Sunday, December 9, 2018

न्यायको प्रतिक्षामा नेपाली जनता

२०७५- ०८- २३
न्यायको प्रतिक्षामा नेपाली जनता
प्रत्यक ५ वर्षमा नेपालमा नया राष्ट्रपतिको छनोट हुने र भुपु राष्ट्रपतिलाई आवासको व्यवस्था गर्दै जाने हो भने एक शताव्दीमा त राजधानी पुरै राष्ट्रपति भवनले भरिने छ । त्यसैले भुपु मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिले पनि आफ्नो ५ वर्षे कार्यकालपछि सामान्य नागरिकको हैसियतमा जिउन सक्नुपर्छ सेना, प्रहरी र आवासको लोभमा लाग्ने हो भने हिजोको जहानिया राजा नै ठीक भएन र ? एउटै दरवारमा कयौ राजाहरु एक पछि अर्काे वस्दै शाषनको भोग गर्न सक्छन तर नया राष्ट्रपतिको लागि भवन राष्ट्रले व्यवस्था गर्दै जाने हो भने के नेपालले धान्न सक्छ । हिजोको राजा र अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको विचमा भेद के छ ? शाषक र शाषित , राजा र प्रजा । हिजो र आजका दुवै शाषक मस्तिमा हिजोका प्रजा र आजका जनताको हाल उही अवस्था छ ।
एकातर्फ एक नेताको उपचारमा करौडौ खर्चने तर सर्वसाधरणले सिटामोल नपाउने अवस्थाको अन्ते हुनुपर्छ । संविधान सवैको लागि समान हुनुपर्छ र राष्ट्रबाट पाउने सुविधा सवै नेपालीले समान रुपमा पाउन पर्छ । अन्यथा राष्ट्रपतिभन्दा संवैधानिक राजा नै ठीक भन्ने दिन आउनुभन्दा पहिले नै वर्तमान सरकार सचेत हुनुपर्छ । भुपु सम्माननीयहरुलाई राष्ट्रले केवल पेन्सनको व्यवस्था गरिदिदा हुन्छ । गणतन्त्रमा त सर्वसाधरणको हैसियत, मन्त्री र प्रधानमन्त्री वा अन्य राष्ट्रसेवकको हैसियत समान हुनुपर्छ । एकले अर्काको सम्मान गर्न सक्नुपर्छ । कामको विचमा भेदभाव हैन मित्रताको डोरी वलियो पार्न सक्नुपर्छ ।
अरुको सन्तानलाई मार्दा दड.ग पर्ने तर आफ्नो सन्तानको मृत्यु कालगतिले हुदा सहन गर्न अप्ठयारो हुने प्रवृतिको पनि अन्ते गर्नसक्नु पर्छ । देशको कानुन सवैको लागि समान व्यवहारमा देखाउन सक्नु पर्छ । अन्यथा जुन जोगी आए पनि कानै चिरेका । ठीक यस्तै अवस्था छ नेपालमा । नेपालको संविधानले समानतालाई मौलिक हकभित्र राखेको छ । यसले देशको राष्ट्रपतिको हैसियत र सर्वसाधरण नागरिकको हैसियतलाई समान मान्दछ । यही परिकल्पना हो नेपाली जनताले खोजेको । तर अन्धा शाषक होइन । सवैलाई न्याय दिलाउन सक्नु हुनुपर्छ । के अहिलेको सरकारले यस्तो जनकल्याणकारी गर्न सक्ला ।नेपाली जनता यसै क्षणको प्रतिक्षामा छन ।

No comments: