Friday, February 21, 2020

कहा छ समानता, नेपालमा ?

२०७६ -११-१०
कहा छ समानता, नेपालमा ?
नेपालको संविधान २०७२ ले भाग ३ मा मौलिक हक र कर्तव्यको व्यवस्था गरेको छ । धारा १८ मा समानताको हकको व्यवस्था गरेको छ । यसै धाराको उपधारा १ मा सवै नागरिक कानूनको दृष्टीमा सवै समान हुनेछन । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।
नेपालको संविधान २०७२ ले प्रदान गरेको मौलिक हक भित्रको समानताको हकको व्याख्या वुझ्न सकेको छैन मैलै । सम्वन्धित कानून विज्ञहरुले यसलाई स्पष्ट पारिदिएमा म जस्तै करौडौ नेपाली आभारी हुने थियौ । अन्यत्र के छ भन्ने कुरालाई मेरो दृष्टीमा खासै अर्थ राख्दैन किनकि सवै नेपालीको पौंच त्यहांसम्म पुग्दैन र पुग्नु पर्छ भन्ने पनि छैन तर हाम्रो देशको संविधानले शाषक र शाषितको विच फरक हुनुपर्छ भन्ने मान्यतालाई सिधै अस्विकार गरेको छ ।
हिजो फाल्गुण ९ मा महाशिवरात्रीको पावन अवसरमा हिन्दुहरुका आरध्य श्री पशुपतिनाथको दर्शनको सिलसिलमा जे देखे, जे भोगे त्यो मैले वुझ्न सकिन । दर्शनको प्रवन्ध राम्रो थियो तर स्पष्ट रुपमा नेपालीलाई २ वटा नजरले हेरियो र गरियो पनि । के नेपालका नेता र शाषकलाई नेपाली जनता भन्दा माथि राखिएको हो । हैन भने किन एक साधरण नेपाली पशुपतिनाथको दर्शनको लागि करिव ४ घण्टाको लाइनमा वस्नुपर्ने तर नेता र शाषकलाई गाडिको पौंच मन्दीरसम्म पुर्याइ दर्शन गर्ने जुन परम्परा छ त्यो गलत छ र यस परम्पराको अन्त्य गरी दर्शालु भक्तजनलाई पानीमा भिजाइ वा घाममा उभिइ गरिएको दर्शनले सवै नेपाली समान छन भन्ने भावको सृजना गर्न सकोस ।
गणतन्त्र आयो तर कहां ? आवाज यही थियो मेरो ४ घण्टाको भोगाइमा । संम्वन्धित सवैको ध्यान गएमा र यस आवाजलाई सम्वोधन गरेमा नेपालको संविधान २०७२ ले भाग ३ मा उल्ेलख गरेको मौलिक हक र कर्तव्यको हक र धारा १८ मा समानताको हकको व्यवस्था गरेको छ जुन सही अर्थमा व्यवहारमा उत्रिने थियो र केही क्षणमात्र भएपनि शाषक र शाषितको साक्षातकार हुने अवसर मिल्ने थियो । त्यसैले आजको आवश्यकता सही अर्थमा समनताको प्रयोग हुनुपर्छ । पद आफैमा ठूलो छ र माननीय र सम्माननीय पनि । राष्ट्रपति र नेपाली जनताको विचको भेदको अन्त्य गरेमा मात्र हिजाका राणा, राजा र अहिलेका राष्ट्रपतिको विचको भेद छुट्टीने छ र नेपाली भन्ने छन यही हो खोजेको नेपालीले । अन्यथा पुरानो बोटलमा नया रक्सीको उखान जोडिने छ ।