२०७५ -०२-०३
बधाई छ दुवै नेता ओली र प्रचण्ड अनि दुवै दलका नेता तथा सदस्यलाई!
बधाई छ दुवै नेता ओली र प्रचण्ड अनि दुवै दलका नेता तथा सदस्यलाई!
आजकै दिन २५ वर्ष पहिले नेपालका उदयमान एमालेका नेता मदन भण्डारी ( जसले बहुदलिय जनवादको प्रतिपादन गरेका थिए) र जीवराज आश्रीतको दास ढुंगामा भएको कार दुर्घटना हो या घटाईएको घटना हो जसको कारणले यी दुवै नेताको मृत्यु भयो तर कार चालक जिवितै रहे। वर्तमानमा जीवित रहेका कम्निस्ट नेताहरु यो दुर्घटना नभएर घटाईएको घटाना हो भन्दै गर्दा एका तर्फ उदयमान नेताहरुको मृत्यु भैसकेको थियो भने अर्कोतर्फ रत्नपार्कका रेलिंग र बिर हस्पिटलका सिसाहरु फ़ुटाइएका दृस्टान्तहरु कहिँ कतै शुरक्षित छन् होलान र हत्याराहरु चिनेका छौ भनेका आवाजहरु पनि कहिकतै कैद भएकै हुनुपर्छ।
बिनासमा पनि बिकास छ भन्ने सत्यता आजको दिनमा नेपालका कम्न्युस्ट दल नेकपा एमालेका अध्यक्ष के पी ओली र नेपाल माओवादी केन्द्का अध्यक्ष प्रचण्ड विच छलफल गरि आजको दिनबाट नै नेपाल कम्निस्ट पार्टीको रुपमा निर्वाचन आयोगमा दर्ता गर्न पुगेका छन जसले राजनीतिमा सवै असम्भव पनि सम्भव हुनसक्दो रहेछ भनि प्रमाणीत गर्न सफल भएका छन र विश्व राजनैतिक क्षेत्रमा आठौ आश्चर्यको रुपमा देखाउन सफल भएका छन्। सम्बोदनको क्रममा आज केपी ओलीको विचार उच्च देखिएको छ र उनले नेपाली कांग्रेस समेत सहयात्री भएकोले एक चुनाव हार्दैमा नआत्तिन सुझाव दिएका छन् अनि थपेका पनि छन 'हामी २०१५ को चुनावमा ४ सदस्यबाट अहिले आएर बहुमत प्राप्त गर्न सकेको' यथार्थताको चित्रण गर्न समेत पुगेका छन । उनको भनाइमा एकिकरण कसैको बिनासको लागि नभएर नेपाललाई सम्वृद्दीको लागि हो भनि सम्बोधन गरेका छन जुन स्वागत योग्य छ र यसबाट कोहि आत्तिनु पर्ने देखिदैन यदि बोलाई र गराईमा समानता रहेमा।
अब नेपाल कम्न्यूस्ट पार्टीका नेताहहरुले आफुलाई सुधार्नै पर्छ । सबोधनको क्रममा ओली भन्दै थिए 'म शासक होइन सेवक हु ।' सुन्दर छ विचार वारम्वार म पनि यहि भन्ने गर्थे र मैले ओलीको यस विचार व्यक्त गरि मेरो भावनाको कदर गरेकोमा मा उहालाई मुरी मुरी धन्यवाद अर्पण गर्दछु । नेपालको प्रधानमन्त्रीले आफूलाई सेवक भनि सकेपछी यो दशका सेना, प्रहरी, कर्मचारी, शिक्षक सवै नेपाल र नेपालीका सेवक नै हुन र मालिक त नेपाली जनता हुन । तिनको सेवामा समर्पित हुनसकेमा देशको मुहार फेरिन समय लाग्दैन । आफूले सुविधा लिदा ठिक र अरुले उपयोगको लागि आवाज उठाउदा गलत देख्ने प्रवृति र अरुलाई कजाउने प्रवृद्दी सामन्ती प्रवृति हो यसबाट उन्मुक्ति दिलाउन सक्नु नै आजको आवश्यकता हो।
अहिलेको वर्तमान नेतृत्वले वुझ्नै पर्छ कि सेना र प्रहरीको घेराभित्र सवार गर्ने नेताहरु सुरक्षित हुदैनन। यदि सुरक्षित हुन सक्थे भने आजको दिनसम्म हाम्रो साथमा पुर्व राजा विरेन्द्रको परिवार रहने थियो। तपाई मान्नोस या नमान्नोस प्रत्यक व्यक्तिको मृत्यु निश्चित छ र कसरी हुदै छ त्यो पनि पहिल्यै नै निश्चित छ। जव मृत्यु निश्चित छ भन्ने थाह छ तैपनि किन भूपू नेताहरुलाई सुरक्षाको घेराभित्र राख्नु हुन्छ? बरु त्यो जनशक्तिलाई समाज सुरक्षामा लगाउनुहोस । जुन नेता आफुलाई सर्वहाराको स्वघोषित नेता हु भन्छ उही अरुलाई सामन्ती भन्छ के यो न्यायोचित हो त? के यस्तो अवस्थामा समाजमा समानता आउला त? एक नागरिक सुरक्षाको विचमा काला सिसाको बन्द गाडीमा हुइकिन्छ अर्को नागरिक अर्ध नग्न र आधापेटमा चित्त बुझाउन पर्छ । जसरी वर्तमान नेतृत्वले विगतका नेतृत्वलाई सामान्ती भन्ने गर्थ्यो आज उसमाथि अरु औला ठडाइरहेको अवस्था छ र यसको अन्त्य कहिले गर्ने?
आजको मेलमिलापले नांगिएका वस्तीहरुमा नेपाली युवाहरु पशिना चुहाउन सकुन, उच्च शिक्षाको लागि विदेशिने दिनको अन्ते होस्, भ्रस्टाचार विगतको कथा बन्न सकोस, प्रत्यक कामको उच्च मुल्यांकन हुन् सकोस, असमानताको अन्त्य होस, प्रत्यक नेपालीले आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्न सकुन, मेलमिलापको भावना जताततै छाओस, साच्चैको गणतन्त्र र समानताको अनुभुति प्रत्यक नेपाली गर्न सकुन, अशिक्षा र गरीबीबाट नेपाल र नेपालीले उन्मुक्ति प्राप्त गर्न सक्ने कार्यक्रम ल्याई कार्यान्वयन गर्न सकोस, यहि सन्देशको लागि फलिभूत बन्न सकोस आजको एकताको दिन, मिलनको दिन। ओलीको सम्बोधन समग्र नेपालीको लागि बन्न सकोस, भ्रस्टाचार र बेतिथिको अन्ते होस, र आज देखिएको मेलमिलाप जीवन्त बन्नसकोस, नेपाल र नेपालीको मुहार हसाउनको लागि प्रयोग सिद्द हुनसकोस, यहि रह्यो मेरो शुभकामना ।
चन्द्र कान्त पण्डित
शिक्षक पशुपति मित्र मावि चावहिल
काठमाण्डु, नेपाल
शिक्षक पशुपति मित्र मावि चावहिल
काठमाण्डु, नेपाल
No comments:
Post a Comment