२०७५-०७-११
नेपाली,अग्रेजी र संस्कृत भाषा , अध्यापनको माध्यम
अवको विद्यालयस्तरको पढाइ नेपालमा नेपाली,अंग्रेजी र संस्कृतमा हुनुपर्छ । यी तीनै भाषालाई उत्तीकै महत्व दिनुपर्छ । हिमाल,पहाड र तराईका नेपालीलाई गोलवद्द गर्नको लागि नेपाली भाषा अनिवार्य हुनैपर्छ र यही भाषाको माध्यमबाट वालवालिकालाई आफ्नो भाषा, माटो, संस्कृति, भेषभुषा, रहनसहनको वारेमा जानकारी दिदै राष्ट्रवादी वनाइ नेपालमा नै वसी आफ्नो जीवनको सपना बुन्न सिकाउन सक्नुपर्छ ।
अंग्रेजी भाषा अन्तराष्ट्रीय भाषा भएकोले र आधुनिक उपकरण, औषधी, विउ र अध्ययन सामग्रीहरु साथै अन्य साधनहरु अंग्रेजी माध्यममा हुने र बाकि विश्वसंग सञ्चार गर्नुुपर्ने भएकोले पनि अंग्रेजी भाषामा अद्यापन गराउनुपर्ने आजको अपरिहार्यता भएको छ । नेपालीले आफुलाई गौरवका साथ अन्य मुलुकका व्यक्तिसंग आफ्नो विचार पोखी आफ्नो बाटोमा हिडाउनको लागि उत्प्रेरकको रुपमा कार्य गरी नेपाललाई विश्वसामु चिनाउनको लागि पनि अंग्रेजी भाषा अध्ययन अध्यापन गराउनै पर्छ । नेपालको भाषा, संस्कृति, भौगोलिक विभितता, अनेकतामा एकता, जैविक विभितता, धर्म, खाना, जडिबुटी आदिको माध्यमबाट नेपालको आयआर्जनको बाटो बनाउनको लागि अंग्रेजी भाषा सिकाउनै पर्छ ।
सवैभन्दा महत्वपुर्ण र सन्सारकै पुरानो भाषा जहा प्रत्यक ज्ञानको भण्डार छ त्यो भाषा अरु कुनै नभएर संस्कृत नै हो । त्यसैले वेद, उपनिषद, पुराण आदिमा रहेका वैज्ञानिक ज्ञानको खाेिजको लागि पनि संस्कृत भाषा जान्नै पर्ने देखिन्छ । संस्कृतमा लेखिएका वेदमा रोग र तिनको रोकथाम, हातहतियार, विभिन्न यन्त्र, उपकरण आदिको खोजी गर्नको पनि संस्कृत भाषा अध्ययन अध्यापन गराउनै पर्छ । यही नै वर्तमान नेपालको सम्वृद्दीको लागि उत्तम माध्यम हुने छ । संस्कृत भाषाको माध्यमबाट साहित्य, विज्ञान, स्वास्थ्य र चौतर्फी विकासको बाटो खुलाउन सहज हुनेछ ।
जहा धेरै भाषाको ज्ञान हुनेछ, त्यहा शान्ति र सम्वृद्दीले स्थान लिने छ । यदि प्रत्यक नेपाली यी तीन भाषाका ज्ञाता हुनेछन भने नेपालको पानी, कृषि उपज, कला र संस्कृतिलाई विश्वसामु पुर्याई आयआर्जनको बाटो खुल्ने छ अनि आफ्नै आगनमा विदेशी डलर कमाउन सक्ने हुनेछन ।
No comments:
Post a Comment