Sunday, July 29, 2018

प्रधानमन्त्री कि किसान?

२०७५-०४-०४
प्रधानमन्त्री कि किसान?
देशको प्रधानमन्त्रीले बोल्ने होइन, भाषण होइन अव कार्य गरेर देखाउनै पर्छ। प्रधानमन्त्री ज्यू नेपालीहरु सोध्दै छन सामान्य नेपाली किसान र वर्तमान प्रधानमन्त्रीमा को ठूलो र आदर्श पात्र को होला त?
उनीहरु भन्छन सामान्य किसान नै?
किन?
किनकि किसानले आफूमात्र नभएर अरुलाई पनि भोजन उपलब्ध गराउने कार्यमा दत्त चित्त छ रे अनि महङो चामल मार्शी पनि उसैले फलाएको धानको चामल रे। उ बिरामी हुदा उसले त्यही चामल वेचि वा पशिना वेच्ने सर्तमा पैसा सापटी लिएर सिटामेल किन्छ रे तर प्रधानमन्त्री करोडौ रास्ट्रको ढुकुटी खर्चेर उपचार गर्छ रे पो भन्दा रहेछन।
अनि किशानले त मतदान पो गरेको रे तर प्रधानमन्त्रीले त त्यही दान पो लिएको रे। अनि दिने ठूलो कि लिने?
अनि सडकमा हिड्दै गर्दा पनि त्यो किसान सुरुक्क अरुलाई धक्का नदिई आफ्नो बाटोमा लाग्छ रे तर बबुरो प्रधानमन्त्री अरुलाई सडकमा जाम नपारी अरुलाई दुख नदिई हिड्नै जान्दैन रे , सक्दैन रे!
कहि कतै जानु पर्दा हेलिकप्टरमा सयर हुन्छन प्रधानमन्त्री रे तर उ किसान त पहिरोमा रोकिदै धुलो र धुवाको स्वाद लिदै सर्वसाधरणसङ गलामा गला मिलाउन सक्छ रे। तर प्रधानमन्त्री आकाशबाट मात्र कल्पना गर्छन रे दुख भएको होला भनेर। जिवनको अनुभव गर्ने ठूलो कि जिवनको वारेमा कल्पनामा डुब्ने ठूलो?
चुनाव अगाडि भोटको लागि बृद्दाहरुलाई भत्ता घरघरै रु ५००० पुर्याइदिन्छौ भन्ने तर चुनाव पछाडि प्रधानमन्त्री हुने बित्तिकै देशको धुधुकुटी रित्तिन्ने कस्तो अमङगलकारी त प्रधानमन्त्री? अव ती बृद्दाहरुले हामीले त रु ५००० बृद्द भत्ता दिन्छौ भनेर मत दिएका हौ, तिमिले आफ्नो कवुल पुरा गरेनौ , हाम्रो मत पनि फिर्ता लिन्छौ भन्दा जवाफ के दिने प्रधानमन्त्रीले तर यस्तो झुटो त किसानले बोलेको छैन रे ।
अनि त्यो किसान डा केसिले सारा नेपाल र नेपालीका पक्षमा आफ्नो ज्यानको वाजी लगाएर सत्याग्रहलाई आधार मानी गोली, र असुरग्यास त नामर्द र अविवेकिको हतियार मान्छ भनी आफूलाई पनि त्यसैमा सम्लग्न गराउन चाहन्छ रे र तर प्रधानमन्त्री किसान दुई तिहाई बहुमतको प्राधानमन्त्री कसैले भन्दैमा नडग्ने भुपु राजाकै सैलीमा भन्दो पो रहेछन ।
दुई तिहाई मत दिने मतदाताहरु सडकमा गाडीका चालक र अन्य मतदाता भन्दै छन त्यो मत फिर्ता लिन मिल्दैन? अव चार वर्ष अण्यायमा वस्नुपर्ने हो त भनि रास्ट्रको वारेमा त्यो किसान पो त सम्वेदनशिल देखिदै छ? अनि त्यो किसान रास्ट्रवादी कि प्रधानमन्त्री?
रेल र पानी जहाजको सपना देखाउदै गर्दा किसान भन्दै छ त्यो पानिको नदिसम्म र रेलको लिगसम्म जाने बाटो निर्माण गर अनि तिनको लागि पनि दिर्घकालिन योजना बनाउ भन्दो पो रहेछ किनकि किसानलाई त आफ्नो फसल वेच्नु छ नि न कि कुनौ बिमान, रेल आदिको खरिदमा आउने कमिशनको चिन्ता।
त्यसैले पनि किसान यथार्थपरक देखिन्छ। डा केसी वचाउ भण्दै जुम्लामा आफ्नो उपस्थिती देखाउदै एकेवद्दता पनि देखाउन सक्दो रहेछ त्यसैले उ राजनैतिक रुपमा पनि योग्य छ।
प्रधानमन्त्री ज्यू तपाइले देखेको पानि जहाजको सपना मैले पनि धेरै पैले देखि ने देखेको थिए, रेल त नेपालमा गुडिसकेकै हो अव विस्तारको खाचो छ यो सम्भव छ किनकि नया कुरो उठदा विरोध हुन्छ मानिस हावामा उडाउछन किनकि पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइले मेलम्चिको पानी काठमाण्डौमा ल्याउने कुरा हुदै गर्दा यस्तै वहस भएको थियो आज यो सत्य हुदै छ। तपाइको रेल र पानी जहाजको सपना अनि हिमालबाट निस्केको पानी बोतलामा राखी रेलमा पठाउन सक्ने कुरो पनि यथार्थपरक छ यसमा लाग्नोस।
मैले पनि भन्ने गरेको थिए, कर्णालीको जडिबुटी मुस्ताङको स्याउ, हिमालको पानी, नेपालीको सस्कृती, प्रकृति तराइको फसल, युवालाई देशमा स्वोरोजगार देशको बिकासको आधार हुन।
शिक्षा नै देशको मेरुदण्ड हो तर आयातित शिक्षाले देशको रास्ट्रीयतालाई कमजोर बनाएको छ, आराक्षणले मानिसलाई दोश्रो दर्जाको नागरिक बनाएको छ भने शिक्षा र रोजगारीले युवालाई विदेशमा पलायन गराएको छ गाउ घर र वस्तीहरु उजाड छन।
देशको प्रधानम्न्त्रीले सस्कृत् विश्वविद्द्यालयको उपकुलप्र्ति गरिएको व्यवहार निन्दनिय छ, देशको प्रधानमन्त्री ११६ जनाटोली सहित विदेश जान्छ तर उपकुलपतिलाई अपहरण सैलीमा प्रधानमन्त्री निवासमा पुर्याई बिना केहि जानकारी उनलाई फिर्ता पठाइण्छ भने तपाई त्यो उपकुलपतिको पनि प्रधानमन्त्री भएको सत्यतालाई किन विर्सनु भयो? तपाई अव कम्निस्टको प्रधानमन्त्री होइन सिङ्गो नेपाल र नेपालीको हो। यसलाई समयमा नै वुझिदिदा न्यायोचित हुनेछ।
सरकारमा पुगेपछि नेताहरु अन्धा र वहिरा हुने गरेका छन न उनी सुन्छन न केहि देख्छन। यस्तो नियती नदोरियोस्। डा केसिका मागह् रु नेपाल र नेपालीको पक्षमा देखिएकोले यसलाई अविलम्व सम्बोधन गर्नुहोला अन्यथा अधिकारीको लासले थर्काएको अवस्थामा नेताह् रु जिउनु पर्ला यसमा समयमा नै सोचियोस।
नेपाल र नेपालीको कल्याणकारी कार्यमा लाग्नको लागि अनुरोध गर्दछु। म पेशाले मावि शिक्षक मेरो तलव बुझ्दा सन्चयकोश कटाएर मैले वुझ्दा रु ३०४९१ बुझ्ने गरेको छु तर् पानी बत्ती र फोहोरको समेत गर्दा मैले वस्ने भाडा धन्यै रु २०,००० तिर्ने गरेको छु र मेरा वच्चाहरुलाई मैले अध्यापन गराउने विध्यालयमा नै राखेको छु। अव मेरा वच्चालाई कापी र कलम खर्च त पुग्ला तर खुवाउने आहारा खोइ त? बिरामा हुदा सिटामोलको खर्च खोइ? मैले यथार्थ अवस्ठाको जानकारी गराए।
सराकार करको दायरा बढाउदै छ तर आम्दानी पनि बढाउनु पर्दैन र? कालो धनमा रमाउन भन्दा आदा पेटमा जिउन सक्नुपर्छ किन कि सुदामाको आधो सितो भातले सारा भोकाको पेट भराएका थिए आज त्यही चिन्तनको आवश्यकता छ।
प्रधानमन्त्रीज्यू बोल्न छोडिदिनोस योजना र कार्यन्वयन सहित नेपाल र नेपालीको मुहार फेराउन लाग्नोस यसैमा कल्याण हुनेछ।जय होस नेपाल, नेपाली र समग्रतामा मानव समाज र अन्य चराचरको पनि।
चन्द्र कान्त पण्डित
पोखरा-लेखनाथ-३२, कास्की

No comments: