२०७५-४-१५
परिवर्तन खोई त?
परिवर्तन खोई त?
नेपालको वर्तमान राजनैतिक परिवेशलाई एक स्वतन्त्र नागरिक भएर हेर्दै गर्दा देशमा न प्रजातन्त्र नै छ न गणतन्त्र तर व्याप्त भ्रस्टाचार अनि काममा ढिलासुस्ती व्याप्त छ। हिजोको दिनमा सडकमा देखिएको आन्दोलन र आजको परिवेशमा केहि परिवर्तन छैनन। वर्तमान प्रधानमन्त्रीले हिजोको दिनमा जनता समक्ष गरेका वचन पुरा गरिदिनेहोभने सडकमा निस्कने मानिस हुनेथिएन किन कि घर घरमा पाइपमा ग्यास, वृदाहरुलाई घर घरमानै रु ५०००। वृद्द भत्ता सुशान, जथाभावी कर वृद्दी, प्रदुशण वृद्दीको नाममा मोटोर साइकलको लागि पनि रु १००। न्यायोचित देखिने थियो यदी प्रत्यक घरमा रहेका सामानहरु एक दिन नपुछ्दा धुलाले नढाकिने अवस्था भए तर के गर्नु १० मिनेट सडकमा निस्कद्दा धुलाम्यै हुनुपर्छ राजधानीमा।
नेपालेहरुको आम्दानीको श्रोत बढेको अवस्ठामा कर वृद्दी गर्दा पनि न्यायोचित नै हुनेथियो तर आम्दानीमा वृद्दी छैन कर वृदी गर्दा कहाबाट ल्याई तिर्छन नेपालीले? वर्तमान सरकारले न्यायोचित कार्यगर्दै जाने हो भने सडकमा नारा घन्काउन को निस्कन्थे होलान र? वेरोजगारलाई रोजगार सृजना गरी रोजगार दिने कुरो घोषणा पत्रमा नै उल्लेख थियो। यदी ति वेरोजगारलाई रोजगार दिलाउन सकेको भए किन सडकमा प्रधानमन्त्रीको पुत्ला दहनको लागि निस्कन्थे होलान? प्रधानमन्त्रीले प्रतिपक्षलाई अव हैसियत नै छैन माइतीघर मन्डलामा चिच्याउने त हुन भन्दा के होला? प्रधानमन्त्रीले बुझ्नु पर्ने होइन र एक डाक्टरलाई चलाउदा आफै चल्नु पर्ने अवस्था धन्यै भएको थियो तर गणितिय हिसावमा एमाले र एमाओवादी मिली आफनो पहिचानको अन्ते गरी नेपाल कम्नीस्ट पार्टीको नेता भैरहादा कहि कतै आत्मा गलानीले त पिरोलेको हैन?
नेपाली काङ्रेसको जनमत त्यती कमजोर छैन। नेताहरुको दुस्टाई र आफुले पाए ठिक र अरुले दलको हसियतमा चुनाव लड्न पाउदा गलत र अन्तरघातको सिकार बनेको छ। कुनै पनि व्यक्ती सत्ताको मातले अन्धो हुनो पुग्दो रहेछ। त्यसैले हिजोको दिनामा वर्तमानमा सरकारमा रहेका व्यक्तिको आदेशको भरमा प्रधानमन्त्रीको पुत्ला दहन हुन्थ्यो आज वर्तमान प्रधानमन्त्रीको। त्यसैले प्रधानमन्त्री ज्यू प्रतिपक्षले के भन्छ भन्नु भन्दा पनि नेपाली जनतालाई के चाहिएको छ भनी आफ्नो कार्य गरेमा काग कराउदै छ पिना सुक्दै छको अवस्था हुने थियो।
हिजोको दिनमा तिरेको करले देशलाई चलाउन पुगेकै थियो। किन् उनीहरुलाई जिस्काउन पर्यो र? वरु कर छल्नेहरुको लिस्ट तयार गरी उनीहरुबाट कर लिएमा सजिलो पर्ने थियो। अवसर आफु दिने तर दोश अरुलाई थुपार्ने कार्य पनि न्यायोचित भएन नि? नेपालको आन्दोलनका परिदृश्यहरु हिजो र आजमा केहि फरक देखिदैन। प्रदशनकारीहरु ढुङ्गा वर्साउछन अनि प्रहरी लाठी, असुर ग्यास र गोली। खोइ त परिवर्तन। अव सवैले भोग्ने प्रकारको परिवर्तन चाहिएको छ नेपाल र नेपालीलाई? हैन र सरकार?
