Saturday, December 8, 2018

सावधान

२०७५-०८-२१
सावधान
विद्धताको पगरीमा आफुलाई विर्सनेहरु 
नेतृत्वको घमण्डमा हुंंकार गर्नेहरु
किन उन्मात देखाउछन केही नगर्नेहरु
नेतृत्व लिदै आफ्नै संघ संगठन सिध्याउनेहरु ।
काम चोरलाई पुरस्कृत गर्नेहरु
सुविधा आफु लिदै अरुलाई दलन गर्नेहरु
अरु सामान्ति आफु उदार भन्नेहरु
तर शक्तिको आडमा देशलाई वरवाद पार्नेहरु ।
खवरदार अव सवै वुझ्ने भएका छन
तिम्रो हरहिसाव खौज्ने भएका छन
प्रमाण खोजि तिमीलाई कालकोठरी रोज्दै छन
स्वीकार गरे समयमा नै माफि दिने छन ।
अहंकार गर्दै नगर सामन्ति तिमि भयौ रै
हिजोका जस्तै रस तिमी नया वोतलमा रे
गुप्त चिज किन खायौ भन्थ्र्याै धर्मै छैन रे
वुझ्न खोेज्दै छन अफिम अमृत कसरी भयो रे ?
डलर वा पौण्डले नेपाल खोक्रो पार्दै छाै रे
सावधान युवाहरु जगिसके हिसाव खोज्दैछन रे
तिम्रो सात पुस्ताको लागि जोडेको श्रोत के भन्दै छन रे
सावधान भइ वस तिम्लाई खोज्न आउदै छन रे ।

No comments: