Thursday, January 10, 2019

पौष २७ लाई विर्षनु नेपाललाई नै विर्षनु हो

२०७५-०९-२७
पौष २७ लाई विर्षनु नेपाललाई नै विर्षनु हो
पौष २७ लाई विर्षनु नेपाललाई नै विर्षनु हो । हिजो नेपाल २२से र २४ से ससाना राष्ट्रमा टुक्रिएको थियो । यी ससाना राष्ट्रलाई एकिकरण गरी सिङ्गो नेपालको परिकल्पना राजा पृथ्वी नारायण शाहले नै गरेका थिए । आज तिनै राजालाई नेपाल विर्षिरहेको छ ।
सगरमाथा, गौतम वुद्द, जानकी, इलाम, कागडालाई नेपालको आभुषण उनैले वनाए तर आज इतिहासलाई विर्षने काम नेपाल सरकार गर्दै छ । यो नेपाल र नेपाल माथिको अपमान हो । हिजोको दिनमा नेपाल भनेर केवल वसन्तपुरको पेरीफेरीलाइै वुझिन्थ्यो । म कास्कीको मानिस आज नेपाली भएको छु यो केवल पृथ्वीनारायण शाहकै कारण । गौतम वुद्द जन्मदा नेपाली थिएनन तर गौतम वुद्दको जन्मस्थलोलाई नेपालको भूगोलमा गाभ्ने काम उनैले गरे त्यसैले गौतम वुद्द नेपालका वनेका छन । ठीक त्यसरी नै सगरमाथा र जनकपुर, मेची र महाकाली ।
सरकार पृथ्वी नारायण शाहको योगदानलाई विर्षने हो भने आजको वर्तमानको राजनैतिक परिवर्तनलाई पनि भालीको पिडीले हत्या हिंसाको उपजको रुपमा लिए के भन्ने । आजको राजनैतिक परिवर्तन हिजोका राजालाई जहानिया सामन्ती आदिले गर्दा नेपाली जनता चुप भए तर हिजोको राजा जहानिया भयो भने आजका नेता, सभासद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति पान हिजोका दिनमा राजालाई लगाएको आरोपबाट मुक्त हुन सकेका छैनन । उनका भाइ, भतिजा, छोरा, छोरी आफन्तहरु नै आजको राजनैतिक शक्तिको उपयोग गरेका छन । सर्वसाधरणलाई मुर्ख वनाइरहेका छन । अनि गणतन्त्रको धज्जी उडाइरहेका छन । जसका लाठी उसका भैषी चरितार्थ वनेको छ वर्तमान राजनितीमा पनि किन ? रमेश चौधरी दोषी कि हिजो निर्वाचन आयोग दाषी । रमेश चौधरीलाई चुनावमा प्रतिस्प्रधा गराउनु नै दोष हो ।
आजको सरकारले वुझ्न सक्नु पर्छ गणितीय संख्या ठूलो होइन उसको संस्कार ठूलो हो । लोकतन्त्रमा वा गणतन्त्रमा तीन कुराले स्थान पाउनुपर्छ ती हुन – योग्यताक्रम, जवाफदेहिता र पारदर्शिता जसको नेपालमा खडेरी परेको छ जसले गर्दा जसले गर्दा जताततै अत्याचार वढेको छ । न्यायको खडेरी परेको छ । यतातर्फ वर्तमान सरकारले ध्यान नदिएमा पछि गएर ठूलो मुल्य चरकाउनु पर्ने छ । आज पौष २७ लाई नेपाल सरकारले विषेश दिनको रुपमा सम्झनु पर्छ, मेरो आग्रह यही रह्यो ।

No comments: