२०७५-०४-०५
सरकार तिमी
सत्तामा हुदा र बाहिर रहदा एउटै भाषा बोल्ने गर। अहिले देखिएको डा केसीको मागलाई पुरा
गरी प्रजातन्त्रीक सस्कार देखाउ। यदि हठ गर्दै
जादा केसीको मृत्यु भएमा त्यसलाई थेग्न सक्ने क्षमता सरकारसङग हुदैन र नेपाली जनता
सडकमा निस्किएको अवस्थामा प्रहरीका असुर ग्यास
र गोलि फिक्का हुनेछन र प्रहरी पनि अप्रत्यक्ष रुपमा उनको मागको समर्थनमा लाग्ने छन
किनकि यो माग ति प्रहरीका भावी सन्ततीको लागि पनि त होनि।
सरकार जित्ने
खेल खेल, जनतालाई फुटबल नवनाउ किनकि अन्तमा तिनै जनताले गोल हानिदिनेछन। अनि तिमी कहा
जान्छौ? हिजोको दिनमा तिमीले लागु गरेको धर्मनिरपक्षता र सङ्हियता जनताले अनुमोदन गरेका
छैनन किनकि केहि नेताको लहडमा अध्यारो कोठामा गरिएको निर्णय हो। यदि यसलाई जनमत सङ्ग्रहमा
लगि निर्णय गर्न सकेको भए आज यसको सवालमा विवाद
हुने थिएन। तपाई राजनेताहरु छातीमा हात राखेर भन्नोस के तपाईहरु हिजाका शासक र आजका
शासकका विचमा फरक देखिएको छ त? के आफुलाई मालिक नमानी सेवकको रुपमा उपस्थित गराउन सक्नु
हुन्छ त? यदि सक्नुहुदैन भने राजनैतिक् मुद्दा कसरी समाप्त भएको छ त?
नेतागणहरु
तपाइको अभावमा पनि नेपाल नेपाल नै रहने छ। एक नेताको मृत्युमा अभाव खड्केला देश रोकिने
छैन। देश आफैमा स्थीर छ भने बिकास चलाएमान छ। चालक गतिलो भएकोमा यात्रा सरल र सफल्
हुने छ तर हाम्रा चालकहरु असल देखिएका छैनन। आफ्नो गाडीमा यात्रु त चडाउछन तर समान
व्यवहार गर्न सकेका छैनन ।यदि असमान व्यवहार गर्दै जान्छौ भने तिम्रो गाडीको लागि यात्रु हुनेछैनन अनि पेट्रोल डिजेल केले राख्छौ? यसको अर्थ
अनावश्यक रुपमा कर थप्दै गर्दा हामी कर तिर्दैनौ भनि जनता सडकमा आउदा के गर्ने?
प्रधानमन्त्री
ज्यू वृद्द् वाआमाहारु तपाइले घरघरमा रु ५००० पठाइदिन्छौ भनेर हाम्रो मत दिएका हौ नत्र
किन दिन्थ्यौ भन्दै हुनुहुन्छ। यदि त्यो भत्ता नदिएमा हामी प नि प्रधानमन्त्री मान्दैनौ
भन्दै छन। आफ्नो मत फिर्ता माग्ने मनस्थितिमा छन। सजग हुनको लागि अनुरोध गर्दछु।
साच्चै वर्तमान
सरकार जनसरकार हो भने र शासक र शासितको विचमा देखिएको भिन्नतालाई अन्ते गर्नको लागि
भुपु भिआपि र मन्त्रीहरुलाई दिएको सुरक्षा र गाडी फिर्ता लिने निर्णय गर्नुहोस तर उहाहरुको
रोजि रोटिको लागि केहि भत्त्ताको व्यवस्था गरिदिनोस्। अनि समनता आउने छ। एक नागरिक
सुरक्षाको विचमा अर्को नागरिक पैदलयात्रा गर्दै
छ भने समनता कहिले हुन्छ ।
भुपु मन्त्री
र प्रधानमन्त्रीलाई दिदै आएको सुरक्षा पुर्ण रुपमा कटाई उनीहरुलाई दिदै गरेको प्रहरीलाई एक भ्यानमा राख्दै पुरा समाजमा घुमाइदिनोस
सवै सुरक्षित हुनेछन।
भुपु रास्ट्रपती
र भिआपिहरुलाई दरवारको व्यवस्था गर्दै जाने हो भने त अन्तमा रास्ट्रपती नगरी पो बन्ने
भयो। यतातर्फ पन्नि समयमा नै सजग हुनुपर्ने देखिन्छ।
चन्द्र
कान्त पण्डित
पोखरा-लेखनाथ-३२, कास्की
No comments:
Post a Comment