वृद्दी चाहिएको छ। प्रत्यक स्थानमा समानता चाहिएको छ सवैले अनुभुति गर्ने गरी। जसरी सुदामाले आफुलाई गलहत्याउन लगाउने राजालाई नै राजा मानी उनको सल्लाहकारको रुपमा रही देशलाई सतमार्गमा डोर्याएका थिए त्यसरी नै र त्यस्तै सतचरित्रका कर्मयोगीहरु चाहिएको छ वर्तमान नेपाललाई।

सामुदायिक विद्द्यालय किन र कस्का लागि संरक्षण गर्नु पर्ने

२०७५-०१-१६
सामुदायिक विद्द्यालय किन र कस्का लागि संरक्षण गर्नु पर्ने
नेपाले विकासको गतिमा लम्कदै छ भने अर्कोतर्फ सामुदायिक विद्द्यालयहरु धरासाही हुदै छन् कहिँ एक विद्द्यालय अर्को विद्द्यालयमा समाहित भैरहेका छन। त्यस्तै गरी निजि विद्द्यालायामा चर्को फी भयो भनि चिच्याउदै गरेका विद्द्यार्थी संगठनहरु र गनगन गर्ने अभिभावकहरु पनि छन् । प्रत्यक अभिभावक जो विद्द्यार्थीको विद्द्यालायाको सुल्क महँगो भयो भन्दै गर्दा आफु फी तिर्न सक्छु भन्ने अभिभावकको लागि मात्र हो निजि विद्द्यालय किन कि निजि विद्द्यालयको उद्श्य नै नाफाको लागि खोलिएका सस्थाहरु हुन। प्रत्यक सजग नेपाली नागरिकले सामुदायिक विद्द्यालायालाई माया र संरक्षण नै गर्नु पर्छ, यसको लागि घरमा वच्चा हुनेले वच्चाहरु विद्द्यालायामा भर्ना गरेर, नहुनेले अरुलाई सम्झाई बुझाई वच्चाहरु भर्नाको लागि उत्प्रेरणा जगाएर। किन सामुदायिक विद्द्यलयको जगेर्ना गर्नु पर्ने? के हुन्छ सामुदायिक विद्द्यालय नहुदा?

शिक्षा नै विकासको पहिलो खुड्किलो हो । शिक्षाले नै मानिसको दैनिक हिसाव किताव राख्न सघाउछ भने वाकी विश्व कस्तो छ भनि वुझ्नको लागि पनि शिक्षा आवश्यक छ। प्रत्यक रास्ट्रले आफ्नो देशलाई सम्वृद्द्दीमा पुर्याउनको लागि शिक्षा आवश्यक छ । आजको दिनमा सामुदायिक विद्द्यालयलाई वेवास्था गरियो भने भोलिको दिनमा सामुदायिक विद्द्यालय विद्द्यार्थीको अभाबमा नरहन सक्छन। यदी सामुदायिक विद्द्यालय भोलिका दिनमा नरहदा रास्ट्रले एकातर्फ देशको आवश्यकता अनुसारको शिक्षा भावी पिडीलाई उपलब्ध गराउन सक्दैन भने अर्को तर्फ गरीबका सन्तानहरु विद्द्यलयको चर्को शुल्क तिर्न नसकी निरक्षर रहनु पर्ने अवस्था आउन सक्छ। त्यसैले आजको आवश्यकता सामुदायिक विद्द्यालयको शैक्षिक गुणस्तरीय शिक्षाको स्थलोको रुपमा उभ्याउनु नै हो। यसको लागि सवै नेपाली चनाखो भै लाग्नु पर्छ। शिक्षालाई व्यापारको रुपमा भन्दा शैक्षिक केन्द्रको रुपामा नै बिकसित गर्नु पर्छ।

किन सामुदायिक विद्द्यालय अभिभावक र तिनका सन्तानको पहिलो रोजाई बन्न सकेका छैनन। यसको खोजि नीति गर्नु आजको पहिलो आवश्यकता हो। किनकि सामुदायिक विद्द्यालयमा नेतृत्व लिनेहरु पुरानो विचारधाराका शिक्षकहरु जो वर्तमान परिमार्जित समाजलाई बुज्न सकेका छैनन, हिजोको पुरानो शैलीलाई मात्र अगाल्दै छन, नया शैक्षिक सत्रको विद्द्यालय खोल्ने दिनसम्म विद्द्यार्थीलाई कुन माध्यमबाट पढाइ संचालन गर्ने, वर्ष भरिको योजना के हो , भर्ना अभियानमा पनि कर्म कान्डीको रुपमा मात्र गर्ने, अनि शिक्षक र सम्बन्धित सवै जागिरे मनोवृतिमा लाग्नु नै हो। यस क्षेत्रलाई विद्द्यार्थीको रोजाइअनुसारका अतिरिक्त शिपको सिकाई गराउन नसक्नु पनि नै हो। सराकारले निर्धारण गरेको पाठ्यक्रमको अतिरिक्त खेलकुद संगीत, नया सिर्जनाका क्रियाकलाप विद्द्यालयमा संचालन नगर्नु। केवल परीक्षामा प्राप्त गरेको राम्रो अंकले मात्र र उच्चा शिक्षाले मात्र जीवनलई सरलीकरण गर्दो रहेंनछ। जीवनमा नाचगान, संगीत, कला, खेलकुदअभिनय जस्ता पाटोले पनि समाजमा नाम र दाम कमाउन सघाउछ तर यस्ता जीवन उपयोगी शिपहरु सामुदायिक विद्द्यालयमा प्राय लुप्त अवस्थामा रहेका हुन्छन। यी र यस्तै शिपको सिकाइ पनि सामुदायिक विद्द्यालयमा व्यवस्थापन गर्न सक्नु पर्छ।

विद्द्यालयका नेत्रित्वकर्ताले उदोगतिमा लागेका विद्द्यालयलई हेरी चित्त बुझाउने तर अरुको सुझावलाई व्यवास्था गर्नु, आफु पनि नगर्ने अरुलाई पनि अघि सर्न नदिनु अर्को पाटो रहेको छ। विद्द्यालय व्यवस्थापन समितिमा पनि असली अभिभावक नहुनु । नक्कली अभिभावकलाई विद्द्यालयको चिन्ता हुदो रहेंनछ तर केवल प्र अ को यस म्यानको कारिन्दा वनिदिदा पनि विद्द्यालायाको रेखदेख हुन सक्दो रहेंनछ। विद्द्यालायाले न स्थानीय अभिभावक पाउछ न सक्कली अभिभावक नै। जसलाई विद्द्यालयको चिन्ता छैन, उसका आफ्ना सन्तान छैनन, त्यस्ता व्यक्तिहरु विद्द्यालयको र विद्द्यार्थीको कठिनाईको आवाजलाई सम्बोधन गर्न सक्दारहेनछन। आजको सामुदायिक विद्द्यालयको लागि विद्द्यालय परिवर्तन गर्छु भन्ने नेतृत्व, पढाईमा रुची राख्ने विद्द्यार्थी, पढाउनु पर्छ भन्ने अभिभावक, पेशापर्ति इमानदार शिक्षक, समाजाको सकारात्मक हेराइ र संरक्षण भएमा नेपालका सवै विद्द्यालयको नतिजा उत्कृस्ट हुनेछ अनि भावी सन्ततीको लागि पनि शिक्षाको लागि सहज र सरल सस्था सुरक्षित हुनेछन।

सामुदायिक विद्द्यालय हुने र नहुने सवैको लागि हुनुपर्छ। यो वगैचा हो र यसमा सवै किसिमका फूलहरु फकर्नु पर्छ। त्यसैले अहिले सामुदायिक विद्द्यालयमा देखिएको राजनैतिक खिचातानीबाट पनि मुक्त हुनुपर्छ। यसलाई रेखदेख गर्ने कार्य सवै नेपालीको हुने छ। जो जहा छ उसले यी विद्द्यालयको भलाइमा जुटी भावी संततीको लागि अध्ययनको केन्द्र बिन्दुमा विकसित गर्नु पर्छ।

Friday, April 27, 2018

दोषी को ?


२०७५-०१-१४
दोषी को ?
कहिलेकाही म कुनै घटना प्रति दोषी को भनि छुट्टाउन सक्दिन किन कि घटाना त्यस्ता हुन्छन जताबाट फर्केर हेर्दा नि 

ठिकै त होनी जस्तो लाग्छ , सायद मसंग  न्यायाधीशको क्षमता नभएर होला। तपाईलाई कस्तो लाग्छ? 

कुनै विद्द्यालयमा नया शैक्षिक शत्रको सुरुवातको समयमा कक्षामा को जाने? के गर्ने? भनि शिक्षकहरु दोधारमा पर्छन। किनकि उनीहरुको साथमा कक्षामा जानको लागि नया समय तालिका हुदैन। यदि विद्द्यालयमा प्रत्यक कक्षामा एक मात्र कक्षा हुदा त समस्या पर्दैन तर प्रत्यक कक्षामा वर्ग छुट्टाइएको अवस्थामा समस्या देखिने रहेछ। शैक्षिक शत्रको सुरुको समयमा विद्द्यार्थीको न्यून उपस्थितिको कारणले कक्षाहरुमा वर्ग छुट्टाइएका हुदैन र करिव वर्ग 'क'मा  अध्यापन गराउने शिक्षकहरु कक्षामा पुगि कक्षा संचालन गरिरहेको अवस्था देखिन्छ। प्राकृतिकरुपमा पानी अग्लो स्थानबाट तल बगे झैँ गरी। तर वर्ग 'क'मा अध्यापन गराउने शिक्षकको अनुपस्थिमा भने समस्या देखिदो रहेछ।

विद्द्यालयमा विद्द्यार्थी भए पनि नभएपनि बिहान १० देखि साझको ४ बजेसम्म सवै शिक्षक अन्तिम घंन्टीको पर्खाइमा रहने अवस्थामा पनि समस्या रहदैन किना कि शिक्षक विद्द्यालयको प्रांगणमा नै उपलव्ध हुन्छन। पहिलो र अन्तिम घंन्टीको सहुलियतको रुपमा विद्द्यालयमा शिक्षकहरुले उपयोग गर्दा पनि समस्या देखिदो रहेछ। प्रसंग रह्यो कुनै विद्द्यालयमा अध्यापन गराउने एक शिक्षक अन्तिम घन्टी कुनै कक्षाको  बर्ग 'ख' मा अगिल्लो शैक्षिक शत्रमा  अध्यापन गराइरहेको  तर नया शैक्षिक शत्रमा वर्ग 'क' मा मात्र विद्द्यार्थी राखेर कक्षा संचालन भएको अवस्थामा अन्तिम घन्टी आफ्नो छैन भनि विद्द्यालयको प्र अ लाई विना जानकारी विद्द्यालय छोडी कुनै शिक्षक  घरमा गएको अवस्थामा प्र अ ले उक्त शिक्षकको आधा विदा जनाउदै गर्दा शिक्षकलाई नया शैक्षिक शत्रको समय तालिका उपलव्ध गराउन नसक्ने प्र अ  पनि अन्तिम घन्टी आफ्नो कक्षा छैन भनि विद्दयालय प्र अ लाई विना जानकारी विद्द्यालयबाट बाहिरिने शिक्षक उत्तिकै दोषी हैनन र ?

यदि विद्द्यालयका अरु शिक्षक जो विना जानकारी विद्द्यालयबाट अन्तिम घन्टी अगावै बाहिरिएको अवस्थामा एक
 शिक्षकको मात्र आदा विदा कटाउदा अन्याय शिक्षक माथि पर्यो कि? मेरो नजरमा प्र अ जसले आफ्ना शिक्षकलाई समयमा कुन कक्षा कसले लिने भनि निर्णय दिन नसक्नु, तर अन्तिम घन्टी नरहेको अवस्था ठानी विद्द्यालयबाट घरतिर गएको शिक्षकको आदा विदा कटाउनु न्याय संगत होइन कि?  शिक्षकले आफ्नो विद्द्यालयको प्र अ लाई नसोधी विद्द्यालयबाट बाहिरिनु पनि दोष नै हो। त्यसैले मेरो बुझाइमा शिक्षकलाई कारवाही गर्ने प्र अ आफ्नो भूमिकामा न्यायोचित हुन सक्नु पर्छ। यस घटनामा मेरो बुझाइमा दुवै दोषी देखिन्छन, हैन र?  यस घटनालाई पढीसकेपछी हजुरहरुले प्रतिक्रिया जनाइदिएमा आउदा दिनमा यस्ता घटना प्रति प्रअ  र शिक्षक दुवै सजग रही शैक्षेणिक क्रियाकलापमा सुधार भै शिक्षाको गुणस्तर वृदीमा सहयोग पुग्थ्यो कि? मैले सुनेको यस तितो घटनाले  म भित्र द्वन्द सृजिएको छ। यस द्वन्दलाई सान्त पार्नको लागि हजुरहरुको प्रतिक्र्याको आशामा छु । म भित्र  सृजिएको द्वन्दले कसैलाई चोट पुर्याएको छ भने माफी चाहन्छु।  

Thursday, April 26, 2018

आमाको मुख हेर्ने दिन,

२०७५-०१-०३
आज सोमबारे औसी, अनि आमाको मुख हेर्ने दिन, तर मेरी आमा मेरो साथमा नरहेको दिन तर साझ सम्म भेट हुने कल्पन्ना सहित विहानीको मिर्मिरेमा आफ्नो नित्य क्रियाकलाप पछि सम्झन पुग्छु। अनि प्रश्न उठ्छ, आमा को हुन? पुस्तकमा पठेको थिए गुरुबाट सुनेको थिए, आमा धर्ति हुन, आफ्ना सन्तानको लागि सवै कुरा त्याग्न सक्छिन। आफ्ना सन्तानको खुशीको लागि भोकभोकै वर्त वस्छिन, कहिँ मन्दिरमा पुग्छिन, पुकार गर्छिन आफ्नै सन्तानको उन्नति र प्रगतिको लागि। सन्तानको असफलतमा पिडा सहन गर्ने पनि आमा नै हुन्छिन अनि भन्छिन, घोडा चड्ने लड्छ नि किन आत्तिएको, सफलताले एक दिन चुम्न बाध्य हुन्छ नि यदि तिमी कर्मशील बन्दै गयौ भने।
दिनभरी कामगर्दा थकाइ लाग्दो हो, भोक पनि लाग्दो हो तर पनि सम्झना अझै ताजा छ मेरी आमा कतिखेर मेलाबाट फिर्ता हुन्छिन, र पोटुकिमा भएको खट्टे, सेल रोटी वा पुरी दिन्छिन भनेर। यादै थिएन त्यो वेलामा मेरी आमालाई पनि भोक लाग्छ भनेर। यस वालपनाबाट यो अवस्थामा पुरयाउने ति आमालाई कसरी सम्झने? मलाई लाग्दैन मेरी आमालाई मिठा खाना दिएर खुशी हुन्छिन जसरी म उनको पोटुकिको एक दुई गास खट्टेमा हुन्थे, मलाई लाग्दैन मेरी आमा राम्रा कपडा किनिदिएर दिदै गर्दा जसरी मलाई उनी तिर्थबाट फर्कदै गर्दा बचेको खर्चबाट दिएको स्विटरबाट म हुने गर्थे, लाग्दैन मलाई मेरी आमालाई सुनका गरगहनाले खुशी हुन्छिन भनेर। बुझेको छु मेरी आमा के गर्दा खुशी हुनुहुन्छ भनेर तर पनि पुरा गर्न सकेको छैन। किन कि मेरी आमा सधै मेरो आखाको समिपमा हुनुहुन्न र मैले बोलेको शब्द 'आमा' सुन्न सक्ने दुरीमा हुनुहुन्न तर मन त छनि, यता फर्कदा नि 'आमा' उता फर्कादा नि 'आमा' पिडामा नि 'आमा' खुशीमा नि 'आमा' भन्नको लागि। मेरी आमालाई केवल 'आमा' भनिदिए पुग्छ। अनि खुशी भैहाल्नुहुन्छ। आशा छ आमाको आशिर्वादले उहालाई खुशी पार्न सक्ने छु भनेर।
बाल्यकालमा यसरी हुर्काएकी मेरी आमा आफ्नो जीवनको भरोसा छैन, आमा तपाइँ कमजोर हुनुभएको छ, यहि वसौ न काठमाण्डौमा, मेरा जागिर यहि छ, घरमा म जान सक्दिन। भन्दिनुहुन्छ मेरी आमा तेरो घर छैन, कसरी वस्ने अर्काको घरमा? मलाई २५औ वर्ष डेरामा वस्दा पनि घरै चाहिन्छ जस्तो लाग्दैन तर मेरी आमालाई चाहिएको छ, कति पिडा दिएको छु मैले। उहाको सपना पुरा गर्न सकेको छैन। हो आमाको कल्पना र मेरो कल्पनाको विचमा फरक छ। आमाले बुझेको संसार र मैले बुझेको संसारको विच भिन्नता छ। तर पनि मेरी आमाको मन पवित्र छ र आफ्नो सन्तान मात्र नभएर भावी सन्ततीको सुरक्षाको लागि पनि मेरी आमाको सपना अंकुरण भएको छ। मेरी आमा मेरो घरको वहानामा मेरा सन्ततीको पनि भोलिको लागि वस्ने आधार खोज्दै हुनुहुन्छ। मेरी आमा केवल 'आमा' भनेर मिठो स्वरमा बोल्दिए पुग्छ। फुरुंग भैहाल्नु हुन्छ, तर पनि सधै आखाको अगाडी 'आमा म गए साझ फर्कन्छु, आमा म आए, खाजा खानुभयो, कस्तो छ हजुरलाई' भन्न पाउदिन किन कि मेरी आमाको लागि मैले घर बनाउन सके कै छैन अनि मेरी आमा आफुले सृजिएको घर छोडी अरुको डेरामा बस्ने रहर छैन तर...... ।
मलाई लाग्छ मेरी आमा मात्र हैन सवैकी आमा यस्तै मायाकी खानी , प्रेरणाकी खानी, सन्तानको खुशीमा खुशी निस्वार्थमा खुशी हुने र दुखमा पिडामा डुब्ने पहिलो पात्र आमा नै हुन, त्यसैले सवै आमालाई मिठो बोलेर आमा भन्दै खुशी राख्न सकौ, यहि रह्यो आज आमाको मुख हेर्ने औशीको दिनको शुभकामना सवै तपाई हामी सन्तान र समग्र आमाहरुलाई! यहि औशीको दिन जन्म दिने आमालाई मात्र नभएर पाइला टेकाउन, उफ्रन, र रम्न दिने मेरी धर्तिमाता नेपाललाई पनि नमन गर्दछु। जय आमा, जय धर्ती आमा! दुवैलाई खुशी राख्न सकौ, तपाइँ हामी समग्र सन्तानले!

Students' performance

23 April 2018
Being a teacher, I am always concerned about students' performance. Due to more than two decades long experience in teaching English for school and college students I came to know that a teacher can teach nothing to his students but he can only guide them. If a teacher can teach, why all students performance is not the same. A teacher must be motivator and can stimulate them to learn. People generally say that practice makes a man perfect but Shibha Khera believes that only perfect practice makes a man perfect. I prefer the second one too. We teachers at Pashupati Mitra Secondary School in Chabahil during leisure period mostly talk how we can upgrade the status of over all performance of students and can make it one of the best schools . Why we have not been able to make our school first choice of our guardians. I am in the opinion that the medium of teaching must be in English. Community Schools which have medium of teaching English have been able to present them as good schools in Nepal. Even our school Pashupati Mitra Secondary school has begun to teach students in two medium; English and Nepali. Though it has been late, it is getting better.
My concern is that a person who never visits other institutions and thinks himself all in all ignoring to others' voice but leads the institution of his own way is the main cause of downfall of community schools. Mostly the headteacher is the cause of uplift and downfall of the educational institutions. A headteacher should be as soft as butter and as rigid as iron as the time demands. Therefore, a dedicated person in word and deed must be the headteacher. He can lead the institution and set a new record due to qualitative performance of students. Here in Kathmandu, some schools have been able to collect students and the renown community schools have been deserted. Our school is marching forward. The entire school family is dedicated to make this school a better hub for education.
Pashupati Mitra Secondary has well qualified, experienced and trained teachers as well as computer lab, projector lab and library too. It has not introduced music class and other that modern students are willing to grasp. Due to lack of playground students are deprived of playing out door games. If headteacher is concerned about it, it can be solved too. Our school requests local guardians and other to visit our school, then send their kids , we will make them our good students. We have students from various background. More or less this school represents the entire Nepal. You children can learn more from here due to students who are from various background mostly from the downtrodden to higher status. But majority students are from the lower economic status but they are fully human but not like machines. Good students from every class have been able to achieve A+ in their performance. Believe us and save your expense for your children's education.

Saturday, April 14, 2018

डा बाबुराम जी तपाइको निर्णय न्यायो चित

    २०७४-१२-२१
    डा बाबुराम जी तपाइको निर्णय न्यायो चित छ। मैले यसको वारेमा धेरै पैले देखि आवाज उठाएको थिए। देशका शाषकहरु बहिरा भएका थिए। तपाइले पनि आधा मात्र सुन्नु भएको छ। श्रवण शक्ति पुरा प्राप्ति गरि पुर्व मंत्री र प्रधानमन्त्री लगायत अन्य सवैको सुरक्षामा गरिने सहयोग पूर्ण रुपमा वन्ध गर्नु पर्छ ।सेना र पुलिसले नेताको संरक्षण गर्न सक्दैन। यदि सक्ने भएको भए पुर्व राजा विरेन्द्रको परिवार हाम्रो साथमा हुनेथियो। उनीहरुलाई जिउनको लागि दिनुपर्ने सुबिधा दिदा केहि फरक पर्दैन तर सुरक्षाको नाममा सवै नागरिक समान हुन् र समानताको व्यवहार प्रस्तुत गर्नुपर्छ। एउटा भुपुको नाममा गरिएको सुरक्षा खर्चले पुरै नगरको सुरक्षा हुन्छ, एउटा भ्यान घुमाइ दिदै गर्दा गुण्डा गर्दी, कमि हुन्छ। नेताको सुरक्षामा त यदि जनप्रिय नेता भए त ढालको रुपमा निस्की हाल्छन् नि जनता।
    समानताको कुरा गदै गर्दा जातीय आरक्षण कुरा अमानवीय छ। योग्य व्यक्तिले स्थान पाउनुपर्छ। गरीबलाई उध्योगमा उचित पारिश्रमिक सहित जागिर र अशिक्षितलाई आवाशीय शिक्षा निशुल्क रास्ट्रले उपलव्ध गराएमा मात्र समतामुलक समाज बन्दछ। वर्तमान संविधान अमानवीय यस अर्थमा छ। यसलाई मानवतावादी वनाउनको लागि जातीय आरक्षण खारेजी गर्नु पर्छ। रास्ट्रको आखामा सवै समान हुनुपर्छ र योग्य व्यक्तिले उचित ठाउमा स्थान पाउनुपर्छ। अन्यथा अन्याहको लागि आवाज उठाउनु पर्छ। यो देशमा धनि वाहुन र क्षेत्री मात्र छैनन गरिवहरुको संख्या पनि उनैको छ। वरु लेख्नसक्नु हुन्छ भूपू मंत्री, प्रधानमन्त्री वा अन्य उच्च पदस्थ कर्मचारीको सन्तानले सहुलियतका स्थान प्राप्त गर्ने छैनन् भनेर।

    Like
    Comment
    Comments
    Minbahadur Kunwar धेरै राम्रो विश्लेषण छ, दाजुको......
    Manage


