२०७५ –०९– १२
श्री सम्मानीय प्रधानमन्त्री ज्यू
शिहदरवार, काठमाण्डौ, नेपाल ।
शिहदरवार, काठमाण्डौ, नेपाल ।
विषयः भुपु राजतन्त्र र गणतन्त्र विचको भिन्नता नेपालीले महशुश गर्न पाउन ।
आज नेपाली जनता भ्रममा यस अर्थमा छन कि हिजोको दिनमा राजा र राणा सामन्ती थिए भन्ने आवाज सडकमा सुन्दै गए त्यही सिके किनकि देशको ढुकुटी उनैले खर्चिय र देश वरवाद भयो भन्ने सन्देश नेपालीले वुझे तर आज यसलाई चिर्न वर्तमान कुनै दलको नेतृत्व पनि सफल हुन सकेको अवस्था छैन । अहिेलेको नेतृत्व भ्रष्ट नेतृत्वको विरुद्दमा थियो तर आज वारम्वार तिनै नेतृत्व भ्रष्टाचारमा डुवेको दृष्टान्त सञ्चार माध्यमले पस्किरहेको नेपाली जनता सुनिरहेका छन ।
हिजो र आज शाषक र शाषित विचमा देखिएको भिन्नता जस्ताको त्यस्तै छ । हिजोको प्रधानमन्त्री मर्दा आजको सरकारले राष्ट्रीय सम्मान दिन पर्दैन र यसले खासै असर पनि गरेन । अव के वर्तमान सरकारले हिजोको सरकार प्रमुखलाई जुन तरिकारले व्यवहार गर्यो नि, त्यही तरिकाले व्यवहार पछिका सरकार प्रमुखलाई गर्दैन भने सम्विधानमा लेखिएको मौलिक हक भित्र रहेको समनाताले कसरी काम गर्छ । मौलिक हक भित्र रहेको समनातालाई मेरो वुझाइमा जसरी सुर्यको प्रकाश र ताप वा वायुमण्डलमा रहेको हावा सवैले समान रुपमा पाउछन नि ठिक त्यसरी नेै नेपाल सरकारले नागरिकलाई दिलाउने सुविधा हुनुपर्छ । नेपाल सरकारले तत्काल लागु गर्ने गरी तलका कार्यक्रमहरु ल्याएमा सवै नेपाली समान हुने थिए ।
१– भुपु मन्त्री, प्रधानमन्त्री, कर्मचारी, सेना,प्रहरी वा अन्य जो कोहीलाई गाडी, सुरक्षा, पेन्सनको अन्ते गरी , पेन्सन र सामाजिक सुरक्षामा हुने गरेको खर्र्च करिव रु ७४,६९,००,००,००० । रकमलाई ६४ वर्ष नागेका १२,७७,५४५ सम्पूर्ण नागरिकलाई वर्तमान सरकारले उपलव्ध गराउने हो भने प्रत्यक नागरिकले वार्षिक रु ५८,४६३ वा मासिक रु ४८७१। प्राप्त गर्ने रहेछन । किन सही रुपमा सवै नागरिकलाई एकै सुविधा उपलव्ध नगराउने ? राष्ट्रपति वा प्रधानमन्त्री अन्य कोहीलाई पनि उसको कार्यकाल पुराभएपछि उ सामान्य नागरिकको हैसियतमा रहनु पर्छ । नत्र राजा र राष्टपतिको विच भेद कसरी थाह पाउने ?
।
२– सर्वै नेपालीको भुमिका वरावर हैसियतमा छ । प्रधानमन्त्रीको चालक कम महत्वको छ र ? उ नभए प्रधानमन्त्रीको गन्तव्य कसरी पुरा हुन्छ । जव चालक विना प्रधानमन्त्रीको काममा असहजता महशुश हुन्छ ठीक त्यसरी नै अन्य क्षेत्रमा पनि । वास फरक भनेको कामको प्रवृद्दी मात्र हो । त्यसैले सवै नेपालीलाई समान हैसियतमा सरकारले दिने सुविधा समान हुनुपर्छ । यसो गर्दा मलाई व्यक्तिगत रुपमा त नोक्सान हुन्छ तर नोक्सान होस, हामी सवै नेपाली समान हुनुपर्छ र सच्चा गणतन्त्रको महशुश नेपालीले गर्न पाउनुपर्छ । अन्यत्र के छ होइन असल कामको सुरुवात नेपालबाट सुरु गरी वाकि विश्वलाई यसको अनुकरणको अवसर दिन सक्नुपर्छ ।

अन्तमा यहाको कार्यकालमा जताततै न्याय फैलाओस र समग्र नेपालको सम्वृद्दीको लागि स्वर्ण युगको रुपमा नेपालीको ह्रदयमा रहनसकोस यही रह्रो मेरो कामना ।
चन्द्र कान्त पण्डित
पशुपति मित्र मा वि
चावहिल, काठमाण्डौ, नेपाल ।
पशुपति मित्र मा वि
चावहिल, काठमाण्डौ, नेपाल ।
No comments:
Post a Comment