Tuesday, September 26, 2017

नेपालका शिक्षक नेता र राजनैतिक कर्मिहरु करिव उस्तै देखिन्छन

२०७४-०६-१०
नेपालका शिक्षक नेता र राजनैतिक कर्मिहरु करिव उस्तै देखिन्छन। शिक्षा देशको पुन्ज हो भने व्यक्तिको अविभाज्य सम्पती पनि हो। हामीहरुसङ्ग उखान पनि छ मुर्ख साथि हुनुभन्दा बिद्वान् वैरी नै जाति। म सामुदायिक विद्यालयको शिक्षक। म काठमाण्डौमा अध्ययनको लागि २०४८ सालमा दोश्रो पटक कास्कि देखि काठमाण्डौमा खुट्टा टेकोको विध्यार्थी आजको शिक्षक। अनि २०४९ सालदेखि निजि विद्यालयमा आफ्नो अध्यापन् पेशामा टेकेको शिक्षक्। अनि २०५० देखि सामुदायिक विद्यालयमा र निजि विद्यालय साथै +२,स्नातक र स्नातकोत्तर सम्मका कक्षा कोठामा एक् अङ्रेजी शिक्षकको रुपमा पहिचान बनाउदै गर्दा आफ्नो अध्ययनलाई पनि अङ्रेजी भाषामा एमफिल सम्मको अध्ययन र विद्यालयको लागि अङ्र्जी पुस्तक सृङ्खला र कक्षा १० को अङ्र्ग्रेजी पुस्तकको पाठ्यक्रम बिकास सानो ठिमिबाट निर्मित र जनक शिक्षाबाट प्रकाशित पुस्तकमा आफुलाई एक् लेखकको रुपमा उभ्याउन पाउदा मेरा पुज्य बा आमा , आदरणिय गुरुवर्ग अनि मेरा प्रेरणाका प्रतिमुर्ति विद्यार्थी भाईबहिनिहरुको विचमा उभ्याउदा आफुलाई भाग्यमानी भित्रको एक पात्र तर देशको अन्योल, अत्याचार, घुशखोरी, र देशका युवाहरुलाई स्वदेशमा राखि यहि पशिना चुहाई नेपाललाई सम्वृदीतर्फ लाग्नको लागि उत्प्रेरक बन्न नसकेकोमा दुखि छु।
साथै मेरा जिवन साथी वालवच्चाहरु अनि मान्यजन दाजुभाउजु, काका काकी सवैको विचमा गाइगोठालो देखि विद्यालय र महाविद्यालयसम्मका मित्रहरुको माया ममता अनि स्नेहले नै आजको यस दिनसम्म म अभागी भित्रको भाग्यमानी पात्रको रुपमा आफुलाई उभ्याउन सकेको छु। मैले सम्भव भएसम्म जो मलाई घृणा गर्न खोज्छ उसको सेवा गर्न् पाएमा खुशि ठान्दछु। मैले अध्यन गरेका पुस्तकमा गिता नै सर्वोपरि मानेको छु र गिताको सारमा नै मानव जीवन् जिउने आधार पाएको छु। गिताले नै भनेको छ मानिस एक्लै जन्म लिन्छ, र अन्तमा पनि एक्लै मरेर् जान्छ।नाङ्गै जन्मन्छ र मरेपछि नाङगै अन्तेस्टि हुन्छ। सत्य यहि नै हो। आफ्ना आफ्न्त भन्नु केहि छैन र कोहि पनि कसैको मृत्युको पछि लागेर् जान सक्दैन। बाटामा हिड्ने बटुवा र घरको सदस्यको विचको तेति धेरै भिन्नता छैन। केवल भिन्नता दायित्वमा मात्रै हो। कसले कसको लागि के गर्ने? यो मानव जीवनलाई सामाजिक बनाउने आधार मात्र हो।
मानिसको विद्वताले नै गर्दा आज भिमकाय जिव जन्तुहरुलाई आफ्नो वसमा राखि आफ्नो प्रयोजनमा उपयोग गरेको देखेको छु। त्यस्तै विभिन्न आविश्कार गरि जीवनलाई सहजिकरण पनि भएको पाएको छु। यति हुदा हुदै पनि भन्नै पर्छ मानिस स्वार्थी छ र उ आफुलाई ठिक र अरुलाई बेठिक भनिहाल्छ यहि नै हो मानिसको कमजोरी। हिजोको दिनमा हाम्रा बाउबजेले घिउ पानी झै पिउन सक्थे तर अहिले कोक फण्टा जस्ता पिए पदार्थहरु।मेरा बाले एक माना घिउ पिएका थिए भनेको सुनेर अहिलेका मानिसले त्यहि गतिमा घिउ पिएमा के गति होला? अनि एकले अर्कोलाई नबुझ्दानै द्वन्द हुने हो। तर यसैमा पनि एकले अर्कोको भलाईको लागि केहि त्याग गरिदिदा समाजमा द्वन्द होइन मेलमिलाप बढ्ने छ। मेलमिलापको बाटो नै सर्वोत्तम बाटो हो।
तर पनि मेलमिलापकै बाटोमा लाग्दै गर्दा सगै हिड्ने साथीले उसलाई गरेको सहयोग विर्सदै गर्दा अचम्म लाग्यो। प्रसङग थियो शिक्षक अधिबेशनको। शिक्षक अधिवेशनको हल्ला चल्दै गर्दा नेतृत्वलाई कुरा गर्दा अवको प्रतिसप्रधामा मलाई सघाउन पर्यो भन्दै गर्दा सिधै कसरी नेतृत्वमा जिम्मा दिने भनि जबाफ दिएकोमा मैले प्रति प्रश्न गरे ममा केको कमजोरी छ। म किन शिक्षकको नेतृत्व गर्न नपाउने? मलाई साथिहरुले अघि बढ्नु पर्छ र शिक्षकको नेतृत्व गर्नुपर्छभन्दै गर्दा म पछि नहट्ने कुरा राखे। यति मात्र हो र यदि अधिबेशन भयो भने तपाइले सहयोग नगरे पनि म चुनावमा त प्रतिस्प्रधि त बन्न सक्छु नि भन्दै गर्दा त्यसमा त सक्छस भन्न भ्याउनु भयो। अनि मलाई लाग्यो हिजोको दिनमा अर्को साथीलाई सहयोग गर्नु पर्यो रे आज तैले हिजोको दिनमा नेतृत्व समालेको छैन रे! कस्तो विडम्वना पढे लेखेर् शिक्षकको नेतृत्व समालेका मित्रहरुको।
के हिजोको दिनमा म जस्ता अरु साथीले उहाहरुलाई नेत्रीत्वमा जान सघाउन हुने तर् उनिहरु अरुलाई सघाउनुपर्छ भन्न नसक्नुले एक पटक महाभारतको दुर्योधन र कर्णको जस्तो मेल अनि रामायणको राम र भरत जस्तो बन्न मिल्दैन र? २०४८ को चुनावमा भाग लिएका दलका नेताहरु अझै पनि आफैले चुनावमा भाग् लिन पाए ठिक र भाग लिन नपाएमा अन्तर्घात।अहिलेको स्थानिय चुनावको परिणामले त्यसैको प्रतिनिधित्व गर्दछ। ठिक त्यहि गतिमा ३०औ वर्षसम्म एकै जना शिक्षक आफुलाई जिल्लादेखि केन्द्रसम्मको नेतृत्वमा पुरयाइदिनुपर्ने रे। यति मात्र हो र चुनावमा उमेदवारी पनि दिने अनि चुनाव हारेसकेपछि म त नेतृत्वमा छैन भन्ने। असल र सक्षम नेतृव भए त ठिकै पनि थियो तर दुर्भाग्य उहाहरु नै शिक्षकको नेतृत्व गर्दै गर्दा उहाहरुले नै चुनावमा जिताएको दलले देशको नेतृत्व् गर्दैगर्दा पनि १०औ वर्षसम्म शिक्षकको नतिजा प्रकाशन गर्न दवाव दिन नसक्ने, आन्दोलनको दौरानमा अस्थाईलाई स्थाई बनाउनु पर्छ भन्दै गर्दा सरकारसङग टेबुलमा वार्ता गर्दा पेन्सनको लागि ७ वर्षको सेवावधि गणना गर्ने रे तर पेन्सनको लागि ७ वष १दिन बढि भएकोलाई के गर्ने ,तेतातिर ध्यान नदिने, कस्तो लाचारी पन छ यहा।। अनि मावि शिक्षक हुनको लागि माविको शिक्षकको लागि शिक्षा सेवा आयोगबाट स्थाई हुनुपर्ने रे तर राजधानीमा नै प्राविका शिक्षकहरु माबिको नेतृत्व गर्दै हुनुहुन्छ। यसलाई के भन्ने? हो दलका नेता र शिक्षकका नेता उस्तै उस्तै त हुन नि । हैन र?
आजको आवश्यकता पुरानो नेतृत्वलाई सन्मान र आजको दिनसम्म सघाउनेहरुलाई नेतृत्व दिलाएमा सामाजिक तथा शैक्षिक न्याय हुने थियो। अवको शिक्षकको नेतृत्वमा नयालाई अवसर त्यसरी नै प्रदेश तथा केन्द्रको चुनावमा पनि प्रत्यक दलले नयालाई स्थान उपलब्ध् गराई हिजोको दिनमा तपाइले प्रयोग गर्दै गरेका अप्राजातन्तृक, निरङ्कुश, सामन्ती जस्ता सव्दहरुले यहाहरुको मानमा मर्दन नगरुन् ।स्थानिय, प्रान्तिय र केन्द्रीय राजनैतिक नेतृत्वले देशमा विकास र शिक्षकको नेतृत्वले देशको शैक्षिक गुणस्तरमा वृद्दी गर्न सकोस, यहि नै अहिलेको आवस्यकता हो। शिक्षकले चाहे गर्न् सक्छन भनि अहिले शिक्षकहरु माथी पर्न गएका गिध्य आखाहरुलाई जवाफ् दिन सक्नुपर्छ। यसको लागि प्रत्यक शिक्षक लगनशिल, क्रतव्यपरायण, पेशाप्रति बफादार भैइ अहिले समाजमा देखिएका कुरिति र कुसस्कार सामाजिक भेदभावलाई आफ्ना विधार्थीको माध्यमबाट समाज परिवर्तन गराउने माध्यम् बन्नु पर्छ शिक्षक्।
मेरा आदरणिय शिक्षक मित्रहरु यदि तपाईहरु मलाई शिक्षकको नेतृत्वमा जा भन्नुहुन्छ भने म तयार छु तर आजको दिनसम्म मैले कुनै पदको लालचा देखाएको छैन र देखाउने पनि छैन तर तपाईहरु अगाडि बढ भन्नुहुन्छ भने म तयार छु किन कि म यो पेशा जागिर नपाएर शिक्षक भएको होइन । मैले यस पेशालाई इज्जत गर्छु र आजको दिनसम्म म यस पेशामा सन्तुस्ट छु यद्दपी यस पेशामा देखा परेका बादललाई भने पानी पारेर स्पस्ट निलो गगनको छितिज देखाउनुपर्ने छ। यसमा तपाइको सहयोग् र साथ मिलेमा मेरो होइन हाम्रो शिक्षाको रुपरेखा बद्ल्न निस्वार्थ भै लाग्ने छु। अनि सामुदायिक विद्यालयका शिक्षकलाई हेर्ने दृस्टिकोणमा परिवर्तन गराउने मार्गमा लाग्ने छु। मैले सुरु गरेको छु, अव हजुरहरुको पालो।
चन्द्र कान्त पण्डित
शिक्षक
पशुपति मित्र माबि चावहिल , काठमाण्डौ

