८ चैत्र २०७५
नेपाल सरकार, विप्लव र अन्य नेपाली राजनैतिक दलहरुमा अपिल
नेपाललाई प्रकृतिले सिगांरेको छ, आफैमा सुन्दर छ तर किन अंहकारको जन्म हुन्छ यस देशमा । हतियार कायरले बोक्छ, विनास, हत्या र हिंसा दानविय गुण हुन इतिहासले त्यही पुस्टी गरेको छ । कुनै पनि देशको राजकिय शाषन प्रणाली आफैमा निरकुंष र खराव हुदारहेनछन भनि नेपालको राजनैतिक प्रयोगशालाले प्रमाणित गरेको छ । हैन कुन प्रणाली ठीक त ? नेपालले सवैको प्रयोग गरसिक्यो । यसमा वहस गर्नु समयको मात्र दुरपयोग हो किनकि २००७ भन्दा अगाडिको नेपालको शाषन प्रणाली जहानिया भयो, एकतन्त्रीय भयो, निरकुंष भयो आदि आदि । नेपाल राजनैतिक प्रयोगशालाले यो प्रमाणित गरेको छ कि जुन दिनसम्म राजनैतिक आचरण बदलिदैन त्यो दिनसम्म एक ठगको स्थानमा अर्को ठगको उदय मात्र हो । त्यसैले नेपालीले एकपछि अर्को राजनैतिक परिवर्तन गरे, राजनैतिक प्रणालीलाई नेपालीले चित्त बुझाएन फालिदिए राणालाई, अनि २००७ मा प्रजातन्त्र आयो रे । विदेशियका राजालाई नेपालको राजगद्दीमा नेपालीले राखिदिए तर तिनै राजाका सन्तानले २०१७ जनताको प्रजातन्त्र खाए रे अनि निरकुंष पञ्चायतको सुरु गरे, शक्तिशाली राजा बने र उनका सन्तानले यसलाई टिकाउन सकेनन, नेपालीहरु शडकमा नेपालीहरु निष्किए र राजालाई संवैधानिक वनाइदिए ।
नेपालीहरुले संविधान आफै लेखे तर आलोचनात्मक रुपमा समर्थन गर्दै नेपालका केही कम्नीष्ट दल चुनावमा भाग लिए, कसैले वहिष्कार गरे । नेपाली कांग्रसले वहुमत ल्यायो तर यसलाई टिकाउन सकेनन, तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र केही कांग्रसी नेताको नितान्त व्यक्तिको स्वार्थको कारणले मध्यावधी चुनावमा नेपाल हुम्मियो, जुन दिन नेपालको वहुमत प्राप्त दलको प्रधानमन्त्रीको वालढिपीको कारणले देशलाई राजनैतिक अस्थिरतामा धकाल्यो अनि लाजै नमानी आफ्नो चुनावी नारा वनायो – मध्यावधी किन हो, दुई तिहाई लिन हो । नेपाल पछि पर्नुको एक मुख्य कारण हो ।
तर नेपाली मतदाताले कांग्रेसको साइजलाई सागुराइदिए र दण्ड दिए । त्यसपछि एमालेको अल्पमतको सरकार पनि टिक्न सकेन । २०५२ मा तत्कालिन माओवादीले प्रचण्डको नेतृत्वमा आन्दोलन सुरु गर्याे, १७००० नेपाली मारीय, दील्लीमा गएर नेपालका नेताहरु १२ वुदे समझदारी गरे जुन मेरो बुझाइमा गलत थियो किनकि उहाहरुले त्यो ऐतिहासिक क्षणलााई नेपालको माटोलााई साची राखेर गरेको भए मेरा देशका नेताहरु राष्ट्रवादी रहेछन भन्ने लाग्ने थियो । त्यो सम्झौता जहा भारतलाई साची राखियो कसरी राष्ट्रवादी भन्ने, मेरो अन्तष्करणले त्यसलाई स्वीकार्न सकेको छैन । अन्तमा राजतन्त्रको पनि अन्ते गरीदिए नेपालीले।
मेरो देशका शाषकहरु सेना र प्रहरीको माध्यमबाट बमवर्षा गरी नेपालीलाई मार्ने आदेश दिए, जागिरेले नुनको सोझो गरे आखिरमा मर्ने त निमुखो नेपाली नै रह्यो। अर्कोतर्फ माओवादीले पनि कुदेको गाडी भनेन, पढाउने शिक्षक, वालक, वृद्द केही भनेन हत्याको विरोध गर्ने र उनीहरुको विचार नसुनिदिने उनका दुष्मन भए । फलस्वरुप मारिनु पर्याे अंगभंग हुनुपर्याे,अझैपनि त्यसवेलाका छर्राहरु शरिरमा वोकेर हिड्न वाध्य छन पिडितहरु भन्दै समाचार आउदैछन । आखिर भयो के त ?
संविधान पाएको छ तर नेपालको संविधान आफैमा विवादष्पद छ । एकातर्फ समानताको कुरा गर्छ अर्कोतर्फ आरक्षणको । जुन देशका नागरिकलाई आरक्षणमा राखिन्छ नि, आरक्षणमा रहने व्यक्तिले स्वतन्त्र रुपमा प्रतिष्प्रधामा आएको व्यक्तिसंग सिधा आंखा गरेर वोल्न सक्ने हूदैन किन कि उ दोश्रो दर्जाको नागरिक भएको छ । त्यसैले राष्ट्रले आफ्नो नागरिकलाई दोश्रो दर्जामा राख्न हुदैन, सवै नागरिकले स्वाभिमानको जिन्दगी जिउन पाउनुपर्छ । यसको उपाय के त ?
नेपालको मात्र नभएर मानव समाजमा रहेका दुई दुश्मन – अशिक्षा र गरीवी हुन । यीनको अन्तेको बाटो खोज्नुपर्छ । कसरी ? अशिक्षितलाई आवशीय शिक्षा निशुल्क दिलाउनु सक्नुपर्छ राष्ट्रले, जव शिक्षा पाउछ जो जहा फिट हुन्छ, उसको रुची र क्षमताअनुसार प्रतिसप्रधामा गइ आफ्नो भाग्य आफै कोर्नु पर्छ न कि एक अपहेलित नागरिक भएर । अर्को पाटो रहयो गरीवीको । गरीवी निराकरणको लागि जात र क्षेत्रको आधारमा नभएर उनीहरुको आयश्रोतको उद्योग धन्दामा उचित पारिश्रमिक सहितको रोजगारी उपलव्ध गराउनु पर्छ । समाधान भइहाल्छ नि ।
संविधान सभाद्वारा लेखिएको संविधानले सारा नेपालीको चित्त वुझाउन सकेको छैन । प्रचण्ड र बाबुरामले सपना देखाउनु भयो मर्न र मार्नको लागि तयार जनशक्ति तयार पार्नु भयो । आखिरमा तपाईहरुले देखेको सपना त अपुरो रहेछनि । तपाइहरुद्वारा दिक्षित विप्लव त्यही भन्दैछन नि । अहिले सत्तामा रहेका र सत्ताको स्वाद पाएका नेतागणहरु छातीमा हात राखेर भन्नोस के तपाइले देखाएको सपना सही थियो त ? तपाईले स्वाद लिइराखेको सत्ताको स्वाद त्यो निमुखालाई दिनु भएको छ त ? अनि त्यो सामन्ती, निरकुंश,जहानिया, राष्ट्रघाती, सेतो हात्ती आदि को हो त ? एक पटक ऐनामा हेरेर यी प्रश्नहर्रुको सवाल खोज्नुहोला ।
विप्लव जी भ्रम नपाल्नुहोला, आज तपाइले देखेको सपना पनि भ्रम नै हो । किन कि आज सञ्चारमा भन्दैहुनुहुन्छ तपाइका गुरु प्रचण्ड तपाइहरु उहालाई सफाई गर्दै हुनुहुन्छ रे । साचो के हो तपाई आफै वुझ्नुहोला । प्रचण्डको सुरक्षाको लागि ५९ जना सुरक्षा फौजको घेराभित्र राख्दैगर्दा के उहा खुला वन्धी भएन र ? उहालाई त्यही सामान्तीको सांग्लो मन पर्ने थियो भने किन अरुलाई सामान्ती, निरकुंश र जहानिया भन्नु भएको । म भन्दै छु , अनुरोध गर्दै छु हतियार वोक्नेहरु कायर हुन र अन्तमा उनीहरु हार्छन नै । हैन भने प्रचण्डलाई तपाईदेखि तर्सनु पर्छ जस्तो त लाग्दैन मलाई । मानिसको मृत्यु, जसरी हुनु छ त्यसरी नै हुनेछ । हिंसाको वाटो छोडीदिनोस, सामाजिक वहिस्कारको वाटो समात्नोस । यसैमा विजय निश्चित छ, अन्यथा आजको प्रचण्डको छटपटी तपाइमा हस्तान्तरण हुने छ ।
