२०७७ ।०२ ।०३ शनिवार
रक्षार्थ नेपालको
पाखोमा सररै वगाई पसिना गोडेर कोदो मकै
नेपाली हुनुमा डटेर वसने हाम्रो छ अभ्यासनै
वीदेशी सपना नराख मनमा विर्सेर नेपालमा
खोस्रेर जमिनै वगाइ पसिना रोजेर आवाजमा ।।
कान्लामा तरुलै मकै छ विचमा घैया र कोदो पनि
चौपाया चउरी हिमाल भरिमा च्याङ्ग्रा र भेडा अनि
मिलेरै यसमा छरेर विजनै उव्जाइ खानेपनि
खेलौला यसमा तराइ भरिमा रोपेर धानैपनि ।।
राखेमा ममता भरेमा दिलमा भर्ने छ भण्डारनि
ढुङ्गाको भरमा अडाइ जिवनै उव्जाइ वाली पनि
वीदेशी भरमा अडेर नरहे वाच्ने छ नेपालनि
खोलाको जलमा रहेछ कछुवा उस्तै छ चालैपनि ।।
सोचाई वदली वसेर भुमिमा रोपेर वालीहरु
शिक्षाको सहरा लिएर वदली सोचेर हामीहरु
राष्ट्रैको पहरा दिएर उभिने यूवा छ नेपालको
चाहेमा खुननी वगाइ दिने छ रक्षार्थ नेपालको ।।
चन्द्र कान्त पण्डित
पोखरा ३२ , भुइकाथुम्का, कास्की
No comments:
Post a Comment