Wednesday, March 20, 2019

Travelling with Prachanda on a Sajha bus

६ चैत्र २०७५
साझा बसमा प्रचण्डसंगको यात्रा
संयोग कस्तो प्रचण्डलाई साझा बसको यात्रामा –टिचिङ अस्पताल महाराजगञ्ज चढी जव रत्नपार्कतर्फ बस अगि बढ्दै थियो, अनि म बस्ने सिटको खोजिमा थिए, मैले प्रचण्डलाई साझा बसमा देखे, उहांलाई बसको दाहिनेतर्फको विच सिटमा देखे, दङग् परे, किनकि मेरो सोच पनि त्यही थियो जहा सामान्य नागरिक र नेता सुरक्षाघेराभन्दा वाहिर सवै समान गतिमा यात्रा गरुन, देशको उन्नती र प्रगतिको रेखा कोरुन र मिठो र पिठो सवैले मिलेर खाउन । नेपालको सम्विधानले समानतालाई मौलिकहक भित्र राखेको छ । मौलिक हक भनेपछि सवैले पाउनैपर्छ चाहे त्यो महलमा होस वा झुपडीमा । समानताको अर्थ नेतालाई महल र सर्वसाधरणलाई सडक होइन । सवैले राष्ट्रले उपलव्ध गराउने सुविधा समानुपातिक रुपमा पाउनु पर्छ । नेता मालिक र जनता नोकर होइनन । प्रचण्डालाई ५९ जना सुरक्षाको विचमा नदेख्दा, साझा वसमा यात्रा गरेको देख्दा वल्ल नेता भएको अनुभव लाग्यो । खुशि भए । मैले खोजेको शाषन प्रणाली त्यही थिया,ेजहा सवै समान रहुन ।
म संयोगले वसमा प्रचण्डको दुई सिट अगाडी वस्ने ठाउं पाए । अनि अगाडीबाट पछाडी प्रचण्डतर्फ हेर्दै भन्न थाले जे गर्नुभयो ठीक गर्नुभयो, यसैले समाजको चित्रण, वास्तविक धरातलको याद दिलाउछ अन्यथा नेता ज्यू, नेपाली भोकै मर्दैछन भन्दा मासु र भात खान पाएका छैनन भन्ने दिन आइसकेको छ । रविन्द्रनाथ टाइगरले मालिनीलाई दरबाट वाहिर जाने वनाए जीवन वुझाउनको लागि । राजा रानीले राजकुमारीलाई राजकुमारी जस्तै बनाउन चाहन्थे, न कि एक सामान्य नागरिक तर उनी चाही मानिसको जीवन वुझ्न चाहन्थिन, त्यसैले उनले दरवार भन्दा वाहिरको जीवन रोजीन । गौतम वुद्दले राजगद्दी त्यागे, उनी मानवबाट महामानव र महामानवबाट देवत्य प्राप्ती गरे । आज उनलाई विस्व पुज्दै छ ।
मैले वोले तपाई हिजो महान वन्नुभयो, मर्न र मार्नको लागि तयार भै समाजलाई रुपान्तरण गर्नको लागि लाग्नु भयो, समाजले तपाइलाई पत्याउने बनाउने बनाउन सक्ने बनाउनुभयो, त्यो महानता थियो तर आज हिजोका शाषकलाई तपाईले लगाएको आरोप प्रमाणित गर्नसक्नुभएन । हिजो अमेरिका साम्राज्यवादी भयो , आज त्यही साम्राज्यमा श्रीमतीको उपचारको लागि कुद्दै हुनुहुन्छ । तर तपाइकै श्रीमती जस्तै कैयो महीलाहरु उपचार गर्न पाएका छैनन । टाउको दुख्दा सिटामोल पाएका छैनन तर आन्दोलनको समयमा तपाइको आवाजले ति दीनहीनको आवाज वनेको थियो । त्यसैले नेपालीले साथ दिए । भारत विस्तारवाद भयो, आज मरिचमानको राष्ट्वाद जत्तिको दरिलो छैन, भारतलाई हेर्ने दृष्टीकोणमा किन नेता ज्यू ?
हिजोका शाषक सामान्ती भए, पारिवारिक भए, भ्रष्टाचारी भए ंऐलासी भए तर आज तिनै पुर्व शाषकहरु तपाईको क्रियाकलापलाई औला ठडाएका छन , जसमा सत्यता रहेको छ । मैले थपे– हो तपाइको परिवारले योगदान गरेको छ । तर पनि तपाईकै परिवारले झ्रै योगदान गरेका अरु कार्यकर्ताको हालत के छ ? आंखा घुमाउनोस । तपाई आफुलाई सुरक्षा चाहिदैन म सवै समान छु भन्न किन सक्नुहुन्न ? तपाई ५९ जना को घेरामा हिड्दै गर्दा तपाईलाइे के भनेर वुझ्ने ? तपाईं स्वयम सेतो हात्ती बन्नुभएन ? कति खर्च लाग्ने भयो, एक जना नेतालाई पाल्नको लागि ? बारम्बार एकै जनालाई सभासद, मन्त्री, प्रधानमन्त्री , राष्ट्रपति किन ? दलको र सरकारको नेतृत्व एकै व्यक्ति किन ?
फेरी थपे – अवका दिनमा कुनै पनि भुपु मन्त्री, प्रधानमन्त्रीलाई वा अन्य कुनैलाई पनि व्यक्तिगत सुरक्षा होइन प्रत्यक नेपालीलाई जे दिन सक्नुभयो तपाईहरु पनि त्यही उपयोग गर्नुहोस । सडकमा गाडी कुदाउदै गर्दा बाटो बन्द नगराउनुहोला । मन्त्री, प्रधानमन्त्री,राष्ट्रपति वा अन्य कसैको लागि बाटो खुला राखि सर्वसाधरणलाई दुख नदिनुहोला किनकि समय सवैको लागि उत्तिकै महत्वपुर्ण छ । ओली, प्रचण्ड, चन्द, देउवा , माधव, झलनाथ आदिको विचमा ूद्वन्द होइन एकता चार्हिएको छ । हिजोको दिनमा चलिरहेको गाडीमा बमले ध्वस्त गर्दा, पढाउदै गरको शिक्षकलाई रुखमा झुण्डाएको अवस्था, सुतिरहेका सेना र प्रहरी र सर्वसाधरण वा अरु कोही कसैमा गरिएको आक्रमण अघोषित रुपमा गलत भएको कुरा तपाईहरुले स्वीकार गरेको अवस्था छ जसमा डा बाबुराम भट्रराईले संसदमा नै भन्नुभयो केही तिक्तता छ र अन्याय भएको छ भने दाष भोग्नको लागि तयार छु भनि गरिएको घोषणा साच्चै नै सराहनिय छ ।
२०५२ मा राखिएका मागहरु आफु प्रधानमन्त्री हुदा कति पुरा गर्नुभयो तपाईको अन्तस्करणलाई सोध्नुहोस । यी र यस्तै मुद्दँ उठाउदा तपार्इृ राजनितज्ञ वन्नुभयो तर तपाई आफैद्वारा दिक्षित नेत्र विक्रम चन्द विप्लव कसरी आतङकारी भए ? वेलैमा सोच्नुहोला अन्यथा नेपाल फेरी दलदलमा नै फस्ने छ । राजनैतिक परिवर्तनले तपाईजस्ता नेताको हैसियत बढेको छ तर सर्वसाधरणको हैसियत उदोगतिमा नै छ । नेपालले दिनदिनै कयौ नेपाली युवाहरुलाई सस्तो मुल्यमा वेचेको छ । एउटै योग्यता र उही काममा नेपालीलले पाउने ज्याला फरक छ ? अव नेपाली भनेर गौरव गर्ने स्थान छैन । भुगोल,जातजाती र संस्कृतले नेपाललाई चिनाएको छ ।
यति मात्र हो र आज समाजमा आवाज उठ्न थालेको छ धेरै हात्तीभन्दा एक हात्ती ठीक । किन भन्न थालेको छ नेपाली समाज । राजनैतिक परिवर्तनको साथसाथै नेतामा मात्र हैन सवैमा परिवर्तन चाहिएको छ । आर्थीक सम्पनता र विकास खोजेको छ नेपालले । अव सगरमाथा, गौतम वुद्द, जानकी आदिको नामले मात्र होइन, नेपालको पहिचान सम्वृद्दीले, सम्पन्नता, अनुशाषन र आचरणले चिनाउन सक्नुपर्छ । नेपालीले अरु देशको नागरिकले सरह एउटै काम गर्दा एउटै योग्यताको व्यक्तिले समान ज्याला पाउनु पर्छ, यो आवाजको नेतृत्व नेपालले गर्न सक्नुपर्छ । हैन र नेता ज्यू ?
फेरी थपे तर प्रचण्डले केवल सुनेर मात्र वसीरहनुभयो । वस कुद्दै थियो मैले भने विप्लव हिजोको तपाइको कार्यकर्ता आज उनी तपाइलाई मार्ने निर्णय किन र कसरी गरे ? उत्तर खोज्नु पर्दैन र ? हत्या र हिंसाले त केवल विनास मात्र गर्दोरहेछ । वाचेर पनि मर्नु पदोरहेछ, खुशि हुनेको भन्दा चित्त दुखाउनको संख्या ठूलो हुदो रहेछ । सपना देखाउन सक्नु महान कार्य हो तर सपना माथि खेलवाड गर्नु महापाप हो । महापाप गर्न हुन्छ र नेता ज्यू ? अहिले ओली र प्रचण्ड एउटै भाषा र शैलीमा उभिन सक्नुपर्छ । निर्दाको आवाज वन्न सक्नु पर्छ, विलाशितालाई त्याग्नु पर्छ ।
समानतालाई मौलिक हकभित्र राखेको नेपालले सरकार म असुरक्षित छु भनि लिखित निवेदन पेश गरेमा मेरो सुरक्षाको लागि ५९ जना सुरक्षाकर्मी दिने कि नदिने ? मलाई सोध्नुहुन्छ भने म भन्छु मलाइ त्यसरी सुरक्षा दिनहुदैन किनकि म जत्तिकै सवै नेपाली उत्तिकै अर्थपूर्ण हुनुहुन्छ । यति भन्दै गर्दा बसले नारायणहिटी संग्रालय पार गर्यो , अनि मैले प्रचण्डलाई भने सुरक्षा फौजले सुरक्षा दिनसक्ने भए आज विरेन्द्र्को परिवार हाम्रो साथमा हुने थियो, हैन र नेता ज्यू ? तपाइको योगदानको मुल्य तपाइको त्यागमा हुन्छ न कि कुनै ५९ जनाको घेराभित्रको वन्दक जीवन भित्र । के यति मात्र भनेको थिए, झल्यास व्युझिएछु । म कहा कतारको मैदारको मरो मित्रको कोठामा निदारहेको कहा प्रचण्ड अमेरिकाको कुनै शहरमा श्रीमतीको उपचारको शिलशिलामा अमेरिकामा विवादित रुपमा चित्रित हुदै रहेको अवस्था । किन देखिनुभयो, प्रचण्ड मेरो सपनिमा तर पनि जहा देखे, जसरी देखे जुन अवस्थामा , त्यो देख्न नेपाल पर्खिरहेको छ ।
चन्द्र कान्त पण्डित
पोखरा लेखनाथ –३२ , कास्की, नेपाल

No comments: