Tuesday, May 19, 2020

पिडा कति

२०७७ ।०२।०६
 पिडा कति
कोरोना भाइरस (कोभिड १९) ले आज सारा सन्सारलाई आतकिंत वनाइरहेको छ । नेपालको संघीय संसदमा विदेशीेएका नेपालीको पक्ष र विपक्षमा वहस चलिरहेको छ । चाइनाबाट जहाज चार्टर गरेर नेपालीलाई नेपालमा ल्याउने सरकार किन अरु नेपालीलाई स्वदेशमा नल्याउने भनि वहस चलिरहेको छ । अहिलेको अवस्थालाई हेर्ने हो भने जे गर्दा नि अन्याय नै गरेका जस्तो देखिन्छ । यो महामारी कसैको पक्षमा पनि छैन । हुनसक्छ पृथ्वी र प्रकृतिको पक्षमा चाहि ।
यो नेपालको रोग होइन । यो पाउना रोग नै हो । हामीलाई हाम्रा दाजुभाइ दिदिवहिनी आफ्नो घर आउछु भन्दै गर्दा आउन पाउदैनस भन्नु सरासर गलत नै देखिन्छ । तर पनि कहिलेकाही तपाइको आगमन तपाइको वंशको लागि  नै अभिशाप हुनसक्छ । तपाई स्वस्थ्य आउनुभयो सुनमा सुगन्ध हुनेथियो तर तपाइको साथमा महामारीको विउ भित्रियो भने सारा नेपालीको नै दुरगति हुने छ । त्यसैले अहिले कोरानाको वास्तविक अवस्था थाह नभैञ्जेलसम्म तपाइहरु जहा हुनुहुन्छ त्यही वस्दा वढी सुरक्षित देखिन्छ । वरु सरकारको तर्फबाट तपाइहरुको वसाइ सहज वनाउनका लागि नेपाल सरकारले कुटनैतिक पहल गर्नुपर्छ । नेपाल आउदा त करिव उपचार नै नरहेको अवस्था छ । तपाइरहेको स्थानमा उपचार त  होला ।  यहाँ नेपालमा पनि मानिसहरु आफ्नो घर जान पाएका छैनन । वस फरक यति हो तपाइ नेपाल वाहिर हुनुहुन्छ हजारौ लाखौ नेपाली पनि घरभित्रै परदेशी भएका छन ।
धैर्य गर्नोस । तपाइ हाम्रो एक दिन पुनर मिलन हुनेछ । तपाइको आगमनले खुशी ल्याउन सकोस नकि सवैको आखा अगाडि रोगको कारण । तपाइको आगमनले देश र परिवारमा खुशी ल्याउनु पर्छ । प्रत्यक क्षेत्र, प्रान्त, जिल्ला र अञ्चलका मानिसहरु पनि आफ्नो घर जान पाएका छैनन । फरक त्यति हो तपाइहरुको आगमन उडानबाट सम्भव छ तर  आन्तरिक नेपालीहरु हिडेर गुडेर पुग्न सक्छन तर पनि पाएका छैनन । यो रोगको प्रवृति यही भनेर आजको मेडिकल विज्ञान केही वोल्न सकेको छैन ।
कमाउनोस, खानोस र रमाउनुहोस । तपाइ जहा गए पनि तपाइ आफ्नै इच्छाले जानुभएको छ । हुनसक्छ तपाइ कि वेरोजगार भएर जानुभयो होला कि नेपालको पसिनाको मुल्यमा तपाइले चित्त वुझाउन सक्नुभएन वा नेपालको शैक्षिक प्रमाणपत्र माथि विस्वास गर्न सक्नु भएन । रोजगारी दिलाउन नसक्नु तत्काल सरकारको कमजोरी हो  भने तपाइ आफैले देखेको सपनामा केही क्षण त्यसैमा रमाउनुहोस । केही समय म पनि विदेशी युवाको पिडा देखेर आएको छु ।त्यहा पिडा छ तापनि १ डलर मात्रै वचाउन सक्दा पनि वच्चाको एक दिनको गासको गर्जो टर्छ । सुनिन्छ राष्ट्रियता माटो हो कि मानिस र सरकार कसको लागि । सरकारले कसको संरक्षण गर्ने , माटोको कि मानिसको ? सरकारको दायित्व माटो र मानिस दुवैको संरक्षण गर्नुपर्छ । यदि सरकार माटो र त्यस माटोभित्र वसोवास गर्ने मानिसको संरक्षण गर्न सक्दैन भने त्यो सरकार राष्ट्रवादी हुनसक्दैन । राष्ट्रवादी सरकारले भूगोल, र त्यसभित्र वसोवास गर्ने जनताको रक्षा गर्नै पर्छ ।  विस्वास छ ठीक समयमा नेपालका दल र सरकार एकै स्वरमा तपाइहरुको आगमनको लागि एकै स्वरमा वोल्ने छन जसरी अहिले लिपुलेकको वारेमा भएको छ अहिले जे गरे पनि पिडा नै छ ।

No comments: