२०७७। ०२। ०८
आभारी रहे
पशुपति मित्र चावहिल काठमाण्डौले आज विहान २०७७। ०२। ०८ गते ७ वजे यसै विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जो कोरोना भाइरस कोभिड १९ को कारणले जिउनको लागि दुख भोगिरहेको वेलामा कक्षा शिक्षक, शिक्षक मित्रहरुद्वारा वास्तविक विद्यार्थीको पहिचान गरी विद्यालय परिवार: वि.व्य. समिति, शिक्षक अभिभावक संघ र का.म.न.पा वडा न. ७ समन्वयमा यसै विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट खाद्यान्न वितरण गरीयो । खाद्यान्न वितरण कार्यमा प्रत्यक्ष वा परोक्ष रुपबाट सहयोग पुऱ्याउनेहुने सम्पूर्ण शिक्षक, कमचारी, विद्यार्थी, वि.व्य, समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, स्थानीय वासीहरु साथै वडा न ७ प्रति आभार व्यक्त गर्दै धन्यवाद अर्पण गर्दछु ।
विद्यालयले यस विद्यालयमा अध्ययन गर्ने कुनै विद्यार्थी प्रति अन्याय हुन नपुगोस भनि सावधानी अपनाएका थियौ । विद्यालयमा विद्यार्थीद्वारा दिइएका सम्पर्क नं मा सम्पर्क गर्न खोज्दा केही विद्यार्थी सम्पर्क हुन ननसकेकोमा दुखित छौ । केही विद्यार्थी भाइ वहिनीहरु जसलाई उहाहरुको सम्पर्क नं को अभावले उहाहरुको नाममा राहत सामग्री दिन नसकेकोमा चिन्तित छौ । ६२ जना विद्यार्थीहरुलाई राहत वितरण गर्ने कार्य आज सम्पन्न गरेतापनि हामी आज नै विद्यालयको प्राङ्गणमा अरु थप करिव ३० जना विद्यार्थीहरुलाई उपलव्ध गर्न नसकेकोमा विद्यालय परिवार दुखित भएको छ । यदि कोही मनकारी मनभएका मानिसहरु जो यस अप्ठरो अवस्थामा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीहरु उहाहरु विचको भऱ्याङ भै सहयोग गर्ने प्रतिवद्ता व्यक्त गर्दछौ ।
हामी वाचौ र अरुलाई पनि वचाऔ र कोरोना भाइरस कोभिड १९ लाई परास्त पारौ र हाम्रा दिनहरु सधैका झै सामान्यतर्फ लैजानको लागि प्रयत्न गरौ ।
चन्द्र कान्त पण्डित
नि.प्र.अ
पशुपति मित्र मावि चावहिल
काठमाण्डौ ।
९८४१८४२९९९
No comments:
Post a Comment