२०७५÷०७÷१०
मानिस समयको दास
प्रत्यक मानिस आफुलाई अरुभन्दा चलाख र ज्ञानी सम्झ्न्छ तर के थाह सवै कुराहरु उसको बहसमा हुदैन उ विस्तारै अरुको आंखामा दोशी देखिन पुग्छ । दोशी द्ख्नेले दोशी देख्नु पनि स्वभाविकै हो भने अर्काको कारणमा दोशी देखिनु पर्दाको पिडा भोग्नेलाई नै थाह हुन्छ । हुन त मानिसको जिवन नै भोगाइ नै हो । जसले भोग्छ , उसले नै जिवन बुझ्छ । सम्पन्नतामा जिइएको जिवनले जिवनकको मर्मलाई नबुझेको हुनसक्छ । हुनत मानिसको सोचाइ नै ठूलो रहेछ , प्रत्यक घटनाक्रमलाई जतिसुकै दूभाग्यपूर्ण किन नहोस उसले त्यसलाई अर्को कुनै सुनौलौ अवसरको पर्खाइको लागि यस अवसर गुम्यो भनि बुझिदिदा हुन्छ । कुनै व्यक्तिलाई शैक्षिक प्रमाणपत्र नहुदा पदोन्नतिमा वाधा, कसैलाई हुदा अर्कोलाई पिडा, अनि नचाहिदा खेल खेल्नु पर्ने जसले गर्दा धेरै व्यक्तिको शिर सदाको लागि झुकाउनु पर्नै, वलिको बोको जस्तै । कठै मानिसको जिन्दगी । उ ठान्दछ कुनै खेल गलत तरिकाले खेल्दै खेलाउदै गर्दा जित हात पार्दा दड.्ग त पर्ला तर त्यही दिन बेलुका देखि निद्रा नपर्दा के होला ?
आर्थीक रुपमा मानिस गरिव भए पनि मानसिक रुपमा दरिद्री बन्न हुदैन । धन, सम्पती आझ छ भोली हुदैन तर जिवन त लामो छ भनिन्छ नि । अरुले आफुप्रति विस्वास टुटाउछन भने पनि आफुले त्यही गल्ती गर्नृ हुदैन । विस्वास टुटाउनेहरु एक दिन गएर पछुताउन पर्छ । पछि पछुताउन भन्दा समयमानै सोच्नु बुद्दीमानी ठहरिने छ । राजा हरिश्चन्द्रले सवै गुमाए तर होस कहिल्यै गुमाएनन । त्यसैले उनले गुमाएको राज्य, मरेको छोरा, मात्र नपाइ जिउदै आफु लगायत सम्पूर्ण प्रजालाई लिएर स्वर्ग जान सक्क्षम भएका थिए । त्यसैले जतिसुकै आपत परेपनि होस गुमाउनु हुदैन । तर नेपाली समाजमा होस गुमाउनेहरु बढ्दै छन, त्यसमा पनि डाडुपन्यौ बोक्नेहरु ।
हिजो राजालाई दोशी देख्नेहरु आज सामान्य मानिसहरु उनैलाई दोशी देख्दैछन । पूर्व राजा ज्ञानेन्द्रले आफुलाई बिरेन्द्रभन्दा चलाख ठाने तर समयले उनलाई कमजोर सावित गरिदियो । फेरी अहिलेको बेतिथिलाई हेर्दै गर्दा ज्ञानेन्द्रप्रतिको झुकाव बढ्दै गएको देखिन्छ । यही समय हो जसले मानिसलाई वालक, युवा र वृद्द वनाउछ । यही समय हो जसले मानिसलाई असल, खराव र मुर्ख बनाउछ । त्यसैले प्रत्यक मानिस समयदेखि सर्तक बन्नुपर्दाेरहेछ । अंहकार भरिदै मानिसमा जान्छ भने त्यो मानिसको विनास भएरै छाड्छ । यदि मानिसमा विनम्रताले स्थान पाउंछ भने उ समाजमा पुजिदै जान्छ । त्यसैले मानिसले समयको सही सदुपयोग गर्नु पर्छ ।

No comments:
Post a Comment