Sunday, July 29, 2018

गुरु

2075-04-11
गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेशवरह;
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:
गुरु तिमी हौ जसले ग्यान दिन्छौ
आमा तिमी हौ जस्ले जन्म अनि पालन गर्छौ
बा त्यो हो जस्ले जिउन सिकाउछौ
आमा पहिलो गुरु जस्ले तोते बोल्न सिकायौ
बुवा साथमा रहि हिड्न सिकायौ
अरु अग्रज पनि गुरु नै रह्यौ
केहि न केहि शिक्षा दिलायौ
पहिलो अक्षर लेख्न सिकाउने
अनि दर्शनका कुरा सिकाउने
सतमार्गमा हिड्न सिकाउने
निस्पक्षताको बाटो अबलम्वन गर्न सिकाउने
आफ्ना शिक्षार्थीको उज्वल भविस्यमा रमाउने
अरु कोही हुन सक्दैन केवल आमा बा र गुरु ।
सवैको चरणमा पाउ लाग्न पाउ
चर्याएका घाउमा मलम लगाउन पाउ
भोकाको साथमा भोजन बन्न पाउ
निर्दाको साथमा आवाज वन्न पाउ
एकलब्बे जस्तै गुरुभक्ती पाउ
हे मेरा गुरु सधै यहाको भक्ती गर्न पाउ
आशिश देउ सतमार्ग हिड्ने
सत्यताको लागि अडिग रहने
देउ गुरु शिक्षा सही मानव वन्ने
रिष, राग, लोभ अनि मोह सवै त्याग्न सक्ने
जय जय गुरु जय जय मात
आए मत् यहाहरुको साथ
देउ बाटो भक्ति मार्गको
ममा मात्र होइन सव मानवको ।
गुरु बन्न पुगे साथ पाउ व्यासको
कृष्णको महिमा लेखि दिए दुनियाको
पर्शुराम,द्रोणाचार्य, वाल्मिकी पुज्जे रहे
गुरु वशिस्ठ, विश्वमित्र पनि हुन पुज्जे
गुरु बृहस्पती, सुक्रचार्य सवैको साथ रहोस
अह्ङ्कार दम्भ अरु सवै मुक्ति रहोस
यहि रहोस सदा मेरो साथमा।
मेरा शिक्षार्थी बन्न सकुन असल
अह्ङकार त्यागुन फलाई फसल
निस्वार्थी रहुन सवैको दिलमा
इच्छा शक्ति जगाउन सतमार्गमा हिड्ने
गुरुको वचन शिरोधार्य गर्ने
अरुको सेवा परम धर्ममान्ने
रोदनमा पनि मुस्कान थप्ने
पिडालाई पनि सहन गर्न सक्ने
समनातालाई अङिकार गर्ने
तेरो र मेरो -बाट मुक्ति हुने
जुटाउन सक्ने क्षमता रहोस
तिमी सधै फुलीरहे वास्ना छोडिकन
अरुलाई लट्ठाउनसके कस्तुरी बनिकन
यहि रह्यो मेरो सन्देश तिमी मेरा पृयहरु
गुरु दक्षिणा मलाई यहि भए पुग्छ शिक्षार्थीहरु ।
चाहिदैन बुढी औला एकलव्वेको
केवल देख्न पाउ सफल उध्यमीको
आफु वाचेर ,अरुलाई वचाउनेको
यही रह्यो कामना एक शिक्षकको ।
पशुपती मित्र मावि चावहिल,
काठमाण्डौ, नेपाल।

No comments: