२२ भाद्र २०७६
जितेर हार्नुभन्दा हारेर जित्नु राम्रो
जितेर हार्नुभन्दा हारेर जित्नु राम्रो
लिनु पर्ने कुरा नलिएपछि जीवनमा समस्या आउंछन र समस्याको समाधान नखोजेपपछि झन जटिल बन्दै जान्छ मानव सभ्यता । मानिसको सभ्यताभित्र पारिवारिक संस्कार पनि पर्दछन । आफुलाई शिष्ट र सभ्य अनि महिला शशक्तिकरणको अभियन्ता भन्ने रुचाउने केही महिलाहरुको आवाज र उहाहरको आवाजले आफैमाथि व्यङ्ग्य गरिरहेको हुन्छ थाह छैन तर पनि विरो्धको नाममा विरोध गरेको देखेको छुुु । सही र गलत के हो छुट्याउन सक्ने सामाथ्र्य छैन तर विरोधको नाममा विरोध गरिन्छ तर यस भित्रको लुकेको अर्थ के छ ? भर्खरै तीजको समाप्ती भएको छ । गोडा ढोगाइ र जल खुवाई कति ठीक र कति बेठीक भन्नुभन्दा पहिले र अरुको व्यक्तिगत जीवनमा आंच आउने कुरो चाही गलत हो । एकवटा वन्दकोठामा श्रीमान र श्रीमतीको विचमा हुने खेल ति अव्यक्त छन सायद ति क्षणहरुलाई मनोरञ्जन वा महीला ंिहसा वा पुरुष हिंसा जे पनि हुनसक्ला तर तिनलाई पस्कने आट कोही गर्दैन किनकि उ त्यही डुविरहेको हुनसक्छ र रमाइरहेको पनि । यो तितो सत्य हो कि एक महिलालाई वेश्या पुरुषले वनाउछ भने पुरुषलाई रण्डो वनाउने पनि महिला हो । महिला पुरुषमा विलिन छ भने पुरुष पनि महिलामा विलिन छ । दृष्टिकोण गलत भएपछि सारा सन्सार गलत देखिन्छ । विभेदीकरणको कुरा गर्नुभन्दा महिला र पुरुषविच कसरी सबलीकरण गराउने त्यो सम्वन्धमा सोच्नु र समाजलाई डोर्याउन सक्नु वुद्दीमता हुनेछ ।
ठीक त्यसै गरी पदमा भएका मानिसहरु अन्धा हुदारहेछन,र तिनैबाट दिक्षितहरु आफ्नो क्षमता भन्दा पनि अरुको अनुकम्पालाई महत्व दिदारहेछन जसले गर्दा कालान्तरमा अप्ठ्यारो दिनको सामना गर्नुपर्दोरहेछ । पद समालेको हुन्छ तर म त फलानोको काम गर्न आएको हु भनिदिदोरहेछ । कसैले प्रश्न गर्दा हिजो के हेरेका थियौ आज हामीलाई भन्न्छौ भन्दै गर्दा सरकारमा रहेका दलहरुले विर्षिसकेकि काम नगरेकोले न मतदाताले दण्डित गरेको कुरा । जो नेतृत्व समाल्दै छ,, उ साथमा भएको सहयात्रीलाई उपेक्षित गरी निस्कदै गरेको असफल व्यक्तिको नराम्रो कामको अनुसरण गर्दैगर्दा र संस्थाको भलोलाई उपेक्षित गरपछि हाइ हाइ भएको मानिस क्षणभरमा खतम हुदोरहेछ जुनकुरा रवी पक्राउ र शालिकरामको मरण अगाडिको भिडियोको खेलमा वच्चादेखि वृद्दासम्म रवीको समर्थन र वर्तमान नेतृत्वप्रतिको वितृष्णा चरमा विन्दुमा देखिन पुग्यो, जुन खेलहरु प्रत्यक दल, संघ,संगठन, र संस्थाहरुमा छरपष्ट छन र समयले ति सवैलाई उदाङ्गो पार्दैछ । समय वलवान छ, यसैले सवैलाई महान वनाउछ, अनि तुरुन्त निरीह पनि । त्यसैले आजको आवश्यकता वाच र वाच्न देउ, असललाई पुरस्कृत गर, खरावलाई दण्डित गर । समानता देखाएर पुष्टी गर वोलेर हैन । त्यागमा भएको शक्ति, प्राप्तीमा हुदैन । जितेर हार्नुभन्दा, हारेर पनि जित्नु, जुन त्यागमा मात्र सम्भव छ । नेपालका दलहरुले जितेका थिए तर उनीहरु हारिरहेका रहेछन किनकि उनीहरुले देखाएको सपनाले उनीहरुको सपना पुरा भयो तर नेपालीमा ऋणको भार वढेको वढ्यै छ र युवाहरु खाडीमा वेचिएका वेचिएका नै छन ।
No comments:
Post a Comment