२०७५- ०८- १५
सरोकारवाला सवैलाई चेतना भया
चित्त नबुझेको कुरा कसैलाई सुनाइदिदा चित्त दुख्छ भने दुखिराखोस किनकि सत्यको महिमा नबुझ्नेहरु मानव समाजमा यत्रतत्र छरिएका हुन्छन । विचारा आफ्नो औकात थाहछैन अरुको औकातको कुरा गर्छन । कठै त्यस्तालाई के भन्नु । कहिलेकाही भट्टी पसलले पनि स्वागत गर्छ अनि एक प्यालामा नतमस्तक हुदै वेचिनेहरु अरुको औकातको कुरा गर्छन, समाजसेवि हु भन्दै समाजलाई नै चुस्तै हिड्छन तर पनि ति विचारै छन किनकि अरुको औकात खोजे तर आफ्नो वनाउनै सकेनन किनकि उनीहरु थाह नै नपाई एक प्यालामा वेचिएका छन । कलियुगका न्यायमुर्तिहरुले न्याय दिलाउन नसके पनि ति स्वघोषित न्यायमुर्तिहरुका आंखाका नयनहरु सिधा हेर्न सक्दैनन कठै अझै दावा गर्छन अरुलाई औकात वनाउ भन्दै । अनि म त फलानाको मान्छे, उसको काम गर्दिन गएको रे । औकातै छैन किनकि उ थाह नपाइ वेचिएको मान्छे । होशियार कतै तिमि पनि वेचिदै पो छौ कि, होशियार ।
मानिसको मुल्य र औकात नवुझेकालाई के भन्नु अर्थ त नरहेला तर पनि भनिदिनुपर्छ किनकि उ भित्र पनि हरिको वास छ, अल्लाहको वास छ । जव भगवान रामले सुग्रिभ माथि वाण चलाए, उसले रामलाई धर्मको पाठ सिकाउन खोजे अनि रामले भने कुन धर्मको कुरा गर्दैछस आफ्नो घरबाट भाईलाई निकाली उसकि श्रीमतीमाथि आंखा लगाउदा ध्यान कहा गयौ । अन्धा र मुर्ख राजाले नियुक्ति गरेका चुलवुले मन्त्री, सल्लाहकार पनि उस्तै हुन्छन । कहाबाट आउछ ज्ञान त जस्ता मुर्खसंग । रघुवंशी राजाको सन्तान र राजा भरतको आदेशले सवैको संरक्षण गर्नु आफ्नो कर्तव्य ठानि वाण चलाए भनपछि सुग्रिभ नतमस्तक हुदै शरणमा पुग्छन , क्षमा याचना गरेपछि रामले उनको जीवनको लागि पुकार गरौ भन्दैगर्दा सुग्रिभले मानिस मर्नैको लागि जिइराखेको हो तर यस्तो मोक्षको मृत्यु पाउनु सौभाग्यको कुरा हो । अव मलाइ जिउनु छैन मोक्षवाला मृत्यु नै स्वीकार छ प्रभु भनि आफुलाई मृत्युमा नै छोडीदिनको लागि पुकार गरे ।
त्यस्तै गरी तीनवटा मोतिको खोजिमा हिडेको सिन्धवाद शहाजदा तालिफलाई जादुगर हुकमिरा मल्लिका हमेरारले सिन्धवाद शहाजदा तालिफ र शहरायी दरवेश पनि अर्थहिन भए भन्दै दड.ग पर्दै थिइ तर अन्तमा तिलस्मी महलमा लुक्न गए पनि केही नलागेपछि उसको प्रेम जित्न नसकेपछि उसलाई प्यास लागेको समयमा खोलामा वगेको पानीमा विष िमलाइ होस गुमाइ उसको प्रेमिका तैयाव्वालाई समेत विषर््ान पुग्छ तर उसलाई सहयोग गर्नको लागि महत्तोरिम सिन्धवादले शहज्यादा परी अल्ला तालालाई पठाइ खुदाको नाम लिइ आवेजामजाम पानी खुवाउछिन र उनी होसमा आउछन र अन्तमा जादुगर मल्लिकाले आफैले वनाएको पुत्लाले उसैलाई वाधिदिएको थियो र तालिफले तेस्रो मोति प्राप्त गरेका थिए ।
मल्लिका र सुग्िभ दुई भिन्न पात्र तर सुग्रिभले आफ्नो गल्ति स्विकार्दै मोक्ष प्ाप्ति गरे तर मल्लिका न मि्र्तु न प्यार ।
मल्लिका र सुग्िभ दुई भिन्न पात्र तर सुग्रिभले आफ्नो गल्ति स्विकार्दै मोक्ष प्ाप्ति गरे तर मल्लिका न मि्र्तु न प्यार ।
यही कुसंस्कृतिले ढाकेको छ नेपाललाई । होस गुमाएकालाई होसमा ल्याउनु नै आजको आवश्यकता भएको छ नेपालमा अर्थात औकात नबुझेकालाई औकात बुझाउनु नै सवैभन्दा ठूलो उपलव्धि हुनेछ ।
No comments:
Post a Comment