Saturday, May 5, 2018

मैले बुझ्न नसकेको कुरो


२०७५-०१-२१                                                                                 
मैले बुझ्न नसकेको कुरो
नेपालको सरकार सभासद र अन्य तह र तप्काका जनप्रतिनिधिहरु सामुदायिक विद्द्यालयको गुणस्तर खस्कियो एकातर्फ भन्दै गर्ने अनि अर्कोतर्फ सरकारले शुरू गरेको विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै आफ्ना वच्चालाई सस्थागत विद्द्यालयमा पठाई अरुका वच्चालाई सामुदायिक विद्द्यालयमा भर्ना गर्दै अभिभावकको भूमिकामा रहदै गर्दा सर्वसाधारण नेपालीले के भनि बुज्ने? वर्तमान सरकार र नेपाली राजनैतिक दलका नेतालाई सोध्नु पर्छ अहिलेको शिक्षा प्रणाली कस्तो प्रणाली हो? निशुल्क विद्द्यालय शिक्षा वा सशुल्क? शिक्षालाई निशुल्क भानिन्छ भने लाउन खान र वस्न नदिएपनि कमसेकम विद्द्यार्थीलाई चाहिने पाठ्यपुस्तक, कापी कलमको त व्यवस्था गर्न सक्नु पर्छ नि, हैन र? त्यस्तै गरी सरकार र राजनैतिकदल र
तिनका प्रतिनिधिले आफ्ना वच्चा नहुनेले त कुनै वच्चाको अभिभावकत्व ग्रहण गर्नु अति उत्तम कार्य हो तर आफ्ना वच्चालाई सुविधासम्पन्न विद्द्यलायमा पठाइ अरुको वच्चाको अभिभावकत्व ग्रहण गर्नुलाई के भन्नु? के साच्चै उहाहरुसँग समानताको कुरा गर्न सक्ने मनोवल होला त? के उहाहरु आफुले अभिभावकत्व गरण गरेको वच्चा र आफ्नो वच्चाको विचमा समानता कायम गर्न सक्नुहुन्छ त? नेताले त्यति गर्न सक्दैन भने उसले आफुलाई जनप्रतिनिधि भन्ने आधार पनि हुदैन। किनकि देशको सरकार नै प्रत्यक नागरिकको अभिभावक हो र स्थानीय प्रतिनिधि वा अरु नेतृत्व स्थानीय अभिभावक हो। वच्चाले पढ्ने विषयमा त समानता हुनु पर्यो नि , हैन र ?  

वच्चाले जे देख्छ त्यही सिक्छ। केहि सस्थागत विद्द्यालयमा पढाइको अतिरिक्त अन्य खेलकुद ,संगित, अभिनय जस्ता कला पनि सिकाइन्छ भने अरु सामान्य विद्द्यालयमा यी अतिरक्त सिपको वारेमा केहि सिकाइदैन।त्यसैले आजको आवश्यकता वच्चाले जहा पढे पनि पढ्नु पर्ने विषयवस्तु र सिप त समान नै हुनुपर्यो हैन र? सक्नेले मसिनो चामलको भात खाए पनि नसक्नेले मोटो चामलको भात त पाउनुपर्यो नि। संविधानमा वालकले  पढ्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ र यो अधिकारको प्रयोग गराउने कार्य सरकारको हो।  यदि वच्चाले पढ्न पाउने अधिकारको प्रयोग गर्न पाउदैन भने उसले संविधानमाथि धावा बोल्दै गर्दै गर्दा उसलाई कुन कानुनले कारवाही गर्ने। त्यसैले संविधानलाई वचाई राख्न नेपाल र नेपालीलाई सम्पन्नतामा लैजान शिक्षा अनिवार्य छ। देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गरि देशलाई 
 सम्बृदीमा पुर्याउनको लागि गुणस्तरीय शिक्षामा सवैको पहुच हुनुपर्छ। गुणस्तरीय शिक्षा प्रधानको लागि सामुदायिक विद्द्यालयमा पढ्नुपर्छ भन्ने वच्चा र पढाउनुपर्छ भन्ने अभिभावक रहेको विद्द्यालय चाहे सामुदायिक होस वा सस्थागत दुवैले उत्कृस्ट नतिजा प्राप्त गर्न सक्छन।
 

मानिस स्वभावैले स्वार्थी छ, उ अरुको दोष देखाउन खोज्छ तर आफुमा के छ भनेर कहिल्यै खोतलिदैन। अहिलेका 

सत्तासिन दलहरु र तिनका विद्द्यार्थी संगठनहरु सस्थागत विद्द्यालय खारेजीको माग गर्दै हिड्ने गर्थे तर अहिले के गर्दै

छन? त्यस्तैगरी अरुलाई दोष दिने नेतृत्व अहिले आफु नै लिदै छन् तर सस्थाको भलाइको लागि के गदै छन् त? असल 

नेतृत्व आजको आवश्यकता हो। जहा असल नेतृत्व छ त्यहा परिवर्तन पनि। दुइ वर्ष अघिसम्म लोडसे डीन्गले आक्रान्त 

नेपाल कुलमानको दक्षताले राहत दिलाएको छ। अहिले कुलमान जस्तो नेतृत्व र सुन्तली र मह जोडी जस्तो समाज सेवी 

चाहिएको छ। बोल्नेले पिठो त वेच्न सक्ला तर चामल उत्पादन त गर्न नसक्ला नि। सामुदायिक विद्द्यालयाको साखलाई 

वचाउनको लागि ज्ञानोदय मावि वाफल काठमान्डुको भूपू प्र अ धनन्जय जस्तो हुनुपर्छ जसले सामुदायिक विद्द्यालयको 

सानलाई वचाउन सफल भएका थिए।

किन सामुदायिक विद्द्यालयका शिक्षक र प्रअ सस्थागत विद्द्यालयका तुलानामा योग्य र तालिमप्राप्त हुदाहुदै विधार्थी र 

अभिभावको पहिलो रोजाइमा परेका छैनन? आजको वहस र खोजि यसैमा केन्द्रीत हुनु पर्छ। किनकि त्यहा पढ्नको लागि 

जिज्ञासु र पढाउननको लागि उत्प्रेती अभिभावको कमि छ। शिक्षकको कार्य पढाउने होइन बाटो देखाउने हो र प्रअ को कार्य व्यवस्थापन गर्नु हो विद्द्यालायको। मेरो बुझाइमा शिक्षकले पढाएर होइन विद्यार्थी पढेर सुन्दर नतिजा प्राप्त गर्न सक्छन । यदि शिक्षकले पढाएर विद्द्यार्थी पास भएको हो भन्ने छ भने त्यो भ्रम हो। यदि शिक्षकले पढाएर हो भन्ने लाग्छ भने किन एक विद्द्यार्थी उत्कृस्ट अंक प्राप्त गर्छ तर त्यही कक्षाको अर्को विद्द्यर्थी अति न्यून अंक प्राप्त गर्छ? प्रत्यक विद्द्यालयमा शैक्षेणीक वातावरण हुनुपर्छ र यसका मुख्य पात्र प्र अ ,शिक्षक र अभिभावकको विचमा समधुर सम्वन्ध हुनुपर्छ। व्यवस्थापन गर्ने कुसल प्र अ , बाटो देखाउने असल शिक्षक, लगनशील विद्द्यार्थी, र सचेत अभिभावक हुने हो भने प्रत्यक विद्द्यालय उच्च कोटीको अध्ययन स्थलो बन्ने थिए। बोलेर होइन गरेर देखाउ र आफैबाट सुरु गरौ असल कार्य।

 जहा  करिव सचेत अभिभावक आफ्ना वच्चालाई सस्थागत विद्यालयमा भर्ना गर्दा गौरव महसुश गर्छ भने सामुदायिक विद्द्यालयमा भर्ना गर्दा हेपिएको जस्तो अनुभव गर्छ। सस्थागत विद्द्यालयमा फी तिर्न नसक्ने अभिभावक भएकोले नै सामुदायिक विद्द्यालयमा पढाएको हो भन्ने बुझाई हाम्रो समाजले गरेको छ,  म स्वयमले अनुभव गरेको छु। म शिक्षक हु सामुदायिक विद्द्यालयको। त्यसैले यस पेशालाई मर्यादित पार्न र भावी सन्ततीको सम्रक्षणको लागि पनि सामुदायिक विद्द्यालय वचाई राख्नको लागि मैले मेरा वच्चाहरु आफैले अध्यापन गराउने विद्द्यालय पशुपति मित्र मावि चावहिलमा राखेको छु। मेरा नानीहरु रमाइलो मान्दै अध्ययन गरेका छन् त्यहा। यदि अहले देखिएको सामुदायिक विद्द्यालयको वित्रीस्णालाई  नरोक्ने हो भने कालान्तरमा सामुदायिक विद्द्यालय लोप हुने छन् र तिनको जगेर्नाको लागि स्थान समेत उपलव्ध हुने छैन भविष्यमा । अहिलेका सचेत नागरिकले भोलिका सन्ततिको शिक्षाको लागि सरल र सहज शिक्षाको लागि सामुदायिक विद्द्यालय संरक्षणमा लाग्नु नै पर्छ अन्यथा भोलिका दिनमा पछुताउनु बाहेक केहि रहने छैन। जसरी हिजोका राजा र राणाले काठमांडूमा टुडिखेल र खुलामंच राखेका थिए र अहिले जेनतेन सरकारी सभासम्मेलनको उधघाटन स्थलो बन्न पुगेको छ, त्यसरी नै यी सामुदायिक विद्द्यालय रहने छन्। तपाई खर्च गर्न सक्ने वा नसक्ने दुवैले भावी सन्ततिको शिक्षाको ग्यारेन्टीको लागि पनि यी विद्द्यालायालाई सम्रक्षण गर्नु पर्छ। सम्बन्धित सवै यसमा चनाखो हुने पर्छ।    
चन्द्र कान्त पण्डित

पशुपति मित्र मावि चावहिल काठमान्डू, नेपाल       

No comments: