Thursday, November 1, 2018

सुन्दर विचार विकासको आधार

२०७५-०७-१५

सुन्दर विचार विकासको आधार

सुन्दर विचारले नै मानिस आफ्नो भविस्यको रेखांकन गर्न सक्छ । उ सवैको मित्र बन्न सक्छ यदि उसमा मधुर वचन छ भने । यदि उसमा कर्कस आवाज छ भने प्रत्यक राम्रा कामहरु उसको अंगुलीबाट फुत्कन सक्छ । त्यसैले प्रत्यक मानिसले मधुर वचन वोल्ने बानी बसाल्नु पर्छ । मुधुर वचनले रिसाएको मानिसलाई पनि शान्त पार्दछ । त्यस्तै गरी सुन्दर विचारले व्यक्ति, समाज, देश र समग्र विश्वको नै कल्याण गर्न सक्छ ।

अरुको भलो चिताउने व्यक्तिको नै अन्तमा विजय प्राप्ती हुन्छ, हाम्रा धर्मशास्त्र त्यही वताउछ । गलत सोचबाट प्रेरित व्यक्ति खेल जित्न सक्ला किनकि खेलमा गलत मनसायका व्यक्तिहरु म्याचफिक्सीड.मा पनि सम्लग्न हुन्छन र रेफ्र्री पनि त्यस्तै राख्दारहेछन । न्यायसंगत खेलिएका खेलमा खेल हार्दा पनि मजा नै हुनेछ तर गलत तरिकाले खेलिएका खेलमा के बाजी मार्नेले अरुको चित्त बुझाए पनि आफ्नो चित्त बझाउन सक्ला त ? मानिसको जन्म मृत्यु कै लागि हो, जीवन कर्मको लागि हो र जिउनु अनुभवको लागि हो । आफ्नै नेता, आफ्नै मान्छे पर्दाभित्रबाट खेल खेल्दै आफ्नै मान्छेलाई स्वतन्त्र खेल खेल्न नदिदा भेटमा लाचार भएर उभिएको देख्दा पनि नया किसिमको पिडाको अनुभव हुदोरहेछ । उसको अनुहारमा पश्चतापको तस्विर सजिलै पढ्न सकिने देखिदो रहेछ । आफुलाई हराउन खोज्नेको पिडामा रम्न नसक्नु नै असल पात्रको एक सुन्दर गुण हो ।

असल मानिस आफ्नो विचार सहजै पस्कन सक्छ , गल्तिलाई स्वीकार गर्न सक्छ, अरुको पिडामा मलम लगाउने कोशिश गर्छ र जीवनको अनुभवको एक अध्याय आफ्नो कथामा थप्न सक्छ । आखिर हार र जीतको खेलले संस्थाको हार नहोस जसरी अहिले नेपालको गलत शिक्षा नितिको कारणले नेपाल हारिरहेको छ । नेपालका झुपडी, गाउ, र शहर युवा सुन्य हुन लागेको छ । आफ्नो र आफ्ना सहकर्मीको क्षमता माथि विश्वास नगर्नेहरु सामुदायिक विद्यालयको नेतृत्व गरिरहेका छन र जागिरे मनोवृतीमा हुर्केका छन अनि निर्णय गर्नेहरु यही तमासामा दुधको साची विरालको रुपमा छन । त्यसैले हजारौ विद्यार्थी अध्ययन गर्ने स्थानमा २–४ सय विद्यार्थी लिएर वस्दा कुनै हिनता वोध छैन किनकि त्यहा लाज हराइसकेको छ २–४ दशकको लामो शैक्षिक अनुभवले । न आफुमा सोच छ न अरुको सोचलाई स्वीकार गर्नै क्षमता छ । सक्छौ नेतृत्व गर सक्दैनौ अरुलाई छोड किनकि अन्तमा सवैको हार हुनेछ जसरी अहिले नेमाल हारिरहेको छ ।

आजको आवश्यकता नै योग्य व्यक्ति ठीक स्थानमा हुनुपर्छ चाहे त्यो, राजनितिमा होस, चाहे अन्य संघसंस्थाहरुमा । सुन्दर विचार, महत्वकांक्षी योजना, लगनशिल, कर्तव्यपरायण, अध्ययाशिल र समयसंग चल्न सक्नेलाई नेतृत्व देउ, गाउ, समाज, शहर र नेपाल सहजै बन्दछ । शिक्षाले नै हो समाज परिवर्तन गर्ने । तर शिक्षाले आफ्नो पन त्याग्न हुदैन ।

No comments: