Tuesday, May 1, 2018

१२९ औ अन्तरास्ट्रीय मजदुर दिवस

२०७५-०१-१८
आज १२९ औ अन्तरास्ट्रीय मजदुर दिवस मनाउदै गर्दा के नेपाली मजदुरहरु यसलाई पर्वको रुपमा मनाउन सक्ने छन त? के गर्न सकिन्छ त नेपाली मजदुरको सान र मानलाई उच्च पार्नको लागि? के कर्मकाण्डी रुपमा र्याली र भाषणले उनीहरुको पेशालाई इज्जत देला त? नेपाली मजदुर एकै स्थानमा भेला हुननसकेको अवस्थामा के विश्वका मजदुर एक हौ भन्दै नारा लगाउदा सान्दर्भिक होला त? के आज जसरी सडकमा सवै तह र तप्काका मजदुरहरु लामवद्द हुदै जुलुशमा देखिएको सामिप्यता कर्मस्थालोमा होला त? के दिवस भनेको मानिसको भेला गर्दै केहि नेताको विचार सुनाउदैमा अर्थपूर्ण हुन सक्ला त?
यी र यस्तै कौतुहलता बोक्दै आजको पुरै दिन विहानको ११ बजे देखि ४ बजेसम्म यसैमा समर्पित गरियो र आफुलाई एक मजदुरको रुपमा उभ्याइयो । वक्ताहरुको विचार पनि सुनियो।युवा नेताहरु गगन कुमार थापा भन्दै थिए कमन्युस्ट र कांग्रेसको विचको भिन्नता। नेपाली कान्ग्रेससको केन्द्रमा मानिस हुन्छ, उसका एजेन्डाले जितेको छ तर चुनावी माओलमा पछि परेको तितो यथार्थता पोख्दै थिए भने विश्व प्रकाश शर्माले अब्राम लिंकनको बुवा जुत्ता सिलाउने व्यक्ति थिए र उनलाई कसैले उनको वावु जुत्ता सिलाउने व्यक्ति थिए भन्दा उनी खुशी हुदै भनेका थिए रे जसरी मेरा वुवाले जुत्तालाई मिलाएर सिलाइ सुन्दर बनाउदै कार्य गरे त्यसरी नै सवै मिलि अमेरिकालाई मिलाई सुन्दर बनाउनु पर्छ भन्ने संदेश पोख्दै थिए। विश्व . प्रकाश माथि व्यंग गर्दै आफु ७० नागिसकेकोले युवा नभन्नको लागि आग्रह गरे प्रदिप गिरीले । उनले युवा दुवै नेतालाई बयलको रुपमा नेपाल भरी भाषण गर्दै वैकल्पिक अर्थनीतिको खोज गर्न आग्रह गर्दै थिए। सवैका विचार सुन्नमा गहन थिए। अव नेपाललाई विचार र त्यसको कार्यान्वयनको खाचो रहेको तितो सत्यता हामी माथि छ भन्दै थिए।
मैले देखेको छु अनि सवै व्यक्ति जव एक्लै बोल्छन उ 'म' भन्न थाल्छ र करिव करिव हुटीट्याउले आकाश थाम्न खोजे झैँ सवै मेरो नै हो, मैले नै गर्न पर्छ, म नभए खतम हुन्छ, त्यो म आफ्नो विचारधारा भन्दा बाहिरको व्यक्तिलाई नक्कली प्रमाणको भरमा नेता मान्छ आफ्नो सजिलोको लागि तर त्यही कार्य अर्कोले गर्दा दोषी देख्छ कस्तो रहेछ त्यो 'म'। एकै सस्थामा एकै पटक नियुक्ति लिएका मजदुरहरु 'म' 'म' विचमा द्वन्द देखिएको छ। एउटा 'म' एक घण्टा काम गर्दा पुग्ने अर्को 'म' लाई ८ घण्टा काम गर्नु पर्ने फेरी अर्को 'म' लाई केहि नगरी दिनभरी उपस्थिति जनाइदिए पुग्ने। यी तीन 'म' आफैमा ठूला छु भन्ने भ्रममा जीवन जी राखेका छन् तर अरु के भन्दै छन् बुझेकै छैन। ती तीन 'म' आफैमा विचारा भएका छन।
आज विश्व मजदुर दिवसको उपलक्षमा सवै मजदुरले बुझनै पर्छ कोहि काम सानो र ठूलो हुदैन। सवै काम उत्तिकै महत्वका छन्। सवैले पुज्नै पर्ने व्यक्ति त किसाननै हो किनकि उसको उत्पादन सवैलाई जिउनको लागि अनिवार्य छ तर नेपालमा तीनलाई व्यवास्था गरिन्छ। उनीहरुलाई हेर्ने दृस्टीकोण गलत छ। आजकै दिनवाट सवैले अरुको कामको इज्जत गर्न थाल्नुपर्छ। अनिमात्र सवै व्यक्तिहरु सवै कार्यलाई महत्व दिदै कार्य गर्ने छन्। अनि भन्न सक्ने छन् विश्वका मजदुर एक हौ। बोली र गराइमा समानता हुनेछ। सस्थाको नेतृत्व गर्ने व्यक्ति र त्यस सस्थाको कार्यालय सहायक दुवै मजदुर हुन् र दुवै समान छन्। सुविधा पाउदा दुवैले पाउन पर्छ तर पदको आधारमा असमानता हुनुहुदैन। यदि त्यस्तो गरिन्छ भने त्यो अमानवीयता हो। हो फरक यत्ति हो कि ती दुवै पात्रको कार्य भने फरक छ र तर तिनीहरूको पारिश्रमिक फरक भएता पनि त्यस सस्थाको लागि दुवै महत्वपूर्ण छन। एक कुचिकारले सफा गरिदिएन भने त्यो सस्था कस्तो रहला? त्यस्तै गेटमा रहेने चौकीदारले बिना सोधबुझ सवैलाई विनारोकतोक छोडीदिदा भित्र समस्या आउन सक्छ।
प्राकृतिक रुपमा धनी र सुन्दारताले भरिएको नेपाललाई विकासले पनि अर्थपूर्ण वनाउनु पर्छ नेपालीले। के सम्भव छ त? नेपाललाई अव विश्वको युवाको अध्ययनको केन्द्र विन्दु, मजदुरलाई रोजगारको केन्द्रविन्दु, पर्यटकको लागि घुम्ने स्थान र लगानीकर्ताको लागि लगानीको स्थलो बनाउन सक्नु पर्छ। जसरी बेलायत र अमेरिकाले हतियार देखि भाषा वेचेर खाएको छ त्यसरी नै नेपालले यहाको संस्कृति, पानी, जडिबुटीलाई अन्तरास्ट्रीय बजारमा वेची देशको विकाशको पूर्वाधार खडा गर्न सक्नु पर्छ र समुन्नत रास्ट्रको रुपमा नेपाललाई चिनाउनु पर्छ । नेपालको सस्तो मजदुरीलाई देशमा नै उपयोग गर्न सक्नुपर्छ। नेपालका विश्व्विद्द्यालयले प्रदान गरेका शैक्षिक प्रमाणपत्रले विदेशी विश्वविद्द्यालयमा समानुपातिक हैसियत प्राप्त गर्न सक्नुपर्छ। अव नेपालले आर्थिक क्रान्तीको बाटोमा लाग्नु पर्छ। नेपाल र नेपाली दुवै प्रत्यक स्थानमा आत्मनिर्भर बन्न सक्नु पर्छ। यहाको माटो, पानी, सौन्दर्यतालाई सहि रुपमा उपयोग गरेमा आउदो १० वर्षमा मध्यम स्तरीय र २० वर्षमा सम्पन्न रास्ट्र बन्न सक्छ यदि यो देशका नेता गणहरुले आफ्नो महलको सपना त्यागि देशको सपना बुन्नसके, आफ्नो सुरक्षाको चिन्ता छोडी रास्ट्रको सुरक्षाको लागि लागे , भ्रस्टचारीलाई सामाजिक वहिस्कार गरिदिए, आशावादी र सामाजिक र मानवतावादी सोचको विकास गरे। आज अन्तरास्ट्रीय मजदुर दिवसको उपलक्षमा यहि रह्यो मेरो सुभकामाना समग्र नेपाली र विश्व मजदुरलाई। जय मजदुर दिवस !!

No comments: