२०७५-०८-०५
श्री सन्माननीय महामहिम राष्ट्रपति ज्यू,
सितल निवास काठमाण्डौ, नेपाल ।
सितल निवास काठमाण्डौ, नेपाल ।
विषय ः नेपाल र नेपालीको आवाजको सुनुवाई सम्वन्धमा
म चन्द्रकान्त पण्डित पोखरा लेखनाथ ३२ स्थायी निवासी मैले पढे र सुनेका केही विचारहरु पस्कने अनुमति माग्दछु । अहिले यत्रतत्र राष्ट्रपतिको नाम गलत ठाउमा जोडिनु नेपाल र नेपालीको लागि शुभ होइन । त्यसैले यहा केही दृष्टान्त सहित आफ्नो सही विवेक प्रयोग गरी नेपाल र नेपाली माथि कल्याणकारी कार्यमा लागि आफुलाई असल पात्रको रुपमा स्थापित गराउनको लागि अनुरोध गर्दछु ।
महामहिम, महाभारतको पुर्वसन्ध्यामा द्रौपदीको वस्त्र हरण पाण्डव र कौरवका भिष्मपितामह, गरु द्रोणाचार्य,कुलगुरु कृपाचार्य, विदुर सवै मान्यजनको उपस्थितिमा द्रौपदीले रोदनका साथ अनुनय, विनय गरिन तर सवै लाचार भए, कसैले उनलाई सुनेनन अन्तमा जव द्रौपदीले कृष्णलाई सम्झिन, कृष्णले दुशाशनले जति सारी ताने पनि उनलाई निरवस्त्र वनाउन सकेनन वरु दुशाशनै कमजोर भै लडेका थिए । जव दुशाशन सारी तान्न असफल भए उनको लाज वचेको थियो ।
पछि जव महाभारतको युद्द भयो, युद्दमा कृष्णले हतियार नउठाउने कवुल गरेपनि जव अर्जुन भिष्मपितामह माथि भावुक हुदै वाणवर्षा गर्न सकेनन, कृष्ण क्रोधित हुदै आफै अधर्मको विजय हुनलाग्यो भन्दै शुदर्शन चक्र हातमा धारण गर्छन, अनि अर्जुन लज्जित हुदै भिष्मपितामह माथि प्रहार गर्ने प्रण गर्छन । त्यसै समयमा कृष्ण भन्छन, जुन समयमा अधर्मको विजय हुनलाग्छ, त्यसै समयमा आफ्नो वचनको पछि लाग्ने होइन धर्मलाई वचाउनु पर्छ भनेपछि भिष्मपितामह आफ्नो भुललाई स्वीकार गर्न पुग्छन किनकि उनी द्रौपदीको वस्त्रहरणको समयमा उनी कुलका श्रेष्ठ भएर पनि निर्लज्ज भएर दर्शक वनेका थिए । त्यसरी नै आज नेपाल गणतन्त्रमय भएतापनि निर्मलाको वलत्कार पछिको हत्या द्रौपदीको वस्त्रहरण भन्दा कम निन्दनिय छैन ।
राणा, राजाले सत्ता त्यागिदिए नेपालको शान्ति र सम्वृद्दीको लागि तर नव नेतृत्व ढोगी हुन पुगेका छन यदि सञ्चार माध्यममा आएका सन्देशहरु सही हुन भने । वर्तमान राष्ट्रपतिलाई १८ करोडको गाडी किन चाहियो ? १८ करोडमा त १८ वटा पुल वनाउन सकिन्छ । अव नेपाली जनता महाभारतको भिष्मपितामह जसरी द्रौपदीको वस्त्रहरणको समयमा उनी कुलका श्रेष्ठ भएर पनि निर्लज्ज भएर दर्शक वनेका थिए, त्यसरी नै नेपाली जनता चुप लागेर वस्नेछैनन ।
गणतन्त्रमा जनता र राष्ट्रपति सवै समान हुनसक्नु पर्छ । हिजोका राजा र राणालाई सामन्ति देख्ने आखाहरु आज किन केही देख्न सक्दैन ? कही कतै दृष्टीभ्रम त भएको छैन ? उपचारको खाचो छ यी दोषी आखाहरुको । किन आवाज उठाउन सक्दैनन ति विद्रोही मनहरु ? के ति निरवल भैसकेका हुन त ? यदि ति विद्रोही मनहरु दुरवल भएका हुन भने नेपाली जनताहरु कृष्णको शुदर्शन चक्र समात्ने वेला भएको छ । शाषक र शाषित एकै हैषियतमा हुनुपर्छ ।
वर्तमान राष्ट्रपतिले कृष्णको वालसखा सुदामाकि पत्नि वसुन्धरालाई पढ्नको लागि अनुरोध गर्दछु । जव भगवान कृष्णले आफ्नो वालसखा सुदामाको लागि आफ्नो जस्तै दरवार वनाउन स्वर्गसिल्पी विश्वकर्मालाई आदेश दिन्छन, उनी सुदामाको कुटीमा पुग्छन आफ्नो परिचय दिदै भगवान कृणको आदेशले उनी त्यहा सुदामाको लागि दरवार वनाउनको लागि आएको भनेपछि वसुन्धरा भन्छिन भगवान कृष्ण त अन्तरयामी छन कसरी हाम्रो लागि दरवार वनाएर मेरा स्वामीले सधै मुठी उठाइ हाम्रा परिवारलाई पाल्ने छिमेकिलाई कुटीमा राखि हामी दरवारमा वस्न सक्छौ भनि सिधै तिरस्कार गरेकि थिइन । वसुन्धराले सिल्पकर्मीलाई वताइन यदि सवै छिमेकिका घरहरु दरवार वनाइसकेपछि हाम्रो कुटियालाई दरवार वनाउन अनुमति दिनेभने पछि विश्वकर्माले भगवान कृष्णसंग वुझि गाउलेको दरवार वनाइसके पछि उनको दरवार वैभवशाली वनाइदिएका थिए । त्यसैले सुदामाको परिवार गरिव भए पनि हरिप भएनन र अन्तमा सवैका पुज्जनिय भए । मतिभ्रष्ट भै मध्यपान गरी सुरा र सुन्दरीमा बाटो विराएका राजा जसले उनलाई दरबारबाट गलहत्याएका थिए पछि तिनै राजा आफ्नो श्रीपेच लगाई सुदामालाई राजा वनाउन खोज्दा उनी राजा नवनि सल्लाहकारको रुपमा वसेका थिए । त्यसैले उनीहरु सवैका पुज्य भएका थिए र छन ।

त्यस्तै अर्को पात्र गौतम वुद्द जो दरवारमा जन्मे, हुर्किए तर दरवारको शक्तिलाई त्यागिदिए आज उनी मानवबाट महामानव र महामानवबाट भगवान वन्न पुगे । तर राष्ट्रपति महोदय तपाइ भोजपुरको मानेभन्ज्याङमा जन्मेर नेपालको उच्च पदमा पुग्न सफल हुनुभएको छ, आफ्नो सिन्दुर गुमाए पनि मान, सान र जनताको साथ पाउनु भएको छ । तर समय वलवान छ । यदि प्रहरी तालिम केन्द्रलाई हटाउने आदेश दिइएको र १८ करोडको गाडीको माग गरिएको हो भने यसलाई तुरुन्त सच्चाउनको लागि अनुरोध गर्दछु अन्यथा जनतमा विद्रोहको भावना टुसाउने छ र गणतन्त्रमाथि नै प्रहार हुने सम्भावना वढ्ने छ । जनतालाई सम्पन्नतामा नपुर्याई आफै मात्र राष्ट्रको ढुकुटी रित्ताउने खेलमा लाग्ने हो भने नेपाली जनता भन्ने छन राष्ट्रपति हामीलाई चाहिदैन । अनि के गर्ने ? गल्ति गर्नु मानविय स्वभाव हो तर सच्चाउनु महानता हो । यस महान कार्यमा महामहिम राष्ट्रपतिको ध्यान पुगोस भनि अनुरोध गर्दछु ।
अन्तमा यहाको कार्यकालमा जताततै न्याय फैलाओस र समग्र नेपालको सम्वृद्दीको लागि स्वर्ण युगको रुपमा नेपालीको ह्रदयमा रहनसकोस यही रह्रो मेरो कामना । गल्तिमा क्षमा ।
चन्द्र कान्त पण्डित
पशुपति मित्र मा वि
चावहिल, काठमाण्डौ, नेपाल ।
पशुपति मित्र मा वि
चावहिल, काठमाण्डौ, नेपाल ।
No comments:
Post a Comment