Saturday, March 22, 2025

नेपालको सरकार र राजनैतिक नेतृत्वले शक्तिको पहिचान नगरेमा!

 नेपालको सरकार र राजनैतिक नेतृत्वले शक्तिको पहिचान नगरेमा!

शिक्षक प्रत्येक मानव समाजमा अग्रज हुन। त्यसैले प्रत्येक मानव सभ्यतामा गुरुको उच्च सम्मान रहेको हुन्छ र गुरुहरुले यसको मान र मर्यादा राख्नसक्नुपर्छ। नेपालको सरकार र राजनैतिक नेतृत्वले शिक्षकमा रहेको शक्तिको पहिचान नगरेमा असहज अवस्थाको सिर्जना हुन सक्छ।
शिक्षकले बुझ्नु पर्छ: विद्यार्थी बिना विद्यालय रहँदैनन्
। अभिभावक बिना विद्यार्थी रहँदैनन् । त्यसैले शिक्षकका महत्वपूर्ण पात्र भनेका विद्यालयका विद्यार्थीका अभिभावक हुन। शिक्षकले आफ्नो हक, अधिकारका कुरा गर्दै गर्दा प्रत्येक विद्यालयका पहिलो इँटा अभिभावक नै हुन। ती अभिभावकका विश्वासले नै ती विद्यालयमा विद्यार्थी पठाइदिएका छन्। तीनै विद्यार्थीको उपस्थिति र तीनै विद्यार्थीले प्राप्त गरेको नतिजाले विद्यालय धन्य भएका छन।
आज शिक्षकले बुझ्नुपर्छ: नेपालको संविधान २०७२ ले भाग ३ को धारा ३१ मा प्रत्येक नेपाली नागरिकको शिक्षा सम्बन्धीको हकको बारेमा लेखेको छ। उक्त भाग र धारामा आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ भने माध्यमिक तहको शिक्षा निशुल्क पाउनुपर्छ भनी संविधानमा लेखिएकाे हुँदा ती विद्यार्थीले पाउने हकको बारेमा शिक्षकले उठाउँदैन्, शिक्षक नेतृत्वले उठाउँदैन् भने ती आवाजको संम्बोधन कसले गरिदिने।
पहिलो काम शिक्षकले आफ्नो हकको भन्दा पनि कर्तव्यको पालना गर्नुपर्छ। शिक्षकको लागि विध्यार्थी नै सर्वेसर्वा हुन। ती सर्वेसर्वा व्यक्तिहरु प्रति र भोलिका भविष्य र राष्ट्रको नेतृत्व गर्ने जनशक्तिको बारेमा शिक्षकले बुझ्नैपर्छ। तर पनि प्रत्येक शिक्षक कक्षाकोठामा पुग्दा उनीहरु भन्ने गर्छन :
संविधान देशको मुल कानुन हो। यो सबैले मान्नुपर्दछ। यसमा लेखिएका हकको सदुपयोग सबै नागरिकले उपयोग गर्न पाउनुपर्छ भनेर कक्षामा सिकाउँदै गर्दा आज नेपाल भरिकै प्राय सबै विद्यालयहरुले विद्यार्थीसँग शुल्क उठाउँदै विद्यालय चलाइ लज्जाको पात्रको रुपमा नेपालको शिक्षक रहेको छ। त्यसैले अब नेपालका शिक्षकले आफ्नो मागलाई भन्दा विद्यार्थको आवाज बन्न सक्नुपर्छ। जब शिक्षकले विद्यार्थीको बारेमा बोलिदिन्छ तब ती विद्यार्थी र तीनका अभिभावकले शिक्षकको आवाजमा उत्रिन सक्छन्। जव विद्यार्थी र तीनका अभिभावक शिक्षकको शक्ति बन्न पुग्छन् , अनि शिक्षकका आवाज सुनिन पुग्छन। यदि शिक्षक र विद्यार्थी माथि नेपालको राजनैतिक नेतृत्व र नेपालका तीन तहका सरकार अन्याय गर्न पुग्छन् भने शिक्षक, विद्यार्थी र तीनका अभिभावक एकै ठाउँमा उभिएर हनुमानको हुँकार निकाल्न सकेमा न सरकारका आयु रहन्छन, न राष्ट्रको संविधान न राजनैतिक दलको नै। यी तीनै प्रकारका शक्तिलाई जरैदेखि उखेलेर फालिदिन सक्छन्। त्यसैले नेपालका शिक्षक र तीनका नेतृत्वलाई विद्यार्थी बुझ्न, र ती विद्यार्थीका अभिभावक बुझ्नको लागि अपिल गर्दै, शिक्षकका संघ, संगठन र महासंघका नेतृत्वले विद्यार्थी र तीनैका अभिभावकलाई बुझी उनीहरुको पक्षमा बोल्नुपर्छ।जब शिक्षकको बारेमा विद्यार्थी र तीनका अभिभावक बोल्नथाल्छन र विद्यार्थी र तीनका अभिभावकको पक्षमा बोल्न थाल्छन् सबै शक्तिहरु उनीहरुको अगाडि घुँडा टेक्नुपर्छ।
नेपालको शिक्षकको आन्दोलन बालबच्चाले मटेरा खेलाए झै गर्नुहुँदैन। उपयुक्त समयको खोजी होस। विद्यालयमा विद्यार्थी भर्नाको समय र अन्तिम परीक्षाको समयमा कुनै प्रकारको आन्दोलन नगरियोस। हिजोका दिनमा गरिएका आन्दोलन शिक्षक मैत्री भएनन् र केबल नेतृत्व मैत्री भए। शिक्षकको नेतृत्वले सरकारसँग सम्झौता गर्दा अस्थायी सेवा अवधि पेन्सन प्रयोजनको लागि मात्र केन्द्रित रह्यो र यो सबै शिक्षकको सवालमा काम गर्न सकेन। यस्ता विभेदकारी सम्झौता नगर्नको लागि पनि अपिल गर्दछु।
अर्को कुरा शिक्षक सडकमा निस्कन हुँदैन। जब सडकमा शिक्षकहरु निस्कन्छन् उनीहरु बिना प्राप्ति निस्कनु हुँदैन। २०८० को आन्दोलनले नेपालका शिक्षकहरु माथि ठूलो घात गरेका छन्। एक जना सुदुर पश्चिमको शिक्षक र एक जना पूर्वको शिक्षक आफ्नो पेशाको लागि काठमाडौँ आउँदा कति खर्च भयो र कति समय लगाए। आखिर के पाए? त्यसैले आन्दोलनलाई बालकको खेलको रुपमा नलिनको लागि अपिल गर्दछु।
शिक्षकको आन्दोलनले विद्यालय, विद्यार्थी र अभिभावक प्रति प्रतक्ष्य प्रभाव परेको हुन्छ। त्यसैले आन्दोलनको तिथि मिति तय गर्नुभन्दा अगाडि राम्रोसँग सुझबुझका साथ लाग्नु। शिक्षकको आन्दोलन अरुको आन्दोलन जस्तो होइन। यसले पुरा समाजलाई अस्तव्यस्त पारेको हुन्छ। यसप्रति सजग रहनको लागि पनि अपिल गर्दछु।
नेपालको सरकार र राजनैतिक नेतृत्वले शक्तिको पहिचान नगरेमा भिरबाट खस्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिदैन। त्यसैले सबैले बुझ्नुपर्छ र सबैलाई महत्व दिनुपर्छ।

