Monday, May 7, 2018

फौजदारी अभियोग

२०७५-०१-२५
फौजदारी अभियोगमा
फौजदारी अभियोगमा परेका साम्सद वा अन्य जनप्रतिनिधिहरुको साम्सद वा जनाप्रतिनिधिहरुलाई निल्मवन नै गर्नु पर्छ। कुनै एक महिलालाई "तपाइँ मेरो बाबुको श्रीमती जस्तै हुनुहुन्छ वा तपाइँ मेरो आमा जस्तै हुनुहुन्छ" भन्दै गर्दा दुवै भनाइँको अर्थ एकै भए पनि मानिसको बुझाइमा त फरक छ नि। एक त संविधानले फौजदारी मुद्दामा आरोपित व्यक्तिहरु चुनावमा भाग लिन पाउदैनन भन्ने छ तर आरोपित व्यक्तिहरु चुनाव जितेर आएका छन्। यदि संविधानको पालना गरिदैन त्यो संबिधान कसको लागि हो र नेपालीले किन मान्नुपर्छ? के देशमा गुण्डागर्दी र चोरहरुदारा राज्य संचालन गर्न खोज्दैछन भन्ने प्रमाणीत हुदैछ। यो देशमा केहि मुट्ठीभरका नेताको कोठे बैठकदारा देशलाई बन्दक गर्दै आफ्नो पक्षमा गरिएका निर्णहरुले समाजमा अन्यौल सिर्जना गरेको छ। देशको कानुनले सवै नागरिकको लागि समान हुनुपर्छ।
बिडम्बना छ नेपालमा, एमालेले चुनावमा वृद्दभत्ताको भरमा चुनाव जित्यो तर पुर्ववर्ती नेपाली कांग्रेसको सरकारले वृद्द भत्ता पाउने उमेर ७० बाट ६५ मा झारिदिदा एमालेले खारेजी गरिदिएपछि नेपाली वृद्धहरुलाई वृद्दभत्ता त नेपाली कांग्रेसको एजेन्डा रहेछ प्रामाणित हुन्छ तर एमालेले उपयोग गरी जनताको विचमा भ्रम फिजाएको रहेछ, हैन र ? नेपाली नागरिकहरु अदालताका न्यायाधीशहरु र प्राध्यापकको अधिकतम उमेर पनि ६५ नै छ, शिक्षकको लागि ६० र निजामति कर्मचारीको लागि ५८ वर्षमा नै अनिवार्य रुपमा जागिरबाट हट्नुपर्छ भने वृद्द भत्ता दिने उमेर ६५ हुदा किन टाउको दुखाई हुन्छ एमालेलाई ? कि भन्न सक्नुपर्यो वृद्दभत्ता दिनु नै गलत हो। हैनभने एमालेको आफ्नो एजेन्डालाई नेपाली कांग्रेसले पालना गरिद्नालाग्दा ता खुशी नै हुनुपर्ने हो , हैन र ?
राजनीतिमा सर्वसाधारणले वुझ्न नसक्ने यस्तै खेल हुन्छन जुन फौजदारी मुद्दा लागेका सभासद वा अन्य प्रतिनिधिको पद निलम्वित नगर्नु जस्तै हो, हैन र? यसमा सजग हुनुपर्छ, अर्को चुनावमा यहि एजेन्डाले नेपाली कांग्रेसले चुनाव जित्ने छ। नेपाली कांग्रेसले प्रत्यक सभा सम्मेलनमा यहि एजेण्डाको वहस गर्नुपारने छ तर फौजदारी मुद्दामा आरोपितको पक्षमा नेपाली काँग्रेस उभिनु भनेको नेपाली कांग्रेसका नेताको मानसिक धरातलमा कुनै दिन आफै पनि फस्न सकिन्छ भन्ने देखिन्छ। त्यसैले नेपाली कांग्रेसले भन्न सक्नु पर्छ, फ़ौजदारी मुद्दामा परेका कुनै पनि प्रतिनिधिको पद निलम्बित हुनै पर्छ, अन्यथा यसले नेपाली कांग्रेसको लागि गलपासो हुनेछ। समयमा नै सजग रहनु नेतागणहरु।
नेताले हार्दा केहि हुदैन , कांग्रेसले चुनाव हार्दा नि केहि हुदैन, एमालेले र माओवादीले चुनाव हार्दा नि केहि हुदैन तर नेपाल र नेपालीले हार्नु हुदैन। नेपाल र नेपालीले चुनाव हार्नु भनेको देशको अस्तित्व धरापमा पर्नु हो । यस्तै मुद्दा मध्य फौजदारी केशको लागि जुन वहस हुदै छ त्यो नेपाल र नेपाली हार्ने खेल हो। यसको निराकरण समयमा नै गर अन्यथा चोरहरु चोर्न पाउनुपर्छ, डाकाहरु लुट्न पाउनुपर्छ, कर्मचारीहरु काम ठग्न पाउनुपर्छ , उच्च शिक्षाको परिक्षामा सम्मेलित परिक्षार्थीहरु चोर्न पाउनुपर्छ भन्दै कराउदा के भन्ने? अहिले देखिएको छ रक्षक नै भक्षकको भएको अवस्था। सुन तस्करीमा उच्च पदस्था प्रहरी हुन्सक्छ नेताको पनि संलग्नता। यस्ता आवाजहरु सुनिन थालेका छन । खवरदार साम्सदज्यूहरु तपाइको आयु ५ वर्षे भए पनि नेपाली जनता सडकमा निस्किएमा ५ मिनेट, घण्टा, दिन , हप्ता र महिनाको रहने छ नकी वर्षको। सजग हुनु दल र यसका नेतागणहरु!

No comments: