Sunday, June 3, 2018

नेपाली भएर नै बाच्न पाउ

२०७५।०२।१९
नेपाली भएर नै बाच्न पाउ, यहि रह्यो मनको आकंक्षा। चित्त दुख्छ नेपाल र नेपालीलाई गरीव भनेकोमा किनकि यहा हावा, माटो, पानी र जनशक्ति सवै छ। हामीसंग नभएको केवल असल नेतृत्व नै हो; चाहे त्यो राजनैतिक वा सांगठानिक वा सस्थागत । असल सांगठानिक नेतृत्व कुनै संगठनले पाउदा त्यसको मुहार फेर्न सकिन्छ। 

वाक कटुताले मानिसलाई एक पटक झुक्काउन सकिन्छ, तर कार्यगत दक्षताले सवै मानिसलाई उसको वरिपरी घुम्ने वनाउन सक्दोरहेछ। कुलमान घिसिङ यसको नमुना बनेका छन। के हामी अव नेपाली भएर जिउने प्रण गर्न सक्छौ त? के हामी भ्रष्टचारलाई जरैदेखि पmाल्न सक्छौ त?के संवृद्द नेपालको लागि हामी एकै स्थानमा उभिन सक्छौ त? पण्डितयाई मात्रले काम गर्ने भए सवै हामी समर्पित हुने थियौ। अव पण्डित्याईलाई छोडेर देशको मुहार पmेर्न तपर्m लाग्दा कसो होला?

No comments: