Saturday, June 6, 2020

कमिशन तन्त्र मुर्दावाद

कमिशन तन्त्र मुर्दावाद
४० को दशकमा दुई जना मात्र विद्यार्थी सामेल हुँदा पनि विद्यार्थी हक हितको वारेमा आवाज उठाउँदा भन्ने गरिन्थ्यो कमिशन तन्त्र मुर्दावाद तर आज त्यही कमिशन तन्त्रको कारणले देशको पछौटेपन र जिम्मेवार व्यक्तिहरु आफ्नो छेपारे नितिले गर्दा नेपाल दिनानुदिन दलदलमा फस्दै छ । नेतागणहरु मागेर खाने संस्कृतिको अन्ते गर्नुृ पर्छ ।
मागेर खाने व्यक्ति र देशको उदो गति वाहेक केही हुदैन । आफ्ना देशको उर्वर जनशक्ति चाहे त्यो कमाउनको लागि होस वा चाहे त्यो अध्ययनकै लागि किन नहोस विदेश पठाउनु सरासर गलत रहेछ भन्ने देखिन्छ । पढ्न गएको व्यक्तिमा पनि केही न केही उसको दिमागमा भरिदिएको हुदोरहेछ जसले गर्दा स्वदेशको वारेमा पनि सही निर्णय लिन सक्दारहेनछन् । नत्र किन वारम्वार अर्थमन्त्री भएका डा. अर्थशास्त्रीहरु फेल भएका छन । नेपालको युवा युवतिको लागि न शिक्षा उपलव्ध गराउन सकेका छन न देशको आवश्यकताको पहिचान गरी आवश्यक जनशक्ति नै।
हातमा शैक्षिक प्रमाण पत्र छ तर काम गर्नसक्ने शिप छैन । यही छ अहिलेको नेपालको शैक्षिक प्रमाणपत्रको अवस्था । शैक्षिक प्रमाणधारी विज्ञहरुलाई आफैले उत्पादान गरेको जनशक्तिमा विश्वास छैन । अरुको कमजोरी केलाउने तर आफू चुकेको स्थानको पहिचान गर्न नसक्ने अवस्था छ अहिले ।
अहिले देखिएको नेतामुखि, सरकार मुखि आचरणको अन्त्य गरी कर्ममुखि नागरिक वनाउनको लागि । त्यति मात्र हो र पूर्व कर्मचारी, सेना प्रहरी , कर्मचारी, संसद, मन्त्री, प्रधानमन्त्री आदिले भ्रष्टाचार गरेर अकुत सम्पति कमाएका छन भन्ने दिनानुदिन पढेका छौनी । तीनको छानविन गरेर सवै कर्मचारी, राजनितिज्ञ चोर हुन, वदमास छन भन्ने आरोपबाट मुक्ति दिलाउनको लागि र उनीहरुले थुपारेको अकुत सम्पति राष्टी्रयकरण गरी नेपालको मुहार फेर्नको लागि पनि हो नि । अहिले देखिएको युवाहरुको कमाई र पढाईको लागि विदेशिने वातावरणबाट मुक्त पारी नेपालमा नै अध्ययन र कमाइको मार्ग खोलिने छ वरु विदेशीहरु नेपालका विश्वविद्यालयमा पढी यही रोजगारीको केन्द्रविन्दु वनाउने बाटो समेत खोज्नु पर्ने देखिन्छ।
डा. झुण्डिएकाहरुलाई विदेशी दलाल भन्ने सुनिन्छ या रअको अजेन्ट, अमेरिकी जासुस वा अन्य केही ।करिव करिव वाहिर पढेर आएका विद्वानहरु देशको आवश्यकता अनुसारको जनशक्ति तयार पार्न करिव असफल नै भएका छन । नेपालमा कृषि क्रान्ति चाहिएको छ । कमिशन तन्त्रलाई वैद वनाउने पनि तिनै डा. नै हुन । आज कोरोनाले विश्वलाई आक्रान्त पारेको वेलामा पनि त्यही फोहरी खेलको गन्ध आइरहेको छ । देश ठप्प छ तर कर तिर्नको लागि सूचना जाहेर गर्दछ। व्यापारीहरु निरवस्त्र विरोध गर्दैछन र भन्दैछन पहिला वाच्नदेउ, कर वाचेमा तिरौला। सुनिन्छ वजेट भाषणको केही दिन अगावै योजनवद्द रुपमा अर्थमन्त्री कमाउधन्दामा छन समाचार अाउनु दुर्भाग्य नै हो । अर्थमन्न्रीले त देशले कसरी कमाउने हो त्यो बाटो खोज्नुपर्ने थियो तर त्यो देखिएन ।
अहिलेको विषम परिवेशमा सरकारले कर तिर भन्नु पनि अपराधै हो । कर त केही गरेवापत तिरिने रकम हो । उद्यमीलाई घरभित्र थुनेर कर तिर भन्नुपनि गलत नै देखिन्छ । समनतालाई मौलिक हक भित्र राखिसकेको नेपालले एकै क्षेत्रमा काम गर्नेलाई कसरी ज्यालामा समानतामा लान सकिन्छ, त्यता मात्र सोचे पनि देश समाजवादको वाटोमा लम्कने थियो तर अहिलेको अवस्थामा त्यो पनि देखिदैन ।
कमिशनवादलाई सदाको लागि अन्ते गर्नुपर्छ । जव कमिशन रोकिन्छ, तव मात्र कुनै योजनाको लागि छुट्टाएको रकम पूरा प्रयोग हुने छ । अहिले जति योजना अलपत्रमा परेका छन ती सव कमिशनमा कुरा नमिलेर भन्ने सुनिन्छ जुन नेपाल र नेपालीको लागि अभिशाप भएको छ ।कमिशन तन्त्रको अन्ते गरौ, देशको उत्पादनलाई माया गरौ , यही माटोलाई सजाऔ, नेपाल छोटो समयमा अगाडि वढ्ने छ ।

No comments: