Saturday, March 6, 2021

शिक्षक सवैको आवाज वन्न सक्नु पर्छ ।

 २०७७ ।११।२२

शिक्षक सवैको आवाज वन्न सक्नु पर्छ ।
सामुदायिक विद्यालयका शिक्षकहरुलाई समाजले उपेक्षित गरेको छ, राज्यले गरेको छ समाजले गरेको छ भन्ने आवाज यत्रतत्र सुनिन्छ । यसको दोष के राष्ट्रको होकि समाजको होकि वा शिक्षक स्वयमको हो । ठीक त्यसरी शिक्षक नेताहरु राज्यले उपेक्षित गरे भन्ने तर आफुले गर्नु पर्ने कार्य नगर्ने । शिक्षककको आवाज वोल्नु पर्ने संस्थाको हरिविजोग छ । आन्दाेलनको आँधिवेहोरी ल्याउनु पर्ने शक्ति आज अर्ध जिवित छ । यसको जिवन दिने काम शिक्षकहरको तर आफै गर्न सकेका छैनन दोष चाँही सरकारलाई । हो सरकारले उपेक्षित गऱ्यो भन्नुभन्दा पहिले आफु सशक्त हुनुपर्छ । शिक्षक संघ र .संगठनलाई सरकार चिन्दैन तर शिक्षक संघ संगठन आफ्नो साझा संगठन शिक्षक महासंघ गठन गर्न सकेका छैनन । लाचार छ अवस्था । एक निवृत्त व्यक्ति महासंघ अध्यक्षको हैसियतमा यताउता गरेको देखिन्छ, जुन निन्दनीय नै छ ।
शिक्षक अनुशाषित नभएमा समाज सकिन्छ । वेथितिले स्थान लिएको हुन्छ । आज संविधान छ तर जसका लाठी उसका भैषिको हैसियतमा देखिन्छ । अनुशाषन नभएमा कानुन निर्दाको लागि मात्र हुनेछ । नेपालमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरुले आफुलाई परिवर्तन गर्नै पर्छ । आफ्ना वालवच्चालाई संस्थागत विद्यालयमा पठाउने र सामुदायिक विद्यालयलाई कर्मस्थलो वनाउदै गर्दा कुनै विद्यार्थीले गुर वा गुरु आमा तपाइका वावु नानी कहाँ अध्ययन गर्दै छन भनेर सोध्दै गरेको अवस्थामा के जवाफ दिने । फेरी हजुरलाई आफ्ना सन्तानको लागि ठिक नहुने शिक्षा प्रदान गर्ने शिक्षकसँग हामी पढ्दैनो भनेमा के होला ? कहिलेकाँही कुतर्क पनि गरेको सुनिन्छ । वच्चाको अधिकारको कुरा हो । वच्चाको आवश्यकता त पुरा गर्न पऱ्यो नि भन्न पर्ने । वच्चाले खेलौना जहाज किनिदेउ भन्दा किनिदिनुहोला तर वच्चाले साच्चै उड्ने जहाज किनिदेउ भन्दा किन्न सक्नुहुन्छ त ? यसरी तर्क र वितर्कको पछि लाग्नु भन्दा पछुताउने दिन अगावै सोच्नु पर्ने हुन्छ । सधै डराएर जागिरको पछि लाग्नु भन्दा पहिले नै आफैले यसलाई मर्यादित वनाउने वाटो रोजेमा नै सवैको अगाडि शिर ठाडो हुनेछ ।
शिक्षकको मान र इज्जत आफैले राख्ने हो अरुले के भन्छ भन्ने होइन । शिक्षकले त अरुलार्इृ सिकाउन पर्छ नि । शिक्षक आफ्नो पेशाको लागि मात्र होइन वोल्न सक्नेले त आफै वोल्छन तर वोल्न नसक्नेको आवाज पनि शिक्षक नै वन्नु पर्छ । कक्षामा राखेर शिक्षा दिनु पर्ने विद्यार्थी सवै वर्गका हुन्छन । त्यसैले कामलाई पुजा गर्नु पर्छ । काम सानो ठूलो हुदैन भन्नको लागि र वालवच्चामा समनताको पाठ सिकाउन सक्नु पर्छ । समय नै पैसा हो । यसलार्इृ सदुपयोग गर्न सिकाउन सक्नु पर्छ । प्रत्यक मिनेट वा सेकेण्डको मुल्य पाउनु पर्छ । विद्यलयमा पढन पाठनमा संलग्न शिक्षकको जिम्मेवारी बढी हुन्छ । विद्यालयको प्रशाषकले दिएको समय तालिका मात्रै मेरो जिम्मेवारी हो अरुको मतलव छैन भन्ने मनोभावना शिक्षकले जगाउने हो भने शिक्षक दिनानुदिन कमजोर बन्दै जाने दिन आउँछ र त्यस्ता शिक्षकको मुल्याकंन प्रत्यक विद्यार्थीले गरिरहेका हुन्छन । उनीहरु पढीञ्जेल केही भन्दैनन तर जव उनीहरु वोल्नको लागि तयार भएका हुन्छन अनि यो शिक्षकको कारणले मेरो अंक कम आयो, चाहेको विषय पढ्न पाइन आदि भन्ने गर्छन । त्यसैले शिक्षक पथ पर्दर्शक नै हो । उ आफै मर्यादित हुनु पर्छ । वोलिमा मीठास दिन नसक्ने शिक्षकले विद्यार्थीबाट मधुर वचनको खोजि गर्नु पनि गलत नै हुनेछ । शिक्षक आफै मीठो वोल्न थालेमा वालवच्चाहरु त्यसेको सिको गर्ने छन । मुस्कान र माधुर्यता नै मानिसका वलिया हतियार हुन । पड्कने हतियारले विनास गर्दछ तर यीनले सृजना गर्दछन ।
प्रत्यक शिक्षकले बुझ्नुपर्छ : विद्याथी महलका विद्यार्थी र झुपडीका विद्यार्थी, मिष्ठान्नमा हुर्केका र आधा पेटमा हुर्केका वालवच्चाहरु पनि संँगै हुन्छन । त्यसैले आजको राजनिति र समाजमा देखिएको वेथितिको केही हदसम्ममा विद्यालय र महाविद्यालयले पनि लिन सक्नु पर्छ । चोर्नु ढाट्नु छल्नु अपराध हुन, काममा ढिला सुस्ती पनि अपराध नै हो भनि सिकाउन सकेको भए आजको भद्रगोल हुदैनथियो । हिजो सँगै हिडेका सहयात्रीहरु यसरी विरोध गर्दै हिड्ने थिएनन । सामान्य मानिसले भनेको भए त विचार पुगेन भन्नु तर देशको मन्त्री र प्रधानमन्त्री भैसकेका व्यक्तिहरु एक आपसमा हिलो छ्यापाछ्यापको अवस्थामा छ । यसको अन्ते गराउन सक्छ शिक्षाले र शिक्षकले ।
शिक्षाले त विचार दिने हो । त्यही विचारले नै समाजको मार्ग निर्देशन गरेको हुन्छ । आजका शिक्षक हिजोकोले विराएको बाटोमा लाग्नुहुदैन । शिक्षण पेशालाई पैसामा तुलना गर्दा मात्र कमजोर देखिएला तर अन्य अवस्थामा यो कमजोर छैन । जागिर नपाएर शिक्षण पेशामा होइन यो अन्तरआत्माको रोजाइको पेशा हुनुपर्छ । अनुशाषन विनाको वैज्ञानिक आविश्कार अर्थ हिन हुन्छन । विरामीको लागि औषधी ठीक तरिकाले प्रयोग गरेमा पिडाबाट मुक्त हून्छ तर त्यही औषधी मात्राभन्दा वढी सेवन गरेमा मृत्युवरण गर्नु पर्छ । आध्यात्म विनाको मानिस पनि समाजलाई सहज तरिकाले हाक्न सक्दैन र समाजमा भद्रगोल हुने छ । त्यसैले आजको आवश्यकता समय अनुकुलको शिक्षा हुनुपर्छ । यसको लागि समग्र शिक्षकहरु मनवचन र कर्मले समर्पित हुनुपर्छ । विद्यालयमा विद्यार्थीको दिइएको समय अनमोल हुनेछ । स्वच्छ विचार मनबाट विद्यार्थीलाई दिक्षित गरेमा तीनै विद्यार्थी भोलिको दिनमा अनमोल उपहार वन्ने छ । नेपाल र नेपालीको कल्याण गर्ने छन । आफ्नालाई होइन सवैमा सदाचार सिन्चित गर्नसक्नुपर्छ । शिक्षकले विद्यार्थीबाट दिइने सन्मानको कुनै मुल्य हुदैन यो अनमोल छ, यसको हिफाजत गर्नसक्नुपर्छ शिक्षकले ।
साच्चै नै यस पेशालाई मर्यादित वनाउनको लागि केवल शिक्षक भएर मात्र हुदैन । कुनै शिक्षक नेतृत्व दिलाउन सक्षम छ तापनि सामान्य शिक्षकको हैसियतमा शिक्षक महासंघमा जान पाउदैन । यो अवस्थालाई खारेज गरी एकल शिक्षक संघ हुनुपर्छ । नाम जे भए पनि हुन्छ । जव शिक्षक महासंघको नेतृत्व वोल्छ समाजमा हलचल मच्चाउन सक्नुपर्छ । शिक्षक नेता सुन्दर पन्तले भने झै गणेश प्रवृतिको ृशिक्षक नवनी आफ्नो कर्तव्यमा वाधिएको हुनुपर्छ । साचोलाई साचो भन्ने र नेताले गल्ती गर्दा तुरुन्त विरोध गर्न सक्नु पर्छ । तव मात्र नेता पनि सफल हुनेछ र शिक्षकको पनि मान वढ्ने छ । नेता पदको लागि होइन समाजलाई नै दिशा निर्देश गर्न सक्ने व्यक्ति हुनुपर्छ । उसले सडक देखि महलसम्मको वच्चाहरुलाई एकै नजरले हेरी उनीहरुको जीवनमा परिवर्तन दिन सक्नु पर्छ । हतियारले मानिस मार्छ तर विचारले सिर्जना गर्न सक्छ । त्यही सिर्जनाको खोजि गर्ने र गराउने व्यक्ति नै शिक्षक हो र त्यही मार्गमा लाग्नुपर्दछ ।
चन्द्र कान्त पण्डित
पशुपति मित्र मा वि चावहिल

No comments: