Wednesday, January 2, 2019

२०१८ लाई वीदाई

१ जनवरी २०१९
२०१८ लाई वीदाई र
नव वर्ष २०१९ को शुभकामना
२०१८ लाई फर्किेेै पछि हेर्दा समग्रमा एउटा अनुभवको इटा थपिएको पाएको छु । जीवनलाई प्राप्तिमा खुशी र अप्राप्तिमा आकाशै खसेको रुपमा नलिई जीवनको एक नया अनुभवको रुपमा अंगिकार गर्न सक्ने सामान्य मानिसको हैसियतमा उभ्याउन सक्ने भएको पाएको छु । सेतोलाई सेतो र कालोलाई कालो भन्न सक्ने क्षमता कुरौटे दार्शनिक शुकरातबाट स्कुल जीवनदेखि प्रभावित हुदै वर्तमानमा रमाउन सक्ने भएको छु । हिन्दुग्रन्थ अनि भगवान कृष्ण, विष्णु, शिव, गणेश, हनुमान वा मारुति, राम,लक्ष्मण,सीता देवी दुर्गा वा उनका अनेकान रुप , काली, सुदामाको भक्ति, उसको श्रीमती वसुन्धराको समाजप्रतिको विचार, गौतम वुद्द आदि मेरा प्रेरणाका पात्रको रुपमा जरा गाड्न सफल भएका छन । सुदामाको भक्ति, कृष्ण र सुदामाको मित्रवत प्रेम वर्तमान मानवसमाजको लागि अनुकरणिय पाएको छु । मानिस आफुलाई विना पैसामा विक्रि गरेको पनि देखेको छु । अरुलाई खराव भन्ने मनहरु आफैमा कलुसित भएको देखेको छु । गल्ति गरेको मानिस कसरी नतमस्तक हुदै आंंखा सिधा हेर्न नसक्दा रहेछन त्यो पनि समयले सिकाएको छ ।
गलत व्यक्तिबाट दिक्षित व्यक्ति गलत बाटोलाई नै अंंगिकार गरेको देखेको छु । आफ्नो धर्म र संस्कृतिको वारेमा खासै ज्ञान नभएका व्यक्तिहरु धर्मको वारेमा पनि वखान गरेको सुनेको छु । २०१८मा मेरो जीवनमा खासै उपलव्धी केही आफैको कर्मस्थलोमा नदेखिएतापनि शैक्षिक समाजले उच्च मुल्याङ्कन गरेको पाएको छु । जसलाई मैले आफ्नो अग्रज माने उसैबाट पिडित हुने सुअवसर प्राप्त गरी मानव जीवनको थोरै भने पनि अर्थ वुझेको छु । एउटै स्थानमा कार्य गर्ने दुई मित्र विचको विभेद पनि देखेको छु । आफुले कार्य नगरी आफ्नै स्तरको अर्काे मित्रलाई वढी कार्य गर्न लगाई आफ्नो पहिचानलाई कलकिंत बाटो रोजेकोमा गौरव सोचि आफ्नो पहिचान गुमाएका व्यक्ति पनि देख्ने अवसर प्राप्त गरेको छु । आफुले गर्दा आन्दोलन र ठीक तर त्यही कार्य अरुले गर्दा गलत वा आतकांरी भन्ने राजनैतिक नेतृत्व पनि देखेको छु ।
मैले मेरो जीवन आजको दिनसम्म शिक्षा क्षेत्रमा नै विताए,सामुदायिक विद्यालयको घट्दो शाखलाई अगाडि वढाउन पर्छ भनि आफ्नो तरिकाले लागिराखे । अगाडि लाग्दै गर्दा मैले दैत्य गुरु शुक्राचार्य र देव गुरु बहश्पतिलाई सम्झ्न पुगे किनकि यी दुवै धर्मबाट विचलित भएका थिए । शतमार्गबाट असतमार्ग रोज्ने गुरु बृहस्पति जसले स्वर्गको श्रीपेच आफै लगाए, अप्सरालाई नृत्यको लागि वाध्य पारे, समरस दिनको लागि वाध्य पारेतापनि पापको मार्गमा नलाग्नको गुरुलाई अप्सराले विन्ति गर्दा सराप दिन तयार भएपछि अप्सराहरु समरस दिन पुग्छन तर ठीक समयमा मारुति पुगि समरस पिउनबाट बचाउछन ।
धर्मको बाटो छोडी पापको बाटो अंगिकार गरेका देव गुरु वृहस्पतिलाई त मारुतिले देवी सुमतिको सहायताबाट पुन सतमार्गमा ल्याउन सफल भएको कथा पढ्न पाए तर यस कलियुगका गुरुहरुलाई त कसले सत मार्गमा हिडाउला र ? आफै डाडु वोकि मीठा वचन वोली समाजलाई दिगभ्रमित गर्नेहरु आजका शिक्षाका ढेकेदार म माथि अन्याय गरे पनि मैले यसलाई जीवनको नया भोगाइको रुपमा ग्रहण गरे किनकि मारुतिले सुर्वन्खाले जव तलाई मृत्युदेखि डरलाग्दैन भनेपछि मारुति जवाफ दिदै थिए, अधर्मको बाटो रोज्नेहरु मात्र डराउछन र अन्तमा धर्मको नै विजय हुनेछ । अनि म किन डराउने । त्यति भनेपछि अन्तमा सुर्वन्खाले मारुतिमाथि आक्रमण गरेपछि उसको आक्रमणलाई निस्तेज पारेका थिए र अन्तमा माफ माग्न वाध्य भएकि सुर्वन्खा । मैले पनि त्यही अनुभव गर्दै छु । जसले गलत मार्गबाट झट्ट हेर्दा जितेको देखे पनि उनीहरु क्षणक्षणमा हारीरहेको देखेको छु । त्यसैले मैले पनि हारलाई जितको रुपमा लिएको छु, २०१८ ले मलाई यही सिकायो ।
अर्काे पाटो यसमा बाटो विराएका गुुरु सतमार्गमा आएको पाए तर दैत्य गुरु शुक्राचार्यको शक्ति त पुरै मारुतिले खिचि शक्तिहीन वनाइदिए र अंहकार, प्रतिसोध जस्ता मानवीय अवगुणले उनको अस्तित्व समाप्त भएको कथा पढ्न पाए । जसले गर्दा चाकडी, चाप्लुसी र अमानवीय कार्यमा लागि आफुलाई स्खलित कृपाको पात्रको रुपमा भन्दा स्वाभिमानमा रम्न सक्ने पात्रको रुपमा उभ्याउन पाएकोमा गर्भित छु ।
मेरो २५ –२६ वर्षको शैक्षिक अनुभवले तिक्तता यस अर्थमा वोकेको छ कि नेपालको शिक्षा निति नै गलत छ । किनकि नेपालको शिक्षाले शिक्षार्थीलाई नेपालमा वस्नको लागि प्रेरणाको श्रोत वन्न सकेको छैन । नेपालमा वसी यही उद्यमी वन्नको उत्प्रेरक वन्न सकेको छैन । नेपालको शिक्षाले सवैलाई नेपाली वनाउन सकेको छैन किनकि अझैपनि पहाडी,
भोटे र मधेशीको एकले अर्कोलाई हेर्ने दृष्टीमा परिवर्तन आएको छैन । सभासद राजेन्द्र महतोले देशको प्रधानमन्त्री र ओलीलाई सम्वोधन गर्दै संसदमा वोलेको आवाज अनुत्तरीत वनेको छ र स्वयम आफैमा व्यङ्गे वनेको छ । उनले भनेका थिए हजारौ मानिसको हत्या भएको आन्दोलनको नेतृत्व गर्ने व्यक्ति प्रधानमन्त्री वन्ने तर जनतावाट अनुमोदित रेशम चौधरी संसदमा उपस्थित हुन नपाउने । यो कहाको न्याय हो । प्रचण्डलाई मुद्दा नलाग्ने, थारुको बच्चालाई जेल हाल्ने राजेन्द्र महतो
यस अनुत्तरीत प्रश्नको सवाल सवै नेपालीले खोज्नै पर्छ विना भेदभाव । मैले वुझ्न सकेको छैन हिजोको राजा र अहिलेको राष्ट्रपति र प्रधानमन्त्री विचको भेद । हिजोको राजा सामान्ती र अहिलेको राष्ट्रपति र प्रधानमन्त्री जनप्रेमी कसरी ? आचरण नियाल्दा दुवै समान छन । हाउभाउ उस्तै छ । मैले देखेको फरक यति हो राजा पारिवारिक वा राजाको छोरा राजा तर राष्ट्रपति राजनैतिक दलको तर नेपालको वन्न सकेको छैन किनकि सामान्य नागरिक अझै राष्ट्रपति वन्ने अवसर छैन । संविधान यही भन्छ नेपालको । ५ वर्षे कार्यकाल पछि किन राष्ट्रपति वा प्रधानमन्त्रीलाई सामान्य नागरिकको हैषियतमा नराख्ने । अहिलेको राष्ट्रपति नया वोटलमा पुरानै रक्सि जस्तै भएन र ? निर्मला पन्तको वलत्कार पछि हत्या हिजोको नमिता सुमिता काण्ड भन्दा फरक छैन ।
२०१८ ले मलाई घोचिराखेको छ । मैले आफुले लिनुपर्ने रकमभन्दा आफुले लिएको रकम फिर्ता गर्न नसकेकोमा । यसको लागि प्रयत्नरत छु तर निकास निस्केको छैन । मेरो कारणले केही मित्र तथा आफन्तजनमा पिडा थपेको अनुभव मैले महशुश गरेको छु तर यो मेरो भ्रम पनि हुनसक्छ । मेरो भोगाइ जीवनको अर्थ वुझाइमा २०१८ आफैले विश्वास गरेको नेतृत्व झुटको सहारा लिइ मलाइ ढाटेकोमा कुनै गुनासो छैन किनकि एक झुट झुट नै त हो नि । झुटवाट प्राप्त फलभन्दा धर्म र सत्यताको मार्गमा जिउनसक्नु नै असल जीवनको पहिचान हो । मेरो अन्तस्करण यही भन्छ । अन्तमा सम्पूर्ण जिव जिवात्माको साथै समग्र मानव सभ्यता धर्मको वाटोमा लागि भातृत्वको भावना जागृत भइ विश्व समाज एक विशाल शान्त वैभवशाली परिवारको रुपमा अगाडि वढोस । जसले मेरो जानि नजानि कुभलो चितायपनि ती आत्माहरु पनि सतमार्गमा हिडी सुखद जीवन जीउन सकुन । यही रह्यो मेरो शुभ कामना २०१९ को लागि ।
चन्द ्कान्त पण्डित
ज्ञानेश्वर, काठमाण्डौ ।
समय रातको १ ५५

No comments: