२०७७। ०२। १२
पशुपति मित्र मा वि ,चावहिल, काठमाण्डौ
शिक्षक कर्मचारीद्वारा विद्याथीमा राहत वितरण कार्यमा प्रतक्ष अप्रतक्ष रुपमा सहभागी सवैमा धन्यवाद ।
पशुपति मित्र चावहिल काठमाण्डौले पहिलो चरणमा २०७७। ०२। ०८ गते ७ वजे यसै विद्यालयमा अध्ययनरत कोरोना भाइरस कोभिड १९ ले जिउनको लागि दुख भोगिरहेको वेलामा कक्षा शिक्षक, शिक्षक मित्रहरुद्वारा वास्तविक विद्यार्थीको पहिचान गरी विद्यालय परिवार: वि.व्य. समिति, शिक्षक अभिभावक संघ र का.म.न.पा वडा न. ७ समन्वयमा यसै विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट खाद्यन्न वितरण गरीएको थियो ।
त्यसै दिन विद्यालयमा खाद्यान्न नपाएका विद्यार्थीको नाम संकलन गरेका थियौ । मैले यसै फेसवुक स्ट्याटस बाट पनि अनुरोध गरेको थिए । कोही दिलदार व्यक्ति तथा सैस्थाहरु जसले हाम्रा विद्यार्थीहरुलाई सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो विद्यालय भर्याङको रुपमा काम गर्न तयार छ भनि आहवान गरेको थिए । शिक्षक तथा कमचारी साथीहरुको विचमा छलफल भयो । सवै साथीहरुले ३० जना विद्यार्थीलाई सामान्य सहयोग हामी आफै गरौ न त भनि निर्णय पनि गरियो । ३० जना विद्याथीको नामावली तयार पारियो अभिभावकलाई खवर गरियो र आज मिति २०७७ ।०२।१२ गते विहान ७ वजे ३१ जना पशुपति मित्र माविमा अध्ययनरत भाइवहिनीहरुलाई शिक्षक तथा कमचारीको सहयोगमा राहत वितरण सम्पन्न गरियो । यस कार्यमा प्रत्यक्ष वा परोक्ष रुपबाट सहयोग पुऱ्याउनेहुने सम्पूर्ण शिक्षक, कमचारी, विद्यार्थी, वि.व्य, समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, स्थानीय वासीहरु प्रति आभार व्यक्त गर्दै धन्यवाद अर्पण गर्दछु विशेष रुपममा मेरा.सहयात्री मनकारी साथीहरु प्रति कृतज्ञता व्यक्त गर्दछु ।
हाम्रो विद्यालयले हाम्रा विद्यार्थीलाई दिनसक्ने कुरामा कुनै कुरामा अभाभवमा राख्दैन । यो यसको एकवटा नमूना हो । यसै सन्दर्भमा म विद्यालयको नि. प्रधानाध्यापक भएकोले अभिभावक ज्यूसँग अनुरोध गर्दछु, तपाइका वालवच्चाहरु हामीलाई दिनोस, हामी तपाइका वालवच्चाहरुलाई मन, वचन र कर्मले समर्पित हुदै उनीहरुको चौतर्फी विकासको लागि पूरा परिवार लाग्ने छौ । हाम्रो गल्तिमा औंला ठड्याइदिनोस, चित्त नवुझको ठाउमा समयमा सजग गराउनुहोस, हामी विद्यार्थी र विद्यालयको भलाइको लागि जे गर्नको लागि पनि तयार छौ । फेरी अनुरोध गरे हजुरको वालवालिका हामीलाई दिनोस हामी उनीहरुलाई आफै सिक्नको लागि उत्प्रेरित गर्दछौ र यस विद्यालयको अभिभावक भएकोमा गौरव गर्ने अवसर हजुरहरुलाई प्रदान गर्ने छौ ।
हिजो साँझ मैलै हाम्रो विद्यालयका शिक्षक साथीहरुलाई साथीहरुकै सल्लाहमा २०७७ ।०२। १२ गते विहान ७ वजे विद्यार्थीलाई राहत सामग्री, चामल, दाल, नून र तेलको व्यवस्था गरिसकेपछि सम्भव हुने साथीलाई विद्यालयमा उपस्थितिको लागि अनुरोध गरेको थिए । मैले अनुरोध गर्ने वित्तिकै हाम्रो विद्यालयको शिक्षक मनिता कर्मचार्यले फोन गरेर उहाँको श्रीमान कविन्द्र जोशीले पनि केही सहयोग गर्न चाहन्छु भन्नुभएको छ सर । के गरौ भनेर सोध्नुभयो? म खुशि भए । किन नहुनु, हन्छ नि भने । के दिन चाहनु हुन्छ सोधे । जवाफमा चाउचाउ आयो । अनि मैले भने विद्यायबाट हजुरहरुले वच्चाहरुको लागि दिदैगर्दा जंकफुडभन्दा अरु ठीक हुन्छ कि भनेर वताए । आज विहान ६:३० मा विद्यालयमा पुग्दा त मनिता कमचार्य र उहाको श्रीमान विद्यार्थीको लागि ३२ प्याकेट ५ केजीको गहुको पिठो लिएर पुग्नु भएको रहेछ र एक जना विद्याथीको राहतको लागि नाम नलेखिएको विद्याथीलाई पनि उहाको खर्चमा राहत दिनुभयो । कविन्द्र जोशी र मनिता कमचार्य प्रति हाम्रा ती खाद्यान्न अभाभवामा रहेका भाइवहिनी प्रति गरको सहयोगको लागि सिङ्गो विद्यालय परिवार आभार व्यक्त गर्दै धन्यवाद अर्पण गर्दछौ । जसरी आज हाम्रा भाइवहिनी प्रति सहयोग गर्नु भयो, ठीक त्यसरी नै हजुरको चिनजानमा रहेका वालवालिकालाई हाम्रो विद्यालयमा पठाइदिएमा हामी सदाको लागि ऋणी हुनेथियौ । मन र धनका धनी जोशी जोडीलाई पुन मुरी मुरी धन्यवाद ।
विद्यालयले यस विद्यालयमा अध्ययन गर्ने कुनै विद्यार्थी प्रति अन्याय हुन नपुगोस भनि सावधानी अपनाएका थियौ । विद्यालयमा विद्यार्थीद्वारा दिइएका सम्र्पक नंमा सम्र्पक गर्न खोज्दा केही विद्यार्थी सम्र्पक हुननसकेकोमा दुखित छौ । केही विद्यार्थी भाइ वहिनीहरु जसलाई उहाहरुको सम्र्पक नं को अभावले उहाहरुको नाममा राहत सामग्री दिन नसकेकोमा चिन्तित छौ । ६२ जना विद्यार्थीहरुलाई राहत वितरण गर्ने कार्य ८ गते सम्पन्न गऱ्यौ भने आज ३१ जना विद्यार्थीलाई राहत वितरण गऱ्यौ । यदि कोही मनकारी मनभएका मानिसहरु जो यस अप्ठरो अवस्थामा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीहरु उहाहरु विचको भऱ्याङ भै सहयोग गर्ने प्रतिवद्ता व्यक्त गर्दछौ । खुशी हुदै घरमा फर्कदा शिक्षक आशिका अधिकारीले ३ जना विद्यार्थी राहतको लागि कुरा गर्दै छन । के गर्ने होला भन्दै हुनुहुन्छ । हेरौ केही गर्न सकिन्छ कि ?
अन्तमा पुन शिक्षक तथा कर्मचारी साथीहरु उपस्थित सहयोगी मनहरु सवैमा नमन तथा धन्यवाद । हामी वाचौ र अरुलाई पनि वचाऔ र कोरोना भाइरस कोभिड १९ लाई परास्त पारौ र हाम्रा दिनहरु सधैका झै सामान्यतर्फ लैजानको लागि प्रयत्न गरौ । जय होस सवैको ।
चन्द्र कान्त पण्डित
नि.प्र.अ
पशुपति मित्र मावि चावहिल
काठमाण्डौ ।
९८४१८४२९९९
No comments:
Post a Comment