Friday, August 9, 2019

जीवनमा घटेका दुखत क्षण पनि कति उपयोगी हुन्छन जीवनमा जीवन बुझ्नैका लागि पनि

7 August 2019
जीवनमा घटेका दुखत क्षण पनि कति उपयोगी हुन्छन जीवनमा जीवन बुझ्नैका लागि पनि
कतारको केही महिनाको समयको वसाइले मेरो जीवनमा धेरै कुरा सिकाएको छ। मेरा देब्रे खुट्टा मर्किएकोले हिड्नको लागि असहज भयो।। कतारको अल्सादमा रहेको हमाद अस्पतालमा भारतीय साथिलाई भेट्न पुगेको थिए। त्यसै समयमा मेरो मस्तिष्कमा एक पटक उपचार गराउने निधो गरे। नाम दर्ता गराए, रक्तचाप र ताैल ळिएपछि मलाई पालो पर्खने रुपमा वस्नको लागि पठाइयो। म कुर्दै थिए। मेरो दर्ता १४:४९ मा भयो।
म दङ्ग परे तिर्खा लागिरहेको त्यही समयमा अस्पतालका कर्मचारी २०० मिलिमिटरको एक बोत्तल पानी र जुस दिए सवै विरामीलाई। फेरि पालोको लागि पर्खनु नै थियो। झण्डै ३ घन्टाको पछाडि सवै पालो पर्खेर वसेका विरामीलाई प्याकेटमा खाजा वितरण गरियो। खाजामा सानो एक पुरिया विष्कुट! एक दाना स्याउ, २०० मिलिमिटरको जुस, र ब्रेड दिइयो।
७:३५ मा मेरो चेकअपको पालो आयो। म गए। एक जना महिला डाक्टरले मलाई के भएको हो भनि सोध्नुभयो। मैले मेरो जुत्ता र मोजा खोली मेरो मड्किएको स्थान देखाए। तपाईंको समस्या सामान्य हो। दुखाइ कम गर्नको लागि प्यारासिटामोल र ब्रुफिन र गोडाको लागि कम्प्रेसन ब्याण्डेज दिएर पठाइयो। डाक्टरले मलाई फार्मेसीमा जानको लागि एकवटा मेरो नाम भएको स्टिकर दिएर फार्मेसीमा जानको लागि पठाइयो। फार्मेसीले रिसेप्सनमा जानको लागि पठाइयो। त्यहाबाट फेरि फार्मेसीमा पठाइयो। फेरि फार्मेसीले क्यासिएरमा गयर पैसा बुझाउनको लागि भनियो। मैले कतारि रियाल ५ तिरे।
यो मरभुमिको सरकारले निशुल्क उपचार सवैका लागि गर्न सक्दोरहेछ।। सन्सारको दोस्रो उच्चत्म प्रति व्यक्ति आए भएको देश बन्न सकेको छ। ठ्ला ठूलाठूला पिपलका रुख, सडक किनारामा र वगैचामा दुवो र अन्य फुल तथा बोटविरुवा दैनिक पानीले सिंचाइ गर्नसक्दो रहेछ। ठिक त्यसरी नै गगनचुम्बि भवन, फराकिला बाटा, जमिनमुनिको मेट्रो रेल सेवा, हवाई यातयात, सार्वजनिक वसको व्यवस्थापन, कृषिमा समेत गरिरहेकाे परिवर्तन दुधमा आत्मनिर्भरताको कारण र अन्य अरवियन मुलुकले गरेको नाकाबन्दीलाई वरदानको रुपमा स्विकारी आफ्नो देशलाई सम्पन्नतामा लगेको देख्दा पालो पर्खने समयमा मनमा मेरो देशको यादले सतायो। यहा केही नभएर पनि सवै छ तर मेरो देशमा सवै हावा, पानी , माटो र जनशक्ति हुदाहुदै किन प्रगतिको क्षेत्रमा फड्को मार्न सक्दैन । किनकि मेरो देशमा कानुन छ वोल्न नसक्नेको लागि मात्र। कानुनको पालना भएको छेैन। जसका लाठी उसकाे भैस भन्ने उखान चरितार्थ छ ।मेरो देश विच जङ्गलमा हराएको यात्री जस्तो वनेको छ। अहिले सरकारमा भएकाहरु हिजोको बदमास भन्थे, सामन्ति ,निरकुंश, जहानिया आदि आदि। पल्टाएर हेर्ने हो भने केही फरक छैन हिजो र आजकोमा। कहाँ आएछ गणतन्त्र कुन्नि ।
नेपाळमा राजनेताको अभावको कारण, शिक्षाले बाटो पत्तालगाउन नसकेको अवस्था , संस्कार र संस्कृतिमा विचलन भएको अवस्था नै हो। मेरो देशका नेतागणहरु देशलाई पढेनन, एकले अर्काको विरोध गर्न सिके र सिकाए तर हिमालको भोटे , पहाडको पहाडिया, तराईको मधेसीलाई पढेनन, न हिमालको हिँउ , खोलाको पानी जडिबुटी र यहाँका जिवजन्तु र यहाँको संस्कार र संस्कृति नै पढे नत खाध्यान् तथा अन्य कुनै वालिनालिको वारेमा नै। अमेरिकी विस्तारवाद भन्दै हिडे तर छोराछोरीलाई सपना त्यहीको देखाए। अरुले आफैले प्रयोग गरेको सुविधा अरुले प्रयोग गर्दा सामान्ति , निरङ्कुस , जहानिया आदि हुन्छन तर त्यहि आफुले प्रयोग गर्दा जनपक्षीय आदि रे। यो दोशी चस्मा नै नेपाल उधोगतिमा लाग्नुको मुल कारण हो। सत्ता र पद्धति कुनै खराव हुदैनन् तर व्यक्ति र उसको आचरण मात्र खराव हो । मेरो ठम्माइमा हिजोका राणादेखि वर्तमानको नेतृत्वमा केही फरक छैनन। अवको आवश्यकता प्रवृत्तिमा परिवर्तन गर्नु हो भन्ने रह्यो ।
यतिका धेरै कुराहरु सोच्न वाध्य भए। नेपालमा उपचार हुनेको लागि निशुल्क छ। मुख्यतया नैताको नै।कराैडाै अरवाै खर्च गरिदिन्छन राष्ट्रको ढुकुटीबाट तर निर्दोले त सिटामोल नपाएकोले मृत्युुवरण गर्नुपरेको छ। यहा दिन र रातमा खासै फरक छैन।केटा वा केटी निर्धक्कसँग दिन वा रातमा आफ्नो गन्तव्यमा पुग्न सक्छन। तर मेरो देशमा खोई ?
यतिका कुरा सोच्न पुगेछु। विभिन्न देशका मजदुरहरु एकै ठाँउमा मिलेर वसेका छन।उपचारको लागि पालो पर्खदै गर्दा समय बढि लागेकोमा गुनासो गर्दै थिए। धेरै साथि वनाउन पाए। मेरो गोडाको उपचार निशुल्क भयो, मैले वजारमा किनेर खाँदा अस्पतालले दिएको पानी र खाजाको मुल्य तिर्नु पर्दा ६ रियाल तिर्नुपर्थ्यो तर सित्तैमा दिलायो। परिक्षण पछि मैले ५ रियालको आैषधि किनेर फर्किए । सरकारले चाहेमा देशले फड्को मार्न समय ळागदोरहेनछ। २-४ महिनाको वसाइमा करिव करिव धेरै सडक निर्माण भैसकेा छन।। सडकमा खासै ट्रयाफिक देखिदैन तापनि गाडी आप्नै लेनमा कुदेका हुन्छन किनकि त्यहा चाैबिसै घन्टा पहरा दिने सडक क्यामराले दिइरहेका हुन्छन कसैले गल्ति गरेमा क्यामराले फोटो खिचिदिदै महङ्गो जरिवाना लगाइदिन्छन। त्यसैले चालकहरू सजग छन जरिवाना तिर्नबाट वच्नको लागि। मेरो देशमा कहिले यस्तो दिन आँउछ र चालकहरू मर्यादित हुदै आफ्नो गन्तव्यमा पुग्न सक्छन।शिक्षाको लागि भवन र यहाका कृर्याकलाप नै आर्कसक देखिन्छन।
फेरि अर्को सवाल उठ्यो वर्षेनी छात्रवृद्दीमा डाक्टर उत्पादन हुन्छन नेपालमा तर कसका लागि। उनीहरुलाई डा बनाउदा नेपालको ठूलो धनराशि खर्चिएको हुन्छ त्यसैले नेपालमा सम्मानका साथ नेपालमा नै राखि इज्जतका साथ काम लगाउन सक्नुपर्छ । छात्रवृत्तिमा पढेका जो कोही हुन उनीहरुमाथी देशको हक बढि छ सम्मानका साथ उनिहरुको बृतिविकासको साथै सामाजिक उच्च मुल्यांकन गरि उनिहरुको सपना नेपालको लागि वनाउन सक्नु पर्छ।
आजको आवस्यकता सवैले कर्तव्य वोध गरी आफ्नो जिम्मेवारी पुरा गरेमा नेपालले विकासमा फड्को मार्न सक्ने छ। मेरो गोडा मर्किदिदा पनि कतारको उपचार पद्धतिको वारेमा ज्ञान लिन पाए। अव मरुभुमिमा दुवोको हरियाली वनाउने हातहरु नेपालका भिरपाखामा उध्यम देख्न र देखाउन सक्ने बनाउनपर्छ । यही रह्यो मेरो ५ घन्टाको निशुल्क उपचारको क्रममा सँगालिएको अनुभव। यो भुमिमा म विदेशी थिए तर पनि नाम दर्ताको लागि पनि कुनै शुल्क तिर्नुपरेन। अच्चमित हुदै मेरो देश हाक्नेहरुलाई सम्झिए। देशको प्रधानमन्त्री सामान्य विरामी हुदा जम्वो टोलिकासाथ विदेसिन्छन तर नेपाली जनतामा ऋणको भार बोकाउदै।। तर यो कहिलेसम्म निरन्तरता दिने यसलाई ।ए मेरा देशका नेतागणहरु एक दिन मात्र भएपनि एक दिनको लागि यस मरभुमिमा काम गरी यहाँको चाैतर्फि विकासलाई हेर त देश कसरी बनाउन सकिदो रहेछ। हे NRN कतारमा रहेका पदिय दायित्व समाल्नेहरु यहाँका श्रमिकहरुको पिडामा मलम लगाउनोस भ्रमणमा आउने नेतालाई उँटमा चढाई मरभुमिको यात्रा गराउनको सट्टा। किनकि तपाईं नेपालका नेताको नेता होइन तपाईं यहीँ मरभुमिमा काम गर्ने मजदुरको प्रतिनिधि हो तपाईं ।

No comments: