२०७५-०७-१२
झुटको खेती
मानिस जन्मजात स्वार्थी प्राणी हो । उ आफुलाई अरुभन्दा फरक देख्दछ र कमजोर भए पनि आफुलाई सफल र सक्क्षम नै ठान्दछ । आफुले गरेका प्रत्यक क्रियाकलापलाई गल्ति गरेको महशुश हुदाहुदै पनि त्यसलाई ढाकछोप गर्न नै व्यस्त हुन्छ यही नै मानिसको दुर्वल पक्ष हो । जो व्यक्ति यस्ता कमजोरीलाई सर्हस स्वीकार गर्दछ उ सामान्य मानिस भन्दा माथि उठ्दछ र मानव समाजमा छुट्टै पहिचानकासाथ जिउन सफल हुन्छ । आफ्नो कमजोरीलाई स्वीकार गरी सच्चाई जो अगाडि बढ्दछ, यथार्थतामा त्यही नै सच्चा मानिस हुनेछ र जीवनको अन्ते भए पनि उ मृत्युपर्यन्त पनि जिइरहने छ । लंकाको राजा रावण वुद्दीमान थिए, वलवान पनि थिए तर उनमा अहंकार थियो र आफु अरुभन्दा वलियो छु भन्ने घमण्डले नै उनको श्रीमती मन्दोदरीले सीतालाई फिर्ता पठाउने सल्लाह दिदादिदै पनि आफैलाई सर्वेसर्वा माने, उनको सल्लाहलाई वास्ता गरेनन र अन्तमा मृत्युवरण स्वीकार गर्नु पर्यो । यही र यस्तै हुने हो प्रत्यक अहंकारीको जीवनलिला ।
राजनितिमा सवै कुरा ठीक हुन्छ भन्ने गलत सोचले मानविय समाजमा असमजदारी बढेको छ । नेतालाई चैन सर्वसाधारणलाई करको निति गलत बाटोमा हिडाउदै गर्दा नेपालीले कसरी बुझ्ने ? जनतालाई कर तिर्न सक्क्षम बनाएपछि कर लिनु पर्छ तर जनताको जीवनस्तर वृद्दी विना करको दायरा बढाउनु नै चुनावको वेलामा गरिएको वचनवद्दताको उपहास हो । वर्तमान प्रधानमन्त्रीले चुनावको समयमा वृद्दवृद्दाहरुलाई घरघरमा रु ५००० वृद्द भत्ता पुर्याउने छ भनि दिएको भाषण आज सञ्च्ँँर म्ँँध्यममा छ्यापछ्याप्ती छ । उनै ओली आज प्रधानमन्त्री छन । के जनतालाई ढाट्न पाउने अधिकार नेताहरुलाई दिइएको छ त ? के यो चोरी होइन ? के यो छल होइन ? नेताले ढाटेर लिएको मत र चोरले चोरेको धनको विचमा खासै फरक देखिदैन । आखिर छल नै त होनि । प्रक्रिया मात्र फरक होनि । हैन र ?
जुनसुकै धर्म र दर्शनले ढाट्न हुदैन भन्छ, ढाट्नु र छल्नु अपराध नै हो । गरुण पुराणले त यसरी ढाट्ने र छल्ने व्यक्ति मृत्युपर्यन्त सिधै नर्कमा पुग्छ भनेको छ । ग्रन्थले मानिसलाई सजग र सचेतता पारेको छ तापनि देशको सर्वेसर्वा व्यक्ति नै यस्ता अपराधिक सोचमा डुवेका छन, अनि देश कसरी सम्वृद्दीको बाटोमा लाग्छ ? यस अर्थमा भोक्ने कुकुरले टोक्दैन भन्ने भनाई चरितार्थ भएको छ । सर्वसाधरण व्यक्तिले काल्पनिक कुरा गर्न मिल्छ देशको वारेमा तर देशको मन्त्री र प्रधानमन्त्री भैसकेको व्यक्तिले देशको यथार्थता बुझेको हुन्छ । त्यसैले सत्तामा पुग्दा के गर्न सकिन्छ र के गन सकिदैन भन्ने कुराको हेक्का राख्नुपर्छ । यदि त्यसो गर्न सकिदैन भने त्यस्तो व्यक्ति नेता हुन सक्दैनन , उनीहरु केवल झुटका झुण्डहरु मात्र कहलिने छन कालान्तरमा । हुन त कलामले भनेका छन सानो सपना देख्नु पनि अपराध हो । नेताले देख्ने सपना सर्वसाधरणको भन्दा फरक हुनुपर्छ । देश हाक्ने व्यक्तिले माछा बाडेर होइन माछा मार्ने सिपको प्रवाह गर्न सक्नु पर्छ । त्यसैले कसैले पनि झुटको खेती गर्नु हुदैन ।
No comments:
Post a Comment