Wednesday, May 5, 2021

शिक्षक महासंघको नेतृत्वमा आन्दोलन

 २०७८/०१/२२

यो सोच शिक्षक महासंघको नेतृत्वमा आन्दोलन को तिथिमिति तोकिएको दिन र कार्यक्रमलाई देख्दै गर्दा मनमा खुलदुली पलायो र यसलाई केही शब्दको मार्फत मेटाउनको लागि पोखेको थिए कमेन्टमा तर पोष्ट भएन। नभएपछि आफ्नै पर्खालमा राखिदिँए। केहीलाई तितो लाग्न सक्छ। तितो भए पनि तिते करेलीको रुपमा लिनुहोला। नरुचेको खाना पनि रुचाइदिन्छ, करेलीले।
शिक्षक आन्दोलन समग्र शिक्षकको पक्षमा वनोस। शिक्षा नियमावलीमा भएका वुदाहरु निर्दो र बलियो सवैलाई समान तहमा लागू गरियोस। शिक्षक महासंघको नेतृत्वमा एक असल शिक्षक जो कुनै संघ संगठनमा आवद्ध छैन उ केवल शिक्षक मात्र बन्न चाहन्छ उसले पनि नेतृत्वमा स्वतन्त्र रुपमा चुनावी मैदानमा भिडी नेतृत्व लिन पाउने अवसर पाउनुपर्छ । यो महासंघसँग पनि माग रह्यो। शिक्षक महासंघको विधानमा राख्न सक्नुपर्छ ।
शिक्षकका संघ, संगठनहरू राजनैतिक दलका सुभेच्छुक भएकोले आन्दोलन हुन्छ, नेतृत्व डगमगाउछ र नेतृत्वले आफू केन्द्रित भएर सम्झाैता गर्ने गरेको पाइएको छ जसले गर्दा शिक्षक हेपिनु परेको छ। शिक्षकले त राजनैतिक दललाई परामर्श दिने हैसियत राख्नुपर्छ , राजनैनिक दलका नेतालाई शिक्षकको नेताले खोज्दै हिड्ने होइन , राजनैतिक दलका नेताहरू शिक्षकको नेतृत्वलाई खोज्नुपर्ने बनाउन सक्नुपर्छ । शिक्षकले चाहेमा यो सम्भव छ किनकि शिक्षकको उपस्थिति यत्रतत्र जहाँतहीँ हिमालदेखि तराईसम्म मेचीदेखि महाकालीसम्म छ। तर एकता छैन । त्यसैले रोदनमा जिइराखेको छ। शिहँको आवाज निकाल्नुपर्ने शक्ति स्यालको हुँयामा रमाएको छ।
त्यसैले विश्वास गुमाएको छ । त्यसमा पनि अहिले त अवकास प्राप्त शिक्षक महासंघको अध्यक्ष हु भनी वक्तव्य जारी गर्दै गर्दा अदक्ष भएको कालो इतिहास बनेको छ शिक्षक आन्दोलनमा । यसको अन्त्य गर्नुपर्छ। नेपालको शिक्षक आन्दोलन सधैं कमजोर भएको छ चाहे त्यो आन्तरिक प्रतिस्पर्धा होस चाहे त्यो वाह्य किन नहोस। नेतृत्वमा रहने मित्रहरू भगवान कृष्णको वालसखा सुदामा र उनको श्रीमतीलाई पढ्नुहोला। सुदामाको भागमा परेको आधासितो भात र उनको श्रीमतीको नाममा परेको आधा सितो भाग कृष्णलाई अर्पण गर्दा सन्सारका भोकाहरुको पेट भरियोस, भोक मरोस भनी अर्पण गरेका थिए र तुरुन्तै सवैको पेट भरिएकाे थियो। अरूकाे लागि मागिदिदा आफुलाई पनि पर्ने । तरिका याे हाेनि शिक्षाले खाेज्ने बाटाे ।
त्यसैले आन्दोलनको दाैरानमा माग राख्दै गर्दा विद्यालयको ECD शिक्षक, सहायक लेखापाल, कार्यालय सहयोगीलाई राष्ट्रले उपलव्ध गराएको वेतनलाई केन्द्रमा राखेको भएमा आजको दिनसम्ममा शिक्षक रोदन लिएर हिड्नुपर्ने थिएन। नेतृत्वले आफुलाई केन्द्रमा राख्यो र कहीँ कतै सभासम्मेलन भएको वेलामा अहिलेका उपलव्धि हामीले गरेर भएको हो भन्ने र सुन्ने गरिन्छ। साउने झरिको कारणले रोपिएका टारीखेतको रोपाइँ हामिले सिँचाइ गरेर भएको हो भनेजस्तै ।
विकास समयले पनि ल्याउँछ । समयको कारणले आएको विकास आफ्नो कारणले हो भन्नू जस्तै जस्तै भएको छ भन्नमिल्ने भए हामीले सिंचाइ गरेकोले धानको बीउ रोपिएको हो। हैनभने किन रु ६०००/ ७५००/र रू ११५००/ मासिक वेतनमा काम गर्दैछन। यो आवाज एक नम्वरमा उठाउनुपर्छ ।शिक्षकहरू राष्ट्रका निधि बनाउनका लागि शिक्षक सेवा आयोगबाट छनाैट भएका व्यक्तिहरू मात्र विद्यालयमा प्रवेश गराउनु पर्छ। त्यसैले राजनीति गर्न चाहने शिक्षकहरू राजनैतिक दलमा रहदा ठिक छ, शिक्षकको नेतृत्व गर्ने व्यक्ति शुद्ध शिक्षक बन्न सक्नुपर्छ । शिक्षक महासंघको नेतृत्व बोल्दाखेरी शिंहदरवारमा कम्पन पैदा गर्नसक्नुपर्छ। नेपालको राजनीतिले नेपालमा राजनैतिक दल छैन केही व्यक्ति विशेषका झुण्डहरु छन र तीनै झुण्डको पछि लाग्ने शिक्षक नेतृत्व । अरुले नवुझे पनि शिक्षकले वुझ्नुपर्छ र वुझाउन पनि। आफ्नै सामार्थ्य र ज्ञानमा पनि विश्वास छैन जागिर सामुदायिक विद्यालयको चाहिन्छ, बच्चा पढाउनकाे लागि संस्थागत विद्यालय। कुनै विद्यार्थीले शिक्षक हजुरका बाबुनानी कहाँ पढ्छन भनी सोधेको अवस्थामा संस्थागत विद्यालयमा भनेर शिक्षकले जवाफ दिदै गर्दा विद्यार्थीले तपाईंको वच्चाको लागि ठिक नहुने ठाँउमा तपाईंको लागि जीवन धान्न कसरी उपयोगी भयो भनेको अवस्थामा के जवाफ दिने। शिक्षकले पनि आफुलाई परिमार्जित गर्न सक्नुपर्छ र तीनको नेतृत्वले पनि। अनि कसले पत्याउने र इज्जत गर्ने। अवको आन्दोलन दुई चारवटा फोटा खिचाउनको लागि नभएर समग्र विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको रोदनको अन्त्य गर्नको लागि हुनुपर्छ ।
शिक्षकले आन्दोलन बारम्बार गर्ने होइन । एक पटक गरिएको आन्दोलनले एक युगको दिशा निर्देश गर्नसक्नु पर्छ। यस्तो गर्जन गर्जियोस आँउदा दिनमा सरकारले कोही कसैको सेवा सुविधा थप्दै गर्दा पहिलो शिक्षक त्यसपछि अरु भने सोच आआेस। यसको अर्थ खुकुरी देख्दा सन्सार हल्लियो नेपालका शिक्षक वोल्दा कमसेकम नेपाल सराकारको तापक्रम वृद्धि हुनुपर्छ । यो सामार्थ्यमा पुग्नुपर्छ ।
विद्यालय व्यवस्थापन समितिमा सक्कली अभिभावक र १ वा दुई जना कम्तिमा स्नातक शैक्षिक योग्यता भएका वुद्दीजिविहरु सहितको वि.व्य.समिति बनोस।
आजको दिनमा विद्यालय र महाविद्यालयका शिक्षकले वुझ्नुपर्छ। आजको राजनीतिको दुरदशा शैक्षिक गन्तव्य पत्तालगाउन नसकेरै हो। यदि हिजोको शिक्षकले भ्रष्टाचार , दुराचारबाट मुक्त रहने सोच भर्न सकेको भए, आफ्नो धर्तीलाई पुज्न सिकाएको भए, आफ्नै माटोमा सृजित विचारलाई प्राथमिकता दिएको भए यो अवस्था आउने थिएन। हिजो तीस, चालिस र पचासकाे दशकमा सडकमा गोर्खा भर्तिकेन्द्र बन्द गर भन्ने नारा गुन्जिन्थे तर आज तीनै भर्तिकेन्द्र बन्द गर भन्नेहरू सरकारमा रहेका छन र Manpower खाेली युवा जनशक्तिलाई कामकाे लागि लाखाै खर्चेर राेजगारीकाे लागि विदेश पठाएका छन भने अलिकति हुनेखानेका छाेराछाेरीहरू नेपालकाे अरवाै खर्चेर विदेश अध्ययनकाे लागि गैरहेकाे अवस्था छ ।गाँउ पखेरीहरु उजाड पारिरहेको छ । किन यस्तेा जटिल माेडमा न सन्तान वावु अामासँग छन न वावुअामासँग सन्तान । यतिसम्मकि कति भाकल र प्रयासबाट मरेपछि पिण्डा र पानी दिने छ भनी जन्माएकाे सन्तानलाई फुर्सद छैन । याे जटिल माेडबाट देशलाई वचाउने काम शिक्षाले गर्नुपर्छ र यसकाे अनुसन्धान गर्ने काम शिक्षककाे हाे त्यसमा पनि शिक्षक नेतृत्वकाे हाे । यस जटिल महामारीकाे वेलामा परिवारमा आफ्नो सदस्य छैन। त्यसैले विद्यालय र महाविद्यालयहरू वेराेजगार उत्पादन गर्ने स्थलको रुपमा नभइ ज्ञान र शिपमा पारगंत जनशक्ति उर्पादन गर्ने स्थलाेकाे रूपमा लाग्न सक्नु पर्छ । यी र यस्तै समस्याकाे अन्तेष्टीकाे बाटाेकाे खोजिमा लाग्न सक्नुपर्छ शिक्षककाे आन्दोलन ।
Shree Bastola, Devendra Koirala and 44 others
30 Comments
Like
Comment
Share

No comments: