Tuesday, August 9, 2022

गुरू पूर्णिमा मनमा लोभ, मोह, आसक्ति, अंहकार, पक्षपातीपन

 २०७९।०३।२९

गुरू पूर्णिमा
मनमा लोभ, मोह, आसक्ति, अंहकार, पक्षपातीपन राख्ने व्यक्ति गुरु बन्न सक्दैन, भएमा केबल शिक्षक हुन सक्छ ।
आजको दिन गुरु पूर्णिमालाई वेद व्यास जयन्तीको रुपमा मनाइन्छ । वेद व्यासले वेदवेदान्त, अठार पुराण , उपनिषद लेखी हिन्दू संस्कृततिलाई गुण लगाउने ती महान व्यक्तित्वालाई कोटी कोटी नमन । प्रत्येक व्यक्तिले कहीँ कतै कोहीसँग ज्ञान प्राप्ति गरिरहेको हुन्छ । ती ज्ञानादाता व्यक्तिहरु नै गुरु हुन । प्रत्येक व्यक्तिका पहिला गुरु आमा बाबु नै हुन । उनीहरुले जीवनका पहिला कार्य खाना, वोल्न र हिड्न सिकाएका हन्छन । त्यसैले पनि ती महान बा आमा प्रति पुन शिर झुकाइ साष्टाङ दण्डवत ढोग छ । अनि घरका प्रत्येक अग्रजहरु काका, काकी, दाजुभाउजु, दिदी, हजुरवुवा, हजुरआमा पनि गुरु नै हुनुहुन्छ । विद्यालयमा कखरा सिकाउने गुरु देखि विश्वविद्यालयमा विभिन्न भाषा र अन्य क्षेत्रमा पाराङगत गराइदिने ती महान ज्ञानका भण्डार प्रति पनि आजको दिन मात्र नभएर सदाका लागि पूज्य पात्र हुँदाहुँदै पनि आजको दिन विशेष नमन ।
आजको दिन व्यास जयन्ती मात्र नभएर कबीर जयंती पनि आजै परेको छ । पूर्वीय दर्शनमा 'गु ' को अर्थ अन्धकार 'र' रु को अर्थ प्रकाश हुन्छ । यसरी मानिसभित्र वास गरेका अन्धकाररुपी अज्ञानलाई ज्ञानको माध्यमबाट प्रकाशतर्फ डोर्याउन सफल हुने व्यक्तिलाई नै गुरु भन्ने बुझिन्छ । त्यसैले पनि गुरु भनेका अध्यात्मको खानी बन्न सक्नुपर्छ, रिसाइरहेका बाबुनानीहरुलाई ज्ञानको सितलताले चुमाइदिनसक्नुपर्छ र उनीहरुको विराइरहेको मार्गबाट सत मार्गमा डोर्याइदिनुपर्छ । यी कार्य गर्न सक्ने व्यक्ति नै सही अर्थमा गुरु हुन । गुरु ती हुन जसले प्रत्येकको हातमा केही न केही शिप दिएका हुन्छन । हामी गुरुको नाम लिदै गर्दा वेदव्यास मात्र नभएर ऋषिमुनिहरु सवैलाई हामीले सम्झनै पर्छ । गुरु द्रोणाचार्य कृपाचार्य, वशिष्ठ, हनुमानका गुरु सूर्य आदिलाई अन्तस्करणबाट नै सम्झन सक्नुपर्छ ।
यद्दपी शास्त्रमा पाराङगत द्रोर्णाचार्यलाई पुत्रमोह र अर्जुन मोहको दोषको कारण र अंहकारको माध्यमले आलोच्य बन्नुपरेको कुरा स्वयम कृष्ण भगवानले व्यक्त गर्नुभएको थियो । पर्शुराम पनि गुरु नै हुनुहुन्थ्यो । कर्णले उहाँबाट दिक्षीत हुनुभयो तर पनि आफ्नो पहिचान लुकाइ उनीबाट शिक्षा लिएकोमा आवश्यकतामा काम नलागोस भनी श्रापित पनि हुनुपरेको थियो । द्रोणाचार्यले कर्णलाई शिष्यको रुपमा स्वीकार्न नसक्नु र संसारका धनुधारीहरुलाई आमन्त्रीत गरी अर्जुनसँग धनु प्रतिषप्रधामा भाग लिन ललकादै गर्दा पर्शुराम शिष्य कर्ण उपस्थित हुनु तर शुद पुत्र भनी उनलाई प्रतिस्प्रधामा भाग दिलाउन नसक्नु गुरु भएर पनि शिष्यप्रति समान व्यवहार नगरेको कुरा हामी देख्न सक्छौ ।
जातभातको कुरा गर्नु आफैमा लज्जावोध हुनुपर्ने हो । आफ्नो अनुशार निति नियम वनाउनु गलत संस्कृति थियो । त्यस्तै गरी आफ्नो शिष्य अर्जुनलाई सर्वोत्कृष्ट धनुधारी कहलाउनको लागि गुरु द्रोणाचार्यले एकलब्यले गुरु मानी उनैको शालिक वनाइ उनलाई प्रणाम गर्दै अर्जुन लगाएत अरु राजकुमारलाई दिइएको शिक्षा लुकेर सिक्दा पनि पुरस्कारको पात्र बन्नुपर्नेमा उनको बुढी औंला नै गुरु दक्षिणाको रुपमा लिइएको छ । त्यसैले भगवान कृष्णसँग के अपराध गरेको थिए मैले । मैले जानेको कुरा शिष्यहरुलाई सिकाएको थिए भन्दै गर्दा कृष्ण भगवानले भन्नुभएको थियो ः पुत्रलाई प्रेम गर्नुपर्ने स्थानमा मोहमा पुग्नुभयो गुरुदेव । भनी जवाफ दिननुभयो । उहाँले भन्नुभयो ः
प्रेम धर्म हो मोह अधर्म हो । अधर्मको बाटो रोज्नु नै गलत कार्य हो ।
भगवान कृष्णले अजम्वरी कोही नरहेको र आफ्नो जीवनका सुख दुख, आशा निराशा, ज्ञान अज्ञान सवै कुरा पुत्र लोभमा वाधिनु नै गलत कार्य हो । गुरु द्रोणले भन्नुभयो असोस्थामाले सुख, सन्मान र स्नेह दिए । उसलाई सम्पत्ति, सुख र राज्य दिए ।
कृष्णले सोध्नुभयो के तपाईंले आफ्नो छोरालाई संस्कार दिनुभयो विद्या दिनुभयो धर्मका ज्ञान दिनुभयो त ?
हो तपाईंर्को छोरा अर्जुन र कर्णजस्तो महानयोद्दा त बनाउनसक्नुहुन्नथ्यो तर उचित निर्णय लिन सक्ने शिक्षा त दिन सक्नुहुन्थ्यो र आज हजुरको सन्तान धर्मको दुश्मन बन्न पर्दैनथ्यो । यदि त्यो संस्कार दिन सक्नुभएको भए आज अधर्मको बाटो पच्छयाउदै युद्द गर्नुपर्ने थिएन ।
छोरालाई प्रेम गर्नु पाप हो त ? द्रोणले सोध्नुभयो कदापी होइन तर अति प्रेम मोह हो। मोह गर्नु अधर्म नै हो।
प्रेम त उन्नती हो ।
प्रेमले त उचित अनुचितका ज्ञान दिन्छ गुरदेव ।
यदि गुरुदेवले सहीरुपमा प्रेम गरेका भए न उसले अधर्मको बाटो लाग्ने थियो न गुरुले नै अधर्मको लागि युद्द गर्नुपर्ने थियो ।
प्रेमबाट नै मोहको सुरु हुन्छ । जहाँ प्रेम हुन्छ त्यहाँ मोह नै हुदैन ।
प्रेमको जन्म करुणाबाट हुन्छ तर मोहको जन्म अंहकारबाट हुन्छ ।
प्रेमले भन्छ मेरो सन्तानलाई हे इश्वर सवै खुशी प्रदान गछ तर मोहले भन्छ ः म मेरो सन्तानलाई सवै थोक दिन्छु भन्छ ।
प्रेम भन्छ मेरो पुत्र प्रति गर्व छ
तर
मोह भन्छ ः मेरो पुत्रलाई म प्रति गर्व छ ।
प्रेमले मुक्ति दिन्छ तर मोह बन्धन हो गुरुदेव ।
प्रेम धर्म हो तर मोह अधर्म हो ।
यदि आफ्नो छोरालाई आफ्नो ध्यान भंग गरेको अवस्थामा उसलाई संघर्ष गर्न सिकाएको भए अवस्था वेग्लैे हुनेथियो । अधर्मको बाटो रोज्नुपर्ने थिएन गुरुदेव । छोराको भविष्य उज्जल वनाउन भुल्नुभयो । तपाईंको मोहको कारणले उसबाट धर्म नष्ट भयो ।
लोभ, भय, लालसाको शिक्षा दिनुभयो गुरुदेव । आफु गुर बन्न सक्नु भएन तर केवल शिक्षक मात्र बन्नुभयो ।
गुरुले विद्याका दान दिन्छ तर कहिल्यै व्यापार गर्दैन ।
गुरुले आफ्ना शिष्यबाट दक्षिणाको आशा राख्छ तर मूल्यको होइन । तर तपाईंले आफ्नो ज्ञानको मूल्य निश्चित गरिदिनुभयो ।
आफ्नो ज्ञानको बदलामा आफ्नो शिष्यसँग प्रतिशोध साध्नुभयो, आफ्नो र शिष्यको जीवनमा विष घोल्नुभयो ।
यी सवै मोह र अंहकारका कारण भएको हो ।
आफु गुरु होइन द्रोणाचार्य कृष्णले भन्नुभयो ।
जुन व्यक्तिको ह्दयमा अंहकार मनमा लोभ र लालसा हुन्छ उसको हातबाट धर्मको कार्य हुन सक्दैन ।
त्यसैले ऋषि भरद्धाजको छोरा जसरी बाढीको वेलामा कुनै रुखको हाँगामा समातेर आफ्नो जीवनको रक्षा गर्छ त्यसरी नै यसै क्षणमा धर्मको बाटो अंगाल्नको लागि सुझाव दिनुभयो ।
अन्तमा गुरु द्रोणाचार्यले आफ्नो मृत्युवरण गर्ने निर्णय गर्नुभयो ।
त्यसैले एक शिक्षक भएको नाताले पृय सवै भाइवहिनीहरुमा गुरु पूर्णिमाको मंगलमय शुभकामना । हे भगवान मैले दिएको आशिश लाग्छ भने मेरा पृय भाइवहिनीहरु कर्मशिल। अनुशाषित, धर्मका ज्ञाता, विेवेकी आफ्नो पौरखमा रम्न, भ्रष्ट आचरण तथा भ्रष्टचारीहरुलाई त्यागसक्ने भावी सन्ततीको लागि पथपर्दशक वन्नसक्ने प्रेरणाका स्रोत सदा बन्न सकुन । सुख, शान्ति र समृद्दीले सदा वास गरुन दिएर खान पुगोस, माग्न कहिल्यै नपरोस । हे इश्वर यही मार्ग सवैमा देखाइदेउ । सबै गुरु प्रति पुन नमन।
जय गुरुपूर्णिमा ।

No comments: