Saturday, December 8, 2018

जितेका मानिसहरु प्रति दया जागेर अ“ांउछ

२०७५ ०८ २२
जितेका मानिसहरु प्रति दया जागेर अ“ांउछ
वर्तममान सरकार गणितिय हिसावमा दुई तिहाइ वहुमतको देखिन्छ तर काम र उपलव्धि भने नगन्ने छ । वर्तमान प्रधानमन्त्री जनतालाई तर्साउन खोजेको भान हुन्छ राष्ट्रपति आफ्नै मोजमस्तीमा चिन्तित देखिन्छ, सत्ताधारी दलका शिर्ष नेतागण नेपाललाई धर्म निरपक्ष भएकोमा गौरव गर्ने, आफ्ना आमा वावुमर्दा क्रिया नगर्ने तर वालुवाटारमा प्रवेश पाएपछि उनीहरुको श्राद्द गर्ने, त्यस्तै आफ्नो धर्म र संस्कृतिलाई वेवास्था गर्ने तर धर्मलाई अफिम भन्नेहरु मुनले दिएको गोप्य कुरा खाई आफु शुद्ध हुन्छ भन्नेहरु प्रति दया जागेर आउछ । के रहेछ यहाहरुको आफ्नो पहिचान, राष्ट्रप्रेम र जनताप्रतिको उत्तरदायित्व ? के राजनीति जनतालाई झुक्काउनको लागि कि नेपाललाई समृद्धीतर्फ लैजानको लागि हो ?
यस्ता विडम्वना सरकारमा मात्र होइन विपक्षी दललाई पनि यसैले पिरोलेको छ । आफ्नो उपस्थिति नभए देशै चल्दैन भन्ने भ्रम पालेर वसेको छ ।मृत्यु नभएसम्म दलको शिर्षस्थ पद पनि चाहिने,  सरकारमा पुग्दा पनि उही पुरानो अनुहार वारम्वार मन्त्री र प्रधानमन्त्री आफै वन्न पर्ने तर देश र निमुखाको काम गर्नु नपर्ने रोगले शिकिस्थ पारेको छ ? भ्रष्टाचार मौलाएको छ । सारा देशको संस्कार र संस्कृति नै भ्रष्टाचारमय भएको छ । अहिले झट्ट हेर्दा भ्रष्टाचार र काममा ठगी नगर्ने व्यक्ति त नार्मद भएको छ । शिक्षा विदेशीको इशारामा तय गरिन्छ ? विद्यालयमा भोटा फटालेका तर आफैमा विश्वास नभएकालाई नेतृत्व दिइन्छ, शिक्षा नियमावलीमा भएका वुदालाई धोति लगाउदै आफ्ना कठपुतलीलाई चयन गरिन्छ । अनि देश वन्छ कसरी ?

अव्दुल कलामले भनेका छन सानो सपना देख्नु पाप हो । सपना महत्वकांक्षी नै हुनुपर्छ । त्यसैले होला हाम्रो प्रधानमन्त्रीले पनि पानी जहाज र रेलको सपना देख्नु भयो । सपना सुन्दर थियो तर कार्यन्वयनको पक्षमा दृष्टी पुगेन । नेपाललाई वनाउनको लागि केही चाहिदैन केवल इच्छा शक्ति भए पुग्छ । हावा, पानी, माटो र नेपाली युवाहरुलाई नेपालमा नै राखेर हावा, पानी र माटोलाई सही तरिकाले उपयोग गर्न सिकाएमा देश वनि हाल्छ तर के गर्ने हाम्रा नेताहरुमा दृष्टी भ्रम छ साउनमा आ“खा फुटेको गोरु जस्तो । यो रोगले राजनैतिक दलका नेतालाई मात्र होइन अन्य संघ संगठनका नेतृत्वमा पनि विच्छिप्त अवस्थामा छ । उनीहरु पनि दीर्घ रोगी भए र नेपाल र नेपालीलााई पनि त्यस्तै वनाउदै छन ।

हाम्रो शिक्षाले नेपाली वन्न सिकाएको छैन । हाम्रो आफ्नै तरिकाले परीक्ष्ाँ लिन सिकाएको छैन । हाम्रा विद्यार्थीलाई स्वदेशमा रही यही माटोमा भुल्न सिकाएको छैन । स्वाभिमानी वन्न सिकाएको छैन । आत्मनिर्भर वन्न सिकाउको छैन ।  सपना देखाएको छ विदेशको तर हाम्रा गांउ, शहर रित्तीदै छ ।  नेपाललाई अग्रस्थानमा पुर्याउनको लागि अव तीनवटा भाषामा विद्यालय तहको शिक्षा प्रदान गर्नसक्नुपर्छ । सवै नेपालीलाई नेपाल प्रति  माया जगाउन र सवैले एक आपसमा आफ्ना विचार आदन प्रदानको लागि नेपाली भाषा, विश्वसंग परिचित हुनको लागि अंग्रेजी भाषा र विज्ञान र संस्कृतिको खोजिको लागि संस्कृत भाषा  अनिवार्य वनाउन पर्छ । कक्षा ८ सम्मको शिक्षा पुर्ण निशुल्क र गरीवको लागि त निशुल्क आवशिय शिक्षा उपलव्ध गराउन सक्नुपर्छ देशले ।
देशले छात्रवृद्दीमा पढाएका विद्यार्थीलाई अध्ययन र तालिमको लागि वाहेक अन्य प्रयोजनको लागि विदेशिन दिन हुदैन । कक्षा ८ भन्दा माथिको शिक्षा  व्यवसायिक हुनुपर्छ । 

भ्रष्टाचार गरी जम्मा गरेको रकमको खोजी गर्नु पर्छ । श्रोत नखुलेको सम्पतिलाई राष्ट्रीयकरण गरी देशमा कल कारखाना वा उद्योग खोली नेपालमा रोजगारको सृजना गर्नसक्नु पर्छ ।  भ्रष्टचारीलाई सामाजिक वहिस्कार गर्न सक्नुपर्छ । जनताले तिरेको करको सही सदुपयोग हुनुपर्छ । कामको इज्जत, वोलिमा विनम्रता, र आचरणमा पवित्रत्रता भएमा नेमाल वन्नको लागि धेरै समय कुर्नु पर्दैन नेपाललाई । 

No comments: