२०७८ ।०२ ।१६
शिक्षकहरु हेपिएकै छन, शिक्षककै नेतृत्वको कारणले
नेपालका शिक्षकको बजेट भाषण पछि रोदन सुनिन थालेको छ । विभेद भयो । कर्मचारीको तहमा पनि राखेन । कर्मचारीलाई दिइएका सुविधाहरु प्राप्ति गर्न सकेनन । शिक्षक र कर्मचारीको विचमा विभेद हुन्छ नै तर पनि माग राख्न सक्दैन शिक्षक, रोदनमा वाच्न सिकेको छ, अधिकार खोसेर लिनुपर्छ चाकडीको पछि लाग्छ । आफ्नो मर्म वुझ्दैन, आफ्नो सामाथ्र्यको पहिचान छैन, आफ्नो सुगन्धको वारेमा थाह छैन, अनि गन्तव्यको पनि । न एकतामा वल छ भन्ने कुरोलाई स्वीकार गर्छ , न अरुको क्षमता माथि नै । आफै सर्वाेपरी ठान्छन तर ठान्नुपर्नेले वास्ता नै गर्दैन । किन ? किन कि उ शिक्षकको नेता हुनुपर्ने व्यक्ति कसैको भैसकेको छ । जव नेता कसैको हुन्छ र शिक्षकको वन्दैन त्यस्तो नेतृत्वबाट के को आसा गर्नु ? शिक्षक संघ, संगठनका अधिवेशन हुन्छ त्यो वेलामा आफ्नो संगठन प्रतिको नजिकको राजनैतिक दलको व्यक्तिलाई वोलाएर आतिथ्यग्रहण गराइ राखेको देख्छु, त्यो वेलामा जसलाई वोलाउन पर्ने हो, जसलाई शिक्षकको समस्याको वारेमा सुनाउन पर्ने उसलाई आमन्त्रित समेत गरेको हुदैन । सरकार कम्निष्टको छ , तर शिक्षक संघले कार्यक्रम गर्दा नेपाली कांग्रेसका शिर्षस्थ नेतालाई वोलाउछ, विर्सन्छ उसले कि कांग्रेसले पनि सरकार चलाएको थियो नि ।
ठिक त्यसरी नै संगठनले कार्यक्रम गर्छ, उसको पनि पारा उही हो । उसले पनि आफ्नो संगठन प्रति आवद्द भएको दल खोज्छ, जसलाई वोलाउन पर्ने हो र सुनाउन पर्ने हो उसलाई सुनाउन सक्दैन र त्यो सामाथ्र्य पनि राख्दैन । विचरा कांग्रेस भएको वेलामा शेरवहादुर र राम चन्द्र पौडेललाई वोलाएर के गर्नु । उनीहरुको अवस्था नै दयनीय छ । पुलको उदघाटन गर्न गएको र आफ्नै पहलमा भएका विकासका कार्यहरु समेत आफ्नै दैलोमा उदघाटन गर्न जादा समेत बाटो रोकेको देख्दादेख्दै तीनै नेताहरुलाई विश्वास गरेर सवै पूरा गरिदिन्छन भन्ने सोच राख्नु गलत थियो । सामार्थ्य थियो भने शिक्षक संघ, संगठनका अधिवेशन वा अन्य केही नामका सम्मेलनहरु हुन , त्यस वेलामा शिक्षा सचिव, अर्थ सचिव, शिक्षा मन्त्री , अर्थ मन्त्री र सम्भव भए प्रधानमन्त्रीलाई सुनाउन पर्ने हो । सरकार वोेलीको, शेरबहादुरसँग गरिएको गुनासोले केही अर्थ राख्दैन । कृष्ण प्रसाद भट्टराई छैनन अहिले, शिक्षकलाई माया गर्ने नेता । शेरवहादुर त ४ पटक प्रधानमन्त्री भैसकेको मानिस । उहाँले शिक्षकका कुरा सुन्ने भएको भए त्यही वेलामा सुनिसक्नुहुन्थ्यो नि । हैन र ? किन अन्धो वन्दैछ शिक्षक नेतृृत्व । महासंघ छ तर अध्यक्ष छैन । अनि सरकारले काम गरेन भन्ने ? नैतिक आधार कहाँ छ नेपालको शिक्षकलाई ? आफ्नो नेता चुन्न नसक्नेले नेपालका शिक्षकको आन्दोलनको नेतृत्व गर्छु भन्ने । हास्यास्पद मात्र हो ।
शिक्षकको आवाजमा शिंहको गर्जन, कमिलाको एकता, सुदामाको भक्ति र माग राख्नसक्ने क्षमता, हुनुपर्ने हो तर के गर्नु कस्तुरी जस्तो भएको छ । विचरा त्यो कस्तुरी मृग आफ्नो सुगन्धको खोजिमा भौतारिरहन्छ, आफ्रनै नाभिमा विना छ सुगन्ध यसैले छोडेको छ भन्ने हेक्का समेत छैन । शव्द गुरु आफैमा पवित्र छ । गु को अर्थ अन्धकार र रु को अर्थ हटाउने । विचरा हाम्रो नेतृत्वले गुरु वन्नैसकेन । वन्न सकेको भए ती नेतृत्वमा रहनेले शिक्षा सचिव, अर्थ सचिव, शिक्षा मन्त्री , अर्थ मन्त्री र प्रधानमन्त्रीलाई शिक्षकको समस्याको वोध गराउन सकेको भए अर्थात शिक्षकहरुमाथि भएको अन्धकारपक्षको वोध गराउन सकेको भए यो रोदन गर्नुपर्ने थिएन । शिक्षकले त गरिदिएकै थिए । शिक्षक महासंघ, संघ र संगठनलाई वुझाउन पर्ने लेवी तिरिदिएकै हुन्छन, आन्दोलनको ज्वारभाटा ल्याउन पर्छ भन्दै गर्दा सडक पनि ढाकिदिएकै थिए । आज सम्झौता गर्ने नेतृत्व भन्छ, सम्झौता हामीसँग गर्यो कार्यान्वयन गरेन भनेर । अनि फेरी सगौरव भन्छ आज जे पाएको छ नेपालको शिक्षकले त्यो आन्दोलनबाट नै पाएको छ । खोइ शिक्षकसँग सरोकारवाला डराएको अर्थात उसको आवाज सुनेको ।
वल्ल वल्ल वालशिक्षकलाई केही राहतको गन्ध आएको छ र विद्यालय कर्मचारीलाई पनि । अव भनिदिन्छ यो त हामीले गर्दा आएको हो । यदि त्यो नेतृत्वले गर्दा हो भने अरु विभेद किन सहेको ? विभेद पनि त सहनु हुन्नथ्यो नि , हैन । शिक्षक शिक्षक वन्न सक्नुपर्छ । राजनितिमा रुचि राख्ने शिक्षकहरु दलिय राजनितिमा जादा हुन्छ । त्यो वेलामा शिक्षकले सघाएको अवस्थामा उसले नेपालीको मतबाट जुनसुकै स्थानबाट पनि जित्ने सम्भावना रहन्छ यदि प्रत्यक शिक्षक उसलाई चाहन्छन भने । जितेर आउन सक्छ । तर अहिेले नै चाकडीमा पुगेको शिक्षकलाई , भोलीका दिनमा राजनैतिक नेतृत्वले उसलाई गन्दैन । कति वेहाल वनाएको छ कति शिक्षकका नेताहरुलाई ः पेशाबाट राजिनामा दिन लगाउने तर पछि उमेदवार हुनको लागि टिकट पनि नदिएको अवस्था छ । शिक्षक तथा राजनैतिक नेतृत्वले एक पटक भगवान कृष्णको साथी सुदामालाई पढ्ने हो भने सरोकारवालासँग माग कसरी राख्नुपर्छ भन्ने सोचको वोध हुनसक्छ । हुन त कलियुगको मानिसलाई कहाँ द्वापरयुगको कुरो गर्ने ?
शिक्षकका अधिवेशन हुन्छन, आफुले चाहेजस्तो भैइन्जेल केही विधि विधान चाहिदैन । जव आफ्नो सारा जीवन विताएको शिक्षक आफ्नो संगठनभित्रको नेतृत्वमा जान खोज्छ, उसलाई वेलामा नै रोक लगाइएको हुन्छ । फेरी विद्यालयको नेतृत्वको वेला हुन्छ, शिक्षा नियमावली के भन्छ र के चाहिन्छ त्यसको पनि हेक्का हुदैन, आफ्नो कठपुतली वन्छ कि वन्दैन भन्ने सोच विकास हुन्छ । जव शिक्षक गुरु वन्न सक्दैन, अनि अन्धकार हुदैन त ? शिक्षकले र शिक्षकको नेतृत्वले विधि विधानलाई मान्नु पर्ने होइन तर कहा मानिएको छ । आफुभन्दा माथिल्लो तहको शिक्षक छ, उसलाई वेवास्था गरिन्छ । कसैले जिन्दगी विताएर सक्दै गर्दा मन वचन र कर्मले समर्पित शिक्षकलाई न शिक्षक नेतृत्व हेर्छ र न सम्वन्धित निकायले नै । अख्तियारवाला व्यक्तिहरु कमजोर र कसैको पक्षमा लागिदिदा एक संस्था नै धरापमा पर्न सक्छ । नेतृत्वले त कहिले सहन गर्न सक्नुपर्छ कहिले त्याग पनि । आफुले कहिल्यै पनि त्याग गर्न नपर्ने अर्कोलाई सधै छोडिदिनु पर्ने । शिक्षक महासंघलाई हेर्दा खेरी समग्र नेपालको शिक्षक कस्तो रहेछ भनेर देखाउँछ भने अहिलेका राजनैतिक अवस्थाले कस्तो संविधान लेखेको रहेछ त भन्ने जनाउँछ । अहिले वोली खराव कि संविधान आफैमा वाझेको छ, त्यता हेर्नु पर्दैन ।
शिक्षक मार्ग दर्शक वन्नुपर्छ । भविष्य देखाउन सक्नुपर्छ । के नेपालका शिक्षकले आफ्ना सन्तानको भविष्य आफ्नै देशमा देखाएका छन त ? के उनीहरु यही नेपालको माटोलाई उर्वर वनाउने सोचमा छन त । किन विद्यालय र विश्व विद्यालयहरु अरु देशका विद्यार्थीको रोजाइमा छैनन त ? लिनु मात्र पनि होइन । शिक्षक पेशा अरुले मर्यादित वनाएर वन्ने होइन । विभेद भयो भनेर भन्ने अवस्था कसले वनायो । यदि शिक्षकले पेशामा यसैलाई सवैको पहिलो रोजाइको पेशा वनाउन सक्ने किसिमको विउ रोप्न सकेको भए आजका प्रधानमन्त्री, मन्त्री, सचिव कसका उपज हुन । उनीहरुलाई शिक्षा कसले दियो । हुन त गुरु द्राेणचार्यले गुरु दक्षिणाको रुपमा एकलव्यको वुढी औंला माग्दा उनले विना रोकतोक दिएका थिए । विद्यार्थी धेरै थिए तर पनि गुरु र चेलाको सम्वन्धको कुरो उठ्दा एकलव्वे कहिले वाहिर पुग्दैनन । उनी अजर र अम्मर छन । किन ? किन कि त्यहाँ गुरु भक्ति थियो यद्दपी त्यो सरल भाषामा पाच्य हुदैन र न्यायोचित पनि थिएन तापनि एक दृष्टान्त सदाको लागि अम्मर भएको छ ।
मानिसको जन्म नै मृत्युको लागि र जीवन जीउन र कर्मको लागि हो । नेता हुनु ठूलो कुरो होइन तर नेताको मर्यादामा रहन नसक्नु मानिसको दुर्वल पक्ष । आज हामीले नेता देखेका छौ तर नेताको मर्यादालाई नग्न पारेको देखेका छौ र त्यही नग्नतालाई हामी शिक्षकहरु स्वीकार्दै छौ । यही हो दुर्भाग्य हामी नेपाली शिक्षक र समग्रमा नेपालको । त्यो एकलव्वे आज किन उत्पादन हुन सक्दैन । यदि एकलव्वे जस्ता विद्यार्थीहरु उत्पादन गर्न शिक्षक सफल भएको भए आज तीनै एकलव्वेले शिक्षकको शिर ठाडो वनाइदिने थिए । आज आफ्नै विद्यार्थी सचिव छ, मन्त्री छ तर प्नधानमन्त्री छ तर उही रोदनमा जिएको छ किन ? त्यही एकलव्वे जस्तै विद्यार्थी आजका गुरु किन उत्पादन गर्न सक्दैनन ।कमजोर कहाँ छ , खोज्नु पर्दैन ? शिक्षकले त लिदा भन्दा दिदा खुशी हुनुपर्छ र त्यही संस्कार सिकाउन सक्नुपर्छ हैन र ? तर के गर्नु । विद्यार्थीका नेताहरु सामुदायिक विद्यालयमा चन्दा माग्न पुग्छन र भोलिका नेता तिनै पराधिनवादीहरु हुन्छन । स्वतन्त्र कसरी भए ? आत्मनिर्भर हुन सिकाएको छैन शिक्षाले । न प्रजातन्त्रत्रको वारेमा लेखिएको र गरिएको अवस्था छ । देशको नेतृत्व त देशको सेवक हो , जनता मालिक हुुन भन्न सिकाउन सकेको छैन शिक्षाले । त्यसैले त यहाँ दुरदशा छ । आफुले पाए ठीक अरुले पाए वेठीक । शिक्षक हाँस वन्न सक्नुपर्ने हो जसले दुध र पानीलाई छुट्टाउन सक्छ । यसको अर्थ विवेकको सही प्रयोग गर्न ।
अव गर्नु पर्ने के ? शिक्षकका संघ , संगठन, महासंघ सवैको खारेजी गरी नेपालका शिक्षकको एकल संगठन त्यो पनि कमिलाको जस्तो । सानो जीव छ तर ठूला ठूला जीव वोक्ने सामार्थ्य राख्छ यसले । शिक्षकले वारम्वार आन्दोलन गर्ने होइन । गर्नु नै पर्ने भए एक युगमा एकपटक । शिक्षकको नेतृत्वले वोलिदिदा देशको सरकारको कुर्चि हल्लने सामार्थ्य राख्न सक्नुपर्छ । शिक्षकलाई जिस्काउदा आफ्नो भविष्यको रेखा नै खराव हुन्छ भन्ने वनाउन सक्नुपर्ने हुन्छ । के यो सम्भव छ ? किन छैन ? हिजो नेपालमा राजा विनाको समाज कल्पना भन्दा वाहिरको थियो । राजाले सानो गल्ति गरे आफैले सर्वेसर्वा ठाने आज देखेका छन । शिक्षकले शिक्षकको आवाज र निमुखाको आवाज वन्न खोज्दाको दिनमा मात्र नै सवै असमानताको अन्ते हुनेछ , शिक्षक पुजिने छ र नेपालको परिवर्तन हुने छ । आजको खोजी यही हो । शिक्षकहरु गर्जन सिक, मलम लगाउन सिक, भविष्य देखाउन सिक, निरिह हु भन्ने भावना त्याग, आफ्नो विनाको पहिचान गर, र सामार्थ्यलाई पनि एक पटक तौलह । त्यसपछि नेपालको शिक्षक निरीह र कठैको पात्र वन्ने छैन ।
No comments:
Post a Comment