प्रधानमन्त्री ज्यू तपाइले सस्कृत विश्वविद्यालयको कुलपतीलाई हवाई धावनमार्गबाट बालुवाटारमा कुनै अपराधीलाई गिरफ्तारी गरे झै गर्नु भयो यसले प्रधानमन्त्री उचाई कम पारेको छ। अनि त्यस्तै गरी हिजोको दिनमा कानुनसम्वत नियुक्ती पाएका व्यक्तीहरुलाई क्याबिनेटबाट पास गराई उनीहरुलाई जागीरबाट बर्खास्ती गर्दैगर्दा उनीहरु के नेपाली हैनन र अनि तपाई नेपालको प्रधानमन्त्री कि नेपाल कम्निस्ट पार्टीको। साच्चै तपाई कम्निस्टको प्रधानमन्त्री हुदा त्यस्तो बर्खास्तीको कार्य गर्न मिल्छ तर तपाई नेपाल र नेपालीको प्रधानमन्त्री हो भने मिल्दैन मेरो बुझाइमा। यदी बर्खास्ती गर्दै जानुहुन्छ भने तपाइको पुत्ला दहन गर्नेको सन्ख्या पनि बढ्दै जानेछ। आफ्नो सुरक्षा को लागि पनि कार्य गर्न दिदै राम्रो हुनेछ। कार्य गर्दै जादा उनीहरुले पदिय दायित्व पुरा नगरेमा त जनताले खोशि दिदा रहेछन नि। उदाहरणको लागि हजुरले नियुक्ती दिएका कानुन मन्त्री नै छन नि, हैन र?
नेपाली काङ्रेसले पनि प्रजातन्त्रीक शैली अपनाई गलत निर्णयमा विरोध र असल कार्यमा साथ दिएमा नेपाल र नेपालीको लागि कल्याण नै हुनेथियो। नेपाली काङ्रेस अव नेतामुखि नभै जन मुखि हुनुपर्ने देखिन्छ। कुनै पनि नेतालाई एकै पदमा दुई कार्यकाल भन्दा बढि पद लिन पाउने व्यवस्था अन्ते
गर्नोस किनकि यो कुनै एक व्यक्तिको पेवा होइन। हिजो कोइरालाले नेतृत्व गर्दा कोइरालामुखि नै भएको थियो नेपाली काङ्रेस भने अहिले आएर देउवा मुखि भएको छन जुन साङगाठानिक रुपले नेपाली काङ्रेसलाई कमजोर वनाएको छ। यसको लागि अव देउवाले नेपाल, नेपाली र नेपाली काङ्रेस अनि समग्र प्रजातन्त्रलाई मजबुत पार्नको लागि बरिस् ठ नेताको रुपमा रहि वाच डगको रुपमा कार्य गरेमा सवैको कल्याण हुनेथियो।

गएको स्थानीय, प्रान्तीय र सङ्घिय चुनावलाई पुनरमुल्याङकन गर्दै जाने हो भने दलहरुले आफ्नो दलिय हैसियत गुमाएका नै हुन। नेपाली काङ्रेसले कहि माओवादीका कहि नयाशक्ती, राप्रपा आदीलाई भोट मागेकै हो भने एमालेले माओवादी, मधेशका दललाई पनि। उनीहरु पुर्ण रुपमा आफ्नो हैसियत विर्सी अरुलाई सघाए अनि अहिले सरकार र प्रतिपक्षको रुपमा कटाक्ष गर्नु पर्दैन तर एकले अर्काको सहकर्मीको रुपामा कार्य गरिदिएमा नेपाल र नेपालीको कल्याण हुनेथियो। कति सधै ढुङगा मुढा, असुरग्यास, गोली ,तोडफोडमा लाग्ने। अव सवै मिलेर नेपाल वनाउने हो कि?
राजनैतिक परिवर्तनले नेताको हैसियत बढाएको छ तर नेपालीको भने बढेको छैन। चुनाव इमानदारको लागि हैन पैसावाल र दललाई आर्थिक सहयोग गर्न सक्नेले समात्न पुगेको छ। जसलाई हिजो आसा गरेको थियो आज तिनै नेताहरु भ्रस्टचारको नाममा जोडिन पुगेका छन। हिजो राजा र राणाले गर्ने सयल अहिलेका सत्ताधारीहरु गर्दै छन। अव नेपालीले बुझ्न पाउनुपर्छ कसरी वर्तमान सरकारको नेतृत्व हिजोको जहानिया र पारिवारिकता भन्दा फरक छ? के यो भिन्नता देखाउन सक्छ वर्तमान सरकार र दलका नेतृत्ववालाहरु?

चन्द्र कान्त पण्डित
पोखरा लेखनाथ -३२, कास्की, नेपाल।
पोखरा लेखनाथ -३२, कास्की, नेपाल।