    Reply3d

    Reply2d
    Devendra Koirala राम्रो विचार राम्रो लेख पन्डित सरको
    Manage


    Reply1d

    Reply1d


    Reply2d

    Reply2d
    Gopal Sharan Regmi Sari ramro bichar
    Manage


    Reply2d
    Chandra Kanta Pandit Thank you sir.
    Manage


    Reply2d
    २०७४-१२-२०
    आरक्षण, अमानवीय र आत्मग्लानीको बाटो
    विश्व मानव समाजका दुश्मन गरीबी र अशिक्षा नै हुन न कि कुनै व्यक्तिको जात, धर्म र क्षेत्र।
    कुनै जातको आधारमा प्रदान गरिएको आरक्षण कसरी मानवतावादी बन्न सक्छ? एक गरीब बाहुन क्षेत्री जसले ८०/९० % परिक्षामा प्राप्त गर्छ उ बबुरो बन्छ र आफ्नो डाक्टर इन्जिनियर बन्ने सपना तुहाउन बाध्य हुन्छ तर अर्कोतर्फ धनि विश्वकर्मा, परिवार, गुरुङ आदी जनाजाती र दलितको सन्तान जसले मुस्किलले ६० % परिक्षामा प्राप्त गरेको प्रतिशतले अवसर प्राप्त गर्न सक्छ।...
    See More
    Comments
    Som Lamichhane सहमत ! स्थानीय चुनावमा एउटा वडा सदस्य दलित भनेर छुट्याइएको छ ! दलितको योग्यता मापन कसरी गर्ने? बाहुन र दलितवाट जन्मिएका सन्तान दलित हुनेकि बाहुनै रहने? एउटा so-called दलित बच्चाले 'हामी कसरी र किन दलित?' भनि सोध्यो भने कुनै उत्तर छ हामी सँग ? बरु पिछड़...See More
    Manage


    Reply3d

    Reply3d
    Kailash Sunam Mukhya kura 80/90 pratishatle gardo rahenaxa...niyat sundar hunu paryo, yo garibi, vrastacharko kheti garne ko ho, tyo uchcha anka des lutna matra prayog vayo!???arko tira Kulman Ghisinglai pani herau shanta dimagle!?? Naya sambidhanle samabesi ra samanupatik sahabhafitako byabastha gareko xa, aarakshan hoina...feri Oli SLC vaye pani yogya hune, smasya yahi xa...
    Manage


    Reply3dEdited
    Chandra Kanta Pandit I do agree but you can read the abbot of the Canterbuty. Kulman ghising has not been power due to Ghising he has been there due to his ability. I am talking about the right person must be in right place. You are on my line too. Very happy.
    Manage


    Reply2d
    Chandra Kanta Pandit मेरा विचारलाई समय दिने मेरा अनन्य मित्रहरुलाई धन्यवाद। आभारी छु।
    Manage


    Reply2d

    Reply3d


    Chandra Kanta Pandit updated his cover photo.
    Comments
    Prava Ghimire Poudel nice couple uncle n aunti..
    Manage


    Reply3d
    Àmrïtâ Khäñàl Very nice jodi mama maiju ko
    Manage


    Reply4d
    Rabin Vaardhwaj inspirational figure!!
    Manage


    Reply4d
    Thapa Shakuntala Perfact couple
    Manage


    Reply4d
    Pramila and Chandra Kanta are celebrating 4 years of friendship on Facebook!
    See Your Memories
    -0:14

    1 April 2018
    पुर्व प्रधानमंत्री डा बाबुराम भट्टराइले नेदरल्याण्डको प्रधामन्त्री साइकलमा कुद्दै प्रधानमन्त्री कार्यालयमा जादै गरेको तस्बीर सियर गरेकोमा खुशी लागेको छ र साथै फेरी प्रश्न पनि गर्न मन लाग्यो। डा ज्यू हजुरको अगाडी पछाडी कुद्ने प्रहरी र सेना छन कि छैनन? यदि छन भने हजुरकै शव्दमा हिजोका सामन्तीले त त्याग्न सक्दैनन् कि तर तपाइँ त जनपक्षीय नेता भएकोले तपाईबाट नै यी बिकृतिको अन्ते गरिदिदा राम्रो हुनेथियो कि?
    Comments
    Rabi Bhandari सर को भनाइ एकदम सहि हो तर ती १७ हजार आत्माले सुरक्षा बेगर हिडन शान्ति देला त बाबुराम लाई।
    Manage


    Reply6dEdited
    Sittal Shrestha Easy to bark but impossible to implement ....he is also one of the barking dogs....hahahahahahaha
    Manage


    Reply6d
    Alim Shah होनि हुन त
    Manage


    Reply6d


  1. When did you attend Brahma Rupa HSS?
    21 items for you to review

  2. Intro
    An English teacher and English book writer for grade 10 in Nepal 

  3. Answer a question to help people get to know you

    A comfy posture for working is...