नेपाली जनताले खोजेको गणतन्त्र आएजस्तो लाग्दैन !

 

२०८१/११/१४
नेपाली जनताले खोजेको गणतन्त्र आएजस्तो लाग्दैन !
- हिजो राजा हुँदा सडक जाम भन्ने गर्थे आज राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सवारीमा त्यस्तै देखिन्छ।
- गणतन्त्रमा सबै नेपाली नागरिक बराबर भन्ने गरिन्छ तर मन्दिरको दर्शनमा हजारौं लाइनमा रहेका भक्तजनलाई मन्दिरको दर्शनमा रोक लगाई राष्ट्रपति लगायत अन्य VIP लाई सिधै दर्शनको व्यवस्था गरिन्छ। अनि समानता र बराबर कता भयो त?
- सुरक्षा राष्ट्रपति होस वा सामान्य नागरिक सबैलाई चाहिन्छ। तर त्यो पाइएन र राजतन्त्र र गणतन्त्र बिच एक निर्वाचित अर्को जन्मजात त्यति बाहेक अरु भिन्नता कहीँ कतै देखिदैन्।
- राजतन्त्रमा एक दरबार हुँदा सधैँको लागि पुगेको थियो तर गणतन्त्र मा पाँच पाँच वर्षमा महलको खोजीगर्नुपर्ने देखियो र जताजतै गणतन्त्रमा असमानताको विउ रोपियो जसले राजतन्त्र र गणतन्त्र बिचको भिन्नता नेपाली नागरिकले गर्न पाएका छैनन्।
- मन्दिर दर्शनमा जुन दिन राष्ट्रपति नागरिकको लाइनमा बसेरै दर्शन गर्ने परिपाटी बदलिदैन् त्यो दिनसम्म राजतन्त्र भन्नु वा गणतन्त्र भन्नु शक्तिको पुजा बाहेक अन्य केही होइन। त्यसैले यस्ता कुरामा समग्र नेपाली सचेत हुनुपर्छ र नेपाली जनताले चाहेको गणतन्त्र सम्वृद्धिको गणतन्त्र हुनुपर्छ, समानताको गणतन्त्र हुनुपर्छ, समाजवादको गणतन्त्र हुनुपर्छ। अनि मात्र नेपाल समुन्नत बन्न सक्नेछ।
- हिजो राजाको छोरा राजा भए आज नेताका सन्तान र परिवारजन।
- दलको नेताको पृथ्वीमा अन्तिम सास रहुन्जेल अरु दलको नेतृत्वलाई नेता मान्न तयार नभएपछि आखिर गणतन्त्र र राजतन्त्र भनेका एक सिक्काका दुई पाटा जस्तो भएको छ। अर्थात। गणतन्त्र पनि नयाँ बोटलमा पुरानो रक्सी राखे जस्तै देखिन पुगेको छ।
- धरानका नगरप्रमुख हर्क साम्पाङ उनका मतदातासँगै हिडेर श्रम दान गरेर पानी पिवाउन सफल हुनुभयो र उहाँ स्थानीय तहको सरकार प्रमुख पनि भएकोले सुरक्षा त उहाँलाई पनि चाहिन्थ्यो होला। त्यती लामो समय जनश्रम गर्दैगर्दा पनि उहाँ सुरक्षित भएको हामीले पाएका छौ। अरुले के गर्छ होइन आफुले के गर्ने हो त्यो नै महत्वपूर्ण हुनेछ।
- अव त आचरणमा परिवर्तन गर्नुपर्छ कि?
- सडक जाममा पर्दा कत्तिको मानसिक पिडा हुन्छ। त्यसको बोध राष्ट्र प्रमुखले कहिले गर्न पाउने। जीवन अनुभवको सँगालो हो। त्यसैले अवका दिनमा गणतन्त्रका नायकहरू उनीहरुका मतदाता भन्दा माथी कहिल्यै हुन नसक्ने भएकोले सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा बैकुण्ठ गैजाला किन भनेको होला समग्र नेतृत्वलाई बुझ्नको लागि अपिल गर्दछु।
- यसमा सम्बन्धित सबै सजग हुनुपर्ने देखिन्छ।

भाषा, धर्म, संस्कार र संस्कृति

 भाषा, धर्म, संस्कार र संस्कृति

भाषा, धर्म, संस्कार र संस्कृति प्रत्येक राष्ट्रका गहना हुन्। तीनको संरक्षण सबैले गर्नुपर्छ र त्यसमा रमाउन सक्नुपर्छ। आफ्नोलाई छि तर अर्कोलाई आज्जै भन्ने संस्कार बढिरहेको छ। प्रत्येक विद्यालय र महाविद्यालयको पहिलो उद्देश्य आफ्नो नागरिकलाई आफ्नो मातृभाषामा साक्षर र निपुण बनाउनु पर्छ र त्यसपछि विश्व समाज बुझ्नको लागि अन्तर्राष्ट्रिय भाषाहरू बुझ्नु जरुरी छ। यदि कुनै राष्ट्र आफैमा सम्पन्न छ र आधुनिक प्रविधि प्रति आत्मनिर्भर छ भने अन्य भाषाको जरुरत पनि छैन। किनकि भाषा संचारको माध्यम हो : आफ्नो कुरा अरुलाई बुझाउन र अरुको आफुले बुझ्न।
तर नेपाल आज आफ्नो भाषा, धर्म संस्कार र संस्कृति बिर्सदै अरुका कुरा अनुकरण गरिरहेको छ। ऋषिमुनिको तपोभूमि आफ्नो भाषा र संस्कृति हराइरहेको छ। यो हिजोको दिन खुला विश्वविद्यालयको रुपमा थियो जो तप , ध्यान गर्न चाहन्थे उनीहरु पहाडको खोचमा वा गुफामा वा ठूलो वृक्षहरुको फेदमा वा ओडारमा वसेर स्व अन्तरमनको यात्रामा लाग्दै अध्यात्मिक मन, सनातनी पन, विश्व भातृत्वको भावना, विहानको बनाएको खाना साँझसम्म आइपुग्दा वासी हुने, घरमा कोही आयो भगवानको रुप देखि अतिथि देवो भवको भाव जगाउने , सानालाई माया ठूलालाई आदर र ढोगको संस्कार दिलाउने पन विस्तारै विदेशी प्रभावले ओझेलमा पारिरहेको छ।
हेक्का राख्नुपर्छ नेपालमा हावा, पानी, माटो, सम्पदा र जनशक्ति अथाह हुँदाहुँदै पनि आफ्नो पन र संस्कार शिक्षाले दिन नसक्दा विदेशी स्वाद र पहिरनमा हराउन थालेको छ। अहिलेको आधुनिक युगमा प्रविधी चाहिन्छ नै, चिल्ला गाडी र सडकका साथै हवाइमार्ग र यानको पनि आवश्यकता हुँदाहुँदै पनि ती चिज वा वस्तु वा वैज्ञानिक उपकरणको उपयोगमा मानवीय गुण, मुल्य र मान्यता क्षयीकरण भएको छ। त्यसैले उपयोग कर्तामा यी र यस्ता गुणहरु भएमा मात्र तीनको सही सदुपयोग हुन सक्छ र कल्याणकारी कार्यमा मानिस जुट्न सक्छ।
प्रकृतिको अगाडि मानिस घमण्ड गर्छ भने त्यो व्यर्थ छ। किनकि मानिसका गगन चुम्बी भवन हुन कि आधुनिक पुलहरु किन नहुन उसले जतिसुकै बलिया भनेका किन नहुन् प्रकृतिले चाहँदा वा प्रकृतिले आफ्नो रुप देखाइदिदा क्षेणभरमा ध्वस्त हुनेछन्। प्रत्येक मानिसले बुझ्नु पर्छ मानिसको शरीरबाट देह त्याग गरिदिएपछि उसले जे माथि घमण्ड गर्थ्यो उ कसैको रहन शक्दैन। एक मिनेट अगाडिसम्म आफ्नो मुटु जस्तै लाग्ने व्यक्ति उ लासमा परिणत भैदिन्छ र जलेर खरानी बन्दै वा पुरिएर सड्दै माटोमा परिणत हुँदै वा गिद्दको आहारपछि गिद्धको विष्ट हुँदै अन्तमा माटोमा नै परिवर्तन हुने हो तर प्रकृया भने फरक हुनसक्छन्। यी यस्ता कुराको हेक्का शिक्षाले सिंचित गरिदिन सक्ने हो भने मानिसमा रहेका काम, क्रोध, मोह, लोभ , अँहकारबाट मुक्त हुँदै मानव समाजमा द्वन्द्वको अन्त्य , भ्रष्टाचार विहिन मानव समाज जहाँ सभ्य र शिष्टताले वास गरेको हुन्छ अनि तेरो र मेरो भावबाट मुक्त हुँदै एक सभ्य समाजको सिर्जना हुन्छ। त्यो प्रविधिबाट सम्भव छैन त्यो त केवल अन्तरमन वा आध्यात्मको मार्गबाट मात्र सम्भव हुन्छ। मानिसको भाषा, धर्म, संस्कार र संस्कृति सकिएपछि त्यो मानव समाज कृतिमताले भरिएको प्लाष्टिकका फुलले सिँगारिएको जस्तो हुने छ; केवल दृष्टि भ्रम मात्र न वास्ना न वास्तविकता। तर यदि मानिसमा भाषा, धर्म, संस्कार र संस्कृतिको साथ छ भने आधुनिक उपकरणको उपयोग गर्दै भोलिका दिनमा शक्ति सम्पन्न राष्ट्र जहाँ भाषा , धर्म, संस्कार र संस्कृतिको समायोजनमा सभ्य र शिष्ट मानव समाजको विकास गर्न सकिन्छ। त्यसैले शिक्षाले राष्ट्र अनुसारको भाषा , धर्म, संस्कार र संस्कृति सिकाउने हुनुपर्छ र paradox बाट मुक्त हुन सक्नुपर्छ। जसले
विद्यां ददाति विनयं विनयाद् याति पात्रताम् ।
पात्रत्वात् धनमाप्नोति धनात् धर्मं ततः सुखम् ॥ भन्ने भाव शिक्षार्थीमा पस्कन सक्नुपर्छ। अनि मनमा शान्ति र समृद्धिको वास हुनेछ जसले चरम सुखको बोध गराइदिने छ।

शिक्षा स्वास्थ निशुल्क, शिक्षा पछिको रोजगार वा स्वरोजगारको खाका कोर्दै

 २०८१/११/१९

शिक्षा स्वास्थ निशुल्क, शिक्षा पछिको रोजगार वा स्वरोजगारको खाका कोर्दै नेपालका ७५३ स्थानीय सरकार, ७ प्रदेश सरकार र १ संघीय सरकार एक जुट भएर लाग्नुपर्छ। पराधिनलाई ल्याउनुपर्छ, हाम्रा आफ्नै मौलिक रैथाने , अन्नपात, फलफुल, सागसब्जीको जोहो गर्नु पर्छ अनि मात्र राष्ट्र उभो लाग्न सक्छ। देखाउने काम गलत हो । त्यसैले यथार्थमा मानव समाजलाई डोर्याउनुपर्छ।
प्रत्येक स्थानीय तहको सरकारको सोच शिक्षामा जोड दिनुपर्दछ। आज हजारौ बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट बन्चित भएका छन् । विद्यालय, शिक्षक‌ र विद्यालयको नेतृत्वको कारण School is dead भन्ने अवस्थामा छन भने School is bad for children भन्ने लेखहरू पढ्दै गर्दा ओइगातको कुरा जस्तो लाग्दछ तर यथार्थमा सत्य यही नै हो। नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने १२/१३ लाखको हाराहारिमा कक्षा १ मा बालबालिका भर्ना भएका हुन्छन् भने SEE परीक्षामा करिब ५ लाख विद्यार्थी सामेल भएका हुन्छन्। अनि बिच बाटोमा नै करिब ७ लाख विद्यार्थी अलपत्र परेका हुन्छन्। अब के ती ७ लाख बालबालिकाका लागि विद्यालय छन् त? सुन्दा School is dead अचम्म लाग्नसक्छ, ओइगातको कुरा लाग्न सक्छ। तर यथार्थता यही नै हो।
आज सडकका पेटीमा वा अन्य कतै बरालिएका बालबालिका छन् भने ती विद्यालयका कारणले पनि छन् । अस्वस्थ प्रतिस्पर्धा, राम्रा र योग्य बालबालिकालाई प्रवेश परीक्षा लिइ विभिन्न कक्षा मा भर्ना गर्ने र कमजोर बालबालिकालाई विद्यालय भित्र छिर्न दिइदैन भने त्यस्ता विद्यालय पनि अर्थहिन नै हुनेछन। त्यसैले प्रत्येक विद्यालयमा बस्ने र अध्ययन गर्ने स्थान भएपछि र विद्यालयमा विद्यार्थी जन्मदर्ताको प्रमाणपत्र, EMIS transfer, grades sheets लिएर विद्यालय छिर्छन् भने त्यस्ता बालबालिकाहरुलाई पढ्ने अवसरबाट वन्चित गराउँन हुँदैन। त्यसैले शहरका पेटीमा बालबालिकाहरु विद्यालय नगइ कुलतमा लागेका छन् भने न त्यो स्थानको शैक्षिक संस्थाहरूमा ठिक भए , न स्थानीय सरकार नै। यदि बालबालिकाहरु कुलत फस्छन् , कोही सडकमा मागेर जिवन यापन गर्छन भने त्यो शहर वा गाउँ सभ्य समाज हुन सक्दैन। सभ्य समाजभित्र त दया, माया करुणा, आपसी मेलमिलाप , सामाजिक सोच, समाजको संरक्षण र सामाजिक न्याय मौलाएको हुनुपर्छ।
त्यसको लागि स्वास्थ्य रहन सबै नागरिकले पाउनुपर्छ। स्वास्थ्य भैसकेपछि शिक्षा। शिक्षामा पनि सिप जोडिएको हुनुपर्छ। जब शिक्षामा सिप हुन्छ, बोलिमा माधुर्यता, ओठमा मुस्कान, सोचमा आत्मनिर्भर र पराधिनलाई बहिष्कार गर्ने ल्यागत रहन्छ अनि मात्र मानव समाज सुख र सम्वृद्धिले सम्पन्न भएको समाज बन्ने छ। त्यसैले नेपालका सबै स्थानीय तहका सरकारहरु आफुलाई हाकिम र मालिक नठानी समाजसेवीको रुपमा लिन सके मात्र समाजमा भाइचाराको भाव उजागरत रहने छ। शिक्षक र शिक्षण पेशालाई सबैलो पहिलो रोजाइको पेशामा परिणत गर्नसक्नुपर्छ। जसको कारण स्वरुप सबै सरकारहरु बलिया र जनप्रिय हुनेछन्। त्यही मार्ग नै समाज परिवर्तनकाे मार्ग हुनेछ।

२०८१/११/२१ शिक्षक नेतृत्वले तीन तहको सरकारसँग धावा बोल्न सक्नुपर्छ!

 

Chandra Kanta Pandit is with Rajendra Adhikari and 
98 others
.

March 6 at 7:38 AM 
Shared with Public
Public
२०८१/११/२१
शिक्षक नेतृत्वले तीन तहको सरकारसँग धावा बोल्न सक्नुपर्छ!
शिक्षक सोच हो। त्यसैले उसँग विद्यालय, विद्यार्थी र शैक्षिक उन्ननयनमा लागि मात्र शैक्षिक गुणस्तर कायम गराउने आधार तयार गरी त्यसैमा लाग्नसक्नुपर्छ।
- शास्त्र शिकाउने शिक्षकले शस्त्र चलाउन पनि सक्छ। शिक्षकको अस्त्र भनेको सोच नै हो।- सदैव शस्त्र ऋषिले चलाउन हुँदैन भन्ने ऋषि जमदग्निले उनको कामधेनु गाईको सुरक्षाको लागि तत्कालिन राजा सहर्ष वाहु कात्तिके बीर अर्जुनसँग हतियार चलाउन परेको थियो। त्यो समयको माग थियो।
- शिक्षक नेतृत्वले बुझ्नु पर्छ शिक्षक आन्दोलन दुईवटा समयमा गर्नुहुँदैन: परीक्षाको समय र विद्यार्थी भर्नाको समय ।
- शिक्षकले झुण्ड तयार नगरोस तर नेतृत्व तयार गरोस ।
- शिक्षक नेतृत्वले संघीय, प्रदेश र स्थानीय सरकारलाई धावा बोल्ने सामर्थ्य राख्छ सक्नुहुन्छ। संयुक्त रुपमा राजिनामा सहित २०८४ को स्थानीय,प्रदेश र संघीय सरकारको चुनावमा पुराका पुरा शिक्षक राजनितीमा हुम्ने छ । यो सम्भव छ। राजनीतिको बारेमा सिकाउने शिक्षक राष्ट्रले मागेको बेला सदैव शिक्षकलाई गरिएको अपमानको सबल सिकाउनको लागि भने पनि शिक्षक नेतृत्वले त्यो आँट गर्न सक्नुपर्छ। यो सम्भव छ। काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन्द्र शाह, धरानका हर्क साम्पाङ र धनगढीका गोपी हमालले स्वतन्त्र रुपमा उठेर चुनावमा सफलता हाँसिल गरेका छन् भने ७७ जिल्लाका विद्यालयहरुमा ज्ञान दिने शिक्षक चुनावमा भाग लिने आँट गर्छन् भने विद्यार्थी र अभिभावक आफ्ना शिक्षकहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको नेतृत्व गर्न सक्छन् । बास त्यति मात्र हो शिक्षक एकता अपरिहार्य छ। शिक्षक एक भएर लाग्ने हो भने वडा सदस्य देखि संघीय सदस्य सबै बन्न सक्ने सामर्थ्य राख्छ। त्यसको याद र चुनौती वर्तमान सरकार र सरकारसँग सम्बन्धित राजनैतिक दलका नेतृत्वलाई दिन सक्नुपर्छ।
- शिक्षक नेतृत्वले गर्नैनहुने कार्य चाकडी हो तर वर्तमानका शिक्षक नेतृत्वहरु यसैमा रमाइरहेका छन । जसले गर्दा समग्र शिक्षक अपमानित भएको छ।
- शिक्षक सत्य बोल्न सक्नुपर्छ। शिक्षकले आफ्नो अधिकारको लागि मात्र होइन , शिक्षकका पुन्ज विद्यार्थीको बारेमा बोल्न सक्नुपर्छ। उनीहरुको नेपालको संविधान २०७२ ले ज्ञारेन्टी गरेको हक माध्यमिक तहको शिक्षा निशुल्क उपलब्ध गराउनको लागि शिक्षक नेतृत्वले आवाज निकाल्नुपर्छ।
- रुकुम रोल्पा वा कर्णाली वा अन्य विकट क्षेत्रका शिक्षक अगिल्लो वर्ष काठमाडौं आन्दोलनमा सरिक हुँदै गर्दा करिव एक वर्षको पारिश्रमिक खर्च गर्यो तर त्यो बेलामा शिक्षक नेतृत्वले गलत गर्यो । शिक्षक आन्दोलन सडकमा अलपत्र छोडेर भाग्यो । पछि गएर राहत शिक्षकले केही दिन बढी सडकमा रह्यो सरकारसँग केही सम्झौता गर्न पुग्यो। अहिले शिक्षकलाई सडकमा छोडेर सम्झौता गरी शिक्षक आन्दोलन बन्दाम गर्ने नेतृत्व नै शिक्षकका नेता भएकोले शिक्षक तुरुन्तै विश्वास गर्ने अवस्थामा छैनन्। त्यसैले शिक्षक नेतृत्व सुध्रिनु जरुरी छ।
- शिक्षक नेतृत्व होस वा राजनैतिक नेतृत्व होस उसले सरकारसँग माग गर्दैगर्दा सुदामा निति अबलम्बन गर्नु जरुरी छ। सुदामाले भगवान कृष्णलाई आदा सितो भात अर्पण गर्दा उनेले भनेका थिए- संसारका भोका जिवजीवात्माको भोक मेटियोस। उनले सिधा आफ्नो लागि मागेनन तर समग्र भोका समुहको लागि माग गरे। त्यसभित्र आफुपनि परे। त्यो सामर्थ्य बुझ र सुझ सबै प्रकारका नेतृत्वमा हुनु जरुरी छ।
- शिक्षकलाई हेप्ने विभिन्न तहका गलत निर्णय र नेपालमा धेरै संविधान परिवर्तन हुँदै गर्दा राजा महेन्द्रको शिक्षा ऐन २०२८ बाट नै संचालित हुनुपर्दा नेपालको राजनैतिक नेतृत्वले नेपालका शिक्षकलाई मट्याङग्रोको रुपमा प्रयोग गर्यो तर शिक्षक स्वयंले गुलेली बन्नुपर्ने थियो। शिक्षक नेतृत्व सदैव चुकेको छ र राजनैतिक नेतृत्व लगायत सरकार हेरिरहेको छ। चार महिनासम्म शिक्षकलाई तलव उपलव्ध नगराउने कुनै पनि तहको नेपालको सरकार शिक्षा, र शिक्षक प्रेमी भएको छैन।
- त्यसैले शिक्षकको आन्दोलन गौडा कुरेर बसी सिकार गर्ने बाघ, सिंह र चितुवाको चालमा होइन सूर्यको तेज प्रकाश र चन्द्रमाको सितलताको रुपमा सोचका साथ अन्तिम परीक्षाको नतिजा प्रकाशन गरी, विद्यार्थी भर्ना गरिसकेपछि शिक्षक अन्यायमा परेको छ भन्ने सोच विद्यार्थी र अभिभावकको मन मस्तिष्कमा भरिसकेपछि शिक्षक राजनैतिक नेतृत्व र तीन तहका सरकारमाथि धावा बोल, आवश्यक परेमा एकमुष्ट नेपालका सबै शिक्षकले राजिनामा दिइ अगाडि बढेको अवस्थामा तीन तहको सरकार र राजनैतिक नेतृत्व एक दिनमा नै घुँडा टेक्नेछ। तर त्यो सामर्थ्य लोभि पापी र चाकडीमा रम्ने शिक्षक नेतृत्व गर्न सक्दैन। त्यसैले पहिले कार्य शिक्षक अध्ययनशील हुँदै सबैलाई सबल सिकाउन सक्ने सामर्थ्य राख्न सक्नुपर्छ।
- शिक्षक महासङ्घ सरकारसँग धावा बोल। अन्तिम अस्त्रको रुपमा मात्र शिक्षकलाई सडकमा नबोलाउ। तिमीलाई शिक्षकको पक्षमा वकालत गर्ने सामर्थ्य राख्छौ भनी पठाएको छ। यदि त्यती गर्ने सामर्थ्य छैन भने शिक्षक नेता हुँ भनेर हिड्ने अधिकार छैन। त्यसैले पहिलो सावधान शिक्षक नेतृत्व! दोस्रो सावधान शिक्षा मन्त्रालयका राष्ट्रसेवकहरु, तेस्रो सावधान तीन तहका सरकार र चौथौ सावधान नेपालका राजनैतिक दलहरु।
- सम्झौता गर्ने तर पुरा नगर्ने आन्दोलन र बिलौनाको लागि गरिने आन्दोलन सबैका लागि घातक छन्।
- शिक्षक आन्दोलन जरुरी छ तर आन्दोलन गर्नुभन्दा अगाडि शिक्षक को आन्दोलन के का लागि, कसका लागि, शिक्षक समुह २२/२२ समुहमा विभाजन गर्दैगर्दा शिक्षक नेतृत्व कहाँ थियो। यो कमजोरी सरकारको मात्र नभएर ततसमयका शिक्षक नेतृत्वको पनि हो। त्यसैले शिक्षक आन्दोलन जरुरी छ, तर ठिक समयमा। ठिक सोचका साथ। सधैँ शिक्षक सडकमा आउने बाताबरण तयार नगर सरकार। शिक्षक एक पटक हनुमानको हुँकार सहित सडकमा आए भने तिम्रो अस्तित्व माथि संकट उठ्न सक्छ। सम्बन्धित सबै साबधान!
- सम्बन्धित सबैले बुझ्नुपर्छ शिक्षकको ठाउँ सडक होइन विद्यालय नै हो। विद्यालयबाट शिक्षकलाई सडकमा पुर्याउने कार्य गलत हो भन्ने कुरा समग्र तीन तहको सरकारले बुझ्नुपर्छ र राजनैतिक नेतृत्वले बुझ्नुपर्छ। शिक्षक सडकमा निस्कनु बाध्यपार्नु गलत हो।