२०७७ । ०२।२०
विस्वास गर्ने कि नगर्ने ?
दिनको पौने चार वजेको थियो । विद्यालयको केही साथीहरुसँग विद्यार्थीको वारेमा के गर्न सकिन्छ, पाठ्यपुस्तक कसरी वितरण गर्ने, पुस्तक दिने कि नदिने, यसले कसरी विद्यार्थीलाई सहयोग पुऱ्याउला भन्दै फर्कदै थिए । कुटुवालको डेरामा भित्र छिर्नको लागि ठूलो गेट छ, कोरोनाको कारणले २४ घण्टा चापि लगाएको हुन्छ । जव म गेटमा आइपुगेको थिए एक जना करिव ३५ वर्ष जस्तो देखिने यूवा जसको शरीर ऋष्टपुष्ट देखिन्थ्यो तर मलिन अनुहारमा मलाइ सम्वोधन गर्दै थिए –वुवा भोकै छु । हिजो देखि केही खाएको छैन । म काम गर्ने मानिस काम छैन खान नि पाएको छैन । सायद उनलाई लागेको होला यति ठूलो गेट र करिव करिव यो क्षेत्रको ठूलो घरको आडमा भएको मानिससँग प्रशस्त धन छ र उसको आवश्यकता पुरा हुनेछ ।
के थाह उनलाई उ जस्तै हो म पनि । फरक त्यति हो उनी पनि काम गरेरै खानु पर्ने म पनि । फरक कामको प्रवृति मात्र हो र म ठूलो घरमा भाडामा वसेका छु । लाग्यो होला यो घर मेरो नै ।उनको ठूलो आकांक्षा पनि थिएन । भन्दै थिए चाउ चाउ। चाउ चाउ किन्ने पैसाको आसाय व्यक्त गरे मसँग । त्यही समयमा मेरो कान्छी छोरीले गेट खोलिन । म उनको अनुरोध सुनपछि त्यतिकै हिड्न सकिन । आखिर उनको र मेरो पिडा उस्तै उस्तै हो नि ।
मैले उनीतिर फर्कदै भने । वडामा जानुभएन । वडाले राहत दिन्छ नि । फेरी जवाफ थियो वडामा गएको ५ जनाको समूह वनाएर आइज भन्नु भयो । तर पनि राहत पाइएन । त्यत्तिकैमा मैले साधे घर कहा होनि । जवाफ थियो : वुटवल । वडा नं ७ मा एक दुइ पटक राहत वितरण कार्यमा सहजताको लागि म पनि गएको थिए । मलाइ विश्वास लाग्दैन वडाले राहत दिएको छैन भन्ने कुरामा । यो चाही पक्का हो दिएको राहत सामग्रीले यति लामो समयलाई पुग्दैन ।
त्यस्तो तन्नेरी जवान उसलाई मागेर खान त के मन लाग्थ्यो होला र पनि समयले वाध्य वनायो । नेपाल सरकार र दल करिव माग्नको लागि तयार हुन्छन, आफ्नो दलले चुनाव हारेमा विदेशी अनुदान आउदैन आदि नारा सुनाउछन । अधिकांश सर्वसाधरण नेपाली मागेर खान जान्दैनन तर पनि आज त्यो जवानलाई लाचार वनाइदियो । मैले केही नवोली उसको भोक मार्नको लागि गरेको आशालाई आज पुरा गरे र गेटभित्र छिरे । मैले गर्न सक्ने त्यति थियो त्यो गरे ।
एक हप्ता अगाडि म मेरा दुइ विद्यार्थीसँग अचानक भेट भएको थियो । दुवैजना स्नातक तहको अन्तिम वर्षको लागि अध्ययनमा जुटेको कुरा सुनाइसकेपछि मैले हाम्रो विद्यालय पशुपति मित्र माविको शैक्षिक गुणस्तर र अरु भाइ वहिनीहरुलाई विद्यालयमा पठाउनको लागि अनुरोध गरिरहेको वेलामा ठीक त्यसरी नै एक अर्धवैशे मानिस ती नानीहरुसग कुकुरले टोक्यो । टिटानसको सुइ लगाउनको लागि पैसा मागे । मैले भने यी पढ्ने विद्यार्थीले कसरी दिन सक्छन भनेर मेरो पर्सबाट केही रुपैया दिन लाग्दै गर्दा याक्टीङ गरेको हो । एक जनाले भनिन रातो रङ्ग मात्र लगाएको। कुकुरले टोकेको हैन भने पनि एक पटक हेर्दा टोकेको जस्तै देखिन्थ्यो । मैले उसलाई पनि वडा स्वस्थ्य कार्यलयमा जानको लागि सल्लाह पनि दिए र उसले मागेको रु ५० पनि । यी दुवै पात्र काठमाण्डौको कुटुवहालको गल्लीमा देखिएका पात्र हुन ।
कोरोनाबाट सजग हुनै पर्छ । वजेट भाषणमा मितव्ययिताको कुरो उठ्दै गर्दा नेपाल सरकारले आफु मितव्ययी वनेर देखाउन पर्छ । दश वीस लाखको गाडीले काम चल्ने अवस्थामा करौडौको गाडी चढिरहनु पर्दैन । अव सोच्नै पर्छ सरकारले कि गास देउ, सक्दैनौ भने काम गरेर खान देउ । कोरोनाको भएमा यत्तिकै वस्ने हो भने भोलि भोकमरीको सम्भावना छ । सामाजिक दुरी कायम गर्दै कि माम, माम दिन नसकेमा काम दिनुपर्ने देखिन्छ । यी दुई घटना काल्पनिक होइनन । सम्वन्धित निकायले समयमा वुझिदिएमा आभारी हुने थिए ।
चन्द्र कान्त पण्डित
कुटुवहाल काठमाण्डौ ।
No comments:
Post a Comment