आजको आवश्यकता के हो त ? समाधान कसरी निकाल्ने त ? हिजो र आज सामाजिक लाभमा रहेका राजनैतिक दलका नेता, कर्मचारी, न्यायधिष, प्रहरी, सेना सवैको सम्पतिको जाचवुझ गरी अनाधिकरण रुपमा प्राप्त गरेको सम्पती राष्ट्रीयकरण गर्न तर्फ लाग्नु पर्छ ।भ्रष्टहरुलाई जेलमा होइन, सामाजिक वहिस्कार गर्नुपर्छ, तिनले छोएको पानी समेत समाजले वहिष्कार गर्न सक्नुपर्छ । मानवीय मुल्य र मान्यतालाई इज्जत गर्न सक्नुपर्छ । एलेकजेण्डर ग्रेटले विश्व जिते तर अन्तमा मर्ने वेलामा गीताको सार वोलेका थिए रे । उनले आफ्ना मानिसलाई उनी मरेपछि उनको हातहरु खुला आकाशमा छाडिदिनु भनेका थिए रे । यसको अर्थ पश्चताप नै त हो नि । उनले झट्ट हेर्दा जिते तर अन्तमा आफ्नो जीवनमा गरेको कार्यको पश्चताप हो । यसको अर्थ उनी रित्तै हात गए भन्नु त होनि । त्यसैले अव सवैले जित्ने खेल खेल्नुपर्छ । त्यो खेल भनेको शान्तिको खेल हो, सम्वृद्दीको खेल हो, सम्पनताको खेल हो । त्यस्तो खेल खेल्नुपर्छ ।
त्यस्तै गरी नेताहरु आफुलाई बुढो गोरुको रुपमा परिमार्जित गर्नु हुदैन । आफुले एक वा बढीमा दुई कार्यकाल पुरा गरे पछी आफ्न कार्यकर्तालाई अवसर दिनुपर्छ। अनि मात्र दलिय राजनिति सफल हुनेछ। अन्यथा तपाईं पनि भोलिका दिनमा आजका छेपारे नेता जस्तै हुनुहुनेछ । आफ्नो सदस्य बिरामी हुदा बिदेशी शहरमा उपचार तर सर्वसाधारणले सिटामोल पाउदैन। मार्दिनुपर्यो मर्दिन पर्यो सर्वसाधारण मोजमस्ती गर्ने नेता । कस्तो बिडम्बना छ नेपालमा ,हैन र ?
वर्तमान सत्ताधारीलाई विगतका सत्ताधारीले लगाएका आरोपले जिस्काइराखेको छ । पुव मन्त्री, प्रधानमन्त्री राष्ट्रपति वा अन्य कोहीलाई राष्ट्रको नामबाट व्यक्तिगत सुरक्षा होइन सवै नागरिकलाई जे उपलव्ध गराइन्छ ,त्यतीमात्र दिनुपर्छ । अनिमात्र संविधानमा लेखिएको समनताको अर्थ रहने छ । विभेदीकरणको अन्त हुनेछ । आजको आवश्यकता नै सामाजिक समानाता, सामाजिक न्याय, विकास र सम्पन्नता नै हो। हिमालको भोटे, पहाडको पहाडिया र तराईको मधेशी नभनी सवैले नेपाली भन्न सकाै यसैमा सवैको जय हुनेछ ।
जे आयो मनमा त्यही, पोखिदिए। यही रह्यो मेरो अपिल ।
चन्द्र कान्त पण्डित
पोखरा लेखनाथ –३२ , कास्की, नेपाल
पोखरा लेखनाथ –३२ , कास्की, नेपाल
No comments:
Post a Comment