Monday, September 25, 2017

नेपालका शिक्षकहरुलाई गाली र अस्थाई शिक्षकको कारणले शिक्षाको गुणस्तर खस्केको हो भन्नेले जवाफ दिन सक्नु पर्छ नेपालको गुणस्तर कसले खसालेको हो?

२०७४-०६-०९
नेपालका शिक्षकहरुलाई गाली र अस्थाई शिक्षकको कारणले शिक्षाको गुणस्तर खस्केको हो भन्नेले जवाफ दिन सक्नु पर्छ नेपालको गुणस्तर कसले खसालेको हो?
माननीय सभासद , नेतागण तथा प्रतिसप्रधाको लागि तयारीमा जुटेका सृजनशील विधार्थीहरु र अन्य अस्थाई शिक्षकलाई दोसी देख्ने मित्र गणहरु.
म एक स्थाई शिक्षकको हैसियतले तपाईहरुको गर्जनले मलाई केहि नगरे पनि म संगै शिक्षक भएर काम गरिरहेका सहयात्रीहरुलाई यासरी बोल्दै गरेको सुन्दा, सदनमा ठूलो स्वरमा अस्थाई शिक्षकको कारणले सामुदायिक विद्यालयको गुणस्तर खस्केको हो भनेर ठोकुवा गर्दागर्दै पनि यी विद्यालयको गुणस्तर खस्कनुमा यिनै ठूला गर्जनाभित्र लुकेको तितो सत्यको उपज हो भन्न किन डराउने. आजका अस्थाई शिक्षकलाई अस्थाई शिक्षकमा नियुक्ति दिने को? त्यो नियुक्तिलाई पुन समयावधि थप्ने को? हिजोको दिनमा शिक्षकलाई रुखामा झुण्डाएर मार्ने लडाकु वा प्रहरी र सेनाका व्यारेक धोस्त पार्नेहर स्थाई सेना र प्रहरी बन्न सक्ने, जनयुद्दको नेत्रित्व्क्रता देशको सभासद , मंत्री, प्रधानमन्त्री वा अन्य कुनै पदमा लानहुने तर शिक्षकलाई स्थाई बनाउदा शिक्षाको गुणस्तर खस्कनछ भन्नु आफैमा व्यंग होइन र ? यदि अस्थाई शिक्षकको कारणले शिक्षाको गुणस्तर खस्कंछा भन्ने थियो भने किन उनीहरुलाई अस्थाई नियुक्ति दिदै समय थप्दै लगियो.?
बिना शैक्षिक योग्यताको कुनै पनि व्यक्ति आस्थाई शिक्षक छैन. उनीहरु विभिन्न विस्वविधालयाबाट शिक्षक हुनको लागि तोकेको शैक्षिक योग्यता बोकेका व्यक्तिहरु मात्र शिक्षक भएका छन् तर पनि उनीहरुलाई अयोग्य भन्ने अधिकार कसले प्रधान गर्यो? त्यहि अस्थाई शिक्षकले क ख रा सिकाएको व्यक्ति देशको सभासद देखि देशको उच्च पदमा आसिन छन्, वा माननीयबाट सम्माननीय समेत रहेको अवस्थामा उनीहरुलाई पिडा दिने कार्य गर्नु अन्याय नै ठहरिने छ. तपाईहरुको गर्जन एक अर्थमा सहि छ . शिक्षाको गुणस्तर खस्कदो छ . के यसमा त्यही अस्थाई शिक्षक हो त? माननीयज्यूहरु तपाइको वच्चा सामुदा यिक विद्यालयमा भर्ना गर्नोस विद्यालयको गुणस्तर आफै ब्रिदी भैहाल्छा. आज प्राय सामुदायिक विद्यालय आधापेट खाने, आधा शरिर ढाक्ने, आधा पेंसल बोक्ने, आधा पेजमा ग्रिह कार्य गर्नुपर्ने अनि पाठ्यपुस्तक हेर्दाको पहिलो नजरमा छपाई ,कागज र पस्काईले नै बित्रिस्णीत हुने देखिन्छ. यी पुस्तकको छपाइ , तस्विर र कागजको गुणस्तर के अस्थाई शिक्षकले गर्ने हो त?
माननीय सभासदज्यूहरु हिजो संबिधान लेखिदै गर्दा सभासद हुनको लागि शैक्षिक योग्यता राख्नुपर्छ भन्न चुक्नुभयो , देश चलाउन ल्याप्चेले हुने तर योग्यता पुगेर तिनै व्यक्तिले दिएको नियुक्ति गु न स्तर हिन हुने. एउटा संविधान सभा नभएर दुइ संबिधानसभाले संबिधान ल्याएको छ तर पनि त्याहा पनि बिबादै छ. अझ मेरो बुझाइमा त अहिलेको संबिधान धेरै कुराले पूर्ण हुदाहुदै पनि अमानवीय र विभेदकारी पनि छ र पिछ्डीएक वर्ग र समुदायलाई सदै पिछ्डीने बनाएको छ. आरक्षण किन र कसका लागि, समानुपातिक कसका लागि?
माननीय सभासदज्यूहरु, मेरो बुझाइमा मानव सभ्यताका दुश्मन भनेका गरिवी र अशिक्षा नै हो. यिनको निर्मुल पार्नको लागि राजनैतिक दल र सरकार र देशको कानुन सवल र सक्षम हुनुपर्छा तर के गर्नु मेरो देशको संबिधान अपाङ्ग छ , जहा बलियो हुनुपर्ने थियो त्यही चुकेको छ. यी बाट मुक्ति पाउनको लागि नेपालको संविधानले भन्न सक्नु पर्ने थियो अशिक्षित चाहे त्यो हिमालको भोटे वा पहाडको बाहुन क्षत्री वा तराईको मुशाहर वा यादव जो सुकै होस् उसलाई आवाशीय निशुल्क शिक्षा उपलब्ध बिना भे द भाव गर्न सक्नु पर्छ त्यसपछि जागिरको हकमा योग्य व्यक्ति योग्य ठाउमा प्रतिसप्रधाको आधारमा हुनुपर्छ. त्यस्तै गरि गरीब जो सुकै होस् बाहुन वा क्षत्री, कामि वा दमाई , नेवार वा यादव , मुसहर वा चौधरी जे भे पनि उनीहरुलाई उद्योग धन्दामा रोजगारी आकर्सक पारिश्रमिक दिएर दिन सक्नु पर्छ . अनि सामाजिक न्याय हुदैन त तर मेरो देशको संबिधानमा आर क्षणको व्यवस्था गरेर अमानवीय नै छ . यसलाई परिवर्तन गर्नु पर्छ र सवै नेपाली सगौरभ बाच्न पाउनुपर्छ. तपाइको आवाज छ भने यसमा आवाज उठाउनु होला. म एक
शिक्षकको नाताले भन्ने पर्छ मेरा विधार्थी भाईबहिनिहरु अपाङ्ग होइन सपाङ्ग बन्नुपर्छ आरक्षणमा वसेर उनीहरुलाई कमजोर देखाउनु अमानविय नै हो.
हिक्मत छ बोल्नोस शैक्षिक योग्याता बिए भन्दा तलको व्यक्तिले वडा अ ध्याक्षमा प्रतिसप्रधा गर्न नपाउने. एम भन्दा तलको शैक्षिक योग्यता भएको व्यक्तिले सभासदमा भिड्न नपाउने. अनि राजनीतिमा पनि पढे लेखेका र विश्व लाई बुझ्नस्कनेहरु पनि पुग्छन भनेर नेपालले नया पहिचान बनाउने छ.
गर्जन सक्नोस यदि तपाईमा ताकत छ भने सुकुम्वासीलाई जग्गा होइन निशुल्क सरकारी आवास दिनोस अनि आय आर्जनको लागि रोजगारी . किन चाहियो त्यो खोलाको किनाराका झूपडीहरु यदि उनीहरु बस्नको लागि पाका आवास, गासको लागि रोजगारी अनि बन्दैन त समाज?
भन्न सक्नु पर्छ प्रत्यक नागरिकले आफुले चाहेको धर्म मान्न पाउनु पर्छ भनेर तर के गर्ने दिनानुदिन धेरै नेपालीहरु पैसाको प्रलोभनमा क्रिस्चियन बन्न पुगेका छन् जुन कालान्तरमा गएर नेपाल र नेपालीको लागि घातक हुने छ.
माननीय सभासद ज्यूहरु , तपाईमा आट र साहश छ भने वडाको सदस्य, वडा अध्यक्ष आदिलाई सुबिधा दिए पछी मात्र भी आई पीलाई सुबिधा दिनुपर्छ भनेर . समाजको उत्थान बोलेर होइन गरेर हुन्छा. पक्कै पनि वडाको सदस्यभन्दा सभासदको आर्थिक हैसियत राम्रो र सवल हुन्छ भने तपाइको आफ्नै दलभित्र पनि प्रतिश प्राधि कम हुन्छन. अरु देशका भी आई पी लाई सुबिधा दिन्छन भने यहाका सानो तप्काबाट हेरौ न समाज परिवर्तन हुन्छा कि हुदैन. भाषणले होइन अव गरेर देखाउनु पर्छ. आट छ राजा हरिश्चन्द्रको ? आट र त्याग छ गणेशमानको जस्तो?
त्यस्तै गरि गाडीको सुबिधा चाहे कर्मचारी वा पुर्व भिआपॆ हरु कसैले नदेउ बरु उनीहरुको तलव भत्ता दुइ गुणा बढाए पनि हुन्छ तर गाडी नदेउ किनकि यसले सार्वजनिक गाडीमा हिड्दै गर्दा सर्वसाधरणा संग भेट हुन्छ र समाज पनि बुझ्छ. भिआइपीको मात्र होइन सम्पूर्ण नागरिकको सुरक्षाको कुरा उठाउ. पुर्व एक भिआइपी लाई दिएको सुरक्षा खर्चले पुरा सहरको शुरक्षा हुन सक्छ. समाज सुरक्षित भएमा आफ्नो नेताको सुर क्षाको लागि जनता नै ढाल बनिदिनेछन नत्र पुर्व राजा बिरेन्द्रको चाल हुनेछ. फरक तारिकाले सोचौ नेपालको परिवर्तन सहज छ.
अन्तमा अस्थाई शिक्षकलाई मानमर्दन होइन इज्जत गरौ. तपाइँ किन गर्जनु हुन्न सडकको धुलोको बिरुद्दमा ,भ्रस्टाचार को बिरुद्दमा , अनिमियाताको बिरुद्दमा, जम्बो सरकारको बिरुद्दमा, कहिलेकाही आफनी बिरुद्दमा तर नेपाल र नेपालीको पक्षमा. तपाइँ किन भन्नु हुदैन नेपालको पोशाक केहो भनेर ? शिक्षाको गुणस्तर को लागि शिक्षक,, विध्यार्थी , अभिभावक, समाज, शिक्षा मन्त्रालय र बिश्वबिद्यालय उत्तिकै जिम्मेवारी छन्. यता तर्फ़ सवैको ध्यान जाओस. सम्पूर्ण शिक्षक स्थाई भैसकेपछि पनि उनीहरुको सम्पूर्ण अस्थाई सेवा गणना होस्. अनि मात्र न्याय हुनेछ .
अन्तमा शिक्षकको नेतृत्व गर्ने मित्रहरु सम्बन्धित निकायमा वार्तामा वस्दै गर्दा आफु भन्दा पिडितलाई हेर्नोस अनि मात्र तपाई शिक्षकको नेता बन्न सक्नुहुनेछ. शिक्षकले चाहेमा विध्यालायामात्र होइन देश हाक्ने सामर्थ्य छ. यसमा ध्यान दिनुहोला. यो पेशा पवित्र र उत्क्रिस्ट छ र पेशा प्रति अनादर गर्नेहरु यसबाट चाडै नै बाहिरिनुहोला किन कि यसमा तपाईलाई गाडी छैन , महल छैन तर सर्वत्र शास्त्र देखि गल्ली गल्लेसंम माया , स्नेह र श्रद्दा छ यसलाई जोगाइ राख्ने कार्य शिक्षककै हो.

Sunday, September 24, 2017

Let's end discrimination from our native land

Nepal is an independent, indivisible, sovereign, secular, inclusive, democratic, socialist-oriented, republican, multiethnic country.In spite of having multiethnic, multilingual, multi-religious and multicultural characteristics and geographically diversified with common aspirations, Nepalese are living in harmony.Although they are living in harmony, most of the downtrodden Nepalese are deprived of human rights. In spite of being guaranteed human rights to Nepalese by her constitution, why so many Nepalese are being tortured in different forms, is the burning issue of present Nepal.

So many widows are tortured and misbehaved mostly in the Terai and very common all over Nepal. Some newly married brides are burnt and tortured for not carrying dowry mostly in the Terai belt of Nepal. In the same ways, some Dalits from different parts of Nepal are beaten and punished in different forms for entering the temple, carrying water from the public well or touching the priests of temples. Inter-caste marriage has created chaos in society. On the one hand, the constitution of Nepal encourages youths to get married between inter caste, on the other hand so called people boycott them or capture the amount given by the government of Nepal for the encouragement of marriage. The more surprising fact is that many mothers of daughters are not well fed, ignored and even beaten for not giving the birth of sons.

Even schools are not safe for children. News of school children being tortured, beaten, or harassed by teachers are very common in Nepal. During the time of menstruation girl students have to stay at home and are deprived of their rights to education. Even in a well-educated family, there is gender bias and women are supposed to be inferior sex. There is sex discrimination between males and females or sons and daughters. From the very beginning of socialization, the children are taught to be different between sons and daughter. If a boy of six or around it takes a broom and begins to sweep, the elders of the child comment him saying “He is like a daughter.” What it means the task of washing, sweeping, cooking or other unpaid jobs are for females. In the same way, even songs show the discrimination. For example, “Chhoromanchhevayer run hudaina” What it means. Indeed, women are soft-hearted. Weeping or crying suits to women or girls, not to boys or men.

Are these discriminations, tortures and voiceless the result of illiteracy and ignorance? Somehow ‘yes’ and somehow ‘no’? If it is due to education, why school children are beaten and schools are not children friendly? Why a newly bride educated woman is misbehaved or an educated young but poor girl is not married to a bridegroom from a rich family? When does a mother or father of a boy feel happy seeing their son sweeping the room with a broom? How such a discrimination existing in Nepal can be eliminated from Nepal? When and how can a subaltern raise his\her voice for his/her rights? What are the present necessities to Nepalese? Only writing on the constitution is not the solution. Even in Nepal untouchability was abolished in 1963 AD. Therefore, writing on the constitution or in other forms is not the solution. It needs regular practices and public aware centers to raise the oppressed voice and make the concerned authority listen to their voice
.
On the auspicious moment of Dashain, Tihar, Chhat and Nepal Sambat, may our almighty bless all Nepalese for their standard life with the harmony of various castes and sound health. Let all evils chase away from our psyche and work for the betterment of Nepal and Nepalese.

Saturday, September 23, 2017

नेपालका राजनैतिक दलहरुले शिह दरवारको अधिकार गाउमा पुगेको छ भन्दै गर्दा के यसलाई पुस्टी गर्ने आधार छन त ?

२०७४-०६-०७ नेपालका राजनैतिक दलहरुले शिह दरवारको अधिकार गाउमा पुगेको  भन्दै  गर्दा के यसलाई पुस्टी गर्ने आधार छन ?
प्रजातान्तृक समाजवाद  वा समाजवाद  वा साम्यवाद जे भने पनि नेपाली समाजमा  देखिएको असमानातालाई अन्ते गरी सवल्, सभ्य, सफल समाजको सृजना गर्नु नै आजको आवश्यकता हो ।के यो सम्भव ?
असम्भव मुर्खको डायरीमा मात्र  हुन्छ तर क्रमशिल व्यक्तिले प्रत्यक कार्यलाई सफल नपारिन्जेल भिडिरहन्छ भिड्नु पनि पर्छ बाकी विश्वले मानविय समाजलाई कसरी हेर्छ भन्नुभन्दा नि नेपालीहरुले कसरी हेर्ने भन्ने कुरा महत्वको  रहन्छ । नेपालीहरु  मावोको विचार्, कार्ल मार्क्सको विचारबाट टाढा रही भोटे, पहाडी मधेशि भएर हेर्न सक्नु पर्छ पश्चिमा मुलुकका मानिसहरु  प्राय उमालेका  तरकारी    खानेकुरा खान्छन भने  नेपालीहरु  प्राय तारेर , भुटेर्, मसल्दार खानेकुरा खाने गर्छन यो उनीहरु विचको हुर्काइ, वढाइको फरक हो एकै कुरा पकाएर खादा  फरक तरिकाले पकाएर खाइन्छ भने मार्क्स्, लेनिन्, माओले  हेरे  झै नेपालीले हेर्नुपर्छ भन्नु मुर्खता हो एक हात्तीलाई जना दृस्टिविहिनहरुले  छुदै गर्दा डोरी, खम्वा, पङ्खा,परखाल्, भाला, सर्प भनि  जवाफ दिदा सवै उत्तरहरु पाक्षिक रुपमा सही हुन तर पुर्ण रुपमा विश्लेशण गर्दा गलत हुनेछ   त्यसरी नै नेपाली समाजलाई विदेशी स्माले हेर्दा दृस्टी भ्रम हुनेछ
अव गर्ने के ?
नेपालका सभासदहरुले सम्सदमा पुर्व भि आइ पी पुर्व सभासदरुलाई रास्ट्रले सुबिधा दिने भनि बहस गर्नु भन्दा पुर्व साशकलाई सामन्ती, नोकर शाही देख्ने आंखाले उनीहरु भन्दा फरक हुनको लागी समाजमा देखिएको असमानताको अन्ते गर्नको लागि सभासद पुर्व भि आई पिइ सभासदलाई भन्दा वडा, गाउंपालिका नगरपालिकामा निर्वाचित सदस्य देखि नगर प्रमुख वा उप प्रमुखको सम्मका व्यक्तिलाई सुविधा उपलव्ध गराएमा मात्र शिहदरवारको अधिकार गाउमा पुग्छ राजनैतिका कर्मिहरु पनि आफ्नो स्थानको भलाईको  लागि सभासद मन्त्रीको सपना भन्दा  आफ्नै स्थानको कल्याणकारी कार्यमा लाग्नेछन नयाँ पिढिका युवाहरु पनि राजनितिमा सरिक हुनेछन नकी जहाँतही असफल व्यक्ती लाग्ने अन्तिम  स्थलो राजनिती नभएर असल व्यक्तीहरुको केन्द्र वन्ने राजनिती कि  झुट अपराधिको  सम्रक्षणस्थलो
जव देश सम्पनतामा पुघ्छ अनि भुपु सभासद अन्य भि आइपीलाईइ सुविधा दिदा अन्याय हुने छैन खाली भि आइ पी  माथिल्लो तहका व्यक्तिलाई मात्र प्रोत्सान गर्ने हो भने समाज कहिले परीवर्तन हुन्छ हिजोको राणा शाहलाई दोशी देख्ने आंखा नै दोशी हुनेछ
राजनितिले समाजको परिवर्तन गराउने हो भने महललाई इज्जत झुपडिलाई प्रोत्शान गर्न सक्नु पर्छ शाषक शाषित विचको अन्तरलाई अन्ते गर्नु पर्छ नेपालका प्रत्यक भुभाग आफैमा महत्वका छन अभाव भने केवल व्यवस्थापनको मात्र हो कर्णालीको यार्षागुम्वा   तराइको धानको वाला, हिमालको स्याउ, जडिबुटी उनसँग उनीहरुको दैनिक आवश्यकताका सामानसँगको उचित व्यवस्थापन नै हो।   

उच्च पदस्थ कर्माचारीलाई तलव तथा अन्य सुविधामा वृद्दी गरी उनिहरुलाईइ दिएको गाडी सुविधाको अन्ते गर्नुपर्छ उनीहरुलाई गाडी सुविधा दिदै गर्दा धेरै दुरुपयोग भएको यसको सट्टामा उनिहरुलाई दैनिक ट्याक्सी भाडा दिदा खर्चको कमी पन हुनेथियो यसको न्यायोचित व्यवस्थापन गर्नै पर्छ दुई महिने वा दुई वर्षे सचिवले करोडौ पर्ने गाडिमा आखा गाड्ने तिनिहरुको दुरुपयोग भएकोले यसको व्यवस्थापन गरिदिदा एक कार्यालयको सम्पुर्ण कर्म चारिको कार्यलयसम्म पुग्ने खर्च को व्यवस्थापन गर्न सकिन्छ ।यतातर्फ पनि यस देशका सभासदले वहस गर्नु पर्ने देखिन्छ यदी जनप्रती निधी कर्म चारील, शिक्षक्, प्रहरी, सेना, वकिल्, न्यायधिश्, प्राध्यापक आदिले आफुलाई मालिक नसोची सेवाग्राहीलाई सेवा पुर्याउने हो भने समाज परिवर्तन  गर्नलाई समय लाग्दैन

Wednesday, September 20, 2017

दशै, तिहार्,छठ,नेपाल सम्बत सवै पर्वको मङग्लमय शुभकामना

२०७४ असोज ०३ मंगलवार

दशै, तिहार्,छठ,नेपाल सम्बत, आउँदै  छन आगनमा
नेपालीको महान पर्व, मनाउ देशमा
मुहारमा खुशि, भकारी भरी अनाज भैइराखोस
बैंकमा ब्यालेन्स्, उदार दिल सधै भैइराखोस्
खानमा मिठो, बोलिमा मिठास, नयाँ कपडा लाउनलाई
अभाव कहिल्यै नपरोस तिम्रो, जिन्दगी भरिलाई ।

मागेर खान नपरोस तिमीलाई, दिनलाई पुगोस है
कापी र कलम किताप सवै, रुचिले  पाए है ।
शिक्षाको ज्योती बोकेर तिम्रो, उज्यालो दिलाउ
सवैलाई समान्, उच्च सस्कृत, सवैमा मिलाउ । ।
च च हुई गर्दै,पिङ पनि खेल्दै, रमाए दशैमा
बाटो र घाटो, सर र सफाई, बनाए नमुना
मिठो मिठो खानु, सवैसङ्ग मिल्नु , यही छ कामना । ।

दशैको पाति, पहेला जमरा, अक्षेता लगाए
अशिरवाद लिदै, मावली र घर्, जहाँ तही रमाए ।
किताप्, कापी खोल्नलाई चाहि, गरे है सामना
घरको र मनको फोहोर फाले, यही मेरो कामना । ।
पढ्नु र लेख्नु सही बाटो हिड्नु ,देवीको आशिर्वाद
अन्याय्, कुरिती सवैलाई तिमी, भन्देउ मुर्दावाद । ।

नगर्नु चाकडि, गर्नु सेवा, यसैमा भलो छ
हेर है नेपाल्, कती है सुन्दर्, सवैले बुझ्नु छ ।
जहाँ गए पनि नभुल नेपाल्, फर्की आए है
चिची र पापा,चचहुई गर्दै खेल्नलाई आए है । ।
दशैको टिका, तिहारको भैलि, खेल्नलाई नभुल्नु
देशको भाषा  सस्कृत सधै, हृदयमा  लिरहनु । ।

दुर्गा माता देउ आशिक यिनलाई, असल बन्नलाई
सगरमाथाको शिर जस्तै उचो, शिर बनाइ राख्नलाई । ।
कामको कदर्, गर्न हो जाने, सवैमा समान
अन्याय, अत्याचार विरुद्द्मा जाउ,   यसलाई  नमान । ।
धानकोवाला झुल्नलाई देउ, बनाउ नमुना
सुस्वास्थ्य असल सधै सफल, सवै पर्वको मङग्लमय शुभकामना । ।

Tuesday, September 19, 2017

Constitution day, Asoj 3

Constitution day, Asoj 3

We Nepalese are celebrating 3rd year of our constitution 2072. Being a Nepali citizen, I have some reservations about this constitution though I accepted it as my constitution. While collecting views from general public I was against the federalism and secularism as well as reservation. On the one hand our constitution provides the equality to all but at the moment there is the concept of reservation. In the same way, the qualification for being Chairperson, Vice-chairperson, Mayor, Deputy Mayor, and members of State assembly and others should have at least Bachelors in any degree but it was ignored.  It shows that education is in shadow.  If leaders are not qualified, how they will be able to lead the society.  Therefore, there It is the place where amendment in constitution must be done. How equality fosters if there is reservation in the name of castes and tribes. I don’t like to see my neighbour or the Nepali citizen as a downtrodden. I want to see all as a blooming flower. In my opinion, the enemies of the human beings are not political dogmas, creeds, castes and geography but are poverty and illiteracy.

If reservation should be given, give to the poor if he/she belongs to Sherpa, Tamang, Brahamin, Kshetry, , Mushhar, Bishwokarma, Himali, Pahadiya or Madheshi.but not to single caste religious group .  There should not be discrimination. If we try to collect data all Brahamins and Kshetries are not well off though most of the time Nepal have been ruled by them. There will be unfair if reservation is given to the called limited downtrodden caste. We can see so many Brahamins and Kshetries are in the street as a labour and have not been able to manage hand to mouth problems. The local or federal or central government should collect the data of the people who are under poverty. The government should create job for them and provide handsome payment for them. On the other hand, illiteracy is the major cause of downtrodden of Nepalese. Let the illiterate one boarding education at free of cost for the illiterate whether he/she is from Himal, Pahad or Terai or from any caste and creed. Let them be competent and let them choose their own occupation as their choice but not as our wish.
The present numbers of Ministers has been the irony of the constitution. The present constitution says that maximum number of the Ministers will be of 25. But now there has been 56.   In the same way, allowance to the past members of representative of the parliament  is being discussed in the house seems to be irrational. They can if nation can afford. Have they made Nepal able to that status? Vehicle facilities to the high ranking government as well as the leaders is irrational too.  In the name of vehicles, there is a huge amount of corruption. It should be stopped. The government should be fair here. Instead of providing vehicle facilities, increase the salary and make them able to be in office of their own expense. A driver drives the vehicle and drops the high ranking officer at his destination but to reach his own destination, he has to go on foot.

The remuneration between the drivers to the high ranking officer is more or less double. How our constitution guarantees equality. A high ranking officer and an office assistant more or less has the same family members to handle.  May the quality is different but the quantity is the same. There must be scheme to minimize the gap of payment.Political parties should have the same concept about nationalism. Political dogmas are more or less like the clothes that we put on. What’s the purpose of the clothes that we put on? Indeed, they save us from cold and hot and shame. The purposes of the clothes that we put on have the same but the colour and design may be of various types. So do of political dogmas. Whatever they believe but their target is to serve Nepal and Nepalese. They cannot go beyond them. Their centre is the people and the soil where they are. They have to nurture them but may have different ways to serve them as everyone has his/her own methods to make vegetable if the ingredients are the same but the method of cooking changes the tastes of cooked vegetables.  Anyway, let them cook as their own way or influence them feeding them with their flavor.
In the same way western concept of secularization has been emerging and the concept of Christianity sprouting in the downtrodden yards.  Churches have been seen in every corner of village and in town. Why it is happening. Karl Marx takes religion as opium but the followers of Marxist in Nepal are diverting their dogmas from Hinduism or Buddhism. Let them follow what they like but control it if they are influenced by the dollars.

Nepalese politicians see the problems in caste but my conscience says they are the glory of nation. A nation looks beautiful if she filled with various flora and faunas. When nation is developed, what she may have to show their future generation. Nepal has everything except the honesty in politics and dedication to their deed. Our Nepal is rich in everything except the government. Natural calamities troubled sometime as disastrous earthquake sometimes as landslides sometimes as flooding but still they are living their life.

Eastern philosophy or myths have to be taught to Nepalese students though they seem to be irrational, superstitious but they are filled with science. Every myth is relevant to the contemporary society.  There is science and source of knowledge. Wright brothers made and flew the plane but in our myths our Gods used to travel in their own aviation. It was written. It is not new discovery but it has already been used. Today scientists should do research on these matters. There are so many other examples.   


Let every Nepali live in glory but not in mercy. Let them feel proud being a Nepali. Let it be like the part of human body which no one can give it up or imagine to abandon it. Let it be prosperous by amending its part or article where they discriminate Nepalese in the name of caste, region, religion and other. Let every Nepali live with their own interest rather than vested interest. It can last long  live if some amendments are done.