Sunday, May 9, 2021

मारेर, मागेर , युवा वेचेर , विउ विजन र संस्कृति मासेर देश वन्दैन

 


२०७८ ।०१।२६
मारेर, मागेर , युवा वेचेर , विउ विजन र संस्कृति मासेर देश वन्दैन
चाइनिज भनाइ छ –भोको मान्छेलाई माछा होइन माछा मार्ने शिप र वल्छी देउ । भोकाे मान्छेलाई टन्न माछा खाना दिएपछि उ अगाउँछ र विहान खाएकोे भए वेलुका फेरी खाना चाहिन्छ, साँझ खाएको भए विहान फेरी भोकै हुन्छ । अनि त्यसैले भन्नै पर्छ भोको मान्छेलाई खान होइन शिप देउ, त्यही शिप वेचेर भोको पेट भर्न सक्छ । फेरी भन्नै पर्छ जहाँ राजनैतिक परिवर्तनको लागि हतियार उठ्छ, टाउका काटिन्छन र रुखमा झुण्डाइन्छन, अर्थात अवैध रुपमा कसैको हत्या गरिन्छ, वा अन्य कतै विकास समरचना ध्वस्त पारिन्छ, वा कसैलाई अपहरण गरिन्छ, पैसा मागिन्छ त्यो हत्याले हत्या वा विनासले फेरी अर्को विधंस नै निम्ताउने हो । सोझा मानिसलाई छट्टु चाटुकारहरुले लट्ठाउँछ, भुलाउँछ र मन्त्रमुग्ध पारीदिन्छ र उनहिरुको स्वार्थको लागि मर्न र मार्नको लागि तयार हुन्छन ।
युद्द जुनसुकै समयमा लडिएको किन नहोस त्यो विनासकारी नै छ । चाहे त्यो महाभारतको युद्द होस , चाहे ती विनाशकारी प्रथम र दोस्रो विश्वयुद्द, वा प्रत्यक देश भित्रका आन्तरिक युद्द किन नहोस, मानव सभ्यतामा कलंकका रुपमा नै चचित छन ।
जसले युद्द लडे, तीनै पश्चातापमा डुवेका थिए । युद्द लड्ने र लडाउनेहरु जुनसुकै क्षेत्रका किन नहुन, आफ्नो भौतिक सुखसयल उपभोग गरेका देखिएला तर उनीहरु सामान्य स्वतन्त्र मानिस भएर वाच्न सक्दैनन् किनकि उनीहरुले अरुलाई जिउन दिएका थिएनन । सायद पिडकले माफी दिइसकेको हुनसक्छ तर पनि उनीहरुको मनभित्र त्यो पुरानो क्रियाकलापले सताइरहेको हुन्छ । यद्दपी महाभारतको युद्दलाई धर्म युद्द भनिन्छ, त्यही धर्म युद्दमा करिव १६६००२०००० मानिसहरु मारिएका थिए भनिन्छ। ठीक त्यसरी नै प्रथम विश्व युद्दमा करिव २००००००० मानिसहरु मारिएका थिए भने करिव २१०००००० मानिसहरु घाइते भएका थिए भनिन्छ । फेरी दोश्रो विश्व युद्दमा पनि करिव ७५००००००० मानिसहरु मारिएका थिए ।
त्यसरी नै नेपालमा पनि माआवादीद्वारा सञ्चालित आन्तरिक जनयुद्दमा पनि आकाडा फरक फरक भएता पनि करिव १७००० मानिसहरु मारिए । यसले के पुष्टी गरको छ त्यो धन जनको क्षतिले राजनैतिक प्रणाली परिवर्तन गरायो तर सडकमा लगाउने नारा विरोधीले होइन आफ्नैले आफ्नालाई निरकुंश र अपराधि भनिरहेको अवस्था छ । त्यो आन्दाेनलको समयमा राज्यतर्फ र माआवादीद्वारा हतियार र वमको लागि गरिएको खर्च विकास निर्माणमा लगाएकाे भए आज नेपाली युवा युवतीहरु विदेशका सडकमा सडक सफा गर्दै हिड्नुपर्ने थिएन, मरभुमिको ५०डिग्रको तापक्रममा आफ्ना आफन्तलाई छोडी भौतारिनु पर्ने थिएन होला । त्यती ठूलो वलिदानीबाट एक खोष्टो संविधान पाएको छ तर त्यो संविधानले पुजिने विश्वकर्मा आज दलित भएको छ । नेपालको समरचनालाई भत्काइएको छ र त्यो भत्काइलाई पुष्टाइ गर्न सकिएको छैन। जोजसले लेखे आज उनीहरुलाई नै यो कागलाई वेल पाक्यो हर्ष न विष्मातको रुपमा छ ।
फेरी तीनवटा सरकार कसरी सञ्चालन गर्ने त्यसको वारेमा पनि केही उल्लेख नगरी चुनाव गरियो । जनताका विचारलाई लत्याइयो र केही नेताहरुको कोठे वैठकबाट संसदलाई तालि ठोक्न लगाइ संविधान जारी गरियो । त्यही संविधानद्वारा वनाइएको सरकार प्रतिपक्षले होइन आफ्नै सहयात्रीहरु झगडा गरिरहेका छन र नेपाली जनता रमिते । आज सवैभन्दा पिडित कोही छ भने जसले हिजो बन्दुक बोक्यो आज त्यही बढी छटपटाएको छ किनकि उसलाई देखाइएको सपना र आज आन्दोलन पछिको जीवन झन बढी कष्टकर वनेको छ । हे मानव अव कुनेै पनि समयमा हतियारको युद्द नगर यसले विनास ल्याउँछ, सम्वृद्दी होइन । सामान्य मानिसले जो नेतागणहरु ऐस आराममा देखेको छ नि त्यो पनि गलत अन्दाज र भ्रम मात्र हो । गरिवको साथमा सुत्ने विस्तारा नहुन सक्छ तर उसँग निद्रा छ तर विचारा त्यो जो पदमा छ, जसले सपना देखायो, गाडिमा कुदेको छ, महलको वसाइ छ तर निद्रा छैन, केवल उसको साथ छटपटपट मात्र बाकी छ । कुनवेला कतिखेर पदबाट खुस्कने हो र कतिखेर हतकडी लाग्ने हो । त्यसेको डरमा जिइराखेको हुन्छ । त्यसैले विश्वका मानिसहरु हतियारका युद्दहरु लड्न छोडिदेउ र विचारका युद्दहरु लड्ने गर ती मानव सभ्यताका लागि श्रृंगार हुनेछन ।
नेपाल र नेपाल सञ्चालन गर्नेले बुझ्नु पर्छ मागेर देश वन्दैन । नेपाल आफैमा सम्पन्न छ । प्रत्येक देशको विकासको लागि हावा, पानी, माटो, लगानी र जनशक्ति चाहिन्छ । ती सवै नेपालमा छन तर व्यवस्थापकीय पक्ष र इमान्दारीताको भने अभाव छ । नेपालमा परियोजनाहरु सञ्चालन गर्नको लागि पृथ्वीनारायण शाहलाई सहयोग गर्ने जस्तेेै लाखौ विखे नगर्चीहरु अझै पनि यस भुमिमा छन । सामान्य रुपमा नै मात्र हेरे हुन्छ । कृष्ण कडेलले इन्द्रेणीबाट लोक गितको माध्यमबाट मन भएका मानिसहरुबाट संकलन गरेको रकम उपलव्ध गराई दीन दुखिका आँखाका आँस पुछेका छन ।
नेपालमा जतिसुकै ठूला योजना तथा परियोजनाहरु नेपालीहरुले नै पनि वनाउन सक्छन। नेपालीहरुको सन्दुसमा राखिएका पैसा निकाल्न सक्नुपर्छ । नारायण प्रसाद पोखरेलले पुराण वाचनको माध्यमबाट वाहिर एक कप चिया खर्चदा पैसा सकिहाल्छ भन्ने मानिसले पनि उनको वाचनबाट प्रभावित भएर लाखौ करौडौ रुपैया जम्मा गराइदिन्थे तर त्यही समयमा युद्दको लागि भन्दै कैयौका खसि बोका लुटिए, वैंक फोरिए । आज त्यो भजनले जितेका छ तर हतियारको माध्यमबाट अगाडि आएकाहरुको सवै कुरा छ मुट्ठीभरिका मानिससँग मात्र सिमित छ । जसलाई सपना देखाइयो आज त्यो पनि पश्चतापमा छ । हिजो हतियार नबोकेको भए आज त कुनै वित्तिय संस्था वा सरकारी कार्यालयको वा अन्य कतैको कुनै सेवामा रहेको सहयात्रीलाई देख्दैगर्दा आज साथमा शैक्षिक योग्यता नहुदा वेरोजगार भएर वस्नु पर्ने थिएन नि भन्दै छ किन कि आज उसले वर्तमान नेतृत्व चाहे त्यो सत्तामा होस वा वाहिर उसलाई हेरेर छटपटाएको छ । उसँग सवै छ, तर हिजो सँगै हिेडेको छोरा छैन, लाउन, खाउन, मोजमस्ती गर्नै सवै छ तर हिजोको स्वतन्त्रा छैन । खानामा जे खाए त्यही छ, सुत्नलाई पनि त्यस्तै आलिन विस्तारा छ तर पनि त्यसमा निद्रा छैन । निद्रानै नहुने विस्ताराको के काम । त्यसैले पनि लुटेर र मागेर पनि हुदैन । आजको आवश्यकता कर्मशिल हुनु हो । माग्न छोड्नुपर्छ, पसिनाको सपना देख्नुपर्छ, माटोमा खेल्नु पर्छ, माटोलाई सजाएपछि मरभुमिमा दुवो र ठूला पिपलका बोटमा सिंचाइ गर्ने हातहरु यहीँका पखेराहरु सजाउन लगाउन पर्छ । अनि वन्दैन त देश नेपाल ?
विदेशको अध्ययनको लागि विदेसिएको रकमलाई मात्र रोकेर स्वदेशका विश्वविद्यालयहूरुमा नै अन्तराष्ट्रयस्तरको शिक्षा दिलाउ त के हुन्छ । आज नेपाल र नेपालीको चेतनामा दियो वाल्नुपरेको छ । यहीँ नेपालमा भएका वालवच्चाहरुलाई चटक्क छोडी विदेशमा रहेका सन्तानका सन्तानलाई हेरविचारको लागि हतारिने वावुआमाले पनि विचार परिवर्तन गर्नै पर्छ । जसरी विदेशी नेपालमा घुम्न आँउछन त्यसरी नै नेपालीहरु कामको लागि घुम्नको लागि, अध्ययनको लागि केही समय सन्सार वुझ्नको लागि विदेशिने सपना शिक्षाले देखाउन पर्छ । नेपाली पैसो खर्चेर विदेशमा पठाउने हैन । यदि सक्छाै भने सरकारले छात्रवृत्तीमा मात्र पठाउ । नेपाली पैसा खर्चेर विदेशिन युवा करिव करिव नेपालको लागि हुदैन उ उतै पलायन हुन्छ । यो पलायनतावादलाई रोक्न सक्नुपर्छ । माग्ने भिखारी सोचले देश वन्दैन । देश वनाउनको लागि अठोट र पशिना र स्वामित्व चाहिन्छ । कुनै योजना वा परियोजनाभित्र रकमहुनेसँग रकम लिएर र रकम नहुनेसँग उनीहरुको पसिना लिएर उनीहरुलाई स्थानीय स्तरका परियोजनाको मालिक केही कित्ता सियर उपलव्ध गराएर वनाउनु पर्छ । अहिले नेपाली माटोमा MCC परियोजनाको वारेमा वहस भएको छ । यो परियोजनाले नेपाललाई केही सहयोग हुनेभएता पनि यसमा भएका नेपाल विरोधि धाराहरुलाई सच्याइ मात्र लागु गरे ठीक अन्यथा यसलाई संसदबाट पारित गराइ नेपालको कानून भन्दा माथि राख्ने गरिन्छ भने यो नेपाल र नेपालीको लागि भोलि पश्चताको माध्यम मात्र हुने छ । नेपालबाट पलायन भएको पूँजीलाई रौकौ र त्यही रकम प्रयोग गरी नेपाललाई सम्पन्न मुलुक वनाउनु पर्छ । विदेशी ऋण लिऔं, सहयोग होइन तर सस्तो व्याजदरमा उद्दमीलाई उपलव्ध गराआैं त । के हुन्छ ? नेपालको वैंकहरुलाई ग्राहकमुखि वनाउन पर्छ । आजको दिनसम्म वैंकले आफ्नो मुनाफलाई मात्र हेरेका छ तर वैंक जो विना सञ्चालन हुन सक्दैन तीनमाथि अन्याय गरेको छ, व्याजदर उच्च छ । वैंकको व्याजदर कम हुनासाथ कम लगानी धेरै उत्पादन गर्न सकिन्छ । आँखा त्यतातिर पनि लगाउनु पर्छ ।
आजका विद्यार्थी संगठनका केही नेताहरु आन्दोलनको लागि भन्दै सामुदायिक विद्यालयमा धम्किकासाथ चन्दा माग्न गैरहेका छन। त्यस्ता सोच भएका विद्यार्थी भोलिका नेता हुन। तीनीसँग के लक्ष छ, के क्षमता छ यसैले पुष्टि गर्छ। भन्नुपर्छ माग्न छोड, गर्नथाल विकास र सम्वृद्दी त्यहीँ नै छ ।
कुनै पनि देशको विउ विजन संस्कार संस्कृति मासेर देश वन्दैन । देश वनाउनको लागि मानिसको सोचमा परिवर्तन ल्याउने हो। सकरात्मक सोचमा लाग्नु पर्छ । आजको संस्कृतिलाई समानताको नाममा ध्वस्त पार्दै जाने हो भने भोलिको मानिसको हैसियत वोइलर कुखुरा जस्तै बन्ने छ र सवै पहिचान हराउने छ।
आज नेपालका मानिसको शारिरीक वनावटले करिव करिव विश्वका मानिसका आकृतिसँग मेल खान्छ र उनीहरुको रहनसहन पनि फरक छ र फरकपनलाई जिवन्तता नै दिनुपर्छ । यसको अर्थ धर्म, संस्कार र संस्कृति जोगाइ राख्नु पर्छ । यीनै संस्कार र संस्कृति हेर्न र वुझ्नको लागि नेपाललाई अध्ययनको केन्द्र वनाउन सक्नुपर्छ । सामाजिक कुरितिलाई अन्त्य गर्दै मानव र मानवताको मार्गमा लागेमा देश वन्ने छ ।
त्यसैले पनि अव नेपाललाई सम्वृद्द वनाउनको लागि हत्या हिंसाको बाटो त्याग्नु पर्छ, लिने होइन दिने संस्कृतिको विकास गर्नुपर्छ । थर्काइले भन्दा मुस्कानको माध्यमबमट ह्दय पगाल्नु पर्छ, । सजाय भन्दा पुरस्कारको माध्यमबाट काममा लगनशिलताको वृद्दी गराउनु पर्छ । हिजोको वम, वारुद, गोली विष्फोटबाट पाठ सिकी गौतम वुद्दको शान्तिको मार्ग रोज्नुपर्छ । विउ, विजनको संरक्षण गर्दै पुस्ता हसतान्तरण संस्कार संस्कृतिको माध्यमबाट गराउन पर्छ । सही किसिमको र देशको आवश्यकता पुरा गर्ने जनशक्ति विद्यालय र महाविद्यालयको माध्यमबाट उत्पादन गर्नु पर्छ । सोचमा परिवर्तन गरांै नेपाल सम्पन्न बन्छ । लुटेर, छलेर नेपाल वन्दैन । यस्तो प्रवृतिको अन्त्य गरौं , शान्त नेपाल, शुखी नेपाली वनाउने मार्गमा सवै लागौ । गलत मार्गमा लागेका मानिसलाई सामाजिक वहिस्कार गरिदेउ । भ्रष्टाचार आफै उन्मुलन हुन्छ । जब भ्रष्टाचारको अन्त्य हुन्छ नेपाल सम्वृद्दीको मार्गमा लाग्बे छ।

Narayan Prasad Neupane, Dilli Ram Bhattarai and 10 others
1 Comment
Like
Comment
Share

No comments: